फेब 10, 2016 | राजनीति, समाज, सामाजिक संजाल
क्यान्सर समेत जितेका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको एक्कासी मृत्युको खबर सुन्दा मंगलबार बिहान धेरै नेपाली अचम्मित बने । न बिरामीको हल्ला थियो न त कुनै दुर्घटना नै । त्यसैले पनि धेरैले पत्याएनन तर नपत्याई सुखै भएन ।
ठूल्ठूला अस्पतालहरुको नजिक बस्ने पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मृत्यु घरमै भएपछि यति बेला उनको मृत्युमाथि शंकै शंका उब्जिन थालेका छन् । यति मात्र होइन उनलाई ओढाइएको सिरक र उनको निधारमा समेत रगतको दाग देखिएपछि शंकाले लंका जलाउने प्रमाण मिलेको छ ।
निधारमा लगाएको चन्दन टिकाले रगतको दाग छोपिएको देखिन्छ भने सिरकमा प्रष्ट रातो दाग देखिन्छ । कोइरालाको निधनको बिषयमा उनका निजी चिकित्सक, उनीसँगै बस्ने भाञ्जा लगायतका आफन्तहरुको बयान सुन्ने हो भने धेरैले अनुमान लगाउन सक्छन, कोइरालाको निधन जति आश्चर्यमिश्रित बन्यो, उति नै रहस्यमय पनि । किनकी उनीहरु बिचका कुरा पनि बाझिएका छन् ।
७९ वर्षीय कोइराला विगतमा क्यान्सर रोगी थिए । बुढ्यौली उमेरसँगै उनलाई क्रोनिक ब्रोङकाइटिस थियो । यसबीचमा निमोनिया पनि भएको उनका निजी चिकित्सक डा. करबीरनाथ योगीले बताएका छन् । घरमै उनलाई अक्सिजन दिएर राखिएको डा. योगीले बताएका छन् । उनका अनुसार कोइरालालाई इनजेक्सनबाट एन्टिवायोटिक दिइएको थियो । इन्जेक्सनबाट एन्टिवायोटिक दिनु गम्भीर स्वास्थ्य अवस्ताको द्योतक भएको कतिपय चिकित्सकहरुले बताएका छन् । 
कोइरालाले केही दिनदेखि हिँडडुल गर्न छाडिसकेका थिए । टाढाका जिल्ला पुग्न नसके पनि काठमाडौंको जिल्ला अधिवेशनमा समेत उनी जान सकेनन् । यसबाट उनको स्वास्थ्य कस्तो भइसकेको थियो भन्ने प्रष्टिन्छ । स्वास्थ्य स्थिति कमजोर भएको सार्वजनिक भएमा महाधिवेशनमा उम्मेदवार बन्न र चुनाव जित्न सकिन्न भन्ने ध्येयले उनलाई अस्पताल लगेर उपचार नगरिएको अनुमान गर्न सकिन्छ ।कांग्रेस महाधिवेशनलाई ध्यानमा राखेर स्वास्थ्य स्थिति गुपचुप राख्ने प्रयास गरिँदा कोइरालाको घरमै निधन भयो ।
त्यसो त उनको निधनसंगै सामाजिक संजालमा शंका उपशंका र आक्रोशले भरिए । अन्नपूर्णपोष्टमा लामो समयदेखि अपराध बिटमा कार्यरत सुवास गोतामेले फेसबुक स्टाटस पोस्ट गर्दै लेखेका छन्–‘कुरो खोजको विषय छ । पुर्व प्रधानमन्त्री सुशील कोइरालाको राति मृत्यु भयो । उनलाई किन अस्पताल लगिएन ? कि उनको रेखदेख पुगेन । कि अस्पताल लैजान आवश्यक ठानिएन। बिरामी थिए भने किन समयमा अस्पताल पुर्याइएन ? यो खोजिको अनुसन्धानको बिषय छ । अकस्मात भित्र कुनै षड्यन्त्र त छैन ? शंका गर्न सबैलाई छुट छ ।’ 
पत्रकार तथा लेखेक नरेन्द्र जंग पिटर फेसबुकमा लेख्छन् ‘काग्रेस महाधिवेशनकाे पूवर्सन्ध्यामा भएकाे काेइर्रालाकाे मृत्यूले अनेकाैँ जिज्ञाशा र अासंका जन्मार्इदिएका छन । राजनीति क्रुर हुन्छ, देखिएका भन्दापनि नदेखिएका पक्षहरू धेरै हुन्छन् ‘ । यति भन्दै उनले ६ प्रश्न गरेका छन् । हेर्नुस उनका प्रश्न :
१) त्याे अभेध्य किल्ला कुन थियाे, जस्ले अाफना नेताकाे विग्रएकाे स्वास्थवारे जनता र मिडियाले पनि चुँसम्म थाहा पाँउन सकेन ? राज्यले उँहाको स्वास्थलार्इ कराेडाैँ तखर्च गरिसकेकाे थियाे, याे अवस्थामा किन उहाँलार्इ सुविधा सम्मपन्न अस्पताल लगिएन ?
२) अशक्तताकाे वाबजुद किन उहाँलार्इ नै सभापतिकाे उमेदवार बन्न विवस गरार्इयाे ? अवकाे नेपाली काग्रेसकाे बाटाे के ? के काेइरालापरिवारवाट काग्रेसी नेतृत्व अन्त सर्नेकालकाे याे पूर्वसन्ध्या नै हाे ?
३) निवर्तमान प्रधानमन्त्री र प्रतिपक्षदलकाे प्रमुख नेताकाे स्वास्थवारे सरकार जानकार त थियाे ? 
४) साेसल मिडियामा भार्इरल भएकाे र अनलाइर्इन मिडियाले समाचार बनाएकाे उनकाे टाउकाकाे चाेट र सिरकमा रहेकाे रगतकाे दाग के, कसाे हाे ?
५) मूलधारका छापा मिडियामा यत्राे ठूलाे खवर कसरी अाँउन सकेन ? (नेपाली पत्रकारिताकाे हैसियत)
६) भूकम्पपछि थिलथिलाे भएकाे, हिमपात र ठंडी झेलीरहँदा लाखाैँलार्इ असर, हजाराैकाे मृत्युकाे कारक बनेकाे नाकावन्दीकाे दाेषी भारतिय सत्ताले एकाएक काेर्इरालामृत्युमा देखार्इएकाे श्रषृषीमनभित्र खवरभित्रकाे खवर र अासय मानवियता नै हाे त ?
पत्रकार, लेखक तथा अधिबक्ता समेत रहेका स्वागत नेपालले पनि घटनालाई छानबिन गर्न पर्ने इंगित गर्दै भनेका छन् ‘ ज्ञानेन्द्रलाई भातृशोक पर्दा शंका गर्नेहरु माथि पनि शंका गर्न पाउनु पर्छ’ ।

