सम्बन्ध

गर्मीमा तौल घटाउने ५ तरिका

धेरैको टाउको दुखाइको बिषय बन्ने गर्छ तौल बढ्नु । तौलसंगै भुँडी बढ्यो भने झन् थप समस्या आइ पर्छ । तौल बढेर बिभिन्न समस्याहरु निम्तिनु झन् पीडा माथि पीडा नै भयो । तौल बढेपछि रोगहरुको उपचार गर्नु भन्दा पनि तौल घटाउनु मुख्य कुरा हो । तौल नघटाए रोगको उपचार असम्भब प्राय: हुन्छ । तर अचम्म त के छ भने तौल घटाउन त्यति सहज छैन । जे जस्तो सुकै गर्दा पनि तौल घटाउन नसकेर हैरान हुनेहरुको जमात पनि बाक्लो छ । तौल घटाउन औषधि खानेदेखि बिहान सबेरै कुद्नेहरुको लाइन छ । तर स्मरणीय कुरा के हो भने मौसम अनुसारको तरिका अपनाउन सके तौल नियन्त्रणमा राख्न सकिन्छ । अहिले गर्मीको मौसम छ । गर्मीको समयमा यी काम गर्नुस तपाइलाइ तौल घटाउन अवश्य नै सहयोग मिल्नेछ ।

Read More »

नेपालका ६ महान नारी

‘महिला र पुरुष एक रथका दुई पांग्रा’ त्यसै भनिएको होइन । जब अबसर पाउछ तव दुबैले उतिक्कै प्रगति गर्न सक्छन । तर नेपालमा अझै पनि पुरातन सोच र ब्यबहार हावी छ जसले गर्दा महिलाहरु जहिले पनि पुरुषको नियन्त्रणमा छन् । पछिल्लो समय सहरी क्षेत्रमा केही मात्रमा महिला अधिकारका कुरा ब्यबहारमा लागु भए ता पनि ग्रामिण क्षेत्रको अबस्था एकदमै नाजुक छ । असक्षम, बोक्सी, दाइजो लगायत बिबिध निहुमा महिला आमा, दिदीबहिनीहरु दिनहु प्रताडित भैरहेका छन् । अबसर पाएमा महिलाहरुले पुरुषहरुले भन्दा पनि उत्कृष्ट काम गर्न सक्छन भन्ने केही उदाहरणहरु आज हामी प्रस्तुत गर्दै छौ । यी ६ नारी मध्ये केहीले नेपालको नाम बिश्वमा चिनाए भने केहिले नेपालको सस्कृतिलाई जगेर्ना गर्दै बिकासमा टेवा पुर्याए । १. अरुणा लामा  नेपाली गायन क्षेत्रको एक सुप्रसिद्ध गायिका अरुणा लामालाई ‘स्वर किन्नरी’का रूपमा लिइन्छ । वि.सं. २००२ भाद्र २४ को दिन पिता सूर्यबहादुर लामा र माता सानमाया लामाबाट दार्जिलिङको घूम पहाडमा जन्मिएकी अरुणा लामाको पहिलो गीत ‘ए कान्छा मलाई सुनको तारा खसाईदेउ न’ थियो भने ‘किन यौवन उदास उदास छ मेरो’ भन्ने गीतबाट उनको गीति यात्रा अघि बढेको थियो। वेदना, पीडा र व्यथाका गीतहरूको साम्राज्ञी लामाको पहिलो गीत वि.सं. २०१२ देखि रेडियोमा बज्न सुरु गरेको थियो। उनले आफ्नो गायन कलाको लागि नेपाल र भारत दुवै देशबाट अनेकौँ पुरस्कारहरू पाएकी थिइन्। उनले सङ्गीत पुरस्कार, सुर श्रृङ्गार सम्मेलन पुरस्कार, मित्रसेन पुरस्कार, दिशारी पुरस्कार (कोलकता), भानु एकेडेमी पुरस्कार (दार्जिलिङ), नेपाली चलचित्र पुरस्कार (माइतीघर गीतको लागि), छिन्नलता गीत पुरस्कार, उर्वशीरङ्ग पुरस्कार, गोरखादक्षिण बाहु पुरस्कार, साधना पुरस्कार जस्ता थुप्रै पुरस्कारहरू पाएकी थिइन् । लामाको वि.सं. २०५४ माघ २२ गते बुधबारको दिन दुखद निधन भयो । २. अनुराधा कोइराला  भारतीय कोठीहरूमा बेचिएका नेपाली चेलीबेटीहरूको उद्धार र पुनर्स्थापनामा सक्रिय ‘माइती नेपाल’की संस्थापक अध्यक्ष हुन्- अनुराधा कोइराला । वि.सं. २००६ वैशाख २ गते ओखलढुङ्गाको रुम्जाटारमा जन्मेका कोइरालाले वि.सं. २०६६ सालमा सीएनएन हिरो (CNN Hero) को उपाधि पनि जितेकी थिइन् । साथै उनले वि.सं. २०७० सालमा ‘मदर टेरेसा’ सम्मान पनि पाइन् । ३. पासाङ ल्हामु शेर्पा बि.सं. २०१७ साल मङ्सिर २५ गते सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४ मा जन्मिएकी पासाङ ल्हामु शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् । उनले बि.सं. २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन्। पासाङ ल्यामुको साहसको सम्मान गर्दै नेपाल सरकारले बि.सं. २०५९ साल वैशाख १० गते उनलाई नेपालको राष्ट्रिय विभूती घोषित गरेको थियो। नेपाल …

Read More »

ह्यारीमाथि ८ आरोप: नाङ्गो तस्बिरदेखि चिट चोरसम्म (फोटोसहित)

