ब्युटी अर्थात् सुन्दरता, सुन्दर हुन को चाहँदैन यो संसारमा? सुन्दर देखिन अनि भनिन चाहनेको संख्या जति धेरै छ त्यति नै ठूलो यो सुन्दरता व्यवसायको छ। विश्वभर सुन्दर बन्ने चाहना राख्नेहरू छन्। जसले गर्दा मानिसलाई सुन्दर बनाउने मानिसहरू पनि धेरै नै छन्। वास्तवमा सुन्दरता यतिखेर मानिसहरूको पेशा र व्यवसायको उद्योग नै बनिसकेको छ। यो उद्योगमा काम गर्नेहरूको कमाई पनि राम्रा देखिन चाहनेहरूको संख्यासँगै बढिरहेको छ।
अष्ट्रेलिया एक हिसाबले संसारकै उन्नत र विकसित देश हो। त्यसमा पनि धनि राष्ट्र र तुलनात्मक हिसाबमा विश्वका अरू देशहरूमा भन्दा यहाँका मानिसहरूको कमाई र खर्च गर्ने शक्ति धेरै छ। त्यसैले यहाँ ब्युटीपार्लरको काम गर्नेहरूको कमाई र व्यवसाय पनि धेरै राम्रो छ।
ब्युटीसीएनको काम
ब्युटीपार्लरमा अनुहार तथा छालाको सुन्दरता सम्बन्धि काम नै धेरै हुन्छ। त्यसो त कपाल काट्ने, छाँट्ने, मानिसहरूको कपाल रंग्याउने तथा नयाँ नयाँ स्टाइलको बनाउने काम ब्युटीसीएनको हो। मानिसहरूको आँखाको परेला देखी खुट्टाको पिंडौला सम्मको रूप र बान्की सुधार्ने काम भएकाले नयाँ फेसनमा आएका शैलीलाई पछ्याउँदै जानु र राम्रो भन्दा राम्रो नतिजा दिनसक्नुमा ब्युटीसीएनको सफलता लुकेको हुन्छ। समयसँगै आएका प्रविधीको प्रयोग गर्नु र आफूलाई यो क्षेत्रमा आउने परिवर्तन साथै ट्रेन्ड फलो गर्न सक्नु नै यस क्षेत्रमा सफल हुने माध्यम हो।
ब्युटीसीएनका लागी चाहिने सिप
ब्युटी ईन्डस्ट्री सेवा उद्योग भएका कारण यसमा लाग्न चाहनेले आफूलाई ग्राहकको सेवामा खटिएको व्यक्तिका रूपमा उभ्याउन सक्नुपर्छ। राम्रो व्यक्तिगत सम्बन्ध विकास तथा बोलीचालीको शैली भएका व्यक्तिहरू यो क्षेत्रमा लाग्दा सफलता पाउन खास गाह्रो हुँदैन। यसमा लाग्न चाहनेको बोलीचाली राम्रो हुनु जरूरी छ भने धैर्यताका पूर्वक अरूको कुरा सुन्न सक्ने पनि हुनुपर्छ। ब्युटीपार्लरको सेवा लिने मान्छेहरूले पैसा धेरै तिरेका हुन्छन् भने उनीहरूले कम्प्लेन पनि धेरै गर्छन् त्यसो त ब्युटीसीएनको सानातिना गल्तिले सेवा लिन मानिसहरूको अनुहार वा सुन्दरतामा नै नराम्रो असर पार्न सक्छ त्यस्ता अवस्थामा नेगोसिएट गर्ने, उनीहरूको कुरा सुन्ने क्षमता हुनै पर्दछ।[ads2]
कसरी बन्ने अष्ट्रेलियामा ब्युटीसीएन
अष्ट्रेलियामा हरेक क्षेत्रमा काम गर्नको लागी सम्बन्धित क्षेत्रमा पढेको वा तालिम लिएको हुनुपर्छ। ब्युटीसीएनका रूपमा काम गर्नको लागी पनि भोकेसनल स्कूल अथवा ब्युटी ट्रेनिंग कलेजबाट तालिम लिन सकिन्छ। यस्ता कलेज तथा तालिम दिने संस्थाहरूले अष्ट्रेलियाको कानुन, यहाँका ग्राहकहरूको अधिकार र सही कामगर्ने शैली (गुड प्राक्टिस)को ’boutमा राम्रोसँग जानकारी दिन्छन्। जसले गर्दा अष्ट्रेलियामा पढेकाहरूले काममा जाँदा खास समस्या बेहोर्नु पर्दैन।
नेपालबाट ब्युटीसीएनको कोर्ष गरेर दक्षता हासिल गरेकाहरूलाई नेपाली तथा भारतीयहरूले खोलेको ब्युटिपार्लरहरूमा सहयोगीका रूपमा सिधै काममा राख्ने गरेको पनि पाईन्छ। त्यसैले नेपालबाट आउँदा केही नजान्नु भन्दा ब्युटीसीएनको काम जानेर आएको खण्डमा त्यसले अष्ट्रेलियामा काम पाउन समेत मदत गर्छ। त्यसो त नेपालमा सिकेको सिपको आधारमा थप अध्ययन गरेर जागिर पाउन तथा आफै व्यवसाय सुरू समेत गर्न सकिन्छ।
ब्युटीसीएनको काम
ब्युटीसीएनको काम भनेको आफूले काम गर्ने वा आफ्नो पार्लरमा आउने सेवाग्राहीको आवश्यकता र चाहना अनुसारको सुन्दरता बढाउने काम गर्ने हो। कपाल सेम्पु गर्ने देखी, रंग लगाउने, स्ट्रेट वा कर्लि बनाउने, काट्ने छोट्याउने, केराटिन लगायतका कपाल सम्बन्धि। फेसियल, मेक अप, वाक्सिंग, पेडीकेयर, मेनिकेयर, नङ पालिस, नक्कली नङ लगाउने, नङ सरसफाई तथा डिजाईन। मेहदी लगाउने, विवाह वा पार्टीका लागी मेकअप गर्ने, लगायत सबै सुन्दर देखिनको लागि आवश्यक कुराहरू गर्नुपर्दछ।
