समाज

असाध्यै अशुभ मानिने ६ सपना

हामी दिनहु बिभिन्न प्रकारका सपना देख्छौ । राम्रो लागेको सपना पूरा भैदिए हुन्छ भन्छौ र नराम्रो सपना केही नहोस भन्छौ । सपनाको फलका ’boutमा थुप्रै विचार र भनाइहरु छन् । यसका ’boutमा शास्त्रहरुमा पनि उल्लेख छन् । रामायण वा महाभारतमा पनि सपनालाई आउने संकेतको रुपमा लिएको छ । भगवान रामले दशरथको मृत्युको समयमा एक अशुभ सपना देखेर अनुमान लगाएका थिए कि राजभवनमा केही अशुभ हुँदैछ भनेर । रावणले पनि आफु मारिनु अघि सपनामा असुभ  संकेत देखेका थिए । शास्त्रअनुसार सपनालाई भविष्यमा हुने घटनाको संकेत मानिन्छ । बिभिन्न सूचकका आधारमा सपनाको संकेत छुट्याइएको हुन्छ । १. काग देख्नु सपनामा काग देख्नुलाई असुभ फलदायी मानिन्छ । यसलाई मृत्युको संकेत पनि मानिदै आएको छ । यदि सपनामा काग देख्नुभयो भने तपाईले नजिकैको मानिस मुत्यु भएको आदि समाचारहरु सुन्नुपर्ने हुन्छ् । २. आफैलाई यात्रा गर्दै गरेको देख्नु सपनामा आफैलाई यात्रा गर्दै गरेको देख्नु पनि त्यतिको राम्रो मानिदैन । कुनै नराम्रो घटना हुन सक्ने हुँदा जुन दिन सपना देखिएको छ त्यसै दिन यात्रामा जानु छ भने सकेसम्म यात्रा नै स्थगित गर्नु राम्रो मानिन्छ । ३. बाजा बजाएको  वा कपाल मुण्डन गरेको देख्नु सपनामा बाजा बजाएको  वा कपाल मुण्डन गरेको देख्नुलाइ पनि राम्रो संकेत मानिदैन । यदि आफ्नै मुण्डन गरेको देख्नुभयो भने त्यसले आफ्नै परिवारको सदस्यको मृत्युको संकेत गर्छ । ४. सेतो फुलको माला लगाइदिनु सपनामा कोही महिला आएर तपाईंलाई सेतो फूलको माला लगाइ दिइन भने निकै असुभ हुने संकेतको रुपमा मानिन्छ । ५. तेल लगाउनु वा गधाको सवारी देख्नु सपनामा  तेल लगाउनु वा गधाको सवारी देख्नुलाई पनि मृत्युको सुचक मानिन्छ । ६. सेतो बस्त्र र छरिएको खुल्ला कपालमा महिलालाई देख्नु कुनै महिला सपनामा सेता वस्त्र र छरिएको कपालमा देखिइन भने यसलाई वियोगका सपना मानिन्छ । यो पढ्नु भयो ? यस्तो सपना देख्नु भयो भने बिपनामा धन प्राप्त हुन्छ (२० सपना) यस्तो १० सपना जसले मृत्युको संकेत गर्छ यस्ता ७८ सपना हुन्छन् खतरनाक

Read More »

नेपालमा सबै भन्दा बढी भूतले तर्साउने ५ ठाउँ (हेर्नुस भिडियो)