त्यस्तै अर्का संचारकर्मीले सुशील कोइरालाको मृत्यु हो कि हत्या भन्दै छानबिन गर्न माग गरेका छन् ।

अर्का एक पत्रकार लेख्छन् ‘सुशील कोइराला केही दिन देखि निमोनियाले सिकिस्त थिए भने किन अस्पताल पुर्याइएन ?? सुशीलको मृत्यु हो कि हत्या ? छानबिन हुन जरुरी छ !’

हेर्नुस फेसबुकका अन्य पोस्ट



ट्वीटरमा पनि यहि बहस ।
यद्दपी कोइरालाको पारिबारिक स्रोतले भने उनको मृत्यु प्राकृतिक नै भएको बताउदै हल्लाको पछि नलाग्न आग्रह गरेको छ । यस बिषयमा थुप्रै अनलाइनहरुले समाचार सामग्री प्रकाशन गरेका छन् ।
जन 11, 2016 | प्रेरक, बिर्सेका, राजनीति, समाज, सम्बन्ध
पुस २७ । आज राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्ती । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको स्मरणमा आज देश तथा विदेशमा बिबिध कार्यक्रमका साथ यो दिवस मनाइदै छ । राजा पृथ्वीनारायण शाहले उपत्यका लगायत बाइसी चौबिसी राज्य जितेर नेपाल एकीकरण गरेका थिए । 
नरभूपालशाह र रानी कौशल्यावतीको दाम्पत्यबाट गर्भ रहेको सात महिनामा नै जन्मेका पृथ्वीनारायणको लालनपालन, रेखदेख र शिक्षा दीक्षा भने जेठी महारानी चन्द्रप्रभादेवीबाट भएको हो ।
बीस वर्षे युवा अवस्थामा पृथ्वीनारायण गोरखा राज्यको गद्दीमा बसेका थिए । राजा भएलगत्तै नेपालको एकीकरणको महाअभियानमा होमिए पनि यसरी सतत् रूपमा युद्ध र संघर्ष गरेका उनी बाउन्न वर्षको उमेरमा जीर्णकायका भए । यसबेलासम्म पूर्वमा पल्लो किराँतसम्मका पहाडी भू-भागका साथै गण्डकी नदीदेखि कनकाइ नदीसम्मका तराई क्षेत्र पनि एकीकरणको दायराभित्र आइसकेका थिए। कीर्तिपुरको युद्धमा उनी आफै पनि झण्डै मारिएका थिए ।
उनले जीवनको अन्तिम क्षणमा आफ्ना दरबारिया तथा जनताका नाममा भाइभारदारहरूलाई जम्मा गरी सुनाएका कुराहरु नै दिब्य उपदेश हुन् । यो उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र मननयोग्य छ । यो उपदेश नुवाकोट देवघाट नजिक पृथ्वीनारायणले मौखिक बताउने र उपस्थित कोही कसैले लिपिबद्ध गरेका हुन् ।
कसले लिपिबद्ध गरेको भन्ने प्रष्ट एकीन नभए पनि उनका एक प्रिय सेनापति ‘बरब्शी’ अभिमानसिंह बस्नेतले पनि सारेर राखेका थिए भन्ने इतिहासमा उल्लेख छ । यिनैका वंशधर बखतमान सिंह बस्नेतको सौजन्यबाट इतिहास शिरोमणि बाबुराम आचार्यले प्राप्त गरी बाबुराम आचार्य र योगी नरहरिनाथको अथक प्रयासबाट पहिलो पटक छापिएको हो ।
दिब्य उपदेशमा उनका हरेक वाक्यको ठूलो महत्व छ तर यहाँ हामीले १० वटा यस्ता दिब्य उपदेश प्रस्तुत गरेका छौ जुन हरेक सच्चा रास्ट्रप्रेमी नेपालीले एक पटक पढ्नैपर्ने खालका छन् ।
१- स्रोत साधनको सदुपयोग
पृथ्वीनारायण शाहले स्रोत साधनको सदुपयोगका लागि सुझाव दिएका छन् । उनले खानी भएको ठाउमा गाउ भए पनि गाउलाई अन्यत्र सारेर खानी चलाउनु पर्ने तथा उब्जनी योग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्ने बताएका छन् ।