ब्युटीसीएनको कमाई
ब्युटी तथा फेसनको क्षेत्रमा काम गर्नेको कमाईको खासमा कुनै सिमा नै हुँदैन। यो यस्तो क्षेत्र हो तपाईंको परफरमेन्सले तपाईंको तलब वा कमाई निर्धारण गर्दछ। अष्ट्रेलियामा महिनामा २५-३० हजार डलर कमाउने ब्युटिसीएन पनि छन् अनि साताको सात आठ सय कमाउने पनि। स्यालरी एक्सपर्टको अनुमानमा एउटा ब्युटिसीएको सिड्नीमा कमाई सरदर वर्षको ६३ हजार ६ यस ४१ हुन्छ। यो भनेको घण्टाको ३१ डलर जस्तो हो। भरखर काम सुरू गर्नेहरूले ४८ हजार डलर वर्षको कमाउँछन् भने पाँच सात वर्षको अनुभव भएकाहरूले ७५ हजारको दरमा कमाई गर्न सक्छन्।
फललाई हामी फलफुल भनेर बुझ्छौं र व्यवहार गर्छौं। स्वास्थ्य र पोषणको लागी अभिन्न खानाको एक अंगका रूपमा फलफुललाई लिने गरिन्छ। भनिन्छ, फलफुल नियमित खाने व्यक्तिलाई हत्तपति रोगले छुन सक्दैन। त्यसो त नेपालमा ‘बेलाको राग’ भनेर मौसम अनुसारको फलफुल तथा तरकारी खानुपर्छ भन्ने मान्यता नै छ। जसको सिधा अर्थ हो आफु बसेको भूगोलमा उपलब्ध फलफुल स्वास्थ्य र आरोग्यको लागी अति नै महत्वपूर्ण हुन्छ। जसको नियमित सेवनले मानिसलाई स्वस्थ र तन्दुरूस्त रहन मदत गर्दछ। फलफुलको बहुगुणकारी विषेशताका पक्षमा हामी धेरै सचेत नै छौं तर यस्ता केही तथ्य छन् जसले फलफुलको हाम्रो जानकारीलाई थप प्रस्ट र रोचक बनाउँछ।
यी हुन् फलफुलका रोचक कुरा
फलफुलसँग संबन्धित पढ़ाईको विषयलाई ‘Pomology’ भनिन्छ।
अमेरिकाका पसलहरूमा बेचिने स्याउहरू एक वर्ष पुराना हुन्छन्।
विश्वको सबैभन्दा लोकप्रिय फल गोलभेडा (टमारटर) हो। यो विश्वभर नै उस्तै हिसाबले खपत हुन्छ।
लिची खाँदा एकदम ध्यान दिनुपर्ने कुरा के हो भने यसको बीउ (गेडा) जुन हामीले खाने भागको भित्र आकारमा पनि ठूलो हुन्छ त्यो खानु हुँदैन। त्यो विषालु हुन्छ।
विश्वभरमा जति अंगूर उत्पादन हुन्छ त्यसको ७१ प्रतिसत भाग रक्सी बनाउनमा प्रयोग हुन्छ।
स्याउको तेल मानिसको छालाको लागी निक्कै लाभदायी हुन्छ। स्याउको तेल लगाउँनाले अनुहारमा चाउरी पर्दैन भने छाला चिलाउने, दुख्ने तथा फुट्ने समस्या निको हुन्छ। अनुहार विशेष गरेर गाला फुट्ने समस्या हुनेहरूलाई यो निक्कै नै लाभदायी हुन्छ।
केरामा सानो मात्रामा भएपनि रेडियोधर्मी पदार्थ हुन्छ।
औषधी खानासाथ अंगुर खानेहो भने त्यसले तपाईंको मृत्य पनि हुनसक्छ।
यदी तपाईंले अंगुरलाई माईक्रोवेभमा राख्नुहुन्छ भने यो प्वाट्ट फुट्छ।
यदी तपाईंले स्याउ पानीमा राख्नुभयो भने यो पानीमा उत्रिन्छ। किनकी स्याउमा २५ प्रतिशत हावा हुन्छ।
यदी तपाईंमा केही कुराले जलन भईरहेको छ भने केरा खानुस्। यसले जलनलाई कम गर्छ। किनकी केरामा एक खालको प्राकृतिक अम्ल हुन्छ जसले शरिर भित्र पुगेपछी भईरहेको जलनलाई कम गर्छ।
विश्वभरमा स्याउ करिब सात हजार प्रकारका छन्।
आँप विश्वभर सबैभन्दा मन पराईने फल हो। आँपलाई फलको राजा पनि भन्ने गरिन्छ,
स्ट्रेबरी र काजु यस्ता फल हुन, जसको बीउ फलको बाहिर हुन्छ। बाँकी सबै फलफुलको बिउ फलको भित्र हुन्छ।
पहिले पहिले शोधकर्ताहरू लामो समयको यात्रा तथा खोजमा निस्कँदा तरबुजालाई पानीको बिकल्पको रुपमा प्रयोग गर्दथे।
तपाईंले याद गर्नुभएको छ केरालाई पानीमा राख्नुभयो भने यो तैरन्छ।
केरा काँचैमा बोटबाट घरी नै काटेर निकालेपछी पनि कृतिम रूपमा रसायनिक पदार्थको मदतले पकाउन सकिन्छ। तर, अंगुर यसरी पकाउन सकिन्न। त्यसैले अंगुरलाई बोटमा नै पाक्न दिइन्छ।