भूत भन्ने बितिक्कै हाम्रो आङ् जिरिंग हुन्छ, रौहरु ठाडो हुन्छन । अझ रातको समयमा भूतको कहानी र कथाहरु सुन्नु पर्छ रातभर निन्द्रा लाग्दैन । कोही कोही त राती नै भूत भनेर चिच्याउछन् । किचकन्याले सताएको प्रसङ्गहरु त थुप्रै सुनिन्छ । भूत भन्ने बितिक्कै हाम्रो दिमागमा एउटा अनौठो भयानक डरलाग्दो दृश्य छचल्किन थाल्छ । तपाईलाई लाग्न सक्छ साच्चीकै भुत हुन्छन् त ? विश्वमा सुचना र प्रविधीले निकै फड्को मारीसके पनि मनिसहरुको मन परिर्वतन भएको छैन् । समाजमा भुतको चर्चा गरेको तपाई हामीले सुन्नेगरेकै छौ । तर विश्वास की नगर्ने भुत हुन्छ भनेर हेलोविन देखी चिनियाँ घोस्ट फेस्टिवल सम्म भुतको खुव चर्चा हुने पाईन्छ । तर भुतको अस्तित्व ’boutमा लडाई भने हजारौ वर्षदेखि जारी छ । भुत छ र छैन् भनेको संख्या पनि उत्तिकै छ । देखे भोगेकाहरुको कहानी र कथालाई मान्ने हो भने भूत धेरै प्रकारका हुन्छन । पछिल्लो समय जन घनत्व बढेसंगै भूत हट्दै गएको धेरैको बुझाइ छ । आखिर जे होस्, कतिपयलाई बिश्वास लाग्ला त कतिपयलाई नलाग्ला तर यहाँ एक भिडियोमा नेपालमा सबै भन्दा बढी भूत भेटिने ५ ठाउँको चर्चा गरिएको छ । जसमा राजदरबारदेखि सागरमाथासम्मका ठाउँहरु समेटिएका छन् । हेर्नुस भिडियो  यो पढ्न छुट्यो कि ? किचकन्यासँग रोमान्स गरेको भिडियो भाइरल (हेर्नुहोस् भिडियो)

Read More »

चिया खानुअघि ध्यान दिनुपर्ने ५ कुरा

कोही आफन्त अथवा साथीभाई भेट्ने बितिक्कै हामी सर्वप्रथम चियाको अफर गर्छौ । घरमा कोही आयो भने पनि सुरुमा चिया नै ख्वाउछौ । हामी अरु कसैकोमा गए पनि सुरुमा चिया नै खान्छौ । बिहान उठ्ने बितिक्कै चिया खाने धेरैको बानी छ । अझ कतिपय त बेडमै चिया मगाएर खाने गर्छन । बिहान चिया, खाना खाएर अफिस पुगेपछि पनि चिया, अनि खाजासंगै पनि चिया, खाजापछि पनि अफिसमा चिया, अनि बेलुका घर फर्किन पनि चिया । यी त अफिस भित्र काम गर्ने कर्मचारीको कुरा । अफिर बाहिर काम गर्नेहरुले त झन् यो भन्दा बढी चिया खान्छन । कोही मान्छे भेट्ने बितिक्कै चियागफ सुरु भैहाल्छ । लेमन, ग्रीन टी, मिल्क टी लगायतका आ आफ्नै फाइदा र बेफाइदा छन् । तर मान्छेहरु आफ्नो रुची र अरुको लहलहैमा यी चियाहरु सेवन गरिरहेका हुन्छन । चिया पनि एकखाले नशा नै हो । चियाको महात्म्य भनि साध्य छैन । तर यही चिया आफ्नो स्वास्थ्य अनुसार मिलाएर पिउन सकिएन भने यसले ठूलो असर गर्छ । अझ बिहान खाली पेटमा त चिया खानै नहुने अध्ययनहरुले देखाएको छ । एक अनौपचारिक तथ्यांक अनुसार हाम्रो देशको करिब ८० देखि ९० प्रतिशत जनसंख्या विहान उठ्ने वित्तिकै चिया पिउछन । विशेष गरी  गर्मी मौसममा खाली पेटमा चिया पिउदा स्वास्थ्यमा हानि हुने समेत पत्ता लागेको छ । तसर्थ बिहान चिया पिउने नै हो भने तपाईले विहान उठेर हल्का नास्ता खाइ सकेपछि मात्र चिया पिउनु राम्रो हुन्छ । चिया खाँदा ध्यान दिनुपर्ने ५ कुरा  १. बिहान खाली पेटमा स्ट्रगं टी पिउन मनपर्छ भने सावधानी अपनाउनुस् । धेरै स्ट्रगं चिया पिउनेलाई अल्सर हुने खतरा हुन्छ । यसले पेटभित्र घाउ बनाउने सम्भावना एकदमै बढी हुन्छ । २. कैयौ मानिस एकैपटक धेरै चिया बनाउँछन् । र त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटकपटक तताएर चिया पिउनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । ३. अधिकांश मानिस दूध चिया पिउने गर्दछन् । तर, कमैलाई मात्र थाहा छ कि खाली पेट दूध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै व्यवहारमा चिडचिडापन (रिसाउने) स्वाभाव आदि आउँछ । ४. विहान उठेर खाली पेटमा चिया पिउदा पाचन प्रक्रियामा अप्ठेरो पार्न सक्छ । जसले तपाईलाई वान्ता हुनसक्छ र अप्ठेरो महसुस हुनसक्छ । ५. सामान्यतया ब्ल्याक टि लाई स्वास्थ्यको हितमा मानिन्छ । तर, अत्याधिक पिएमा हानी पनि गर्नसक्छ । ब्ल्याक टि पिउँदा तौल घट्छ तर, पेट फुल्छ भने भोक लाग्दैन् ।

