१५ यस्ता देश जहाँ बलत्कारीलाई दिइन्छ क्रुर सजाय

१५ यस्ता देश जहाँ बलत्कारीलाई दिइन्छ क्रुर सजाय

विश्वका कुनै पनि सभ्य समाजमा बलत्कारलाई गम्भीर अपराधका रूपमा लिइन्छ । बलत्कारमा परेका पीडितले जीवनभर मानसिक यातना झेल्नु पर्छ । कतिपय अवस्थामा उनका कुनै दोष नभए पनि सामाजिक तिरस्कारसमेत भोग्न बाध्य हुनुपर्छ । सामाजिक प्रताडना, बदनामी झेल्न नसकेर कतिपय अवस्थामा त बलत्कृत महिलाहरूले आत्महत्या नै गर्नु परेका घटनाहरू सार्वजनिक भइरहेका छन् । नेपालमा बलत्कारसम्बन्धी सजाय केही खुकुलो भएको, बलत्कारसम्बन्धी उजुरी र कानुनी कारबाही प्रक्रियामा जाँदा उल्टै बदनाम हुने डर, न्याय पाउनमा हुने ढिलाइले गर्दा धेरैजसो घटनाहरू गोप्य नै राखिन्छन् । तर विश्वमा केही यस्ता देश छन् । जहाँ बलत्कारीहरूप्रति कडा कानुनी कारबाहीका व्यवस्था छन् । आज हामी त्यस्तै कडा कानुनी व्यवस्था भएका देशहरूका ’boutमा चर्चा गर्दैछाैं ।

१. चीन

चीनमा बलत्कारीहरूलाई सीधै मृत्युदण्डको सजाय सुनाइन्छ । कतिपय गम्भीर प्रकरणमा त बलत्कारीको गुप्तांग काटिदिने वा निष्क्रिय तुल्याइदिनेसम्मका सजाय दिइन्छ ।

२.ईरान

ईरानमा बलत्कारीलाई सीधै फाँसीका सजाय दिइन्छ वा सार्वजनिक स्थलमा ढुंगाले हानेर मार्नका लागि रिसले उग्र भएका जनताका बीचमा छाडिदिइन्छ ।

३. नेदरल्यान्ड

नेदरल्यान्डमा बलत्कारका दोषीलाई उमेरका आधारमा ४ देखि १० वर्षको काराबासको सजाय दिइन्छ । नेदरल्यान्ड यस्तो देश हो, जहाँ बिनासहमति फ्रेन्स किस (ओठ जोडेर गरिने चुम्बन) पनि बलत्कारका रूपमा व्याख्या गरिएको छ र आरोपितहरूलाई बलत्कारबराबर नै सजाय दिइन्छ ।

४. फ्रान्स

फ्रान्समा बलत्कारीलाई १५ वर्षसम्म जेल सजायका साथसाथै यातना दिने कानुनी व्यवस्था छ, यस्तो सजाय ३० वर्षसम्म बढाउन सकिने व्यवस्था छ ।

५. उत्तर कोरिया

बलत्कारजस्ता अपराधका लागि उत्तर कोरियामा कुनै दया र जेलसजायको प्रावधान छँदैछैन, बलत्कारीलाई पक्राउ गर्ने वित्तिकै गोली ठोकेर मारिदिइन्छ ।

६. रूस

रूसमा बलत्कारीलाई काराघरमा तीन वर्षसम्म थुनिन्छ, उसले पीडितलाई पुर्‍याएको क्षतिका आधारमा कैद सजाय ३० वर्षसम्म  पुर्‍याइन्छ ।

७‍. अफगानिस्तान

अफनिस्तारमा बलत्कारीलाई बलत्कार भएको चार दिनभित्र गोली ठोकेर मारिन्छ अर्थात मृत्युका सजाय दिइन्छ ।

८. नर्बे

नर्बेमा बतल्कारीलाई पीडितसँग गरिएको निर्दयी व्यवहारका आधारमा ४ देखि १५ वर्षसम्मका सजाय हुने कानुन छ ।

९. अमेरिका

अमेरिकामा बलत्कारसम्बन्धी दुई किसिमका कानुनहरू छन्, पहिलो संघीय कानुन र अर्को राज्य कानुन । संघीय कानुनअनुसार बलत्कारीलाई ३० वर्षसम्म कैदको व्यवस्था छ भने राज्य कानुनअनुसार फरक-फरक किसिमका सजायका व्यवस्थाहरू छन् ।

