२०७२ का सुपरहिट ९ फिल्म

२०७२ को आज अन्तिम दिन । भोलिदेखि हामी २०७३ मा पाइला टेक्दै छौ । यो बर्ष भूकम्प र नाकाबन्दीले सबैतिर लथालिंग बनायो । यसका बाबजुद पनि नेपाली फिल्मी क्षेत्रमा केही आशातित प्रगतिहरु भए । यो बर्ष रिलिज भएका चलचित्रहरु मध्ये सर्वाधिक हिट र आम्दानीका हिसाबले उत्कृष्ट ९ फिल्म यी हुन्  ।

रेशम फिलिली

resham

गत बर्ष वैशाख ११ गते प्रदर्शनमा आएको यो फिल्म निकै चर्चित बन्यो । रिलिज भएको भोलिपल्ट नै भूकम्प गएपछि यसलाई धक्का लागेको थियो तर यो बर्ष यो चलचित्र दुइ पटक रिलिज भए । संभवत: पहिलो पटक एकै वर्ष दुई पटक रिलिज भएको चलचित्र हो ‘रेशम फिलिली’ । अत्याधिक चर्चामा आएको यसको गीत ‘जालमा’ले गर्दा पनि चलचित्र बहुप्रतिक्षित बन्न पुगेको  हो । यसका निर्देशक हुन् प्रनव जोशी ।

हेर्नुस रेशम फिलिली गीतमा गरिएको चर्चित डान्स

पशुपतिप्रसादpashupati

सामान्य कथा बस्तुमा निर्मित यो फिल्म पनि निकै हिट भए । निर्देशक दीपेन्द्र के. खनालद्वारा निर्देशित यो फिल्ममा लगभग पशुपतिनाथ क्षेत्रकै दृश्यहरु समेटिएका छन्  ।

ड्रिम्सdreams

भुवन केसीद्वारा निर्देशित यो फिल्म बर्षको अन्त्यमा रिलिज भए पनि निकै चर्चा कमायो । ‘ड्रिम्स’मा भुवनका सुपुत्र अनमोल केसीले अभिनय गरेका छन्  । यो फिल्मले उनको करिअर नै उज्यालो बनाइ दियो ।

परदेशी

वैदेशिक रोजगारीको विषयमा तयार पारिएको फिल्म परदेशी पनि यो बर्ष सफल भए । नारायण रायमाझीद्वारा निर्देशित यो फिल्म मा इन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेका छन् ।

क्लासिक

निर्देशक दिनेश राउत, निर्माता सुवास गिरी, नायक आर्यन सिग्देल, नायिका नम्रता श्रेष्ठको टिमले बनाएको ‘क्लासिक’ ले पनि सफलता प्राप्त गर्यो ।  चलचित्रमा नेत्रविहीन युवा–युवतीको भूमिका निर्वाह गरेका आर्यन र नम्रताको केमेस्ट्रीलाई दर्शकले मन पराए ।

प्रेमगीत

सुदर्शन थापाद्वारा निर्देशित फिल्म प्रेमगीत पनि यो बर्ष हिट भए । यसको ‘म यस्तो गीत गाउँछु, जुन प्रेमगीत बनोस्’ गीत निकै मन पराइए । चलचित्रमा  नायक प्रदीप खड्का तथा नायिका पूजा शर्माले अभिनय गरेका छन् ।

भैरव

यो बर्ष नायक निखिल उप्रेतीले चलचित्र ‘भैरव’ बनाएर अभिनय र निर्देशन पनि गरे जुन निकै हिट बन्यो ।

वडा नं. ६ wada

हास्यकलाकार दीपकराज गिरी तथा दीपाश्री निरौलासहितको टिमद्वारा निर्मित तथा अभिनित फिल्म हो वडा न. ६ । उज्ज्वल घिमिरेद्वारा निर्देशित यो फिम पनि यो बर्ष सर्वाधिक हिट बन्यो । उनीहरुले यस अघि ‘छ एकान छ’ चलचित्र बनाएका थिए ।

कबड्डी–कबड्डी

‘कबड्डी’को सिक्वेलका रूपमा आएको चलचित्र ‘कबड्डी–कबड्डी’ले सफलता प्राप्त गर्यो  । मुस्ताङको गाउँमा फुपुकी छोरीसँगको मायालाई अभिव्यक्त गर्न नसकेका काजी तथा काजीको उद्देश्यमा व्यवधान खडा गर्न आएका बमकाजीको कथालाई दर्शकले रुचाए । यसका निर्देशक हुन् रामबाबु गुरुङ ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...