Read More »

भुलेर पनि जुत्ता लगाएर जान नहुने ७ ठाउँ

हामी जहा पुग्छौ जुत्ता पनि त्यहि पुग्छ । त्यसो त हामी जतिसुकै सफा सुग्घर ठाउँमा पुगे पनि जुत्ताले भुइमै टेकेर हिड्नु पर्छ त्यसैले यो सबै भन्दा फोहोर हुन्छ । फोहोरले नै रोगब्याधि र संक्रमण निम्त्याउछ । त्यसैले त फोहोरबाट जोगिनु पर्छ ।  फोहोरबाट मान्छे मात्रै होइन भगवान पनि रिसाउछन् त्यसो त जुत्ता लगाएर मन्दिरमा पस्नु हुदैन भन्ने मान्यता रही आएको छ । हाम्रो समाजमा यस्ता थुप्रै मान्यताहरु रहेका छन् । कतै भगवान रिसाउने भनिएको छ भने कतै भगवानले सराप्ने लगायतका बिश्वास गरिन्छ । धारमा बिश्वास गर्नुस वा नगर्नु स्त्यो तपाइको अधिकारको कुरा हो तर फोहोर बच्नु तपाइको लागि अति आवश्यक कुरा हो । यसका ’boutमा बिभिन्न धर्मशास्त्रहरु बिभिन्न कुराहरु उल्लेख छन् । यी ५ स्थानमा यदि जुत्ता वा चप्पल लगाएर गएमा अशुभ हुने कुरा समेत बताइएको छ । यदि वेवास्ता गरेर हामिले जुत्ता चप्पल लगाएरै यी स्थानमा गयौ भने हामिलाई बिभिन्न प्रकारका दुख कष्टहरु आउन सक्ने बताइएको छ । त्यसैले जानीराखौं कुन कुन स्थानमा जुत्ता चप्पल लगाएर जानु हुदैन । १. ढुकुटी ढुकुटी भएको स्थान जहा देवी लक्ष्मीको वास हुन्छ भन्ने गरिन्छ त्यसैले ढुकुटी भएको स्थानमा कहिले पनि जुत्ता चप्पल लगाएर नजानुस् । २. मन्दिर एक पवित्र स्थल हो । मन्दिरमा यदि जुत्ता चप्पल लगाएर गयौ भने देबता हामिसँग रिसाउनुहुन्छ भन्ने गरिन्छ । त्यसैले  हामीले मन्दिर जाँदा भूलेर जुत्ता वा चप्पल लगाएर जानु हुदैन । ३. भान्छा घर शास्त्रानुसार अग्नि र अन्न दुवैलाइ देवता समान मानिएको छ । त्यसैले भान्छा घरमा पनि जुत्ता चप्पल भूलेर पनि लानु हुदैन । भान्छा भन्ने बितिक्कै खानेकुरासंग जोडिन्छ त्यसैले फोहोर हुने भएकाले पनि जुत्ता लगाउन हुन्न । ४. नदि नदिमा पनि जुत्ता चप्पल लाएर जानु हुदैन । नदीलाई पनि पवित्र स्थान मानिएकाले नदि प्रवेश गर्नु पूर्व जुत्ता चप्पल खोल्नुका साथै कुनै पनि छालाको वस्तु पहिरनु भएको छ भने फुकालेर मात्र प्रवेश गर्दा उपयुक्त हुन्छ । ५. स्टोर अर्थात भण्डार घर भण्डारमा पनि जुत्ता चप्पलको प्रयोग गर्नु हुदैन,यो कुरामा ख्याल गर्ने मानिसको घरमा कहिले पनि अन्न पात टुट्दैन भनिएको छ । यो पढ्न छुट्यो कि ?  बिश्वकै खराब १० झण्डा, नेपालको पनि (भिडियो)