१०. भारत

भारतमा बलत्कारविरुद्धको कानुन २०१३ पछि त्यहाँ बलत्कारीलाई १४ वर्षसम्म जेल सजाय हुन्छ भने केही प्रकरणहरूमा फाँसी र जन्मकैदका समेत फैसला हुनसक्ने व्यवस्था छ ।

११. साउदी अरब

साउदी अरबमा कुनै व्यक्तिलाई बलत्कार आरोपमा दोषी पाइएमा जाँचबुझपूर्व नै सार्वजनिक रूपमा मारिन्छ । यो विश्वकै क्रुरतम सजाय हो ।

१२.  इजिप्ट

इजिप्टमा पनि बलत्कारीलाई सार्वजनिक रूपमा नै झुन्ड्याएर वा काटेर मारिन्छ । जसबाट बलत्कारका ’boutमा समाजमा सन्देश पुर्‍याउन सकियोस् ।

१३. इजरायल

इजरायलमा बलत्कारीलाई कम्तिमा चार र बढीमा १६ वर्षसम्मका कैद सजायको प्रावधान छ ।

१४. यूएई

यूएईमा पनि बलत्कारीलाई सीधै मृत्युदण्डको सजाय दिइन्छ ।

१५.  ग्रिस

ग्रीसमा कानुनी किताबहरूमा बलत्कारका परिभाषा स्पष्ट रूपमा लेखिएका छन् । कुनै पनि प्रकारका शारीरिक शोषण, यौन उत्पीडन, ज्यान मार्ने धम्की दिएर गरिने जबर्जस्ती याैन सम्पर्कलाई बलत्कार मानिएको छ । यस्तो अपराधमा आजीवन कैद गरिन्छ भने अपराधीलाई जनावरसरह सिक्रीले बाँधेर राखिन्छ ।

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर

बलात्कार, शब्द नै निच सुनिन्छ। तर पनि हाम्रो समाजमा यस्ता अमानवीय गतिविधिमा लाग्नेको संख्या कम छैन। पछिल्लो छ महिनामा मात्र छ दर्जन बलात्कारका घटना समाचार बनेका छन्। बलात्कारका धेरै घटनाहरु घरभित्रै साम्य पारिन्छ, इज्जत अनि सामाजिक मान मर्यादाको नाममा।
बलात्कारको सर्न्दभमा हाम्रो समाजको यस’boutमा रहेको धारणा नै गलत छ। नेपाली समाजले बलात्कारका घटनाको पिडीत पक्ष अर्थात् महिलालाई नै दोषीको रुपमा मान्छ। पुरुषवादी समाजमा बाँच्नुको सबैभन्दा ठूलो पीडा र विदेशको शिकार महिलाहरु यस्ता बलात्कार जस्ता घटनामा भएको देख्न सकिन्छ। घरेलु हिंशा देखी यौजन्य हिंशाका घटनामा समाज र समाजका प्रबुद्धहरुले महिलालाई नै दोषीका रुपमा उभ्याउँछन्। अनि महिलाको भूमिका खोजिन्छ त्यसमा केही फेला नपरे पनि चरित्रमा शंका गर्ने छुट त हरेक पुरुषले जन्मसिद्ध नै लिएको आएको हुन्छ। छोटा कपडा, घरबाहिर हिँड्नु, केटाहरुसँगको संगत, प्रेम र शारिरीक सम्बन्धका कुराहरुलाई जोडेर बलात्कार तथा महिला हिंशाका घटनामा महिलालाई नै कमजोर र दोषीका रुपमा उभ्याएर यस्ता कुराहरुलाई सामसुम पार्ने ध्यान हुन्छ समाज अनि परिवारको। नत्र इज्जत जाने र नाक काटिने जो डर छ। जुन बिलकुलै गलत मात्र होइन अपराधी मानसिकता हो। यस्तो मानसिकता धेरैमा छ त्यसैले त एक्लै जागिरका लागि अर्न्तवार्तामा निस्केकी, सामान किन्न निस्केकी अनि सार्वजनिक यातायातमा यात्रा गरिरहेकी युवतीहरु महिलाहरु यौन उत्पीडनको शिकार भइरहेका छन्। हाम्रो जस्तो एक्लै घाँसदाउरा र घर सम्हाल्नुपर्ने खालको समाजमा महिलालाई झन आफूलाई यौन पिपाशुका नजर र आक्रमणबाट जोगाउनु निक्कै मुस्किल छ।

