मोदीले रुदै भने- ‘सुशील कोइरालाले मलाई फसाए’ भारतमा भाईरल भयो भिडियो

मोदीले रुदै भने- ‘सुशील कोइरालाले मलाई फसाए’ भारतमा भाईरल भयो भिडियो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग सम्बन्धित एउटा गोप्य भिडियो यतिखेर भारतमा भाईरल भएको छ।

नेपालको संबिधानप्रति असन्तुष्टि जनाउदै भारतले करिब ६ महिना लामो नाकाबन्दी गर्यो । यसले नेपाली जनता चरम मारमा परे । नाकाबन्दीका कारण अत्याबश्यक औषधिदेखि पेट्रोलियम पदार्थसम्मको अभावले नेपालीहरुले थुप्रै सास्ती खेपे । आयात निर्यात ठप्प हुँदा अर्बौको ब्यापार घाटा भयो ।

नाकाबन्दी हटेको लामोसमय बित्दा पनि खाना पकाउने ग्यास लगायतको इन्धन अझै सहज हुन् सकेको छैन । यसले आम सर्वसाधारणको दैनिकी अझै सामान्य बन्न सकेको छैन । भारतले नेपाललाई नियन्त्रणमा राख्न बिश्व समुदायलाई समेत गुहारेका छन् । उनले बेलायत लगायतका मुलुकहरुलाई दबाबमा पारि नेपालबिरुद्द बिज्ञप्ति निकाल्न लगाएका थिए ।

यद्यपि भारतले अझै नाकाबन्दी गरेको स्वीकार गरेको थिएन तर आज बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसंग माफी मागेका छन् । उनले यस अघिका प्रधानमन्त्रीहरुले नेपालमाथि नाकाबन्दी गरेको पाप स्वरूप हत्या भएको सपना देखेकाले बिहान उठ्ने बितिक्कै एक भिडियो संदेश जारी गर्दै माफी मागेका हुन् ।

मोदीले आफु नेपाल आउँदा ठूलो सम्मान पाएको र त्यसको ख्याल नै नगरी हस्तक्षेप गरेर नेपाली जनतालाई धोका दिएकोमा ठूलो पश्चाताप भएको बताएका छन् । उनले नेपाली जनताका लागि जस्तो सुकै सहयोग गर्न पनि तयार भएको पनि बताएका छन ।

यस्तो छ सम्बोधन

प्रिय नेपाली जनता नमस्कार ! मैले तपाईहरुबिरुद्ध ठूलो अत्याचार गरे । महाभूल गरे । हिजो राती सपनामा साक्षात भगवान प्रकट भएर मलाई ठूलो शिक्षा दिएर गयो । म नेपाल जाँदा तपाईहरुले कत्रो सम्मान दिनु भएको थियो तर आज म नेपाल आउन नसक्ने भएको छु । म आज भित्रि दिल खोलेर साँचो कुरा भन्दै छु ।

मैले यस अघि पटक पटक नाकाबन्दी नगरेको कुरा भन्दै आए । तर खासमा नाकाबन्दी गरेकै हु । मेरै निर्देशनमा यो सब भएको हो । तर यसका पछाडि तपाईहरुकै नेता, पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पनि हात छ । कोइरालाले आफु प्रधानमन्त्रीबाट हट्ने भएपछि मलाइ दिनरात फोन गरेर समस्या सुल्झाउन भनेका थिए ।

औला सोझ्याएर भए पनि, घुमाएर भए पनि पुन: प्रधानमन्त्री बनाइ देउ भनेका थिए । तर उनलाई प्रधानमन्त्री बनाउन सकिन । र यो सब भयो । दोष मेरो भन्दा पनि कोइरालाको हो तर अहिले उहा हुनुहुन्न त्यसैले त्यो दोष मेरो भयो । बिदेशीसामू मैले नेपालबिरुद्द उत्रिन दबाब पनि दिए ।

त्यसबेला नेपालमा मात्रै होइन बिश्वभर मेरो बिरोध भयो । तै पनि मैले वास्ता गरिन । म बेहोसी पाराले तपाईहरुबिरुद्द अत्याचार गरे । म अब जस्तोसुकै संजाय भोग्न पनि तयार छु । एकपटक नेपाल आएर नेपाली जनताको खुट्टा छोएर माफी माग्ने रहर छ । के म अब नेपाल आउन सक्छु ?