२- अदालतको पैसा दानमा खर्चिनु
पृथ्वीनारायण शाह धार्मिक राजा हुन् । त्यसो त एकिकरणका क्रममा उनका थुप्रै धार्मिक यात्रा अध्ययन गर्न पाइन्छ । उनले दिएको उपदेशमा पनि धर्म कर्मका कुरालाई बिशेस प्राथमिकता दिएको पाइन्छ । उनले अदालतको पैसा दरबारमा नलैजान र त्यसको सदुपयोग जोगी, सन्यासी र ब्रह्मानलाई भोजन गराउन सुझाएका छन् । यसो गरे असत्य दोष नलाग्ने उनको बुझाइ छ ।

३- मुलुकमा अन्याय हुन् नदिनु
पृथ्वीनारायण शाहको यो दिब्य उपदेश हरेक नेतृत्वबर्गले हेक्का राख्नुपर्ने देखिन्छ । नेतृत्वबर्गले न्याय निसाफलाई ख्याल गर्न उनले सुझाएका छन् । भ्रस्टाचारीले न्याय निसाफ बिगार्ने र यिनलाई जस्तोसुकै कारबाही गरे पनि पाप नलाग्ने उनको उपदेशमा उल्लेख छ ।

४- सुरक्षानिकाय र जनताप्रति बफादार
उनी सिपाही अर्थात सुरक्षाकर्मी र जनताप्रति कतिसम्म बफादार रहेछन भन्ने कुरा उनको यो उपदेशबाट प्रस्ट हुन्छ । उनले लडाईमा मरेका सिपाहीका सन्ततीलाई प्रोत्साहन गर्न बिभिन्न सुझाव दिएका छन् ।

५-आत्मनिर्भरको अभ्यास
पृथ्वीनारायण शाहले दिएका दिब्य उपदेशमा आत्मनिर्भरका कुराहरु पनि उल्लेख छन् । उनले बिदेशीलाई देशमा भित्र्याउदा मुलुकलाई कंगाल बनाउन सक्ने भन्दै सुझाएका छन् । देश भित्रै कपडा बनाउन र त्यसका लागि प्रशिक्षण दिन पनि उनले आग्रह गरेका छन् । साथै उनले त्यति बेला देश भित्रको नगद बाहिर नजाओस भनेर बिभिन्न योजनाहरु पनि बनाएका थिए । उनले जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो भनेका छन् ।

६- सबै मिलेर मुलुकको रक्षा गर्नु
उनको यो उपदेश निकै लोकप्रिय छ । यो उपदेशमा उनको राष्ट्रभाव मात्रै पोखिएको छैन सारा जनतालाई राष्ट्रप्रेम जगाएको छ ।