Read More »

बिश्वकै खराब १० झण्डा, नेपालको पनि (भिडियो)

कुनै पनि देशको सबै भन्दा ठूलो पहिचान हो- झण्डा । झण्डाले नै देशलाई चिनाउछ । कुनै पनि नागरिक आफ्नो देशको झण्डाको दुरुपयोग गरेको चाहदैन । तर यहाँ दुई जना बिदेशी नागरिकले बिभिन्न १० देशका झण्डालाई बिश्वकै खराब झण्डा भनेर भिडियो बनाएका छन् ।  ज्याक्स फिल्मले युट्युबमा हालेको यो भिडियो ६ लाख बढी पटक हेरिएको छ । यो कुनै अध्ययन, सर्वेक्षण र अनुसन्धान भन्दा पनि एउटा रमाईलोका लागि बनाइएको ‘कमेडी’ भिडियो हो । उनीहरुले बनाएको सूचीमा नेपालको झण्डा दशौ स्थानमा रहेका छन् । अन्य झण्डाहरु ग्रिनल्यान्ड, अलास्का,  एन्टीगो, कोलोम्बिया, न्युमेरो लगायत देशका झण्डा रहेका छन् । हेर्नुस भिडियो  नेपाली झण्डाका ’boutमा  चारकुने आकार नभएको एक मात्र राष्ट्रिय झण्डा हो नेपालको राष्ट्रिय झण्डा  । नेपालको झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ । माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरालाई जनाउँछ । नीलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो । सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झ्ण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन्। राजाहरू आ-आफ्ना राष्ट्र वा राज्यका प्रतीक वा चिह्न लिएर राजकीय यात्रामा निस्कन्थे । लडाइँका मैदानमा पनि कुनै राजाको छत्र, ध्वज, चामर वा कार्मुक भाँचिदिन सफल हुनुको अर्थ हुन्थ्यो, त्यस राज्य उपर विजय। राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। यिनको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झ्ण्डाको भन्दा राजछत्रको बढी महत्व हुने गरेको छनक पाइन्छ। नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झण्डाको चलन कहिलेदेखि शुरु भयो, निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झ्ण्डाजस्तो भनी चिनाउने गरेका थिए। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। इन्द्रजात्राको दिन इन्द्रध्वज फहराउने परम्परा आजसम्म चलिआएकै छ । हाम्रा सम्पूर्ण वैदिकवाङ्मय सूर्य तथा चन्द्रका गुणगानले भरिभराउ छन्। पहिलेका राजाहरूले आफ्नो राजवंशलाई सूर्य-वंश वा चन्द्र-वंश मान्दै आएका थिए। वि.सं. ७९२ (संवत् १५९)मा राजा जयदेव (द्वितीय)ले पशुपतिको मन्दिरमा राखेको शिलालेखमा “ब्रह्माका पनाति भगवान् सूर्यबाट आफ्नो इक्ष्वाकु-कुलको आरम्भ भई यसै कुलमा आफ्नो जन्म भएको” उल्लेख गराएका छन् । लिच्छवि राजाहरूले आफ्नो उच्चताको प्रतीकका रूपमा राष्ट्रको झ्ण्डामा …

Read More »

निन्द्रा लागेपछि यसरी होसै हराउछन मान्छे (हेर्नुस् १२ फोटो)