उनले माफी मागेको भिडियो हेर्न र थप खुलासा पढ्न यहाँ क्लिक गर्नुहोस्

कृषिमन्त्रीलाई धुर्मुसको झापड ! (हेर्नुस भिडियो)

कृषिमन्त्रीलाई धुर्मुसको झापड ! (हेर्नुस भिडियो)

फिल्म हेर्न हलमा पुगेका कृषिमन्त्री हरिबोल गजुरेल भक्कानिएर रोए, त्यो पनि टिभीको क्यामेराकै अगाडि । त्यसपछि के चाहियो र पत्रपत्रिका, अनलाइन, टिभी सबैतिर मन्त्री गजुरेलको रुवाइ भाइरल बन्यो । कतिपयले उनको रुवाइलाई टोपलेको भनेर संज्ञा दिए भने कतिपयले कोमल मन भएको मन्त्री भनेर बचाउ पनि गरे ।

वैदेशिक रोजगारीमा गएका नेपालीको कथा रहेको राहदानी चलचित्र हेरेर कृषिमन्त्री  गजुरेल रोएका हुन् । बिहीबार काठमाडौंको सिटी सेन्टरमा राहदानी चलचित्र हेरेर फर्केका उनी एक टिभीलाई अन्तरबार्ता दिदा दिंदै भक्कानिएका थिए ।

नेपालमै केही गरौं भनि ऋण लिएर गाई पालन गरेका युवा गोठमा गाई मरेपछि विभिन्न समस्या परेर बाध्य भई विदेश जानु परेको चलचित्रको दृष्यले मन्त्रीको मन पोलेको रहेछ । स्मरणीय त के हो भने उनी १० बर्षसम्म युद्द गरेर आएका नेता हुन् । यसैकारण पनि कतिपयले उनको रुवाइलाई ‘स्वाङ्’ परेको भनेर टिप्पणी गरेका छन् । ‘जनयुद्दमा हजारौ नेपाली मर्दा वास्ता नगर्ने अहिले नाटक गर्ने’ कतिपय यस्तै भनिरहेका छन् ।

त्यसो त सर्वसाधारणले मात्रै होइन कलाकारले पनि उनको रुवाइलाई मज्जैले उडाई दिएका छन् । मन्त्री गजुरेलको नक्कल गर्दै हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले दिएको अन्तरबार्ता भिडियो युट्युब भाइरल बनिरहेको छ ।

हेर्नुहोस् भिडियो 

यसरी रोएका थिए मन्त्री गजुरेल 

https://www.youtube.com/watch?v=b1lzdmFL5L4

प्रधानमन्त्रीदेखि प्रचण्डसम्मको मूल्य १ डलर, ऋषि धमला फ्री !

प्रधानमन्त्रीदेखि प्रचण्डसम्मको मूल्य १ डलर, ऋषि धमला फ्री !

बिश्वका बिभिन्न समुदायमा मानिसलाई किनबेच गरिएको हामीले सुनेका छौ । नेपालमा पनि बिभिन्न बहानाबाजीमा मानिसलाई जबर्जस्ति ल्याएर बर्षौसम्म काम गराउनु किनबेच नै हो । चेलीबेटी बेचबिखन त कुनै नौलो कुरा नै भएन । यी कुराहरु आर्थिकस्तर न्यून हुँदा र बाध्यताबश यो अबस्थामा पुग्छन मान्छे । यो कसैको चाहना नभएर अरुको जन्जालमा फसाइएको बाध्यता हो ।  eby

अब प्रसङ्ग तिर जाऔ, नेपाली नेताहरुको मूल्य कति होला ? यो प्रश्नको कुनै औचित्य छैन  । यो एउटा सन्दर्भ मात्र हो  । तर हाम्रो देशका प्रधानमन्त्रीदेखि पत्रकार सम्म लिलालीमा छन्  । के तपाई पत्याउनु हुन्छ ? लिलामीमा राखिएका नेताहरुमा प्रधानमन्त्री केपी ओली,  प्रचण्ड, बाबुराम भटराई, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, माधब कुमार नेपाल, उपेन्द्र यादब , राजेन्द्र महतो छन्  ।