७- चीनसँग सम्बन्ध राख्नु भारतसँग सतर्क रहनु
नेपाल दुई ढुंगाको तरुल जस्तो रहेको भन्दै पृथ्वीनारायण शाहले दक्षिण छिमेकी सँग सतर्क रहन उहिले भनेका थिए । दक्षिणका बादशाह ‘महाचतुर’ रहेको भन्दै उनले सुरक्षा सतर्कता बढाउन सुझाएका छन् । साथै उनले जाइ नलाग्न र जाइ लाग्नेलाई नछोड्न पनि उपदेश दिएका छन् ।

८- काठमाडौँको सुरक्षा
उनले त्यति बेला राजधानी काठमाडौँलाई निकै संबेदनशील क्षेत्रका रुपमा लिएका थिए । त्यसो त शिवपुरी, चन्द्रागिरी,फूलचोक, महादेवपोखरी, पालु, दाप्चा, काहुल्या लगायतका सिमानामा सुरक्षा ब्यबस्था कडा बनाउन भनेका छन् ।

९- गुणको होइन नुनको पछि लाउनु
पृथ्वीनारायण शाहले गुणको भन्दा पनि नुनको पछि लाग्नु पर्ने उपदेश दिएका छन् । आफ्नो सिपाहीलाई अरुले लोभलालचमा पार्लान भन्ने सतर्कताका साथ उनले सुझाब दिएका छन् जुन अझै पनि उत्तिकै सान्दर्भिक छन् ।

१०- मौलिक सास्कृतिक प्रेम
आफ्नो देशको मौलिक सस्कृतीप्रतिको उनको क्रेज यो उपदेशबाट प्रष्ट हुन्छ । आफ्नो सस्कृतीको संरक्षण र जगेर्ना आजको आबश्यक बनेको छ ।
दिब्य उपदेशको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस्
यो दिब्य उपदेश अंग्रेजीमा पढ्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस
पृथ्वीनारायण शाहका रोचक ६ कुरा
१. पृथ्वीनारायण शाहलाई बाल्यकालमै रामायण र महाभारत खुब पढाइएको थियो।उनी धनुवाण, तरबार र घोडसवारीमा निपुर्ण थिए।
२. २० वर्षको उमेरमा गोर्खाको राजा भएका उनी पिता नरभुपाल शाहले पुण्य प्राप्त गरुन भनि काशि पुगेर गोत्र समेत परिवर्तन गरेका थिए।
३.नेपाल एकिकरणको सपना पृथ्वीनारायण शाहको मात्र थिएन । यो सपना त उनका पिता नरभुपाल शाह थियो। बरु एकिकरण सपना देख्न पनि उनलाई पिताले नै सिकाएका थिए। एकिकरणका लागि उनलाई उत्प्रेरित भने प्रमुख ज्योतिष कुलानन्द ढकालले गरेको बताइन्छ।
४. उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनैतिक लाभ लिने उद्देश्यले विवाह भएको थियो। उनले पछी दोस्रो विवाह पनि गरे।
५. पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल, पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पाला मा पनि एकीकरण भएको थियो। तर एकीकृत नेपाललाई उनीहरुले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोराहरूमा आफ्नै जीवनकालमै बाडेर गए । तर पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछि नेपाललाई पुनःविभाजन हुन नदिइ जोगाइ राख्ने पद्धती बसाएर गए।
६. उनले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको तर नेपालले सबै भुभाग कायम राख्न भने सकेन ।
जन 4, 2016 | राजनीति, हाँसोउठ्दो
काठमाडौँ २० पुस ।
प्रधानमन्त्री केपी शर्मा ओली, देशले पाएको अर्को रोगी नेतृत्व हो। गिरिजाप्रसादबाट सुरु भएको रोगले थलिएका र समकालिन समाजको सोचाइको दायरा भन्दा निक्कै पर पुगेका व्यक्तिहरु सत्ता सञ्चालनमा पुग्ने क्रमको निरन्तरतामा शुसिल कोइराला पछिको पालोमा परे उनी। हुन त राजनीतिमा शारिरीक भन्दा पनि मानसिक र्इच्छा शक्ति र निर्णय क्षमता महत्वपूर्ण हुन्छ। तर र्इच्छाशक्ति र सोचाइको हिसाबमा पनि ओलीले आफूलाई निरोगी र सबल साबित गर्न सकेनन्। यति सम्म कि उनको कुरा र काममा कुनै संगती पाउन सकिन्न।
र्इच्छाशक्ति र सोचाइको हिसाबमा पनि ओलीले आफूलाई निरोगी र सबल साबित गर्न सकेनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चाहे जस्तो काम गर्न नसकेको भन्दै आत्मलोचना गर्दै आएका छन । त्यसो त भारतीय नाकाबन्दीका कारण पनि आफ्नो कार्यकालमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको उनको टिप्पणी छ तर विडम्वना नाका खोल्नतिर भने खासै चासो दिएको देखिदैन । परिणमतः नेपाली जनताले न्यूनतम आधारभूत आवश्यकताका लागि समेत सोर्स लगाउनु पर्ने अन्यथा भोकै दिनरात विताउनु पर्ने अवस्था सिर्जना भएको छ । जुन प्रधानमन्त्रीले वुझेर पनि वाध्यतावशः वुझ पचाईरहेका छन् । बाहिरी आँखाले हेर्दा चनाखो जस्तो देखिए पनि प्रधानमन्त्री ओली भित्रभित्रै कतिसम्म कमलो रहेछ भन्ने कुरा बल्ल खुल्न थालेको छ । हेरौ प्रधानमन्त्रीका मुख्यतः ४ कमजोरी जसले गर्दा आम सर्वसाधारणले सास्ती खेप्न बाध्य छन् ।

