विश्वकै यस्तो गाउँ, जहाँ बस्छन् आइमाई लोग्नेमान्छे सबै नाङ्गै

विश्वकै यस्तो गाउँ, जहाँ बस्छन् आइमाई लोग्नेमान्छे सबै नाङ्गै

हाम्रो विश्व यस्तो छ कि यहाँका ठाउँठाउँमा भएका परम्परा र चालचलन’bout हरेक दिनजसो नयाँ नयाँ खोज गर्ने हो भने पनि वर्षाैं लाग्छ । अहिलेका आधुनिक विश्वमा मानिस नयाँपनकै खोजी हुन्छ । अरु कसैलाई उत्पट्याङ लाग्ने कुरा मानिसले आफ्नो स्वच्छन्दताका लागि पनि गरिरहेकै हुन्छ । विश्वमा यस्ता ठाउँहरू पनि जहाँ मानिस नाङ्गै बस्छन्, नाङ्गै खानपिन गर्छन, नाङ्गै सुत्छन्, नाङ्गै घुम्छन् । त्यो पनि अमेजनका जंगलभित्रका आदिवासी होइनन्, आधुनिक विश्वकै मानिसहरूका ’boutमा हामी कुरा गर्दैछाैं ।

04-12

विश्वभरि झन्डै २१० औपचारिक रूपमै छन्, संयुक्त राष्ट्र संघबाट औपचारिक मान्यता नपाएका थप चार पाँच देश छन् । ती देशहरूबीच हजाराैं प्रकारका संस्कार र  रितिथिति पनि छन् । तिनीहरूका रहनसहन खानपिनमा पनि अनेकन भिन्नताहरू छन् । हामी अधिकांश मानिसहरूका लुगा, उनीहरूले लुगा लगाउने ढंग आदि हेरेर तिनीहरूको जाति, धर्म र देशका अनुमान लगाउन सक्छाैं । जब मानिसले लुगै लगाउँदैनन भने कहाँका भनेर पत्ता लगाउने । यस्तै अचम्मको संस्कार बचाएर राखेको छ ब्रिटेनको स्पिलप्लाट्ज गाउँले…..

(George - The Naked Village)..One off documentary following the permanent residents of Spielplatz - the UK's oldest nudist beach.

यो प्रसंग हो बेलायतको हर्टफोर्डशायरको ब्रिकेटवुडमा केही टाढा यस्तो सानो गाउँ छ, त्यहाँका के केटाकेटी, के बूढापाका, के युवायुवती, के महिला, के पुरुष सबै नै कपडा नलगाइ बस्छन्, अर्थात नाङ्गै बस्छन् । उनीहरू जंगलभित्र बस्ने आदिवासीजस्तो लुगै नभएर नाङ्गै बसेका भने होइनन् । आधुनिक लाइफस्टाइलमै बाँच्छन्, आधुनिक सुख-सुविधा सबै उपयोग गर्छन । यसका पछाडि एक खास कारण छ, जसले गर्दा उनीहरू नाङ्गै बस्छन् ।

09-10यहाँका मानिसहरू यसरी नाङ्गै बस्न थालेको ८५ वर्ष भइसकेको छ । वास्तवमा यो गाउँका ’boutमा धेरै मानिसहरूलाई अहिले पनि थाह छैन, यो गाउँ सन् १९२९ मा इसुल्ट रिचर्डसनले स्थापना गरेका थिए । त्यतिखेरै त्यहाँका मानिसहरूले उनीरू प्रकृतिको नजिक बसेर प्राकृतिक ढंगले नै बाँच्ने निधो गरेका थिए । त्यसपछि त्यहाँका बासिन्दाहरू अहिलेसम्म निर्वस्त्र नै बस्ने गरेका छन् ।

06-10

त्यहाँ कैयन पर्यटक पनि पुग्ने गर्छन, जसका लागि भाडाको घर पनि उपलब्ध गराइन्छ । त्यहाँ ब्रिटेनबाट मात्र होइन, अन्य देशबाट पनि पर्यटकहरू विदा मनाउन जान्छन् । तर, पर्यटकहरूले पनि त्यहाँ पुगेपछि लुगा भने लगाउन पाउँदैनन् अर्थात उनीहरू पनि नाङ्गै बस्नु पर्छ । त्यहाँ पुग्ने पर्यटकहरूले त्यही गाउँका नियमअनुसार नै आफूलाइ ढाल्नु पर्ने हुन्छ ।