यो सानो तिनो जोक्स होइन, बिश्वको चर्चित अनलाइन शपिंङ् साइटमा नेपालका नेताहरुलाई बिक्रिमा राखिएको छ । ईबे डट कममा nabikoiral0 युजरनेम भएका एक युवाले प्रधानमन्त्री ओलीदेखि नेपालका चर्चित नेतालाई बिक्रिमा राखेका हुन् । नेताहरुको मूल्य पनि महँगो छैन जम्मा १ डलर तोकिएको छ ।

अनलाइनमा पत्रकार ऋषि धमला पनि बिक्रीमा छन् ।  ति युवाले ऋषि धमला भने फ्री अर्थात् सितैमा भएको बताएका छन् । ति युवाले नेपालका सबै नेता बिक्रीमा भएको बताउदै हाललाई भने यी नेतामात्र बिक्रीमा राखिएको बताएका छन् । नेताहरुलाई किन लिलामीमा राख्यो भन्ने ’boutमा कुनै जानकारी नदिए पनि देशको गन्जागोल अबस्था र नेताहरुको मनपरीपनबिरुद्ध व्यंग्य गरेको आंकलन गर्न सकिन्छ ।

यो बिषय अहिले सामाजिक संजालहरुमा भाइरल बनेको छ तर न कुनै नेताले प्रतिक्रिया जनाएका छन् न त नाम हटाउन कसैले पहल नै गरेका छन् । यसले देशको गरिमामै आंच पुग्ने देखिन्छ ।

यो पढ्न छुट्यो कि ?

‘लङ् टाइम’ ब्याट्री टिक्ने ६ स्मार्टफोन

भिडियोमा हेर्नुहोस् राधिका हमालको उकुसमुकुस– “दुईटा लोग्ने राख्न किन नपाउने ?”

भिडियोमा हेर्नुहोस् राधिका हमालको उकुसमुकुस– “दुईटा लोग्ने राख्न किन नपाउने ?”

पौराणिक कालमा पाँच पाण्डपले एउटै श्रीमती द्रौपती विवाह गरेको प्रसंग हामी सवैलाई थाहा छ । अहिले पनि कहि कतै दाजुभाई सबैको एकै श्रीमती विहे गरेको समाचारहरु यदाकदा सुनिन्छ । यी त भए धेरै जनाको एउटै श्रीमती तर धेरै श्रीमतीको एउटै श्रीमान पनि नभएका भने होईनन् ।

पछिल्लो समय चेतना र बहुविवाहलाई कानुनी दायरामा ल्याएसँगै एक भन्दा बढी श्रीमती बिहे गर्ने चलन घटेका छन् । तर पनि यदाकदा जेठीलाई मनाएर वा छोडेर कान्छी भित्र्याउने चलन भने हटेको छैन ।

छोरा नभएको बहानामा होस अथवा अन्य विविध कारणले नै किन नहोस पहिलो श्रीमती हुँदा हुँदै अर्काे विहे गर्ने चलन अझै पनि छ । दुर्गम गाउँघरमा त कतिसम्म हुन्छ भने आप्mनो तर्फबाट सन्तान नभएमा वा छोरा नभएमा जेठी श्रीमती आफैले कान्छी बिहे गरि दिने अथवा बिहे गर्न स्विकृत दिने चलन पनि छ ।

यी त भए दुर्गम र अशिक्षित क्षेत्रका प्रसँग । यसको मतलव शिक्षित जमातमा यस्तो समस्या नभएका भने होईनन् । लभ, रोमान्स र अधिकारका नाममा डिभोर्स समेत बढ्दै छ । कतिपयले भने पुरुषले एक भन्दा बढी श्रीमती विहे गर्न हुन्छ भने महिलाले एक भन्दा बढी पुरुष राख्न किन नपाउने ? भन्ने सवाल पनि उठन थालेका छन । मुखले बोल्नु र व्यवहारमा कार्यान्वयन गरेर देखाउनुमा आकाश पाताल फरक हुन्छ । तै पनि सतही सवाल जवाफ गर्न मन पराउनु मानवीय स्वभाव नै हो ।