सत्ता टिकाउन फुपुको सराद्धे
नेपालीमा भनाइ छ, लुटको धन फुपुको सराद्ध। त्यस्तै झैं केपी ओली यतिखेर मन्त्रालय फुटाएर मनलागि मन्त्री पद बाँढ्ने अभियानमा छन्। संविधानले कल्पना गरेको भन्दा धेरै मन्त्रालय र मन्त्री बनाएर संविधान लागु गर्ने अभिभारा रहेका उनी आफैले संविधान विपरितका गतिविधि गरिरहेका छन्।
प्रधानमन्त्रीको सवैभन्दा ठूलो कमजोरीका रुपमा देखा पर्न थालेको कमजोरी हो- सत्ता टिकाउने खेल । उनले आफ्नो सत्ता लम्ब्याउनका लागि आँखा चिम्लेर लागि परेका छन । उनको मनस्थितीमा सवैलाई सत्ता दिएर सवै समस्या समाधान हुन्छ भन्ने छ जुन सरासर गलत हो । चोरलाई चावी दिने ओलीको रणनीतिले फेल खाने निश्चित छ जसको संकेत अहिले नै देखिन थालेका छन् । मन्त्रालयलाई टुक्रा टुक्रा पारेर सत्ता टिकाउनकै लागि मुलुकको ढुकुटी रित्याउनु भनेको एकखाले ठूलो राष्ट्रघाटी कदम हो । यसले मुलुकलाई त भड्खालोमा डुबाउछ नै साथसाथै प्रधानमन्त्री स्वयंलाई पनि घाँडो बन्ने पक्का छ । आधा दर्जन उपप्रधानमन्त्री बनाएर सत्ता टिकाउने रणनीतिमा लागेका ओली पुनः करिव तीन दर्जन मन्त्रालय थपथाप र टुक्राटाक्री बनाएर विरोधीलाई गुपचुप राख्ने दाउमा छन् । यो उनको ऐतिहासिक गल्ती हुने देखिएको छ । यो उनको सवैभन्दा मुर्खतापूर्ण कमजोरी हो ।
सावाँ अक्षरको उखाने प्रवृति
केपी ओलीको शैक्षिक पृष्ठभूमि अहिलेको जुग जमाना अनुसार भन्दा साक्षर मात्र हो भन्दा फरक नपर्ला। उनले राखेका सल्लाहकार पनि राजनीतिक कार्यकर्तालाई भर्ति गर्ने र राज्यकोष खर्चने बाहेक देशलाई केही गर्न सक्ने ल्याकत भएका देखिँदैनन्। त्यसैले त कमनसेन्स भएका मानिसले भन्नै नसक्ने कुराहरु प्रधानमन्त्रीबाट घोषणा भइरहेका छन्।
ओलीको शैक्षिक पृष्ठभूमि अहिलेको जुग जमाना अनुसार भन्दा साक्षर मात्र हो भन्दा फरक नपर्ला
प्रधानमन्त्री ओलीको अर्काे कमजोरी हो उखाने प्रवृति । मनमा लागेका कुरा प्वाक्क बोलि दिँदा उनी धेरै पटक चिप्लेका छन । पार्टी अध्यक्ष मात्रै होईन प्रधानमन्त्री भैसक्दा पनि उनले झोलामा हात्ती अटाई दिने खालका टिप्पणीहरु गर्दै आएका छन । एकातिर खाना पकाउने ग्याँसको अभावले सर्वसाधारण भोक तार्ने सकस परिरहेका बखत प्रधानमन्त्री ओलीले भने हावाबाट विजुली निकालेर लोडसेडिङ हटाउने प्रतिक्रिया दिएपछि उनलाई सर्वसाधारणले हावामै उडाई दिए । भूकम्प र नाकाबन्दीलै चरम सास्ती खेपिरहेका सर्वसाधारणलाई उनको अभिव्यक्तिहरु तिखो वाण बन्ने गरेको छ । त्यसो त कतिपयले उनलाई ख्यालख्यालैमा सत्ता टिकाउने कसरतमा रहेको भन्दै आलोचना गर्न थालेका छन् ।
जनआवाजको वेवास्ता
तराईमा आन्दोलन चल्दा पाकेको आँप झरेको संज्ञा दिने ओलीले सरकारमा आउँदा जस्तो मानिसहरुको र्समर्थन पाएका थिए त्यसको विपरित जनाकांक्षालाई रदि्दको टोकरीमा हाल्ने काम गरे। भूकम्पबाट पिडीत बनेका परिवारलाई राहत दिने र पुन निर्माणको कामलाई अघि बढाउनुपर्ने गम्भिर समयमा पुननिर्माण प्राधिकरणमा नियुक्तिलाई लिएर आर्थिक शुभलाभको पक्षलाई जोड दिएर जाडोमा कठ्यांग्रिएर भूकम्प पिडीत मर्ने सम्मको स्थिती ल्याए।