समाजमा महिलाहरु प्रति हुने यस्ता दूर्व्यवहार र अपराधमा महिलाको भन्दा पनि पिडक पक्षको साथ देखिने वर्गलाई व्यंग्य गर्ने हिसाबमा फोटोग्राफर याना मजरकेभिचले यौन उत्पीडनलाई लिएर एउटा फोटो सिरिज शुट गरेकी छिन्। जसले बलात्कारको घटनामा समाजको दृष्टिकोण र पिडकको पक्षमा उठ्ने आवाजलाई देखाइएको छ। सबै फोटोहरुमा एउटा नारीलाई पुरुषको हातले मुख बन्द गरेर कसरी समाजले बलात्कार पीडीतको मुख बन्द गराउँछ भन्ने पनि देखाउन खोजिएको छ। फोटोमा यौन उत्पीडनमा परेकी महिलाले समाजको दृष्टिकोणलाई व्यंग गरेर लेखिएका शब्दहरु प्लेकार्डका रुपमा लिएकी छिन्। यी यस्ता फोटो हुन् जसलाई ध्यान दिएर हेर्नुभयो भने तपाईंको सोच बदलिदिन्छ बलात्कारको घटनामा:

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 1

मलाई थाहा हुनुपथ्र्यो कि कसरी जोगिनुपर्छ

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 2

म एक्लै निस्कनु हुँदैनथ्यो

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 3

सायद म बढी नै नजिक भएँ

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 4

मेरो गल्ती थियो मैले मदिरा पीएकी थिएँ

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 5

मैले आफ्नो ब्वाई फ्रेण्डलाई हुन्न भन्न सक्दिन

[ads1]

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 6

मेरो स्कर्ट सारै छोटो थियो

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 7

मैले मेरो ड्रिंक तल राख्नुहुँदैन थियो

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 8

मलाई अनुमान हुनु पर्दथ्यो कि यस्तो केही हुन सक्छ

मुख खोलिदिने १५ थ्रीडी टाटु

मुख खोलिदिने १५ थ्रीडी टाटु

शरिर कलाका रुपमा टाटुलाई लिइन्छ। यो निक्कै पुरानो आदीवासी परम्परा हो, एशिया देखी अफ्रिका महादेशमा रहेका प्राचिन जाति तथा सम्प्रदायमा शरिरमा विभिन्न रंगहरु पोतेर कला प्रदर्शन गर्ने परम्परा रहेको छ। नेपालका धेरै सम्प्रदायमा शरिरमा विभिन्न खालको कला खोप्ने चलन छ। नेपाली पहाडी बस्ती साथै काठमाडौं उपत्यकामा पनि शरिरमा खोपिने चित्रलाई गहनाको रुपमा लिइन्छ। नेपाली विश्वास अनुसार शरिरमा खोपिएका टाटु मात्र त्यस्ता गहना हुन जुन मानिसले मर्दा आफूसँगै लिएर जान्छ।

 

 


नेपाली मध्यम वर्गिय समाजमा भने टाटु खोपाउनुलाई राम्रो मानिँदैन। टाटु खोप्ने अनि पियरसिंग गर्ने (शरिरका विभिन्न भागमा छेडेर धातुका गहना लगाउने) केटा वा केटीलाई आवाराका रुपमा हेर्ने मानसिकता आज पनि छ। हुन त नाक र कान छेड्ने पुरानो परम्परा हो तर पनि युवाहरुले नाक र कान छेड्ने परम्परालाई नाइटो र अन्य गोप्य अंगसम्म पुरयाएको पाइन्छ जसलाई समाज राम्रो मान्दैन।