08-13

सदैव लुगै लगाउन नपाइने भने होइन । जाडोका याममा आफूलाई न्यानो राख्न वा कुनै बेला आफूलाई इच्छा हुँदा लुगा लगाउन भने पाइन्छ । त्यहाँका मानिसहरूको आफ्नै मदिरालय- पब, स्विमिङ पुल, छुट्टाछुट्टै अपार्टमेन्ट छन् । सबै जना आधुनिक जीवनशैलीमै बाँच्छन । उनीहरू उच्च विचार भएका हाइ प्रोफाइल नै जीवन बाँच्छन ।03-12

आफ्नै गाउँमा रमाएका त्यहाँमा मानिसहरू बेलाबेलामा शहरतिर पनि जान्छन, तर लुगा लगाएर । जहाँबाट उनीहरू आफूलाई आवश्यक परेका सामान किनेर ल्याउँछन । शहरबाट फर्केपछि फेरि नाङ्गै बस्छन्।Mark-and-Tina

उनीहरूका नाङ्गै बस्ने कार्यका शुरु शुरुमा विरोध पनि भएको थियो, तर सबैले स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारका कारण त्यस्ता विरोधहरू पछि आफै सेलाए ।

 

 

जब तिलिचो तालमा नाङ्गै पर्यटक पुगे

जब तिलिचो तालमा नाङ्गै पर्यटक पुगे

 

नेपालको हिमाली साैन्दर्यका लाभ उठाउन विश्वभरिका मानिसहरू यहाँ आउने गरेका छन् । अनि यहाँका हिमाल र तालहरूमा अनेकन उत्पट्याङ काम गरेर आफूलाई चर्चित बनाउनेका पनि कमी छैन । हामी यस पटक विश्वकै अग्लो स्थानमा पर्ने ४९२० मिटर अग्लो स्थानमा पर्ने तिलिचो तालमा नाङ्गै सनबाथ गरिरहेका विदेशी पर्यटकको फोटो प्रस्तुत गर्दैंछाैं ।

यो फोटो ट्रेकिङ गाइड नाैसेर घलेले खिचेका हुन् ।Tilicho Lake Nude Touris copy

यस कारण हुन्छ एक्स रे खतरनाक

यस कारण हुन्छ एक्स रे खतरनाक

तपाई हामीले हाडजोर्नीका कुनै समस्या आउँदा वा छाति दुःखेमा एक्स रे गर्ने गरेका छाैं, तर हामीले उपचारका लागि रोग वा समस्या चिन्न गर्ने गरेको एक्स रे हामीले सोचेभन्दा बढी खतरनाक हुनसक्छ ।

एक्स रे  अत्यन्तै बढी विद्युत चुम्बकीय विकिरण भएको ऊर्जा प्रणााली हो, यसलाई कतिपय अवस्थामा एक्स-रेडिएसन पनि भनिन्छ । एक्स रेले हाडजोर्नीमा भएका समस्या, छाति-फोक्सो वा अन्य भित्री अंगमा भएका समस्या पत्ता लगाउन मात्र होइन सुरक्षाका लागि पनि काम गर्ने गर्छ । एयरपोर्टहरूमा यसकै माध्यमले हातहतियार वा अन्य प्रतिबन्धित वस्तुका ओसारपसार पत्ता लगाइन्छ ।

जर्मनीका वैज्ञानिक विलहम रोजटनले सन् १८९५ मा एक्स रे पत्ता लगाएका थिए । उनकै नाममा यसलाई कतै कतै रोजटन विकिरण पनि भनिन्छ । विश्वकै पहिलो एक्स रे विलहम रोजटनकै श्रीमतीको हातको थियो, जसमा उनीहरूको विवाहको औंठी पनि देखिएको थियो ।x-ray-of-the-knee

एक्स रेसँग जोडिएका केही रोचक तथ्यह यस्ता छन् :

१. विलहम रोजटनद्वारा एक्स रेको खोजी संयोगवस भएको थियो । वास्तवमा उनी त्यस दिन भ्याकुम ट्युबहरूमा केही प्रयोग गरिरहेका थिए, त्यही बेला उनले  विचित्र किसिमका विकिरणहरू महसुस गरे । पछि थाह भयो ती साधारण किसिमका तरंगहरू भने थिएनन्।