जापानमा किसानहरूले तरबुजालाई वर्गाकार रूपमा फलाउँछन् ताकी पछी सजिलोसँग स्टोरमा राख्न सकिओस्।
भुईंकटहरको फललाई यसको बोटमा नै उल्टो पारेर राखिदिने हो भने छिटो पाक्छ। सिधा भुईंकटहरलाई भने पाक्न अलिक बढी समय लाग्छ।
गोलभेंडामा मानिसको शरिरमा भन्दा बढी जीन पाईन्छ।
मानिसको डिएनए DNA को आधा हिस्सा केरासँग मिल्छ।
कागती सरसफाईका लागी प्रयोग हुने सबैभन्दा पुरानो फल हो। यसमा धेरै मात्रामा एसिड हुने भएकाले यसले भाँडाहरु चम्काउने मात्र होईन, ब्याक्टरिया समेत मार्दछ।
कफी खाँदा भन्दा स्याउ खाँदा धेरै उर्जा प्राप्त हुन्छ।
वैज्ञानिकहरूको मत यो पनि छ कि केरा नै पृथ्वीको पहिलो फलफुल हो।
बन्दागोभीमा पनि में भी तरबुजामा जस्तै धेरै पानी हुन्छ। तरबुजारमा ९२ प्रतिशत पानी हुन्छ भने बन्दागोभी र गाजर मा क्रमश ९० प्रतिशत र ८७ प्रतिशत पानीको मात्रा हुन्छ।
बदामको तेलबाट नाईट्रोग्लिसरीन पनि तयार गर्न सकिन्च जुन विस्फोटक पदार्थ बारूदको एक मुख्य हिस्सा हो।
सुकेको फल (ड्राईड फ्रुट)मा ताजा फलमा भन्दा धेरै क्यालोरी हुन्छ। ’cause सुख्खा गरिएको फलमा पानीको मात्रा हटाईएको हुन्छ।
स्ट्रबेरीमा सुन्तलामा भन्दा पनि धेरै भिटामिन सि पाईन्छ।
रातो रंगका फलफुलले तपाईं हाम्रो मुटुलाई स्वस्थ राख्नमा मदत गर्दछ।
अध्ययनहरूले यो पनि पत्ता लगाएका छन् कि हरेक बिहान अंगुर खाने बानी बसाल्ने हो भने यसले तपाईंको मोटोपन साथै तौल घटाउनमा मदत गर्छ। अंगुरले मधुमेह हुनबाट समेत बचाउँछ।
सुन्तलारँगका फलले आँखा, पहँलो रंगका फलले शरिरको तापक्रम, हरियो रंगका फलले हाड र दातलाई स्वस्थ राख्न मदत गर्छन्। त्यसो त निलो र बैजनी रंगका फलले सम्झना शक्ति बढाउन तथा कायम राख्न मदत गर्छन्।
हरेक मानिसले राति सुतेपछि सपना देख्ने गर्छन्, यहाँसम्म कि आँखा नदेख्ने दृष्टिविहीनले पनि सपना देख्छन् । कतिपय सपना बिहान उठ्दा सम्झिइन्छ भने कतिपय राति नै बिर्सिइन्छ । आउनुस सपनाका ’boutमा केही रोचक तथ्यहरू थाह पाउँ ।
१. तपाईं सपनामा सही समय बताउन सक्नु हुन्न, तपाइ जति पटक सपनामा समय देख्नु हुन्छ, त्यति नै पटक फरक- फरक समय देखिन्छ ।
२. मान्छे घुरिरहेका बेला सपना देख्न सक्दैन ।
३.तपाईंलाई विश्वास नहुन सक्छ, हाम्रो आँखा खुल्नेवित्तिकै हामी सपनाका ५० प्रतिशत कुरा भुलिसकेका हुन्छाैं । त्यतिमात्र होइन, १० मिनेटपछि हामी सपनाका ९० प्रतिशत कुरा भुलिसक्छाैं ।
४. यदि तपाईंलाई आफूले सपना देख्दिन भन्ने लाग्छ भने तपाईं भ्रममा हुनुहुन्छ, किनकी सबै मानिसले सपना देख्छन्, यद्यपि केही मानिसले सपना बिर्सन्छन् ।
५. एक अनुमानअनुसार एक जना औसत मानिसले वर्षमा १४६० वटा सपना देख्ने गर्छ ।
६. दृष्टिविहीनहरूले पनि सपना देख्छन् । जो पछि गएर अन्धोपनका शिकार भएका हुन्छन्, तिनले सपनामा चित्रआकृतिहरू देख्छन्, तर जो मानिस जन्मैदेखि दृष्टिविहीन हुन्छन्, उनका सपनाका आवाज, छोएर बनेका अमूर्त आकारप्रकार, बासना, भावनाहरू मिश्रित हुन्छन् ।
७. सपनामा हामीले केबल ती अनुहारमात्र देख्छाैं, जसलाई पहिला कहिले हामीले देखेका हुन्छाैं । हाम्रो मष्तिस्कले आफै अनुहारका आकृति बनाउँदैन । हामीले वास्तविक जीवनमा चाहे एक झलक टाढाबाट देखेका व्यक्ति होस् वा फिल्म टीभी अथवा फोटोमा देखेका व्यक्तिका अनुहारमात्र देखिन्छ ।
८. हरेक मानिसको सपना रंगिन हुँदैन । प्रायःजसो मानिसले सादा (श्यामश्वेत) सपना देख्छन् ।
९. अधिकांस सपनामा चिन्ता वा त्यसले उत्पन्न गर्ने विभिन्न खालका प्रतिक्रियाजन्य, जस्तो सर्पले खेदेको, टोकेको, बाघ-भालु वा कुकुरले खेदेको, टोकेको सपना देखिन्छ । सपनामा नकारात्मक भावना, सकारात्मक भन्दा बढी हुन्छन् ।