थ्रीडी टाटु २

थ्रीडी टाटु ७

एशिया अफ्रिका देखी अमेरिका अनि यूरोप सबै महादेशमा सरोवरी भएको यो शरिरमा रंग प्रयोग गरेर कलात्मक स्वरुप दिने चलन यतिखेर प्रविधिको विकासका कारण निक्कै पृथक भएको छ। यो कला मात्र नभएर व्यवसाय अनि प्रविधि बनिसकेको छ। प्रविधिको प्रयोगले मानिसको छालामा वास्तविकताको भान दिने खालका चित्रहरु कोर्न सकिने भएको छ। थ्रिडी आर्टको रुपमा शरिरमा कोरिने चित्रहरुलाई अत्यन्त वास्तविक देखिने गरेर दृश्यात्मक एवं वास्तविक स्वरुप दिन सकिने भएको छ। जसले गर्दा टाटु अब केबल टाटुको रुपमा मात्र छैन। टाटु खोप्ने कलाकारको दक्षता, ज्ञान र अनुभवको आधारमा यस्ता थ्रीडी टाटुहरुले मानिसलाई उनीहरुको मुख खुलाका खुला हुने गरि दंग पार्ने गराउँछन्। यहाँ त्यस्ता केही अनौठा टाटुका तस्वीरहरु छन् जुन तपाइँले टाटु खोपाउने समयमा उदाहरणका रुपमा पनि लिन सक्नुहुन्छ।

यी हुन् राष्ट्रघाती सन्धिसम्झौतामा हस्ताक्षर गर्ने

यी हुन् राष्ट्रघाती सन्धिसम्झौतामा हस्ताक्षर गर्ने

नेपालमा राजनीति गरेर सत्तामा जानका लागि भारतका विभिन्न एजेन्सी र सरकारी निकायसँग राष्ट्रहित विपरित सन्धी सम्झौता गर्ने क्रम आजको होइन। राजा र उनीहरुले बसाल्न खोजेको थितीलाई तानाशाही व्यवस्थाको नाम दिँदै भारतको स्वार्थ अनुसार प्रजातन्त्रको रागमा देशलाई कंगाल गराउने काम राजनीतिक नेतृत्वबाट हुँदै आएको छ। नेपाललाई सुगौली सन्धीको समय देखी नै नेपालका केही मुट्ठीभर राजनीतिक नेता र कर्मचारीहरुले प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रको नाममा कमाइखाने भाँडो बनाएको र्सवविधित कुरा नै हो। राजनीतिक परिवर्तन र क्रान्तिको भाषण गर्ने तर भ्रष्ट र स्रोत नखुलेको कमाइमा रमाउने राजनीतिक नेतृत्वको कारण नेपाल दिनदिनै कहाली लाग्दो भविष्यको बाटोमा छ।

भारतीय दूतावास अनि गुप्तचर एजेन्सीसँग गोप्य साँठगाँठ राख्ने राजनीतिक नेतृत्वकै कारण देश विकासको खुड्कीलो चढ्न सकिरहेको छैन। दुर्इवटा संविधानसभाको निर्वाचन पछि पनि देशमा विकासको नाम नै सुन्न गारो परिरहेको छ। भने अर्को तिर देशका नदीनाला भारत र भारतीय कम्पनीलाई बेच्ने काम भइरहेको छ। पछिल्लो समय नेपालीलाई अन्धकारमा राख्दै काँग्रेस, एमाले अनि माओवादी लगायतका राजनीतिक दलले कर्णाली  नदी भारतलाई नेपालको हित विपरित गएर दिने निर्णय गरेका छन्। यद्यपी चनाखो नागरिक समाज र युवाहरुले कर्णाली बचाउन अभियान नै सुरु गरेका छन्। जनताहरु जुर्मुराए पछि भारतीय हितमा राष्ट्रद्रोह गर्न तम्सने राजनीतिक दल र तिनका नेताको पनि केही जोर भने चल्ने देखिँदैन। यसै क्रममा कर्णाली  बचाउ अभियानले अहिलेसम्म भारतसँग गरिएका राष्ट्रद्रोही सम्झौता र तीनका हस्ताक्षरकर्ताहरुको लिस्ट नै सार्वजनिक गरेको छ जुन यस्तो छ। नेपालको हितप्रतिकूलका राष्ट्रघाती सन्धिसम्झौतामा हस्ताक्षर गर्नेहरू

१. सुगौली सन्धिः

नेपालका तर्फबाट सन्धिमा हस्ताक्षर गर्ने चन्द्रशेखर उपाध्याय । इष्ट इण्डिया कम्पनीका तर्फबाट लेफ्टेनण्ट कर्णेल प्यारिश ब्य्राडशा । सन् १८१५ डिसेम्बर २ का दिनका सुगौलीमा हस्ताक्षर भइ १८१६ मार्च ४ का दिन मकवानपुरमा सन्धि आदानप्रदान ।