२. एक्स रेको खोजी गरेबापत विलहम रोजटनलाई सन् १९०१ मा नोबेल पुरस्कार दिइएको थियो ।

३. विलहमकी पत्नी आफ्ना पतिको आविष्कारबाट खुसी थिइनन् । उनले आफ्नो हातको डरलाग्दो चित्र देखेपछि भनेकी थिइन-  “मलाई यस्तो लागेको थियो कि मैले मेरो मृत्यु देखेकी हुँ।”

४. एक्स रेको सहयोगले चिकित्सा क्षेत्रमा निकै लाभ प्राप्त हुने सम्भावना थियो, त्यसैले विलहम रोजटनले यसको पेटेन्ट आफ्नो नाममा दर्ता गराएनन् । उनी यसको लाभ सबैले प्राप्त गरुन् भन्ने चाहन्थे ।

५. एक्स रेलाई अंग्रेजीमा विभिन्न ढंगले लेखिन्छः X-rays, xray, X ray, X-ray,  x-ray

६.एक्स रे खोजी गरेको प्रारम्भका दिनहरूमा रोजटनले एक्स रे गर्नका लागि एउटा जिंक र शिशाका बक्साको प्रयोग गर्थे, ताकि उनको प्रयोगशालामा रहेका फोटोग्राफिक प्लेटहरू नबिग्रिउन । यसरी अन्जानवसै उनले आफूलाई पनि सुरक्षित बनाएका थिए । प्रारम्भिक समयमा उनलाई यी विकिरणहरूका अधिक सम्पर्कमा आउँदा क्यान्सरसम्म हुन सक्ने कुराका ज्ञानै थिएन ।

७. एक्स रेको वेभलेन्थ (Wavelength) पराबैजनी विकिरणहरूभन्दा पनि कम हुन्छ त्यसले यो अति नै शक्तिशाली हुन्छ । एक्स रेको वेभलेन्थ देखिने खाले प्रकाशभन्दा पनि कम हुन्छ ।

८. जो वैज्ञानिकहरूलाई एक्स रेबाट हुने नोक्सानी’bout थाह थिएन, तिनीहरूमा पछि छाला पोल्ने, चिलाउने, कपाल झर्ने र क्यान्सरजस्ता बिमारीहरू देखापरे ।

९. एक्स रेका कारण मृत्यु हुने पहिलो व्यक्ति क्लारेन्स डेली हुन् । उनले थमस एडिसनको एक्स रे लाइट बल्बमा धेरै वर्षसम्म काम गरेका थिए, जसको कारणले उनको शरीरमा क्यान्सर उत्पन्न भइ धेरै घाउहरू देखा परे र केबल ३९ वर्षको उमेरमा उनको मृत्यु पनि भयो ।

१०. जब एक्स किरणहरू हाम्रो शरीर हुँदै प्रवाह हुन्छ, त्यतिखेर केही किरणलाई हाम्रो शरीरका बाहिरी र भित्री भागले रोक्छन भने केहीले पूरै वारपार गर्छन् । सोही कारण हाम्रो शरीरका भित्री भागको तस्बिर एक्स रे ग्राफमा छापिन्छ ।

११. सीटीस्क्यान, फ्लुरोस्कोपी, मोमोग्राम र डेन्टल एक्स रेज पनि एक्स रेकै विभिन्न प्रकार हुन् तर सोनोग्राफी, अल्ट्रासाउन्ड र एमआरआई भने फरक विधि हुन् । त्यसैले यिनीहरू सुरक्षित मानिन्छ ।

१२. एक्स रे मानव भ्रुणका लागि खतरनाक भएका कारणले गर्भावती महिलाहरूका एक्स रे गरिँदैन, यदि एक्स रे गरिएमा शारीरिक विकृति भएका बच्चा जन्मिन सक्छ ।

१३. एक अनुमानअनुसार अमेरिकामा हुने कुल क्यान्सरका बिमारीहरूमध्ये ०.४ प्रतिशत क्यान्सर सिटी स्क्यानका कारणले हुने गरेको छ ।

१४. एक्स रे  किन खतरनाक मानिन्छ? एक्स रे इलेक्ट्रोनहरू उत्सर्जित गर्दछ, जब यो हाम्रो शरीरका टिस्युहरूसँग सम्पर्कमा आउँछ, यसले हाम्रो डीएनएको सिक्री तोड्न सक्छ, जसका कारण क्यान्सर हुनसक्छ ।