१०. जनावरहरूले पनि सपना देख्छन् । अध्ययनहरूबाट के देखिएको छ भने जनावरहरूका दिमागले पनि मानिसका दिमागले जस्तै तरंगहरू छाड्छन् ।
११. पुरुष र महिलाका सपनाहरू अगल-अलग किसिमका हुन्छन् । करिब ७० प्रतिशत पुरुषका सपना अन्य पुरुषका ’boutमा हुन्छन् भने महिलाका सपनामा पुरुष र महिला दुवैका मिश्रण हुन्छ ।
१२. फेड्रिक ओगस्टले बेनजेन (C6H6) जस्ता जटिल रसायनिक फर्मूला सपनाबाट उत्प्रेरित भएर बनाएका थिए । उनले सपनामा केही सर्पहरू देखेका थिए, जसले आफ्नो पुच्छर खाइरहेका थिए ।
१३. अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले आफ्नो मृत्यु भन्दा केही समय पहिला आफ्नी श्रीमतीसँग भनेका थिए- “मैले आफ्नो सपनामा केही मानिसहरू रोइ रहेको देखेको थिएँ ।”
१४. हामीले सुतिरहेका बेला ९० मिनेटमा एउटा सपना अवश्य देखेका हुन्छाैं भने हामीले सबैभन्दा लामो सपना बिहानीपख देख्ने गर्छाैं, जुन ३० देखि ४५ मिनेटसम्म लामो हुन्छ ।
१५. यदि सपनामा फोहर पानी देखियो भने सपना देख्ने व्यक्ति अस्वस्थ्य भएको संकेत हुनसक्छ ।
१६. हाम्रा प्राचिन वेदहरूमा लेखिएको छ- यो संसार वास्तवमा एक सपनामात्र हो र वास्तविकता अरु नै केही छ ।
१७. सपनाका चार चरण हुन्छन् त्यसमध्ये मुख्य चरण हुन्छ रेपिड आइ मुभमेन्ट REM (Rapid eye movement), यस चरणमा हाम्रो आँखाका पुलतीहरू तीव्र गतिले हल्लिन्छन् । निद्रा गहिरिँदै जाँदा हामी स्लिप प्यारालाइजका अनुभव गर्छाैं, यस अवस्थामा हामी जागृत भए पनि हिडडुल गर्न सक्दनाैं ।
१८. सपनाले हामीलाई सिकाइरहेको हुन्छ । सपनाले अन्जानवसनै हाम्रो बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । दिउँसो सिकेका कुरालाई सपनाले बुझ्न सजिलो बनाइदिन्छ ।
१९. करिब पाँचदेखि १० प्रतिशत मानिसहरूले महिनामा एक-दुई पटक अति नै डरलाग्दा सपना देख्छन्, जहाँ तिनले आफूलाई खेदेकाे, मार्न खोजिएको देख्छन् । १० वर्षमुनिका साना बच्चाले यस्तो सपना बढी देख्छन् ।
२०. विश्वका कैयन आविष्कारहरू सपनाबाट प्रेरित भएर भएका छन्, जसमा सिलाइ मेसिन, डीएनए पत्ता लगाउने विधि आदि छन् ।
२१. पाँच वर्षमुनिका बालबालिकाले सपना देख्दैनन ।
२२. करिब ६ हजार वर्ष पहिला मिश्रमा सपनामाथि पहिलो किताब लेखिएको थियो ।
२३. सपना नदेख्ने व्यक्तिहरूमा पर्सनालिटी डिसअर्डर नामक बिमारी हुन्छ ।
२४. कैयन मानिसहरूमा सपनामा हिड्ने बानी हुन्छ, जुन एक मानसिक रोग हो ।
२५. बिहान देखिएको सपना सत्य हुन्छ भन्ने धेरै मानिसमा भ्रम रहेको पाइन्छ, वास्तवमा यसको कुनै तुक छैन ।
२६. हामी आफ्नो जीवनका ६ वर्ष सपना देख्नमा नै व्यतीत गर्छाैं ।
कुुनै पनि सम्बन्धमा गाढापन र आनन्द अनुभूति आवश्यक हुन्छ । पुरुषहरूले दिनमा कैयन पटक यौन सम्पर्कको आनन्द लिन चाहन्छन् भन्ने भनाइ एकातिर छ भने अर्कातिर महिलाहरू पनि पुरुषले नै जस्तै आनन्द प्राप्त गर्छन् । तर, सबैभन्दा ठूलो रहस्य भने महिला वा पुरुष कसले रति क्रियामा सबैभन्दा बढी आनन्द उठाउँछन्? यो प्रश्नका उत्तर पढेर तपाईलाई पनि आश्चर्य लाग्न सक्छ ।
महाभारतको अनुशासन पर्वमा मानव जीवनसँग जोडिएका कैयन पक्षहरूमाथि चर्चा गरिएको छ । धर्मराज युधिष्ठिरलाई एउटा प्रश्नले लामो समयदेखि हैरान तुल्याइरहेको छ । वाणहरुको शैय्यामा सुतेर मृत्युको प्रतीक्षा गरिरहेका भीष्मसँग उनले यो प्रश्न सोधे । युधिष्ठिरले भीष्मसँग सोधेः सहवासका क्रममा स्त्री–पुरुषको मिलनको सुख कसले अनुभव बढी गर्छन्? यौन क्रियाका क्रममा सबैभन्दा बढी आनन्द कसले पाउँछ?