२. शारदा बाँध सम्झौताः

नेपालका तर्फबाट सन्धिमा हस्ताक्षर गर्ने प्रधानमन्त्री चन्द्रशम्शेर जबरा । भारतका तर्फबाट कर्णेल केलअन । सन् १९२० अगष्ट २३ मा पत्राचार भइ १९२० अक्टोबर २१ मा सदर ।

३. सन् १९५० को सन्धिः

नेपालका तर्फबाट हस्ताक्षर गर्ने प्रधानमन्त्री मोहनशम्शेर जबरा । भारतका तर्फबाट भारतीय राजदूत चन्द्रेश्वरप्रसादनारायण सिंह । सन १९५० जुलाई ३१ काठमाडौँमा हस्ताक्षर ।

४. कोशी सम्झौताः

तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा नेपाल भारतबीच हस्ताक्षरित कोशी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गर्ने महावीर शम्शेर । भारतका तर्फबाट गुल्जारीलाल नन्दा । सन् १९५४ अप्रिल २५ का दिन काठमाडौँमा हस्ताक्षर ।

५. गण्डक सम्झौताः

तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पालामा नेपाल भारतबीच हस्ताक्षरित गण्डक सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गर्ने उपप्रधानमन्त्री सुवर्णशम्शेर । भारतका तर्फबाट भारतीय राजदूत भगवान सहाय । सन् १९५९ डिसेम्बर ४ का दिन काठमाडौँमा हस्ताक्षर ।

६. टनकपुर सम्झौताः

नेपालका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अख्तियारप्राप्त सामान्य प्रशासन मन्त्री महेश्वरप्रसाद सिंह । भारतका तर्फबाट विदेशमन्त्री माधवसिंह सोलङ्की । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १९९१ डिसेम्बर ५–११ बीच सम्पन्न भारत भ्रमणको बेला, नयाँ दिल्लीमा हस्ताक्षर ।

७. महाकाली सन्धि (परराष्ट्रमन्त्रीस्तरमा):

नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी । भारतका तर्फबाट विदेशमन्त्री प्रणव मुखर्जी । १९९६ जनवरी २९ काठमाडौँमा हस्ताक्षर । प्रधानमन्त्रीस्तरमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउबा, भारतका तर्फबाट प्रधानमन्त्री पीभी नरसिंह राव । १९९६ फेब्रुअरी १२ मा नयाँ दिल्लीमा हस्ताक्षर ।

८. माथिल्लो कर्णाली सम्झौताः

नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्ने सहसचिव अनुपकुमार उपाध्याय र फड्के किनाराका साक्षी सहसचिव राजेन्द्र कु. क्षेत्री र विद्युत विकास विभागका उपमहाप्रबन्धक सुनिलबहादुर मल्ल । जीएमआर आइटीडीका तर्फबाट अभिनाश शाह, साक्षी हरविन्दर मनोचा र राजीब मिश्र । २००८ जनवरी २४ का दिन काठमाडौँमा हस्ताक्षर ।

९. अरुण ३ सम्झौताः

नेपाल सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गर्ने सहसचिव अनुपकुमार उपाध्याय, फड्के किनाराका साक्षी सहसचिव राजेन्द्र के. क्षेत्री र विद्युत विकास विभागका उपमहाप्रबन्धक सुनिल बहादुर मल्ल । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम लि.का तर्फबाट उपमहाप्रबन्धक श्री सञ्जय उप्पल, फड्के किनाराका साक्षी मनोज दीक्षित । २००८ मार्च २ का दिन काठमाडौँमा हस्ताक्षर ।

१०. माथिल्लो कर्णाली पीडीएः

नेपाल सरकारका तर्फबाट लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्त र फड्के किनाराका साक्षी उपसचिव खगेन्द्र रिजाल । जीएमआरका तर्फबाट आरभी सेसन र प्रशारण लाइन कम्पनीका तर्फबाट हरविन्दर मनोचा । साक्षी, माथिल्लो कर्णाली जलविद्युत लि. राजिब मिश्र र प्रशारण लाइन कुलमित के शर्मा । २०१४ सेप्टेम्बर १९ का दिन काठमाडौँमा हस्ताक्षर ।