यहाँ लोकप्रिय गायिका राधिका हमालले पनि पाँच पाण्डपको प्रसँग कोट्याउदै दुई श्रीमान राख्न किन नपाउने ? भनेर जिज्ञासा राखेकी छिन् । तर यो बास्तविक भन्दा पनि चेतनामूलक प्रस्तुती मार्फत उनले यो विषय उजागर गरेकी हुन । तरेली संगित कुञ्जको प्रस्तुतिमा विनोद कोइरालाको दोहोरी भजन चुड्कामा गायिका हमालले यो प्रसंग उठाएका हुन । यस दोहोरी भिडियोमा पौराणिक कालका प्रसंगहरुलाई वर्तमान परिप्रेक्ष्यसँग तुलना गरेर रमाईलो खुराक प्रस्तुत गरिएको छ ।

गीतको पहिलो दुई हरफ
केटी
पाँचै जना पाण्डप पति द्रौपतीसँग आउने
हामीले दुईटा लोग्ने राख्न पाउने कि नपाउने ?
जय जय दुर्गे माता, सोध्नै पर्याे अब त….

केटा
काले कृष्ण नक्कलेको सोह्र सय गोपिनी
मेरो भने कुरै काट्छन जो सँग बोले नि
क्या’रम नारद मूनी, जे गर्दा नि नहुनी…..

हेर्नुहोस् भिडियो

यो पढ्न छुट्यो कि ? 

प्रसिद्ध लेखकको एउटा भाइरल कथा: ‘पुरुषसँग मेरो पहिलो रात’

 

सही समयमा खिचिएका ३० रोचक फोटो जुन देख्ने बितिक्कै हाँसोको फोहोरा छुट्छ

सही समयमा खिचिएका ३० रोचक फोटो जुन देख्ने बितिक्कै हाँसोको फोहोरा छुट्छ

फोटोको ब्याख्या गर्न सायदै सम्भब होला । किनकी फोटोग्राफी र यिनको बिशेषता ’bout अनेक किसिमले ब्याख्या गर्न सकिन्छ । एउटा फोटोले हजारौ शब्द बोलिरहेको हुन्छ । यो ध्रुबसत्य भै हाल्यो । तर कतिपय फोटोहरु यस्तो हुन्छ जुन देख्ने बितिक्कै त्यसले अर्थ दिने मात्रै होइन सदैब यादगार बनाइ दिन्छ ।  फोटो देख्ने बितिक्कै हाँसो उठ्ने मात्रै होइन त्यो फोटो याद आउने बितिक्कै पनि हाँसोको फोहोरा छुट्छ । हेर्नुहोस् यी रोचक ३० फोटो जुन देख्ने बितिक्कै तपाईले हाँसो थाम्न सक्नु हुन्न । के तपाईको स्मरणमा पनि यस्ता फोटाहरु छन जुन तपाइको मन मस्तिष्कमा आउने बितिक्कै हाँसो थाम्नै सकिन्न ?

कतिपय फोटोमा यति राम्रो संयोग मिलेको हुन्छ जुन निकै अनौठो र दुर्लभ बनिदिन्छ । फोटो खिच्ने क्रममा संयोगले मिल्ने यस्ता संयोगहरुका कारण उक्त फोटो सुखद, दुखद र हास्यास्पद बनि दिन्छ । यहा हामीले प्रस्तुत गरेका फोटोहरु पनि यसरी नै बनेका फोटोहरु छन् । यी मध्ये केही संयोग मिलाएर खिचिएका छन् भने कतिपय संयोग मिलेका छन् । यी फोटो देख्ने बितिक्कै जो कसैको हाँसो उठ्छ ।  देख्दा मात्रै होइन कुनै बेला झट्ट याद आउदा पनि मन भित्रै देखि उकुसमुकुस भए हाँसोको फोहोरा छुट्छ । अनि लाग्छ ‘यी कस्तो फोटोग्राफर हुन् जो अरुको व्यंग्यत्माक फोटो खिच्छन ।’ तर होइन यी त सहमति र संयोगले बनेका फोटाहरु हुन्

 हेर्नुहोस फोटोफिचर 

right

right1

right2

right3

right4

right5

right6

right7

right8

right9 right10 right11 right12 right13 right14 right15 right16 right17

right18

right19

right20

right21 right22 right23 right24 right25 right26 right27 right29

यो पनि 

केटीहरु एक्लै हुँदा यस्तो गर्छन्

विश्वकै सस्तो स्मार्टफोन: २५१ मा बेच्दा पनि ३१ रुपैया नाफा कसरी ? (पढ्नुहोस ३ कारण)

१५ बर्षीय बुबाको ५ बर्षीय छोरा !