त्यसैले ससानो कुरामा पनि एक्स रे गर्नुभन्दा पहिला सोचाैं ।

यस्ता छन्, सन्नी लियोनीसँग जोडिएका रोचक कुरा

यस्ता छन्, सन्नी लियोनीसँग जोडिएका रोचक कुरा

‘सन्नी लियोनी’ बलिउडमा यतिखेर उनको चर्चा शिखरमा नै छ। धेरै युवाको मोबाईलमा क्लिप्सको रूपमा रहेकी उनका प्रति युवा आशक्तिमा आजसम्म कमि आएको छैन।  करियर पोर्न स्टारका रूपमा सुरु गरेकी भए पनि अहिले उनी बलिउडकी स्थापित नायिका हुन्। सेक्स, पोर्न भन्दा बाहिर पनि उनको राम्रो छवी बनिसकेको छ यतिखेर। भारतमा कलाकारितामा जमेकी उनका ’boutका यस्ता रोचक तथ्यहरू छन्, जो धेरैलाई कमै थाहा छ। यस्ता छन्, सन्नी लियोनीसँग जोडिएका रोचक कुरा

१. सन्नी लियोनीको जन्म सन् १९८१ मे १३ तारिखमा एक पन्जाबी परिवारमा भएको थियो ।

२. सन्नीका पिता तिब्बतमा जन्मेका थिए भने दिल्लीमा हुर्के बढेका थिए ।

३. सन्नी बाल्यकालमा आफ्नै उमेरका केटाहरूसँग हक्की खेल्ने गर्थिन् ।

४. सन्नी लियोनीको वास्तविक नाम करेन्जित कौर बोहरा हो । सन्नी लियोनी नाम उनले पोर्न करिअर सुरु गरेपछि पाएकी हुन् ।

५. सन्नी पोर्न स्टार हुनुभन्दा पहिला जर्मन बेकरीका काम गर्थिन्।

६. सन्नीले बलिउडमा फिल्म “कलयुग”बाट फिल्मी करिअर सुरु गर्ने तयारी गरेकी थिइन, तर विभिन्न कारणले गर्दा उनले सो फिल्ममा अवसर पाइनन भने जिस्म टूबाट उनले बलिउडका फिल्मीयात्रा सुरु गरेकी हुन् ।

७. सन्नीको मनपर्ने कलाकार अमिर खान हुन् र मनपर्ने फिल्म दिल हो ।

८. सन्नीलाई घरपालुवा जनावर निकै मन पर्छ, उनीसँग दुई वटा घरपालुवा जनावर छन्ः चोपर र लीलू

९. सन्नी सन् २००८ मा स्ट्यान्ड अप कमेडियन रसेल पिटर्ससँग डेटिङमा जाने गर्थिन् ।

१०. सन्नीले ४० भन्दा बडी एडल्ट फिल्म (पोर्न फिल्म) खेलेकी छिन् ।

११. सन्नी लियोनी आफ्नै राजीखुसीले पोर्न फिल्म उद्योगमा जोडिएकी हुन् । यस कुरामा उनी कुनै ग्लानी महसुस गर्दिनन् ।

१२. सन्नीले तमिल फिल्महरूमा पनि अभिनय गरिसकेकी छिन् । उनको पहिलो तमिल फिल्म भेदाकुरी हो ।

१३. आफ्नी आमाको जन्मभूमि भएकाले भारतलाई निकै मन पराउँछिन । बलिउडमै काम गर्नुभन्दा पहिला उनी चार पटक भारत आइसकेकी थिइन् ।

१४. प्लेब्वाई इन्टरप्राइजेजका उपाध्यक्ष म्याट इरिक्सनसँग सन्नीको कुरा छिनिएको थियो ।

१५. सन्नीको भर्जिनिटी १६ वर्षकै उमेरमा तोडिएको थियो ।

१६. सनीले केही पैसा कमाउने र पार्टटाइम काम गर्ने इच्छाले पोर्न फिल्ममा काम गर्न थालेकी थिइन् ।

१७. सन्नीले पेन्टहाउस म्यागजिन, हस्टलर म्यागजिन, माइस्टिक, हाइ सोसाइटी, स्वांक, ए वी एन अनलाइनजस्ता म्यागजिनका लागि काम गरिसकेकी छिन् ।