भीष्मले भने– “यो प्रश्नको उत्तर दिन अत्यन्तै कठिन छ, जबसम्म स्त्री र पुरुष दुवैको अनुभव कसैले एकै साथ गरेको नहोस् ।” अनि भीष्मले भने– युधिष्ठिर तिम्रो प्रश्नको उत्तर भङ्गस्वाना र सकराको कथाका माध्यमबाट नै दिन सकिन्छ । आफ्नो प्रश्नको उत्तर पाउनका लागि यो कथा सुन ।
धेरै वर्षअघि भङस्वाना नाम गरेको एक राजा थिए । उनी अत्यन्तै न्यायप्रेमी र यजश्वी थिए, तर उनका कुनै पुत्र थिएनन । पुत्रको चाहनामा ती राजाले ‘अग्निष्टुता’ नामक यज्ञ गरे । यज्ञको हवनमा केवल अग्नि देवताको मात्र आदर गरियो, त्यसैले देवराज ईन्द्र निकै क्रोधित भए ।
ईन्द्रले आफ्नो रिस प्रकट गर्नका लागि ती राजालाई दण्ड दिन चाहे । एक दिन ती राजा शिकारमा जाँदा ईन्द्रले उनलाई सम्मोहित गरिदिए । राजा भङ्गस्वाना वनमा यताउता अलमलिन थाले । सम्मोहित अवस्थामा उनले सबै होस गुमाए, उनलाई न त दिशाहरू’bout कुनै सम्झना थियो, न त आफ्ना सैनिकहरू नै देखिरहेका थिए । भोक प्यासले उनलाई आकुल–ब्याकुल बनाइ दिएको थियो । अचानक उनले एक सानो नदी देखे, जुन कुनै जादूजस्तो अत्यन्तै आकर्षक देखिइरहेको थियो । राजा त्यो नदीका तर्फ अघि बढे र उनले पहिले आफ्नो घोडालाई पानी पिलाए अनि आफैले पनि पिए ।
जसै राजा पानीमा प्रवेश गरे, पानी पिए, उनले के देखे भने उनका शरीर बदलिँदै गएको छ । उनी विस्तारै विस्तारै एक स्त्रीमा परिणत भए । लज्जाले गर्दा राजा आलाप बिलाप गर्न थाले । यस्तो किन र कसरी भयो भन्ने उनले बुझेकै थिएनन ।
राजा भङ्स्वाना कराउन लागे– “हे भगवान ! पुरुषबाट स्त्री बनेपछि राज्यका जनतासँग म कसरी अनुहार देखाउँ? मेरो ‘अग्नीष्टुता’ अनुष्ठानबाट मेरा १०० पुत्रहरु जन्मिएका छन्, अब उनीहरुका सम्मुख कसरी परुँ? मेरी रानी, महारानीहरू जो मेरा प्रतीक्षा गरिरहेका छन्, उनीहरूसँग म कसरी भेट्न सकुँला? मेरो पुरुषत्वसँगै मेरो राजपाठ पनि गुम्ने भयो ।”
स्त्रीका रूपमा जब राजा राजधानी फर्के, उनलाई देखेर सबै मानिसहरू आश्चर्यचकित भए । राजाले राजसभा बोलाए र आफ्नो फैसला सुनाउँदै भने अब उनी राजपाठ छोडेर बाँकी जीवन जंगलमा बिताउने छन् ।
यति भनेर राजा जंगलतर्फ प्रस्थान गरे । त्यहाँ गएर उनी स्त्रीका रूपमा एक तपस्वीका आश्रममा बस्न थालिन जसबाट उनले कैयन पुत्रहरूलाई जन्म दिइन र आफ्ना ती पुत्रहरूलाई लिएर पुरानो राज्यमा लगिन । त्यहाँ पुगेर यज्ञबाट जन्मेका पुत्रहरूलाई भनिन्– “तिमीहरू मेरा ती पुत्र हौ, जब म एक पुरुष थिए, यिनीहरू मेरा यी पुत्र हुन्, जब म स्त्री छु । तिमीहरू आपसमा मिलीजुली यो राज्य सम्हाल ।” त्यसपछि सबै दाजुभाइ मिलेर बस्न थाले ।
सबैजनाले सुखपूर्वक जीवन व्यतीत गरिरहेको देखेर देवराज इन्द्रलाई रिस उठ्यो । उनमा बदलाको भावना फेरि जाग्न थाल्यो । उनले सोच्न थाले कि ती राजालाई मैले स्त्रीमा बदलिएर तिनका लागि नराम्रोका ठाउँमा राम्रो पो गरिदिएँ । यस्तो सोचेर ईन्द्रले एक ब्राह्मणको रूप लिए र पुगे राजा भङ्गस्वानाको राज्यमा । त्यहाँ पुगेर तिनले सबै राजकुमारहरूलाई भड्काइ दिए ।
ईन्द्रले भड्काइ दिएपछि सबै दाजुभाइहरू आपसमा नै लड्न थाले, एकअर्कालाई मार्न थाले । यो कुरा भङगस्वानालाई थाह भएपछि उनी शोकाकुल हुन पुगे । ब्राह्मणका ईन्द्र तिनी भएका ठाउँमा पुगे र सोधे कि उनी किन रोइ रहेकी छिन्? भङ्गस्वानाले रुँदा रुँदै पूरै घटना ईन्द्रलाई बताइदिइन, त्यसबपत ईन्द्र आफ्नो वास्तविक रूपमा आए र राजालाई तिनका गल्तीका ’boutमा ज्ञात तुल्याए ।
ईन्द्रले भने– “तिमीले केबल अग्निको मात्र पूजा ग¥यौ र मेरो अनदर गर्याै, त्यसैले मैले तिम्रो साथमा यो खेल रचेँ ।” यो सुन्नेवित्तीकै भङ्गस्वाना ईन्द्रको पाउ परे र आफूले अन्जानमा गरेको अपराधका लागि क्षमा मागे । राजाको याचनापछि ईन्द्रको मनमा दया जाग्यो । उनले राजा भङ्गस्वानालाई माफ गरेर तिनका पुत्रहरू जीवित बनाउन सक्ने बरदान दिए ।