१५ बर्षीय बुबाको ५ बर्षीय छोरा !

नेपाल जस्तो पूर्वीय समाजमा समेत अहिले बालबिबाह बन्देज छ । ‘बिहावारी २० बर्ष पारी’  भन्ने भनाई नै छ । भने पश्चिमा मुलुकमा बालबिबाह निकै कडाइ छ । यस्तो अबस्थामा १५ बर्षीय व्यक्तिको ५ बर्षीय छोरा कसरी सम्भब भयो होला ? यो कुनै कागजी मिस्टेक पनि होइन न त लुकिछिपी गरिएको बिबाह नै ।

अझ बिडम्बना त के छ भने उनीहरुको फोटो हेर्दा उमेर निकै घर्कीसकेको देखिन्छ । न त बुबाको उमेर १५ बर्ष जस्तो देखिन्छ न त छोरा नै ५ बर्ष जस्तो देखिन्छ तर भै दियो यस्तै । अहिले बुबाले १५ औ बर्थ डे मनाएका छन् भने छोराले ५ औ बर्थ डे मनाएका छन् । खास कुरा के हो त ?  feb

फोटो हेर्नुस, बुबाको तालु खुइलीसकेको छ, छोराको झ्याउसरी कपाल छ । बुबाको भुडी फुलेको छ भने छोरा ह्यान्डसम देखिन्छ  । अनि अब कसरी पत्याउने कि यी बाउछोराको उमेर १५ र ५ बर्ष भनेर ? अन्दाज गर्ने हो भने बुबाको उमेर ५५ बर्ष आसपास हुनुपर्छ भने छोराको उमेर १६ बर्ष भन्दा माथि नै हुनुपर्छ  । धेरैलाई यस्तै लाग्छ । फोटो हेर्दै यस्तो छ भने कसरी गलत लेख्न सकेका पनि भन्दै होलान कतिपयले । तर खास कुरा भनेर रमाइलो छ जुन थाहा पाउनु भएपछि तपाई तिनछक पर्नु हुनेछ ।

क्यालिफोर्नियाका यी बाउछोरा इरानी नागरिक हुन् । बुबाको नाम फ्रेड शेकुफ हुन् भने छोराको नाम एरिक हुन्  । यी बाउछोराको जन्मदिन हो २९ फेब्रुअरी  । यसलाई लिप एअर मानिन्छ अर्थात २९ फेब्रुअरी हरेक ४ बर्षमा मात्र आउछ । यो बर्ष बुबा चाहिले ६० बर्षको १५ औ जन्मदिन मनाएका छन् भने २० बर्षीय छोराले ५ औ जन्मदिन मनाएका छन् ।

अमेरिका जानुपूर्व फ्रेडलाई आफ्नो जन्मदिनको ’boutमा समेत थाहा थिएन । जब सन् १९७९ मा उनी अमेरिका पुगे तब अध्यागम अधिकारीले यस ’boutमा खोजतलास गरेपछि मात्र उनलाई चासो लागेको हो । यस्तो संयोगले छोरा एरिक पनि अचम्मित छन् । एकिन तथ्यांक नभए पनि बिश्वका करिब २१ लाख भन्दा बढी मान्छेको यस्तै संयोग हुने गरेको छ जसले जन्मदिन मनाउन ४ बर्ष कुर्नु पर्ने हुन्छ ।

हिजो (सोमबार) २९ फेब्रुअरी जन्मदिन मनाएकाहरुले अबको ४ बर्षपछि मात्र जन्मदिन मनाउन पाउछन । अन्यथा फेब्रुअरी महिना सधै २८ दिनको मात्रै हुन्छ । तर नेपालीहरुलाई भने यसले खासै अर्थ राख्दैन जसले नेपाली मितिलाई प्राथमिकता दिएका छन् । तर अंग्रेजीलाई मात्रै ख्याल गर्नेहरुलाई भने आफ्नो जन्मदिन नै कहिले हो भनेर नेपाली मिती पत्ता लगाउन सकस पर्ने पक्का छ ।