११. अरुण ३ पीडीएः

नेपालका तर्फबाट लगानी बोर्डका मुख्य कार्यकारी अधिकृत राधेश पन्त, सतलज जलविद्युत निगमका तर्फबाट अध्यक्ष आरपी सिंह । २०१४ नोभेम्बर २५ का दिन काठमाडौँमा हस्ताक्षर ।

विदेशबाट नेपाल फर्कनेले ध्यान दिनुपर्ने ३ कुरा

विदेशबाट नेपाल फर्कनेले ध्यान दिनुपर्ने ३ कुरा

विदेशमा काम गरेर नेपाल फर्कन लाग्नुभएको छ भने नयाँ आर्थिक वर्ष अर्थात साउन १ गते देखी नेपाल सरकारले गरेको भन्सार सम्बन्धी परिवर्तन बुझेर मात्र झोला कस्नुस्। नत्र काठमाण्डौंमा जहाजबाट उत्रे पछी भन्सारका कर्मचारीको चक्रब्युहमा फस्नुहोला।

तपाईं हामी धेरैलाई थाहा छ काठमाण्डौं विमानस्थलका कर्मचारी, प्रहरी अनि भन्सारका हाकिमहरू कति भ्रष्ट र हरामी छन्। विदेशबाट फर्कनेलाई कसरी दुख दिने, ट्र्यापमा पार्ने र पैसा झार्ने भनेर योजना बनाएका कर्मचारीबाट आफ्नो खुन पसिनाको कमाई जोगाएर घरलैजान चाहनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनुस पहिले।विदेशबाट नेपाल फर्कनेले ध्यान दिनुपर्ने ३ कुरा

साउन देखी सरकारले विदेशबाट काम गरेर फर्किँदा ल्याउन पाइने केही सामानहरुलाई प्रतिबन्ध लगाएको छ भने केही सामानहरूको भन्सार शुल्क बढाएको छ। नेपाल सरकार भन्सार विभागले झिटी-गुन्टा मार्फत सुन, मदिरा र समदर भन्सार जस्ता कुरामा विदेशबाट फर्कनेहरूलाई तत्काल ठूलो प्रभाव पर्ने खालको परिवर्तन गरेको छ। जुन साउन १ गतेदेखी लागु हुँदैछ। यस्ता छन् परिवर्तन:

१. सुनचाँदी ल्याउनमा निषेध

अब विदेशबाट फर्कनेले काँचो सुन लिएर आउन पाउने छैन। नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टमा आउँदा कसैले पनि काँचो सुन ल्याउन नपाउने गरी प्रतिबन्ध लगाईएको छ। सरकारले गहना बाहेक अरू सुन बोक्न प्रतिवन्ध लगाएको छ। यसको मतलब हो विदेशबाट सुनका बिस्कुट किनेर नेपाल ल्याउने सोचमा हुनुहुन्छ भने त्यो किन्ने सोच त्यागिदिनुस। अहिले सम्म विदेशमा छ महिना बसेर फर्कनेले ५० ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था रहेकोमा त्यो व्यवस्था हटेको छ। नयाँ व्यवस्था अनुसार बढीमा ५० ग्राम सुनका गहना मात्र ल्याउन पाइनेछ। झुक्किएर वा थाहा नपाएर काँचो सुन ल्याए विमानस्थलमै जफत हुनेछ।

५० ग्रामसम्म सुनका गहनामा भने भन्सार शुल्क लाग्दैन तर यस्ता गहना पनि ५० ग्राम भन्दा बढी गहना ल्याए भन्सारले जफत गर्नेछ।

अहिले समम विदेशबाट फर्किनेहरूले ४ सय ५० ग्राम सम्म काँचो सुन भन्सार तिरेर भित्र्याउन सक्थे।अब भने ५० ग्राम सुनका गहनाबाहेक कुनै खालका सुन पनि ल्याउन नपाइने भएको छ। चाँदीका गहना पनि ५ सय ग्रामभन्दा बढी ल्याउन पाइने छैन।

३. एक लिटर मदिरा मात्र

विदेशबाट फर्केपछी साथीभाईलाई जम्मा पारेर यसो टुच्च लगाउनुपर्छ भनेर विदेशी मदिरा किनेर नेपाल ल्याउने सोचमा हुनुहुन्छ भने पनि त्यसलाई क्यान्सिल गर्नुस्। पहिले विदशेबाट आउँदा २ लिटर मदिरा निशुल्क भन्सारमा ल्याउन छुट थियो भने अब एक लिटर मात्र ल्याउन पाइन्छ। त्यसैले नेपाल लैजान भनेर मदिरा किन्दै हुनुहुन्छ भने १ लिटरको बोटल हेरेर मात्र किन्नुहोला।