उनले भने– “हे स्त्रीरूपी राजन, आफ्ना छोराहरूमध्ये कुनै एकलाई जीवित बनाऊ ।” त्यसपछि भङ्गस्वानाले ईन्द्रसँग यदि त्यस्तो हो भने आफूले स्त्रीका रूपमा जन्म दिएका पुत्रहरू जीवित तुल्याउन आग्रह गरे । देवराज ईन्द्र छक्क परे र उनले यसको कारण सोधे । भङ्गस्वानाले भनिन– “हे इन्द्र! एक स्त्रीको प्रेम, एक पुरुषकोे प्रेमभन्दा निकै बढी हुन्छ, त्यसैले म आफ्ना कोखबाट जन्मेका बालकहरूको जीवन दान माग्दछु ।”
देवराज ईन्द्रले उनका सबै पुत्रहरूलाई जीवित तुल्याइ दिए र त्यसपछि राजालाई पुनः पुरुष रूप दिने कुरा बताए । “हे भङ्गस्वाना म तिमीबाट यति प्रशन्न भएँ कि अब म तिमीलाई पुनः पुरुष बनाइ दिन्छु ।” तर, राजाले त्यस कुरालाई ठाडै नकारी दिए ।
स्त्रीरूपी भङ्गस्वानाले भने– “हे देवराज इन्द्र, मै स्त्रीरूपबाटै खुसी र स्त्री नै रहन चाहन्छु ।” यो सुनेर देवराज ईन्द्र उत्सुक भएर सोधे, “हे राज के तिमी पुनः पुरुष भएका आफ्नो राजपाठ सम्हाल्न चाहँदैनौं?” भङ्गस्वानाले जवाफमा भने, “किनकी, संयोगले स्त्रीहरूलाई पुरुषका गुणामा ज्यादा आनन्द, तृप्ति र सुख प्राप्ति हुन्छ, त्यसैले म स्त्री न रहन चाहन्छु ।” देवराज ईन्द्रले तथास्तु भनेर त्यहाँबाट प्रस्थान गरे ।
अनि, भीष्मले भने– “हे युधिष्ठिर, शारीरिक सम्बन्धका समयमा स्त्रीहरूलाई पुरुषले भन्दा बढी सुखानुभूति प्राप्त हुन्छ र स्त्रीहरू पुरुषका तुलनाका कैयन गुणा संवेदनशील हुन्छन् ।”
यद्यपि, वैज्ञानिकहरूका बीचमा आनन्दको परिभाषामै विभेद छ । मानवीय कल्पना, शरीरको संरचना, मष्तिस्कको बनावटका कारण यौन सम्पर्कबाट प्राप्त हुने अनुभूतिका बीचमा रायहरू पनि फरक फरक नै पाइएको छ । युवावयमा महिलाका शरीर नदेखेका पुरुषले पिँडुलामात्रै देख्यो भने पनि उत्तेजित हुनसक्छ भने दक्षिणी अमेरिकामा हुकेका मानिसका लागि ब्रा पेन्टी र स्वीमिङ कस्टममा हिडेका केटी देख्दा पनि सामान्य महसुस हुन्छ ।
पुरुषबाट स्त्री ट्रान्ससेक्सुअल र स्त्रीबाट पुरुष ट्रान्ससेक्सुअलहरूमाथि गरिएका अध्ययनले फरक फरक निष्कर्श निकालेका छन् । न्यूरोबायलोजिकल अध्ययनबाट के थाह भएको भने यौन क्रियाका क्रममा पुरुषले छिट्टै आनन्द महसुस गर्छन् भने महिलाले विस्तारो विस्तारै । त्यसैले पुरुषले पूरा मजै नपाएको अनुभूति गर्ने गर्छन ।
हरेक महिला जीवनमा आमा बनेको अनुभूति गर्न चाहन्छन् । आमा बनेको अनुभव विश्वकै सर्वोत्तम अनुभव मानिन्छ । बच्चा पाइसकेपछि अर्थात प्रसुति भइसकेपछि महिलाको शरीर पहिला जस्तो हुँदैन । गर्भावती अवस्थामा महिलाहरूको शरीरमा निकै परिवर्तन आउँछ । त्यसैले बच्चा पाएका लगत्तै यौन सम्पर्क राख्ने विषयमा सोचरहनु भएको छ भने कृपया सावधानी अपनाउनु होस् ।
बच्चा जन्माउने क्रम अर्थात प्रसब प्रक्रियामा महिलाहरू शारीरिक र मानसिक दुवै रुपमा थाकेका हुन्छन् । शरीर पनि अति नै संवेदनशील भएको हुन्छ, त्यसैले शारीरिक सम्बन्ध राख्ने विषयमा हतार गर्नुहुँदैन । प्रसवपछि करिब एक महिनासम्म महिलाहरूलाई रक्तस्राब हुन्छ भने ९ महिनासम्म एकतित्र भएर बसेको तरल पदार्थ गर्भाशयबाट बाहिरिइ रहेको हुन्छ ।
बच्चा दुई प्रकारले जन्मन्छन्, नर्मल र अप्रेशन (सिजेरियन)गरेर । बच्चा नर्मल नै जन्मेको रहेछ भने एक पटक डाक्टरको सल्लाह लिनुहोस् । किनकी यस्तो बेलामा महिलाको योनीद्वार फैलिएको हुन्छ र बच्चा पाइसकेपछि गर्भाशयमा चोट पुगेको हुन्छ । गर्भाशयमा बनेको घाउ पुरिन पनि समय लाग्छ । यदि प्रसवका क्रममा योनीद्वार चिरिएको (Episiotomy) छ भने त्यो सामान्य हुन कम्तिमा ६ हप्ता समय लाग्छ, तर चिरा पारिएको स्थानमा लगाइएको टाँका कारण केही केही महिलाले ६ हप्तापछि पनि यौन सम्पर्क राख्न असहज महसुस गर्छन् । यस्तो बेलामा यौन सम्पर्क राखेमा संक्रमण हुने खतरा बढी हुन्छ ।