जनताको भावना र आवाज नसुनेको भन्ने सन्दर्भमा आफू फेसबुक, टि्वटर हेरेर काम गर्ने मानिस नभएको भन्ने उनले आफ्नो ’boutमा लेखेर पत्रकारहरुले जागिर पचाउने अवस्था बनाइदिएको सम्म भन्न भ्याए। विज्ञान र प्रविधिको आजको युगमा पनि प्रधानमन्त्री ओली फेसबुक ट्वीटरबाट टाढा छन् । हुन त प्रधानमन्त्री ओलीले ट्वीटर प्रयोग गर्ने गरेका छन तर सामाजिक सञ्जालमा आएको टिप्पणी र जन दबाबमा खासै ध्यान दिएको देखिदैन । त्यसो त प्रधानमन्त्री ओली स्वयंले केही दिन अघि एक कार्यक्रममा आफू फेसबुकमा आएको दबाबका आधारमा काम नगर्ने अभिव्यक्ति दिएका थिए । स्मरणीय कुरा के हो भने अहिले देशको समसामयीक अवस्थाको विश्लेषण र आवश्यकताका सामाजिक संजाल एउटा चौतारी बनेको छ जुन प्रधानमन्त्री ओलीले वेवास्ता गरेका छन । जसले गर्दा पनि उनकौ मनस्थिती पुरातन सोचतर्फ उन्मुख भएको देखिन्छ ।
सिन्को पनि भाँचेनन्
राजनीतिमा संकटलाई अवसरको रुपमा लिइन्छ। देशमा भयावह संकटको अवस्थामा नेतृत्व सम्हाल्न पुगेका ओलीलाई इतिहास बनाउने र आफूलाई साबित गर्ने अवसर प्राप्त थियो। तर यिनले ढलेको सिन्को भाँच्ने त के उठाउने सम्म पनि काम गरेनन्। उत्तर तिरका नाका खोल्न सरकारले तत्परता त देखाएन देखाएन चिनसँगको व्यापार वाणिज्य सन्धिलाई पनि वेवास्ता गरयो।
अख्तियारले अनुसन्धानका लागि बोलाएका एमालेका भ्रष्टहरुलाई संरक्षण गरिदिने आश्वासन दिएर आफूलाई भ्रष्टहरुको मसिहाका रुपमा मात्र उभ्याए
इन्धन जस्तो अत्यावश्यक सामग्री उपलब्ध नहुँदा समेत उनको सरकारले तेल वितरणमा अराजकता मच्चाएर भ्रष्टाचार र कालोबजारीलाई संस्थागत नै गरयो। राष्ट्रियताको मुद्दा र नारा उचालेर सरकारमा पुगेका ओलीले न राष्ट्रियता सुदृढ हुने काम गरे न भारतको नाकाबन्दीका कारण छाएको अभावलाई नै व्यवस्थापन गर्ने ’bout कुनै काम नै। माफिया, कालोबजारी र भ्रष्टाचारमा संलग्नहरुलाई प्रोत्साहन दिने काम उनकै नेतृत्वमा बालुवाटारबाट भयो। अख्तियारले अनुसन्धानका लागि बोलाएका एमालेका भ्रष्टहरुलाई संरक्षण गरिदिने आश्वासन दिएर आफूलाई भ्रष्टहरुको मसिहाका रुपमा मात्र उभ्याए। ५० को दशकमा चलेको एमाले भ्रष्टहरुको क्लब हो भन्ने भनाइलाई केपी ओलीले सरकारमा रहेको समयमा प्रमाणित नै गरेर छोडे।
प्रधानमन्त्री बन्नु पूर्व उखान टुक्काले ट्वाक–ट्वाक हान्ने प्रधानमन्त्री ओली अचेल पर्ख र हेरको रणनीतिमा छन् । भारतीय नाकाबन्दी तीन महिना वितिसक्दा पनि उनले न कुनै दिर्घकालिन निर्णय गर्न सकेका छन न त नाका खोल्ने प्रभावकारी कदम नै चाल्न सकेका छन् । विगतमा भारतीय प्रवृतिविरुद्ध अभिव्यक्ति दिएर वाहवाही पाएका ओली प्रधानमन्त्री बनेपछि कुर्सी जोगाउनकै लागि भारतको नाकाबन्दीविरुद्ध बोल्न डराएको अधिकांशको बिश्लेषण छ ।
त्यसो त भारतको नाकाबन्दीले आजित सर्वसाधारणको मनमा अलिकति भरोसा समेत भर्न सकेका छैन्न । चीनसँग इन्धन लगायतका व्यापार सम्झौता गरेर भारतीय एकलौटी व्यापार तोड्न उनी थरथर कामिरहेका छन् । जुन उनको कार्यकालको सवैभन्दा कालो धब्बा बन्ने धेरैको अनुमान छ ।
जन 3, 2016 | फेमस, राजनीति, हाँसोउठ्दो
ब्रुनाइका सुल्तान हसनलको नाम नेपालीका लागि नौलो हुनसक्ला तर विश्वका लागि यो नाम एउटा अति धनाढ्य व्यक्तिका रुपमा प्रसिद्ध छ। ब्रुनाइको सम्पन्नता र यहाँका सुल्तानको रहिस शैलीको एउटा मात्र कारण भनेको यहाँको तेल हो। सन् १९८० मा यहाँका सुल्तानको नाम विश्वको सबैभन्दा धनी व्यक्तिको रुपमा सार्वजनिक भयो। सन् १९९० सम्म विश्वको सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका उनलाई अमेरिकी व्यवसायी बिल गेट्सले पछाडी पारे।