 

३. सामानमा ४० प्रतिशत भन्सार

सरकारले नयाँ आर्थिक वर्षका लागी साउन १ देखी लागु गर्न लागेको नयाँ झिटीगुन्टा आदेशले समदर भन्सारको नीतिमा परिवर्तन गरि भन्सारको दर बढाएको छ। पहिले समदरमा भन्सार लगाउँदा सामान अनुसार छुट्टा-छुट्टै भन्सार कर र मुल्य अभिवृद्धि करको व्यवस्था थियो भने अब त्यो एकमुष्ट ४० प्रतिशत भएको छ। विदेशबाट फर्किनेले विमानस्थलबाट भन्सार तिरेर समान ल्याउँदा सामानको बिलमा उल्लेख भएको मूल्यको ४० प्रतिशत अर्थात विदेशमा किन्दा तिरेको मूल्यको ४० प्रतिशत भन्सार नेपालमा तिर्नुपर्छ। यस व्यवस्थाले विदेशमा नेपालमा भन्दा निक्कै सस्तो मुल्यमा पाईने सामान नेपाल लैजानको लागी भने निक्कै महँगो पर्नेछ। यसको मतलब हो ६ महिनासम्म विदेशमा बसेर फर्किएकाहरुले ३२ इञ्च भन्दा बढीको टेलिभिजन, म्यूजिक तथा भिडियो प्लेयर, फ्रिज, वासिङ मेशिन, पङ्खा, रेडियो जस्ता अत्यावस्यक आवस्यकताका सामान र १/१ वटा नेपाल लैजानको लागी ती सामान किन्दा परेको मुल्यको ४० प्रतिशत भन्सार तिर्नुपर्छ।

१० किलो सम्म खानेकुरा, १५ वटा सम्म लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका समान, घरायसी प्रयोजनका मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, कपडामा लगाउने आइरन, राइस कुकर २/२ वटासम्म ल्याएमा भन्सार तिर्नुपर्छ। विदेशमा गरेको काम नेपालमा गर्ने सोचले पेशासँग जोडिएका उपकरण ल्याउँदा पनि २/२ वटासम्मको ४० प्रतिशत भन्सार तिर्नुपर्छ।

 

यी सामानको तिर्नुपर्दैन भन्सार

सरकारको नयाँ झिटीगुन्टा आदेशमा केही कुराहरू भने पुरानै छन्, मतलब तिनमा परिवर्तन भएरको छैन। विदेशबाट ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ वटा ल्याउँदा कुनै भन्सार तिर्नु पर्दैन। यसमा भन्सार छुट पाइने व्यवस्था कायमै छ। त्यसरी नै बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।विदेशबाट नेपाल फर्कनेले ध्यान दिनुपर्ने ३ कुरा

वैदेशिक रोजगारीमा एक वर्ष बिताएकाले ३२ इन्चसम्मको टेलिभिजन बिना भन्सार ल्याउन पाउने व्यवस्था छ। तर ३२ इन्चभन्दा ठूलो टेलिभिजन ल्याए ४० प्रतिशत भन्सार तिर्नुपर्छ।

विदेशमा काम गर्दा गरेकाहरूले नेपालमा आएर सोही काम अनुसारको विभिन्न पेशा व्यवसाय गर्नका लागी ल्याएका व्यवसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ। डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, संगीतमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ वटा ल्याउनको लागी भन्सार तिर्नुपर्दैन।

साथै निश्चित परिमाणका लुगाफाटा, बिछ्यौना, घर गृहस्थीका लागी ल्याएका पुराना सामान साथै नीजि प्रयोगका सामान ल्याउन भन्सार लाग्दैन।

उपचार गर्न विदेश गएकाहरूले ल्याउने औषधि र शारीरिक अशक्तहरुले प्रयोग गर्ने समानमा पनि भन्सार छुट छ।

बिश्वकै सेक्सी एयरहोस्टेज भएको ४ एयरलाइन्स, यात्रासंगै मस्ती !

बिश्वकै सेक्सी एयरहोस्टेज भएको ४ एयरलाइन्स, यात्रासंगै मस्ती !