१८. सन् २००३ मा सन्नीलाई उत्कृष्ठ मोडलिङका लागि पेन्टहाउस अफ द ईयर घोषित गरिएको थियो र यससँगै उनको पोर्न करियर सुरुवात भएको थियो ।

१९.  सन्  २००८ मा सन्नीलाई उत्कृष्ठ कामका लागि  वेब बेब अफ द ईयरको अवार्ड पनि प्राप्त भएको थियो ।

२० सन्  २००९ मा सन्नीले आफ्ना पार्टनर डेनियलसँग मिलेर “सनलस्ट पिक्चर”  नामको आफ्नै  स्टुडियो बनाएकी थिइन्।

२१ सन्नीले आफ्नै वेबसाइट र एफिलिएटेट साइटहरूका माध्यमबाट विश्वभरि नै आफ्ना फिल्मका बिजनेस गरिरहेकी छिन् ।

२२. सन्  २०११-१२ मा सन्नीका फोटोहरु र भिडियोहरू गुगल इन्डियाको टप सर्चमा थियो ।

२३. सन्नीलाई लेख्नमा रुचि छ, उनी किताब पनि लेख्ने गर्छिन् ।

२४. तपाईलाई विश्वास नहुन सक्छ, सन्नी लियोनी द्वीलिंगी (बाइसेक्शूअल) हुन, यो कुरा उनी आफैले स्वीकारेकी छिन् ।

 

भारत वा पाकिस्तान को बलियो? यस्तो त सैनिक क्षमता

भारत वा पाकिस्तान को बलियो? यस्तो त सैनिक क्षमता

भारत र पाकिस्तानको सिमा क्षेत्र नजिकै रहेको भारतीय सेनाको बेस क्याम्पमा भएको आतंकवादी आक्रमण पछि भारत र पाकिस्तानका बीच आक्रामक सम्बन्ध विकास भएको छ। अर्न्तराष्ट्रिय मञ्चमा यतिखेर भारत पाकिस्तानले उसको बलुचिस्तान क्षेत्रमा गरेको अमानविय गतिविधिको चर्चा गर्न थालेको छ भने पाकिस्तानले खुलेर नै कस्मिरमा भएको भारतीय सेनाको नागरिक हत्याको विषयलाई उठाउन थालेको छ। यी दुर्इ देशको सम्बन्धमा दरार देखिन थालेपछि नै भारतीय मिडिया एक गठ भएर पाकिस्तानको विरुद्ध र युद्धको पक्षमा पत्रकारिता भन्दा पनि प्रपोगाण्डामा नै उत्रिएका छन्।

दक्षिण एशियाका दुर्इ आणविक हतियारले सुसज्जित देश बीचको तनावका कारण फेरी यो क्षेत्रले भयानक युद्धको विभिषीका वेहोर्नु पर्ने त होइन भन्ने भय पैदा भएको छ। यतिखेर भारतीय मिडिया पाकिस्तानसँग भारतको सैनिक क्षमताको तुलना गरिरहेका छन् भने भारत-पाक युद्ध भयो भने कसरी भारतीय युवा सेनालाई साथ दिन युद्धमा सहभागी हुन सक्छन् भनेर मिडियाले नै प्रशिक्षित पार्न थालेका छन्। भारतले मिडिया मार्फत युद्धको धम्की दिएको स्पष्ट देखिएको छ भने पाकिस्तानले युद्धक विमानहरुबाट भारत पाकिस्तान सिमामा हवाइ गस्ती गर्न थालेको र उक्त क्षेत्रहरुमा नागरिक उडानहरु स्थगित गरेको समाचारहरु आइरहेका छन्। यस्तो अवस्थामा ग्लोबलफायरपावरडटकम नामक वेबसाइटले सीआइए, वर्ल्डफ्याक्ट बुक, वीकीपीडिया, सार्वजनिक मञ्चमा उपलब्ध सूचना र मिडिया रिपोर्ट आदीलाई आधार बनाएर भारत र पाकिस्तानको सैन्य र हतियार क्षमताको तुलनात्मक स्थिती तयार पारेको छ।

भारत र पाकिस्तानका बिच युद्ध होला नहोला, त्यो दोस्रो पक्ष भएपनि यतिखेर नेपालको छिमेकमा युद्धको कालो बादल मडारिएको चाहिँ प्रस्ट छ। रसायनिक हतियारले सुसज्जित दुर्इ देश बीचको समस्याले नेपाललाई पनि समस्यामा पार्ने प्रस्ट नै छ। हेरौं यी युद्धमा होमिन तयार भएका दुर्इ देशको सैनिक ताकत यस्तो छः