छोरा बुहारीसँग विहेको अवसरमा सुल्तान
ब्रुनाइका सुल्तान विशेष उनको शौखका कारण प्रसिद्ध छन्। उनको प्रसिद्धिको शौख हो कार संकलन। विश्वभरका सबैभन्दा महँगा कारहरुको संकलन गर्नु उनको शौख हो। फरारी, लेम्बोर्गिनी, एस्टन मार्टिन, बेन्टले र रोल्सरोयस जस्ता महँगा कारहरु उनको संकलनमा रहेका छन् सुल्तानको कारहरु संकलन गर्ने ग्यारेज मात्रै पाँच हृयांगर (हवाइ जहाज पार्क गर्न बनाइने विशेष विमान पार्क) जति क्षेत्रफलमा फैलिएको छ।
७००० कारको कलेक्सन

सुल्तानको कारको संकलन
ब्रुनाइका सुल्तानको ग्यारेजको शोभा र चर्चाको विषय नै यहाँ रहेका ७००० कारहरु हुन्। उनले विश्वका सबैभन्दा महँगाको सूचिमा रहेका ७००० कार संकलनमा राखेका छन्। जसमध्ये ६०० मर्सिडिज, ३०० फरारी हुन्। उनीसँग एउटा २४ क्यारेट सुन जडिएको कार छ। जुन उनको विशेष कार हो। सुनको कार मात्र नभएर सुल्तानको दरबारको छाना पनि सुनको छ। सुल्तानको कारहरुको मुल्य मात्रै पाँच खरब भन्दा बढि को छ।
सुनको जहाज

सुल्तानको सुनको जहाज
ब्रुनाइका सुल्तानसँग सुनको जहाज पनि छ। बोइङ ७४७-४०० जहाजलाई विशेष रुपमा तयार पारिएको उनको जहाज नै एउटा भव्य दरबार हो। जहाजमा बैठक कोठाको भव्यताले उनको सुन र धन प्रतिको लगाब देखाउँछ। उनको जहाजको भित्रीभामा सबैतिर सुन जडिएको छ। आधुनिक प्रविधि र उपकरण जोडिएको विमानबाट उनले राज्यको सबै सूचना लिन र आदेश दिन सक्छन्। उनीसँग यो सुनको जहाज बाहेक बोइङ ७६७-२०० र एयरबस ए३४०-२०० पनि रहेको छ।
सुनको कार

