यी हुन् बिश्वकै १० शक्तिशाली भूकम्प

यी हुन् बिश्वकै १० शक्तिशाली भूकम्प
फोटो: अन्नपुर्ण

नेपालमा विनाशकारी भूकम्प गएको आज ठिक एक वर्ष पूरा भएको छ । २०७२ साल बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको ७ दशमलव ८ म्याग्निच्युटको भूकम्पमा परि करिब नौ हजार नेपालीको ज्यान गएको थियो भने दुई हजार २०० भन्दा बढी घाइते भएका थिए । झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ घरबारविहीन भए । गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको भूकम्प नेपालीका लागि कालो दिन बनेको छ  ।

त्यसपछिका केही ठूला र निरन्तर आइरहेका परकम्पले नेपालीलाई अझै त्रसित बनाइरहेको छ । गोरखा भूकम्प गएको आइतबार एक वर्ष पुग्दा पनि परकम्प आउने क्रम रोकिएको छैन । आजै पनि बिहान नुवाकोट केन्द्र भएर ४.२ रेक्टरको परकम्पन गएको छ ।

वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अहिलेसम्म ४ रिक्टर स्केल र त्यसभन्दा माथिका ४ सय ४९ वटा परकम्प गएका छन ।

नेपालमा मात्र हैन, यसबीचमा छिमेकी मुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ देखि ७ दशमलव ९ रिक्टर स्केलका भूकम्प गएका छन् । हालै इक्वेडरमा ७  दशमलव ८ र चिलीमा ७ दशमलव ९ रिक्टरको भूकम्प गएको थियो । भूकम्पसम्बन्धी विश्वका तथ्याङ्क हेर्दा हरेक वर्ष औसतमा एक वटा ८ रिक्टर स्केलभन्दा ठूलो भूकम्प गएको देखिन्छ । त्यस्तै ७ दशमलव ९ रिक्टरका १५ र ७ देखि ७ दशमलव ९ र ६ देखि ६दशमलव ९ रिक्टरसम्मका १३० भन्दा बढी भूकम्प गएका छन् ।

१९९० सालको महाभूकम्पपछि ठूलो भूकम्प नै २०७२ वैशाख १२ को गोरखा भूकम्प हो । २०४५ सालमा उदयपुर केन्द्रबिन्दु बनाएर ६  दशमलव ७ रिक्टर स्केलको भूकम्प गएको थियो जसबाट ७ सय २१ जनाको मृत्यु भएको थियो । १९९० सालमा गएको ८ दशलमव ३ रिक्टर स्केलको महाभूकम्पबाट नेपालमा आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो भने त्यत्तिकै सङ्ख्यामा भारतको बिहारमा क्षति भएको थियो ।

ऐतिहासिक रुपमा हेर्दा नेपालमा १३१२ सालमा महाभूकम्प र त्यसको झन्डै ६०० वर्षपछि अर्को महाभूकम्प गएको देखिन्छ । विगतका भूकम्पको तथ्याङ्क हेर्दा मध्य क्षेत्रमा करिब २०० वर्षको हाराहारीमा ठूला भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले बताए । पश्चिमाञ्चल क्षेत्रमा विसं १५०५ मा ठूलो भूकम्प गएको थियो ।

के भन्छन भूगर्भविद् ?

भूगर्भविद्का अनुसार जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि सरिरहेको छ । त्यसमध्ये चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा इन्डियन प्लेटलाई अवरोध गर्छ, जसमा प्रतिवर्ष २ सेन्टिमिटर धकेलिरहेको हुन्छ ।

त्यसको शक्ति सञ्चय हुँदा अवरोधले समस्या भई खुम्चिन्छ, सोमध्ये केही शक्ति हिमालयको स्थायी रुपमा उचाइ वृद्धि हुन प्रयोग भई भूकम्प जाने गर्छ । सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्र अफगानिस्तानदेखि म्यानमारसम्म पृथ्वीको भूखण्डको करिब दुई तिहाइ क्षेत्र पर्छ । यस्तो भूकम्पीयय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिसको बसोबास छ ।

विश्वका १० शक्तिशाली भूकम्पका १० तस्बिर

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...