भोक, प्यास अनि निन्द्रा सबै प्राणिका लागि उतिक्कै अत्याबश्यक ‘अमृत’ हुन् । यसलाई न कसै गरि रोक्न सकिन्छ न त त्याग्न नै । तर कतिपयलाई भने अचाक्ली रुपमै यसको प्यास लाग्ने गर्दछ । बिबिध कारणबश बढी भोक लाग्ने, बढी प्यास लाग्ने र बढी निन्द्रा लाग्ने गर्दछ । यसले शरीर अस्वस्थ्य भएको संकेत गर्दछ । बिभिन्न रोगको संक्रमण र ब्यबहारमा हुने गडबडीले मान्छेलाई अत्यधिक रुपमा निन्द्रा लाग्छ । यसरी निन्द्रा लागेपछि काम गर्दा गर्दै मात्रै होइन बोल्दा बोल्दै, खाँदा खादै र हिड्दा हिंड्दै समेत निदाउछन् मान्छे । यसरी निन्द्रा लाग्दा आफु के गर्दैछु भन्ने होसै हराउछन् मान्छे । कहिलेकाँही राती निन्द्रा पुगेन भने दिउँसो निद्रा लाग्नु स्वभाविकै हो । तर जब मध्य दिउँसो हुन्छ तब झपक्क निन्द्रा लाग्नु, दोहो¥याइ तेह¥याइ हाइ आउनु कामका लागि हानि हुन्छ । प्रायजसो दिउँसो नै धेरै काम गर्ने भएकाले पनि दिउँसोमा निन्द्रा लाग्ने समस्या भएकाले काम गर्न समेत अप्ठेरो परिरहेको हुन्छ । वैज्ञानिकहरुका अनुसार दिउँसो मध्यान्हमा मानिसको शरीरको उर्जाको मात्रा घट्दै जान्छ । काम गर्दै जाँदा शरीरको उर्जा पनि कम हुँदै जाने भएकाले दिउँसो निन्द्रा लाग्ने गरेको हो । दिउँसोमा थोरै सुत्नु नराम्रो कुराचाँहि होइन तर धेरै निदाउनु भने स्वास्थ्यको लागि लाभदायिक मानिँदैन । दिउँसो निन्द्रा बढी लाग्नुको कारण अघिल्लो रात राम्ररी निन्द्रा नलाग्नु, आफ्नु रुचीविपरीत काम गर्नु हो । अर्को कारण कुनै रोगको उपचारमा औषधि सेवन गर्नाले पनि दिउँसो निन्द्रा लाग्छ । विशेषगरि डिप्रेशनको उपचारमा सेवन गरिने औषधी, चिसोको उपचार तथा एलर्जीको उपचारमा खाइने औषधिले पनि निकै निन्द्रा लगाउँछ । दिउँसोमा कोठाभित्र गुम्सिएर बस्ने, घाम र हावामा नबस्नाले पनि दिउँसो निन्द्रा लाग्छ । लामो समयसम्म एक्लै बसिरहनाले पनि दिउँसोमा निन्द्रा लाग्छ । अँध्यारो ठाउँमा गुम्सिएर बस्ने मानिसमा जोर्नी दुख्ने समस्या पनि हुन्छ । तपार्इंलाई दिउँसो निन्द्रा लागेर धेरै समस्या खडा भएको छ भने शुरुमा खाने, सुत्ने आनीबानीमा ध्यान दिनुपर्छ । दैनिक पर्याप्त व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने र पानी पटक–पटक पिइरहनाले पनि दिउँसो निदाउने बानीको सुधार हुन्छ । हेर्नुस निन्द्रा लागेपछि कसरी होसै हराउछन मान्छे 

Read More »

७ फोटोमा हेर्नुहोस् होली हंगामा

रमाइलो र उमंगको पर्व होली आज राजधानीसहित पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइदै छ । तराइका जिल्लाहरुमा भने भोलि मनाउने चलन छ । होलीका अबसरमा आज बिभिन्न क्लव तथा पार्टीहरुमा युवायुवतीहरु जमघट भएर रमाईरहेका छन् । यसपटक विगत वर्षको तुलनामा अनुशासित देखिएको होली आफ्ना परिचितबीचमा मात्रै खेल्ने दृश्य बढी देखिएको छ । उपत्यकाका महत्वपूर्ण चोकमा ट्राफिक प्रहरीले सवारी जाँच कडा पारेको छ भने हुनसक्ने अवाञ्छित गतिविधिलाई निगरानी गरेको देखिन्छ । यस वर्ष होलीको उत्साह विगत वर्षको तुलनामा केही कमी आएको देखिएको छ । युवापुस्ताले केही रमाइलो गरेको देखिए तापनि आमजनतामा रौनकता छैन । उपत्यकामा सवारीसाधनको उपस्थिति पातलो छ । सवारीसाधनको संख्या निकै पातलो छ । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् ।

Read More »

कुन राशीका व्यक्तिले कुन रंगसँग होली खेल्ने ?