ब्रुनाइ सुल्तानसँग २४ क्यारेट सुनको लेपन गरिएको पुरै सुनै सुनमात्र देखिने मर्सिडिज कार रहेको छ। विशेष भ्रमण र अवसरमा उनले यो कार चढेर हिँड्ने गर्दछन्।
डिस 30, 2015 | राजनीति, हाँसोउठ्दो
समकालिन राजनीतिमा कम्युनिष्ट, फासिष्ट शासन व्यवस्था रहेको देशका रुपमा चिनिन्छ उत्तर कोरिया। कम्युनिष्ट पार्टीको नाममा एउटा व्यक्ति तथा परिवारको तानाशाहीमा चलेको उत्तर कोरियाका ’boutमा सही र सत्य कुरा अमेरिकालाई पनि थाहा छैन। अमेरिका विश्वको हरेक कुनामा चासो राख्नसक्ने क्षमताको महाशक्ति राष्ट्र भएपनि उसले उत्तर कोरियाको सबालमा चैं माखो पनि मार्न सकेको देखिँदैन। त्यसैले पनि उत्तर कोरियाका ’boutमा विश्वका धेरै मानिसलाई कम जानकारी छ। आखिर त्यहाँ भित्र के भइरहेको छ? त्यस्तै बाँकी विश्वका कुरा पनि उत्तर कोरियाली नागरिकलाई थाहा छैन।
कम्युनिष्टहरु प्राकृतिक रुपमा नै प्रपोगाण्डा र कपोलकल्पित सूचना प्रवाहमा विश्वास राख्छन्। त्यसैले उत्तर कोरियाबाट आधिकारिक भनेर आएका सूचनाहरु पनि कति सत्य हुन भन्ने अनुमान पनि गर्न सकिँदैन। त्यसैले पनि उत्तर कोरियाका ’boutमा धेरै हल्ला र चर्चाहरु सतही लाग्दछन्।
इन्टरनेटमा उपलब्ध सार्वजनिक मञ्चहरुमा हुने चर्चा र छलफलमा पनि उत्तर कोरियाका ’boutमा रमाइला कुराहरु आइरहेका हुन्छन्। ती मध्ये कुन कति सत्यको नजिक छन् भन्ने चाहिँ पढ्नेले कसरी पत्याउँछ भन्नेमा मात्र भर पर्छ। इन्टरनेटमा यतिखेर लोकप्रिय रहेको प्रश्नोत्तर साइट कोरामा उत्तर कोरियाका ’boutमा छलफल हुँदा सतहमा आएका ११ अनौठा प्रसंग यस्ता छन्।

AP Photo/Jon Chol Jin
१. उत्तर कोरियाको सेना विश्वको सबैभन्दा ठूलो सेना हो (सक्रिय, रिजर्भ र प्यारामिलेट्री गरेर) जसमा ७७ लाख सक्रिय महिला र पुरुष छन्। अमेरिकाको सेनाको संख्या जम्मा १५ लाख भएको अनुमान छ।
२. उत्तर कोरियामा गाँजा कानुनी छ। यहाँका बजारमा गाँजा किन्न पाइन्छ।
३. विश्वको सबैभन्दा ठूलो रंगशाला उत्तर कोरियाको राजधानी प्योङयाङमा छ। जुन रंगशालामा एकलाख पचास हजार मानिस अट्दछन्।
४. उत्तर कोरियाको आफ्नै छुट्टै क्यालेण्डर छ। जुन नेता किम सुङको जन्मदिन १५ अप्रिल १९१२ मा आधारित छ। उत्तर कोरियामा २०१५ नभएर १०३ साल चलिरहेको छ यतिखेर।
५. सन् १९९० को दशकमा सबै शिक्षकहरुलाई अर्कोर्डियन बाजा बजाउन सिक्नै पर्ने व्यवस्था गरियो।
६. रसायनिक कृषि मलको अभावका कारण उत्तर कोरियामा उत्पादकत्व वृद्धिका लागि मानव मल प्रयोग गर्नु बाध्यता हो।
७. आधिकारिक जिवनी अनुसार किम जोङ दितियले ३ साताको उमेरमा नै हिँड्न सिकेका थिए।
८. उत्तर कोरियामा तीन टेलिभिजन च्यानल छन् जसमध्ये दुर्इ सप्ताहन्तमा मात्र र अर्को एक साँझमात्र प्रशारण हुन्छ।
९. उत्तर कोरियामा पाँच वर्षमा एक पटक निर्वाचन हुन्छ, यद्यपी जनतासँग अर्को चुन्ने बिकल्प भने हुँदैन।
१०. अमेरिकी साम्राज्यवादलाई झल्काउने भएकाले ब्ल्यू डेनिम जिन्स उत्तर कोरियामा प्रतिबन्धित छ।
११. उत्तर कोरियामा महिलाका लागि २८ र पुरुषका लागि १० कपाल काट्ने शैली निर्धारण गरिएको छ।