यदि सिजेरियन अप्रेसनबाट बच्चा भएको हो भने यौन सम्पर्क राख्न कम्तिमा पनि ६ हप्ता पर्खनु पर्छ भने डाक्टरको सल्लाह लिएरमात्र यौन सम्पर्क गर्नु उपयुक्त हुन्छ । सिजेरियन गरेर बनेको टाँकाको घाउ नपुरिइन्जेलसम्म यौन सम्पर्क राख्नु हुँदैन ।
प्रसुति जुन ढंगले भए पनि रक्तस्राव नियमित नहुइन्जेलसम्म यौन सम्बन्ध बनाउनु हुँदैन । प्रसबपछि महिलाहरूका स्तनमा पनि समस्या सुरु भएको हुन्छ । पहिला सामान्य अवस्थामा रहेका स्तनका दुग्ध ग्रन्थिहरू सक्रिय हुन्छन् र त्यहाँ दूध उत्पादन सुरु हुन्छ । त्यसपछि महिलाहरूले स्तन टन्केको, दुःखेको महसुस गर्न थाल्छन् ।
नर्मल ढंगले प्रसुति भएको हो भने महिलाले कम्तिमा एक महिना र सिजेरियनमा कम्तिमा तीन महिनासम्म आफूलाई अस्वस्थ्य महसुस गरेका हुन्छन् । त्यसैले यस अवधिमा यौन सम्पर्क राख्नु हुँदैन ।
शिवरात्रि आउन लागेको छ । यतिखेर अनेकथरि बाबाहरू यहाँ देखा पर्छन, कालो लुगा लगाउने, नरमुण्डको माला लगाउने, राताराता आँखा भएका, विचित्रका मन्त्र भट्याउने डरलाग्दा अघोरीहरू पनि आउने गरेका छन् । तपाईंहरूले शिवरात्रिमा नागा बाबाहरूका अनेकन चर्किकला देख्नु भएकै होला । शिव रात्रिमा पशुपतिनाथ आउने नागा बाबाहरूले लिंगमा लठ्ठी बेरेर त्यसले ढुंगा उचाल्नेमात्र होइन कि कहिलेकाँही त मान्छे नै उभ्याएर अनेक चर्तिकला देखाउँछन् । वास्तवमा को हुन् त ती अघोरी नागा बाबा? कहाँबाट आउँछन्? के छ तिनका रहस्य? आज हामीले भिडियोसहित यो विशेष सामग्री तयार पारेका छाैं ।
अाम मानिसहरू भूतप्रेत र आत्माहरू पनि जतिको अघोरी जोगीहरूसँग डराउने गर्छन । नागाहरू सबै अघोरी साधु हुँदैनन् । अघोरी साधुहरूका संसारै अलग्गै हुन्छ । उनीहरू हिन्दु धर्मअन्तर्गत नै एक सम्प्रदायका अंग हुन्, तर तिनीहरूका ’boutमा थोरै मानिसलाई मात्र थाह छ । यतिमात्र कुरा सुनिन्छ कि जब हामी सुत्छाैं अनि ती अघोरी बाबाहरूको वास्तविक असली कार्य प्रणाली शुरु हुन्छ । मध्यरातमा पुगेर ती अघोरी बाबाहरूले के गर्छन भन्ने कुरा उनीहरूका बीचमा मात्र थाह हुन्छ ।
अघोरी बाबाहरू सदैव तिनीहरूका अनाैठो व्यवहार, एकान्तप्रियता र तिनीहरूले गर्ने रहस्यमय गतिविधिहरूका कारणले चिनिन्छ । हेर्दा जति विचित्र उनीहरू हुन्छन्, त्यति नै अनाैठा तिनका साधनाहरू पनि हुने गर्छ ।
भनिन्छ, अघोरीहरूका साधना मासु, मदिरा र मैथुनबिना पूर्ण हुँदैन । तर यसका पछाडि के कारण छ, त्यो भन्न सकिँदैनन् । कतिसम्म भनिन्छ भने राक्षसहरूपछि अघोरी सम्प्रदायका बाबाहरू नै यस्ता मानिस हुन्, जसले मानिसकै मासु खाने गर्छन् ।
अघोर पन्थ
अघोरीहरू शैव सम्प्रदायका मानिन्छन् । यिनीहरूका आफ्नै पन्थ हुन्छ, जसलाई अघोर पन्थ भनिन्छ । अघोर पन्थको उत्पत्तिका विषयमा निश्चित प्रमाणहरू भेटिएका छैनन्, अघोर पन्थ कपालिक सम्प्रदायसँग मिल्दोजुल्दो मानिन्छ । भगवान शिव स्वयं एक अघोरी मानिएका हुनाले यिनीहरूलाई साक्षात शिव मान्ने पनि चलन छ ।
तीन खालका साधना
अघोरीहरूले तीन प्रकारका साधना गर्छन, शिव साधना, शव साधना र श्मशान साधना। शिव साधनामा शवमाथि उभिएर साधना गरिन्छ । अन्य प्रकारका साधनामा पनि शवमाथि उभिएर वा त्यसमाथि खुट्टा चढाएर विशेष प्रकारका योगाशन गर्ने गरिन्छ । यस प्रकारका सबै साधनाहरूमा मानव मासु र मदिरा प्रसादका रुपमा चढाइन्छ ।
प्रमुख स्थान
नेपालमा शिवरात्रिका बेला नागा बाबा र केही अघोरी बाबाहरू पनि आउने गरे पनि तिनीहरू भारतबाटै आउने गर्छन् । भारतमा पनि अघोरीहरू सबै ठाउँमा पाइँदैनन् । भारतको असमस्थित कामख्या मन्दिर सबैभन्दा धेरै अघोरी पाइने स्थान हो । कामाख्या मन्दिर सतिदेवीले आफैलाई अग्निदाह गरेपछि शिवजीले उनका मृतशरीर बोकी हिड्ने क्रममा सतिदेवीको योनी पतन भएका स्थान मानिन्छ ।
असामबाहेक अघोरीहरू पश्चिम बंगाल, उज्जैन, नासिक, वाराणसीलगायतका स्थानमा पाइन्छ ।
मध्यरातमा मानिस जलाउने घाटमा तपस्या