रंगहरुको पर्व होली मंगलबार धुमधामका साथ मनाईदै छ । बिभिन्न संघ संस्था र क्लबहरुमा आजै होली मनाइसकेका छन् । बाटोमा लोला हान्नेहरुलाई त एक हप्ता अघि देखि नै होली लागेको थियो । होली रमाइलोको पर्व मात्रै होइन यसका केही धार्मिक मान्यताहरु पनि छन् । असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा मनाइने होलीको आफ्नै कथा छन् । हाम्रो राशी अनुसारको रंगसँग होली खेल्दा हामीलाई सुख समृद्धि र फलदायि हुुन्छ भन्ने मान्यता छ । यहाँ केही धार्मिक शास्त्रहरुमा उल्लेख भए अनुसार कुन राशीका व्यक्तिले कुन रंग प्रयोग गरि होली खेल्दा राम्रो हुन्छ भन्ने ’boutमा केही जानकारी दिने कोसिस गरेका छौ । मेष वा वृश्चिक राशी मेष तथा वृश्चिक राशीको स्वामी मंगल हुन् । मंगलको रंग रातो हो र उनको पूजा पनि रातो पूजा सामाग्रीले नै हुने गर्छ । त्यसैले मेष या बृश्चिक राशी भएकाले रातो रङसँग होली खेल्नु अति लाभदायक मानिन्छ । यस राशीका मानिसलाई मान सम्मान मिल्ने तथा क्रोधको नियन्त्रण हुन्छ । भूमीलाभ हुन्छ, ऋणबाट मुक्ति मिल्छ । वृष र तुला राशी वृष र तुला राशीको स्वामी शुक्र हुन् । नवग्रह मध्ये शुक्र सबैभन्दा चम्किलो ग्रह हो । वृष र तुला राशी भएका मानिसले होलीमा सेतो रंगको कपडा लगाएर होलीमा पँहेलो र आकाशेरंगको प्रयोग गर्न सक्छन् । यसले बैभव प्राप्ती हुन्छ । विलासितापुर्ण जीवनको आनन्द उठाउन सक्छन् । साथीभाई र परिवारबाट सम्मान मिल्छ । मिथुन र कन्या राशी  यी दुई राशीका स्वामी बुध हुन् । बुध बुद्धि एवं वाणीसँग सम्बन्धित ग्रह  मानिन्छ । ज्योतिषका अनुसार बुध हरियो रंगको प्रतिनिधि ग्रह हो । मिथुन र कन्या राशी भएका मानिसले होलीको दिन विहानै गाईलाई हरियो घाँस खुवाउनु पर्दछ । हरियो रंगसँग होली उत्सव मनाउनु पर्छ । यसको प्रभावले व्यापार एवं जागिरमा सम्मानजक उपलब्धि प्राप्त हुनेछ । मान सम्मान पनि मिल्नेछ । कर्कट राशी कर्कट राशीको स्वामी चन्द्रमा हुन् । चन्द्रमा मन एवं धनसँग सम्बन्धित ग्रह मानिन्छ । जो पूर्णरुपमा सेतो तथा सफा हुन्छ । कर्कट राशीका मानिसहरुले सेतो फूलले शिवको पुजा गरेर पँहेलो, केशर तथा हरियो रंगसँग होली खेल्दा फलदायी हुन्छ । जसले गर्दा उनीहरुलाई धन तथा सुख बृद्धि हुन्छ । हरियो रंगले शान्ति प्रदान गर्छ । सन्तानको सुख मिल्नेछ साथै समाजमा सम्मान मिल्छ । सिंह राशी सिंह राशीको स्वामी सुर्य हुन् । सुर्य सबै ग्रहको पनि स्वामी मान्छिन्छन् । …

Read More »

