२०७२ मा चर्चित ८ हिरो

नेपाली फिल्मी क्षेत्रका लागि ०७२ साल सुखद नै रह्यो । समग्रमा यो बर्ष धेरै वटा चलचित्रले राम्रो ब्यापार गरे । त्यसो त यो बर्ष नेपाली फिल्ममार्फत डेब्यु गरेका हिरो हिरोइनहरु मध्ये केही निकै चर्चामा आए । कतिपय नया अनुहारले पुराना अनुहारलाई जितेका छन् भने केही पुराना कलाकारहरु पनि निकै चर्चामा आए । हेर्नुस ०७२ सालमा चर्चित ९ हिरो ।

दीपकराज गिरी wada

हास्य अभिनेता तथा निर्देशक दीपकराज गिरीले यो वर्ष ‘वडा नम्बर ६’ तयार पारे । आफूसहित लोकप्रिय हास्यकलाकारहरूको समूहबाट निर्मित उक्त चलचित्रमा दीपकराजको अभिनय मन पराइयो । चलचित्रको कथामात्र नभै ‘सुर्के थैली खै…’ गीतले पनि ऐतिहासक सफलता हासिल गर्‍यो । दोस्रो चलचित्र पनि व्यवसायिक रूपमा सफल भएपछि दीपकराज गिरीको समूह यतिबेला चलचित्र ‘छक्का पञ्जा’ निर्माण गरिरहेको छ ।

 

 

दयाहाङ राई

dayahang
source: Mero cinema

०७२ मा अभिनेता दयाहाङ राईले अभिनय गरेका चारवटा चलचित्र प्रदर्शन भए । तीमध्ये ‘कबड्डी–कबड्डी’ ले उत्कृष्ट व्यवसाय गर्‍यो । यसअघि नै व्यवसायिक रूपमा सफल भैसकेको चलचित्र ‘कबड्डी’ को यो सिक्वेल चलचित्रले पनि दर्शकलाई प्रशस्त मनोरञ्जन प्रदान गर्‍यो । ‘कबड्डी कबड्डी’ बाहेक दयाहाङले ‘वडा नम्बर छ’ बाट पनि प्रशंसा कमाए । अन्य दुई चलचित्रले औसत व्यवसाय गरे । वर्ष २०७३ मा दयाहाङले अभिनय गरेका ‘लालटिन’, ‘हाउ फन्नी’, ‘वीर विक्रम’ सहित आधा दर्जनभन्दा बढी चलचित्र प्रदर्शनमा आउनेछन् ।

आर्यन सिग्देल aryan

अभिनेता आर्यन सिग्देलले यो वर्ष अभिनय गरेका दुई चलचित्र प्रदर्शन भए, ‘क्लासिक’ र ‘आवेग’ । व्यवसायिक रूपमा सफल चलचित्र ‘क्लासिक’ मा आर्यनको भूमिका मन पराइयो । यो चलचित्रमा आर्यनले आँखा देख्न नसक्ने पात्रलाई जीवन्तता प्रदान गरेका थिए । दोस्रो चलचित्र ‘आवेग’ मा उनी एक्सन हिरोका रूपमा प्रस्तुत गरिएका थिए, जसलाई दर्शकहरूले खासै रुचाएको पाइएन । वर्ष २०७३ मा उनी आफ्नै ब्यानरका चलचित्रमार्फत दर्शकमाझ पुग्ने तयारी गर्दैछन् ।

अनमोल केसी dreams

अभिनेता भुवन केसीका छोरा अनमोल केसी वर्ष २०७२ मा प्रदर्शन भएका चलचित्रमध्ये सर्वाधिक व्यवसाय गर्न सफल चलचित्र ‘ड्रिम्स’ का अभिनेता हुन् । ‘ड्रिम्स’ ले प्रदर्शनमा आएको तीन सातामा करिब ७ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेको वितरकहरूको दाबी छ । चकलेटी अनुहारका धनी अनमोललाई दर्शकहरूले रोमान्टिक शैलीको भूमिकामा मन पराउँछन् ।

सविन श्रेष्ठsabin

बलिउडका सलमान खानसँग समेत तुलना गरिने अभिनेता सविन श्रेष्ठले अभिनय गरेका ४ वटा चलचित्र प्रदर्शन भैसकेका छन् । संख्यात्मक हिसाबले सविन यो वर्ष सबैभन्दा बढी चलचित्रमा अभिनय गर्ने अभिनेता हुन् । तीमध्ये ‘सपना तिम्रो मेरो’ तथा ‘भाग सानी भाग’ ले औसतभन्दा राम्रो व्यवसाय गरेका छन् ।

निखिल उप्रेती bhairab

करिब आधा दशक नेपाली चलचित्रबाट टाढिएका निखिल उप्रेती  यो वर्ष चलचित्र ‘भैरव’ मार्फत दर्शकसमक्ष आए । एक्सन प्रधान ‘भैरव’ व्यवसायिक रूपमा अत्यधिक सफल भयो । चलचित्रबाट निखिलले पनि प्रसस्त प्रशंसा बटुले । देशमा विद्यमान तराई–मधेसका मुद्दामा आधारित यो चलचित्र अझै पनि तराईमा प्रदर्शन गरिएको छैन । निखिलकै मुख्य भूमिका रहेको चलचित्र ‘लुटेरा’ पनि व्यवसायिक रूपमा सफल भयो ।

सौगात मल्लsaugat

रंगमञ्चबाट चलचित्रमा आएर स्थापित भएका अभिनेता सौगात मल्लले अभिनय गरेका चलचित्रमध्ये ‘कबड्डी कबड्डी’ अत्यधिक सफल भयो । यो चलचित्रमा सौगातले यसअघि निर्वाह नगरेको भूमिका निर्वाह गरेका थिए, जसलाई दर्शकले मन पराए । त्यसो त व्यवसायिक सफलता हासिल गर्नबाट चुकेको चलचित्र ‘फन्को’बाट पनि सौगातले प्रसंसा नकमाएका होइनन् ।

 

 

जीवन लुइँटेल jiban

अभिनेता जीवन लुइँटेलले अभिनय गरेका दुईवटा चलचित्रमात्र यो वर्ष प्रदर्शनमा आए । केही वर्षअघि नै निर्माण भएको चलचित्र ‘जाउँ हिँड पोखरा’ ले राम्रो व्यवसाय गर्न सकेन । चलचित्र ‘रिफ्युजी’ पनि व्यवसायिक रुपमा सफल हुन सकेन । महिला निर्देशक सावित्री खत्रीद्वारा निर्देशित ‘काफल पाक्यो’ बाट भने जीवनले प्रसंसा कमाए ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...