भारत वा पाकिस्तान को बलियो? यस्तो त सैनिक क्षमता

संजीवनी बुटीको हुँदैछ खोज

संजीवनी बुटीको हुँदैछ खोज

‘रामायण’ पढे, हेरेकाहरूलाई थाहा नै भएको कुरा हो रावणसँगको भगवान रामको युद्धका क्रममा घाईते भएका लक्ष्मणलाई बचाउन दिव्य बुटी संजिवनीको प्रयोग भएको थियो। रामायणमा उल्लेख भएको जिवनदायिनी बुटी नेपालीहरूको लागी टेलिसिरीयलको कथा र पौराणिक कालको प्रसंगको रुपमा मात्र रह्यो। नेपालको राजनीति विकास र सम्वृद्धि भन्दा पनि कमाउ भएकाले नेपालको ऐतिहासिकता र ऐतिहासिक वैज्ञानिक उपलब्धीहरूलाई अघि बढाउने काम भने हुन सकेको छैन। यस्ता कामहरू अघि बढ्नको लागि राजनीतिमा विवेक र ज्ञान भएका मानिसहरू आउन पर्छ तर परिस्थीति उल्टो छ। हत्या, गुण्डागर्दीवालाहरूको नै राजनीतिमा हैकम छ।

यतिखेर मेडिकल शिक्षामा आयुर्वेदलाई वेवास्ता गरिएको छ र विदेशबाट ऐलोपेथिक औषधी मगाएर खाने क्रम बढिरहेकै छ। अझ त्यसमा पनि राजनीतिमा लागेकाले कमिसन खानुलाई सामान्य मान्न थालिएको छ।

संजीवनी बुटीको हुँदैछ खोज

तर, भारतले भने रामायणमा लक्ष्मणको जिवन बचाएको बुटीको ’boutमा ठूलो अध्ययन गर्ने भएको छ। भारतको उत्तराखण्ड राज्यको आयुष विभागले संजीवनी बुटीको ’boutमा खोज गर्नको लागी आयुर्वेद विशेषज्ञहरूको  एउटा टोली नै गठन गरेको छ। हिमालय क्षेत्रमा संजिवनी बुटीको खोज गर्नको लागी उत्तराखण्ड सरकारले २५ करोड भारतीय रूपैंया लगानी गर्ने भएको छ।

रामायणमा उल्लेख भएको संजीवनी बुटीको खोज गर्नको लागी उत्तराखण्ड सरकारले चार सदस्यीय समिती गठन गरिसकेको छ। उत्तराखण्डको सरकारले भारतको केन्द्रीय सरकारसँग यसका लागी सहयोग मागेको थियो केन्द्रबाट सहयोग आउन आलटाल भएपछी राज्यस्तरबाट नै यसको अध्ययन र खोजी गर्न लागेको उत्तराखण्डका आयुष मन्त्री सुरेन्द्र नेगीले पत्रकारहरूलाई जानकारी दिएको भारतीय मिडियामा खबर छ।संजीवनी बुटीको हुँदैछ खोज

उत्तराखण्डको हिमाली क्षेत्र र उच्च पहाडहरूबाट संजीवनी बुटीको खोजी सुरू हुनेछ। द्रोणाचल हिमाली क्षेत्रबाट संजीवनी बुटीको खोजी कार्य यसै महिनाबाट सुरू हुने  बताइएको छ। त्यसका लागी सबै तयारी पुरा भईसकेको छ। रामायणमा रावणसँगको युद्धमा लक्ष्मण घाइले भएपछी उपचारको लागी हनुमान जिवनदायिनी संजीवनी बुटीको खोज गर्न गएको उल्लेख छ। हनुमानले संजिवनीको पहिचान गर्न नसकेपछी द्रोणाचल पहाड नै उचालेर ल्याएका थिए। संजीवनी बुटी मानवको लागी चमत्कारी औषधी भएपनि यसको पहिचान गर्ने भने सजिलो छैन। रामायणकालमा नै हनुमानले यसको पहिचान गर्न नसकेकै कारण पुरै पहाडै उचालेर ल्याएका थिए।