अघोरीहरू मध्य रातमा मानिस जलाउने घाटमा पुगेर अनेकन तन्त्र सिद्धि गर्छन् । मानिस जलाएको खरानी आफ्नो शरीरमा दल्छन् । भनिन्छ, मानिस जलाउँदा बचेको अस्तु यिनीहरूले खाने गर्छन् ।
कालो वस्त्र लगाउने अघोरीहरूले नरमुण्डका माला लगाउने गर्छन्, उनीहरूले आफ्नो कुटी पनि श्मशनमा नै बनाउने गर्छन् । मानिस जलाउने घाटमा मात्र होइन्, अघोरीहरूले हिमालयमा पनि तपस्या गर्छन भन्ने गरिन्छ । यसैका लागि उनीहरू बेलाबेलामा नेपाल आएर कैलाशसम्म जाने गर्छन ।
हिन्दु धर्मावलम्बीहरूले अहिले पनि कतिपय स्थानमा पाँच वर्षभन्दा मुनिका, सर्पले टोकेर मृत्यु भएका र आत्महत्या गरेका मानिसहरूलाई नजलाइकन गाड्ने वा बग्दो नदीमा बगाउने गर्छन । नदीमा बगाइएका यस्ता शबहरू डुबिसकेपछि हलुका भएर पानीमा तैरिन्छ । भनिन्छ, अघोरीहरूले यस्तै शब पानीबाट निकाले आफ्नो तन्त्र सिद्धि गर्ने गर्छन्।
जे पनि खान सक्छन
अघोर पन्थमा प्रवेश गर्नुअघि सबै किसिमका मायामोह त्याग्नु पर्ने नियम छ । अघोरीहरू खान पिउनमा केही पनि बार्दैनन् । दालभात पाए दालभात, रोटी पाए रोटी, खसी कुखुरा पाए त्यसकै मासु वा मानव मासु पनि खान पछि पर्दैनन । कतिसम्म भने अघोरीहरूले कुहिन लागेको पशुका मासुसमेत खाने गर्छन् ।
We use cookies on our website to give you the most relevant experience by remembering your preferences and repeat visits. By clicking “Accept All”, you consent to the use of ALL the cookies. However, you may visit "Cookie Settings" to provide a controlled consent.
This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary cookies are absolutely essential for the website to function properly. These cookies ensure basic functionalities and security features of the website, anonymously.
Cookie
Duration
Description
cookielawinfo-checkbox-analytics
11 months
This cookie is set by GDPR Cookie Consent plugin. The cookie is used to store the user consent for the cookies in the category "Analytics".
cookielawinfo-checkbox-functional
11 months
The cookie is set by GDPR cookie consent to record the user consent for the cookies in the category "Functional".
cookielawinfo-checkbox-necessary
11 months
This cookie is set by GDPR Cookie Consent plugin. The cookies is used to store the user consent for the cookies in the category "Necessary".
cookielawinfo-checkbox-others
11 months
This cookie is set by GDPR Cookie Consent plugin. The cookie is used to store the user consent for the cookies in the category "Other.
cookielawinfo-checkbox-performance
11 months
This cookie is set by GDPR Cookie Consent plugin. The cookie is used to store the user consent for the cookies in the category "Performance".
viewed_cookie_policy
11 months
The cookie is set by the GDPR Cookie Consent plugin and is used to store whether or not user has consented to the use of cookies. It does not store any personal data.
Functional cookies help to perform certain functionalities like sharing the content of the website on social media platforms, collect feedbacks, and other third-party features.
Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.
Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics the number of visitors, bounce rate, traffic source, etc.
Advertisement cookies are used to provide visitors with relevant ads and marketing campaigns. These cookies track visitors across websites and collect information to provide customized ads.