सवारीसाधनमा यात्रा गर्दा संगैको सिटमा ब्युटीफुल तरुनी परोस भन्ने धेरै केटाहरुको चाहना हुन्छ । केटाहरु मात्रै होइन केटीहरु पनि संगैको साथी राम्रो र रमाइलो गफ गर्न मन पराउने खालको होस् भन्ने चाहन्छन ।
अझ लामो दुरीको यात्रा गर्दा संगैको साथी मन नमिल्ने/नबोल्ने खालको पर्यो भने त्यो भन्दा नरमाइलो अरु के होला र ? सार्वजनिक बस/माइक्रोमा यात्रा गर्दा त यस्तो अनुभूति हुन्छ भने प्लेनमा यात्रा गर्दा कस्तो अनुभूति होला ?  पक्कै पनि जो कसैको मनमा आफ्नो साथमा पर्ने साथी राम्रो र रमाइलो परोस भन्ने चाहन्छन ।
यी त भए संगै यात्रा गर्ने साथीहरुका कुरा । तर कतिपय एयरलाइन्सहरुले भने यात्रुलाई आकर्षण गर्न हट एण्ड सेक्सी एयरहोस्टेजहरु नियुक्त गरेका छन् । ति एयरलाइन्सहरुमा यात्रा गर्दा एयरहोस्टेज संग भावनात्मक मस्ती गर्न पाइन्छ ।
कुन कुन एयरलाइन्समा छन् यस्तो सुबिधा ?

 जर्मनीgermany

एक जर्मन ट्राभल एजेन्सीले विश्वको पहिलो नग्न एयरलाइन्स सर्भीसको सुरुवात गरेको थियो । जर्मनीमा शारिरीक खुल्लापन सामान्य विषय हो । आर्थिक मन्दीले सताएको वर्ष सन् २००८ मा जर्मनमा यस्तो एयरलाइन्सको सुरुवात भयो । जसमा यात्रुले लुगा खोलेर यात्रा गर्न सक्दछन् । भित्रि वस्त्रबाहेक अन्य लुगा खोल्न पाइन्छ ।  सो एजेन्सीमा टिकट बुक गरी जर्मनीको एरफर्ट शहरबाट बाल्टिक समुद्र तट सम्म यात्रा गर्न सकिन्छ । 

भियतनाम 

viyatnam
भियतनामको विएटजेट एविएशनका मालिक गुयेन फुओगले आफ्नो एयरलाइन्समा बिकिनी गर्ल्सको व्यवस्था गरेका छन् ।  बिकिनी गर्ल्सनै सो  एयरलाइन्सको एयरहोस्टेज हुन् । फुओग आफ्नो आइडियाका कारण आज अर्बपति बनिसकेका छन् ।

माल्टाmalta

एक वर्ष पहिले एयर माल्टाले आफ्नो यात्रुको लागि नयाँ सेवा सुरु गरेको छ । एयरलाइन्सले यात्रुको लागि फ्री-मसाजको सुविधा सुरु गरेको छ । सो  एयरलाइन्सको फ्लाइटमा एयरहोस्टेजले यात्रुको हात, खुट्टा, गर्दन र टाउको मसाज गर्दछन् । त्यती मात्र नभई  एयर माल्टाले  स्पा र ब्यूटी प्रोडक्ट्सको लागि वाउचर सर्भीसको पनि सुरू गरेको छ ।

एयर न्यूजिल्याण्ड 

newz
एयर न्यूजिल्याण्डले सन् २०११ मा  लामो दुरीको यात्रुको लागि नयाँ सेवा सुरु गर्‍यो । न्यूजिल्याण्डबाट लस एन्जल्स सम्म जानेहरुका लागि यस्तो सिट बनाइएको छ जसमा खुट्टा फैलाएर सुत्न सकिनेछ । यस विमानमा विवाहित जोडी र परिवार भएकाहरुले यात्रा गर्न मन पराउने सो एयरलाइन्सले जनाएको छ ।

हुटर्स एयरलाइन्स

huters
हूटर्स एयरलाइन्सले पनि यात्रीहरुको लागि गजबको सेवा सुरु गरेको छ । सो एयरलाइन्सको विमानमा यात्राको समय हट होस्टेसले यात्रीलाई भरपुर सेवा दिन्छन् । यात्राको क्रममा ती होस्टेजले कयौ खालका गेम्स देखाउछन् ।
यो पढ्न छुट्यो कि ?