गर्मीमा ध्यान दिनै पर्ने ७ कुरा

नेपालमा गर्मी ह्वात्तै बढेको छ । जाडोमा भन्दा गर्मीमा बिभिन्न रोगहरुको संक्रमण बढी हुन्छ । यसका साथै गर्मी मौसममा खाना नरुच्ने र आलस्यता बढ्ने भएकाले काम गर्ने जागर घट्न सक्छ । यसका साथै टिनेज युवापुस्ताहरुले आफ्नो स्मार्ट/ब्युटी जोगाउनका लागि अलि धेरै ध्यान दिनुपर्ने हुन्छ । सानोतिनो कमजोरी र हेलचेक्राइले पनि तपाइको ब्युटीपन र स्मार्टपनमा आंच आउँ सक्छ तसर्थ यो गर्मी मौसममा यी १० कुरामा ध्यान दिन जरुरि छ । १. सनप्रुफ आइज गर्मीमा छालाको विशेष हेरचाह गर्नुपर्छ । गर्मीमा सूर्यको सीधा सम्पर्कमा आउँदा छाला डढ्न सक्छ । घामले डढेको छाला चमक हराएर कालो देखिन्छ । सम्भव भएसम्म १० देखि ३ बजेको घाममा बाहिर निस्कनुहुँदैन। बाहिर जानुभन्दा एक घन्टा पहिले अनुहार तथा शरीरको खुला भागमा एसपीएफ ३० युक्त सनस्त्रिम प्रयोग गर्नुपर्छ । सूर्यको हानिकारक किरणबाट आँखालाई बचाउन घरबाहिर निस्कँदा युवी प्रोटेक्टिभ सनग्लास प्रयोग गर्नुपर्छ । यसले आँखामा आउने रंकल अर्थात् चाउरीलाई पनि कम गर्छ । २. केशको ख्याल गर्मीमा पसिना तथा घामले केश छिट्टै मैलो हुन्छ । त्यसैले हप्तामा कम्तीमा तीन पटक स्याम्पुले केश धुनुपर्छ । सनस्त्रिमयुक्त्त कन्डिसनर प्रयोग गर्नुपर्छ । गर्मीमा कुनै पनि प्रकारको केमिकल ट्रिटमेन्ट, पम्पिङ, स्ट्रेट आदि गर्नु राम्रो मानिँदैन ’cause त्यसले केश सुख्खा हुन्छ। ३. खुट्टाको हेरचाह गर्मीमा पसिनाले खुट्टा गन्हाउने समस्या बढ्छ । यसबाट बच्न समय/समयमा खुट्टा खुल्ला राख्नुपर्छ । साथै हल्का पाउडर प्रयोग गर्नु राम्रो हुन्छ । त्यसैगरी नियमित रूपमा पेडिक्योर गर्नु उपयुक्त हुन्छ । ४. डाइटमा ध्यान गर्मीमा हल्का वा छिटो पच्ने खाद्यपदार्थ सेवन गर्नुपर्छ । धेरै तेल तथा मसलायुक्त खानेकुरा खानु हुदैन। प्रशस्त मात्रामा पानी, नरिवल पानी तथा काँक्रा सेवन गर्नुपर्छ । फलफूल तथा सागसब्जी काटेपछि त्यसलाई तुरुन्त प्रयोग गर्नुपर्छ। काटेर धेरै समय राखेको सागसब्जी तथा फलफूलमा भिटामिन नष्ट हुन्छ। कुनै पनि फलफूल तथा सलाद खानुभन्दा पहिले राम्रोसँग पखाल्नुपर्छ । ताजा खाना खानुपर्छ र स्वस्थ रहनुपर्छ। गर्मीमा तुरुन्त पकाएको भोजन खानुपर्छ। कारण गर्मीमा टमाटर, आलु, हरियो सागपात र दाल चाँडै खराब हुन्छन्। सुपाच्य भोजन गर्नुपर्छ, गरिष्ठ भोजनबाट टाढै रहनुपर्छ। डाइटमा सुप, सलाद र फल खानुपर्छ। मसलेदार खाना कम खानुपर्छ।    एकसाथ तीनभन्दा बढी फलको मिक्स जुस पिउनु हुँदैन।  डिब्बाबन्द जुसबाट जोगिनुपर्छ। ताजा फलको जुसलाई प्राथमिकता दिनुपर्छ। बिहान उठेपछि एक–डेढ घन्टाभित्र केही न केही खानुपर्छ वा ग्रीन टी सेवन गर्नुपर्छ। लामो समयसम्म खाली पेट रहनाले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन पुग्छ। थोरै–थोरै …

