नेपालको एयरपोर्टका ’boutमा पटक पटक बिभिन्न आलोचनाहरु भैरहे पनि समस्या ज्युकात्यु छन् । एयरपोर्टमा हुने चोरी, भ्रष्टाचार मात्रै होइन त्यहाँ भित्रको अब्यबस्थित अबस्थाका कारण पनि आन्तरिक तथा बाह्य पर्यटकहरु वाक्क दिक्क छन् । त्यसो त केही दिन अघि सार्वजनिक एक रिपोर्टले बिश्व भरका खराब एयरपोर्टहरुको सूचीमा नेपालको एयरपोर्ट दोश्रो स्थानमा रहेको छ ।
पाइलटहरु माझ गरिएको यस अनलाईन सर्वेक्षणले यस्तो नतिजा दिएको हो । नेपालको विमानस्थल’bout टिप्पणी गर्दै एकजनाले भनेका छन् ‘त्यहाको विमानस्थल संचालित बसले क्षमता भन्दा ६०० प्रतिशत यात्रु बोक्छन् र सुरक्षा व्यवस्था अब्यबस्थित छ ।’ त्यस्तै अर्को एक जनाले ‘काठमाडौँको बिमानस्थल बिश्वकै खराब हो ‘ भनेका छन् ।
हेर्नुस कुन कुन हुन् बिश्वकै खराब विमानस्थलहरु
१. लस एन्जलस एयरपोर्ट
अमेरिकाको लस एन्जल्स एयरपोर्ट बिश्वकै सबै भन्दा खराब एयरपोर्टको सूचीमा छन् । यो एयरपोर्ट बिश्वकै सातौ ब्यस्त एयरपोर्ट पनि हो । १९३० मा देखि संचालनमा आईको यो एयरपोर्ट अस्तव्यस्त छ ।
२. काठमाडौं त्रिभुवन विमानस्थल
सर्वेक्षण अनुसार नेपालको एयरपोर्ट विश्वकै खराब एयरपोर्टको सूचीमा दोश्रो स्थानमा छ । यहाको अस्तव्यस्ताका ’boutमा सर्वेक्षणले उल्लेख गरेको छ ।
३. पेरिस (सिडीजी) फ्रान्स
५. सिकागो, अमेरिका
यो एयरपोर्ट पनि बिश्वकै खराब सूचीमा सुचिकृत छ । यो एयरपोर्टमा मौसमको चुनौती रहेको पाइलटहरुले बताएका छन् ।
६. एलएचआर युके
१९८६ देखि संचालनमा आएको यो एयरपोर्ट पनि खराबको सूचीमा समाबेश छ ।
७. एफएनजे, उत्तर कोरिया
उत्तर कोरियाको यो एयरपोर्ट पनि खत्तम एयरपोर्टको सूचीमा दर्ज भएको छ । यहा आउने र जाने बाटो समेत उही भएकाले यात्रुहरुलाई निकै सास्ती हुने गरेको सर्वेक्षणमा उल्लेख छ । त्यहाँ कम गर्ने कर्मचारीहरुको पनि अभाब छ ।
८. सिजीएच, ब्राजिल
यो एयरपोर्टको मुख्य समस्या हो मौसम । अत्यधिक जनसख्या र हिमाली क्षेत्रमा परेकाले निकै गार्हो हुने पाइलटहरुको अनुभब छ । यहाँ दुर्घटना पनि धेरै हुने गरेको छ ।
९. एलजीए, अमेरिका
यो पनि विश्वका खराब एयरपोर्टको सुचिमा समाबेश छन् । यहाँ भएको क्रसिंग रन वे अपग्रेड गर्ने बेला भएको पाइलटहरु बताउछन । यो एयरपोर्ट सन् १९३९ द्केही संचालनमा आएको हो ।
१०. एमएडी, स्पेन
एकदमै ब्यस्त एयरपोर्टका रुपमा लिइने यो एयरपोर्ट पनि अब्यबस्थित छ ।
यो पढ्न छुट्यो कि ?