पछिल्लो समय सेल्फीको क्रेज यति धेरै बढ्दो छ कि सेल्फी नखिचने सायदै होलान । फोटो भन्ने बितिक्कै सेल्फी भन्ने जमाना आइ सक्यो । सानी नानीदेखि नानीकी ममी समेत सेल्फीमै रमाउन थालेका छन् । त्यसो त राम्रो मात्रै होइन जे जस्तो सुकै अबस्थामा पनि सेल्फी खिच्न माहिर हुनेहरुको समेत कुनै कमि छैन । यसले राम्रो भन्दा पनि नराम्रो असर पार्ने गरेको छ ।

सेल्फी खिच्ने मध्ये केहीले व्यक्तिगत प्रयोजनका लागि सेल्फी खिच्ने गर्छन । तर अनायास त्यस्ता सेल्फी सार्वजनिक भैदिन्छ र त अप्ठेरो पर्छ । आफैले मात्रै हेर्नका लागि खिचिएका सेल्फीहरु इन्टरनेटको संजालमा फैलिदा त्यसले भाइरल रुप लिने गर्छ । यसले फोटो खिच्ने मान्छेलाई त नराम्रो बनाउछ नै साथै फोटो हेर्नेलाई समेत अप्ठेरोमा पार्छ ।

कतिपय भने सेल्फीको धुनमा आफ्नो आसपासको बाताबरण/माहोल पनि ख्याल गर्दैन । ठूला दुर्घटना र बेदनामा समेत सेल्फी खिचेर रमाउने गरेको पनि हामीले देखेका छौ । कतिपयले भने ज्यानको पर्वाह नै नगरी सेल्फी मोह राख्ने गरेका पनि छन् जसले गर्दा कतिपयले ज्यान समेत गुमाएका छन् ।

सेल्फी कहाँ, कतिबेला र कसरी खिच्ने भन्ने कुनै मापदण्ड छैन तर यथार्थ र बस्तुगत कुराहरु भने बुझ्न जरुरी छ । कतिपयले आफ्नो निजी जीवन नियाल्न खिचेका सेल्फीहरु समेत सार्वजनिक भएका छन् । बाथरुममा खिचिएका सेल्फी होस् अथवा शारीरिक हाउभाउ बिगारेर खिचिएका सेल्फी नै किन नहोस यसले व्यक्तिगत जीवनमा नकारात्मक असर पार्छ । अरुले सोच्ने दृष्टिकोणमा नकारात्मकपन छाउछ । वास्तबमा यस्ता फोटोहरु आफैले हेर्नका लागि मात्र खिचेका हुन्छन ।

तसर्थ यस्ता आफ्नो व्यक्तिगत जीवनमा ठेस लाग्ने खालका सेल्फीहरु सकभर नखिचेकै राम्रो । खिची हालियो भने पनि आफुले हेर्ने बितिक्कै डिलिट गर्दा राम्रो । हेर्नुहोस् यो १५ सेल्फी जसमध्ये कुनै देख्ने बितिकै हासो उठ्छ त कुनै देख्ने बितिकै हैट भन्नु हुनेछ ।

selfy15

selfy14

selfy13

 

selfy12

selfy11

selfy10
selfy8

selfy7

selfy6

selfy9

 

selfy5

selfy2

selfy4

selfy3

selfy1

selfy

यो पनि 

सेल्फी खिच्नु अघि ध्यान दिनुपर्ने १३ कुरा