Read More »

संगत गर्न नहुने ८ प्रकारका मानिस

‘संगत अनुसारको फल’ भन्ने नेपाली समाजमा एउटा भनाई नै छ । ‘चोरसँग संगत गरे चोर, सज्जनसंग संगत गरे सज्जन’ भन्ने अर्को भनाई पनि छ । भन्न खोजिएको के हो भने जो जस्तो मान्छेसंग संगत गर्यो त्यो मान्छे त्यस्तै स्वभावको हुन्छ । दैनिक जीवनयापनका क्रममा हामीले हजारौ मानिससंग संगत गर्छौ तर को सही र को गलत भन्ने ख्याल गर्दैनौ । यसले तपाइको जीवनमै असर पार्छ । संगत अल्पकालीन, दिर्घकालिन के हो त्यसलाइ ख्याल गरेर अघि बढ्नु पर्ने हुन्छ । यदि कोहि कसैले स्वार्थका कारण आफुसंग नजिक हुदैछ भने त्यस्ता व्यक्तिहरुबाट जोगिनु नै कल्याण हुन्छ । त्यसो त तपाइले अहिलेसम्म संगत गरेका मध्ये कोही लामो समयदेखि सम्बन्धमा होला कोहि हप्ता/महिनापछि नै टाढिए होलान । आखिर किन त ? यो सबै तपाइको ब्यबहार र तपाइको संगतमा आएका मानिसको स्वभाव र बानीको कारण हो । केही मानिसहरु आफ्नालागि पर्फेक्ट पार्टनर छान्ने क्रममा हमेसा चुकिरहेका छन् । सुरुमा देख्दा जस्तो देखिन्छ, वास्तविक जीवनमा ऊ त्यस्तो नहुन पनि सक्छ । पढ्नुस कोही मान्छेसंग नजिकिनु अघि ख्याल गर्नुपर्ने ८ कुरा । १. तपाइको एउटै अंग नजर लाउने मान्छे यस्ता व्यक्तिसँग टाढा रहनुस्, जसको नजर बारम्बार तपाईंको कुनै एउटै अंगमा परिरहेको हुन्छ । २. शरीर कन्याउने/नाक कोट्याउने मान्छे यस्ता व्यक्तिसँग बच्नुस्, जसले आँखा छलेर शरीरमा कन्याइरहन्छ । ३. पेशाको सम्मान नगर्ने मान्छे यस्तो व्यक्तिको संगत कहिल्यै नगर्नुस्, जसले वेटर, रिक्सा चालक वा यस्तै पेशा गरेर जीवन चलाउने मानिसलाई नोकरको जस्तो व्यवहार गर्छ । ४. अग्रज र अशक्तलाई मद्दत गर्न नचाहने मान्छे आफु भन्दा ठूला अग्रज र असक्तलाई सहयोग गर्न बाट भाग्ने मानिसबाट पनि टाढा बसेकै राम्रो मानिन्छ । ५. तपाइको कुरा सुन्दै नसुन्ने मान्छे यस्ता व्यक्तिसँग हमेशा टाढा रहनुस्, जो आफ्नो कुरामात्रै सुनाईरहन्छ, तपाईंलाई सुन्नै तयार हुँदैन । ६. सधै माथि पर्न खोज्ने/जिद्दी गर्ने मान्छे हमेसा आफू नै केन्द्रमा रहन खोज्ने व्यक्तिसँग टाढा रहनु नै वेश हुन्छ । ७. महिलाहरुलाई तल्लो र भान्छामै केन्द्रित गराउने मान्छे जसले महिलाहरु किचनमै सिमित रहनुपर्छ भन्ने सोच्छ । यस्ता व्यक्तिलाई छिट्टै बाई भन्न राम्रो हुन्छ ८. औलाको नङ लामो भएका मान्छे औलामा नङ पाल्नु राम्रो मानिदैन । अझ कान्छी औलामा नङ् लामो बनाउनु धेरै नराम्रो मानिन्छ । यस्तो मान्छेहरु संग पनि संगत गर्न नहुने धर्मशास्त्रहरुमा उल्लेख छ ।

Read More »
Loading...