यतिबेला नेपालमा बेलायती राजकुमार ह्यारीको चौतर्फी वाहवाही भैरहेको छ । उनले खाएको खानादेखि बसेको घर र हरेक क्रियाकलाप नेपाली मिडियाका लागि ‘हट केक’ बनिरहेको छ । साताव्यापी भ्रमणका लागि नेपाल आएका उनले थप ६ दिन बसाइ लम्ब्याएका थिए । यस क्रममा उनले राष्टपति, प्रधानमन्त्री लगायतलाई भेट्नेदेखि गोरखाको बिकट गाउँमा समेत पुगेर ढुंगा काठ बोक्ने काम गरे । ह्यारी आज राती स्वदेश फर्किने कार्यक्रम छ । हरेक मान्छेको राम्रो र नराम्रो गुण हुन्छ । यो नियमबाट कोही टाढा हुन् सक्दैनन् । मात्र थोरै र धेरै हो । सिमा नाघ्नु र नानाघ्नु मात्र हो । राजकुमार ह्यारीका पनि केही नराम्रा कुराहरु सार्वजनिक भएका छन् । उनीमाथि लागेका यी आरोपहरु आरोप मात्रै हुन् वा वास्तविक नै । त्यो समयले बताउला तर फोटोसहित सार्वजनिक भएका आरोपहरु भने नकार्न सकिन्न । उनीमाथि नाङ्गो मस्तीदेखि चिट चोरेर क्लास उतिर्ण गरेको सम्म आरोप लागेको छ । पढ्नुस उनीमाथि लागेका यी ८ आरोप । १. हिटलरको भेषमा ह्यारी सन् २००५ मा राजकुमार ह्यारीका साथीले आयोजना गरेको एउटा पार्टीमा ह्यारी हिटलरले लगाउने पहिरनमा देखिए । उनको यो पहिरन सहितको तस्विर विश्वभर बिबादास्पद बनेपछि उनले सार्बजनिक रुपमा माफि मागे । माफि माग्दा उनले भने- ‘मेरा कारणले कसैलाई चोट पर्न गएको खण्डमा माफि चाहन्छु ।” २. नांगो तस्विर सन् २०१२ मा ह्यारीको नांगो तस्विर सार्वजनिक भयो ।  लस भेगासमा पार्टिमा मस्त ह्यारीको नागों फोटो उनका कुनै साथिले  लिक गरिदिएका थिए । फोटोमा उनि अर्को नांगो ब्यक्तिलाई अंगालो मारिरहेका देखिन्छन् । ३. पाकिस्तानी सैनिकलाई हेपेको आरोप सन् २००६ मा एक भिडियो सार्वजनिक भयो । भिडियोमा ह्यारी सैनिक पोशाकमा तालिममा जानका लागि विमानस्थलमा कुरिरहेको अवस्थामा देखिन्छन् । यसैबीच उनले सहकर्मी सैनिकलाई हाम्रो सानो पाकि साथी खै भन्दछन । जबकि पाकि भन्ने शब्द पाकिस्तानीहरुलाई हेपेर भनिने शब्द हो । यो भिडियो सार्वजनिक भएपछि ह्यारीलाई हेपाहा प्रवृत्तिको मान्छे भन्ने आरोप लाग्यो । ४. जनावरमाथि अत्याचारको आरोप राजकुमार ह्यारी पोलो खेलमा निकै रुचि राख्दथे । सन् २०१० मा एक पोलो खेलमा ह्यारी चढेको घोडा रक्ताम्य भएर साईड लिन खोज्दा समेत ह्यारीले लगातार दबाब दिएर खेलेपछि उनीमाथी जनावर अधिकारवादीहरुले जनावरमाथि अत्याचार गरेको भन्दे निर्दयी मानिस भनेर आरोप लगाए । ५. चिट चोरेर पास गरेको आरोप अध्ययनमा कमजोर ह्यारीले सन् २००५ मा चिट चोरेर ए लेभल पास गरेको आरोप लाग्यो । परिक्षा समय सकिए पनि त्यहाँ निरिक्षणकर्ताको रुपमा रहेका …

Read More »

संगत गर्न नहुने ८ प्रकारका मानिस

‘संगत अनुसारको फल’ भन्ने नेपाली समाजमा एउटा भनाई नै छ । ‘चोरसँग संगत गरे चोर, सज्जनसंग संगत गरे सज्जन’ भन्ने अर्को भनाई पनि छ । भन्न खोजिएको के हो भने जो जस्तो मान्छेसंग संगत गर्यो त्यो मान्छे त्यस्तै स्वभावको हुन्छ । दैनिक जीवनयापनका क्रममा हामीले हजारौ मानिससंग संगत गर्छौ तर को सही र को गलत भन्ने ख्याल गर्दैनौ । यसले तपाइको जीवनमै असर पार्छ । संगत अल्पकालीन, दिर्घकालिन के हो त्यसलाइ ख्याल गरेर अघि बढ्नु पर्ने हुन्छ । यदि कोहि कसैले स्वार्थका कारण आफुसंग नजिक हुदैछ भने त्यस्ता व्यक्तिहरुबाट जोगिनु नै कल्याण हुन्छ । त्यसो त तपाइले अहिलेसम्म संगत गरेका मध्ये कोही लामो समयदेखि सम्बन्धमा होला कोहि हप्ता/महिनापछि नै टाढिए होलान । आखिर किन त ? यो सबै तपाइको ब्यबहार र तपाइको संगतमा आएका मानिसको स्वभाव र बानीको कारण हो । केही मानिसहरु आफ्नालागि पर्फेक्ट पार्टनर छान्ने क्रममा हमेसा चुकिरहेका छन् । सुरुमा देख्दा जस्तो देखिन्छ, वास्तविक जीवनमा ऊ त्यस्तो नहुन पनि सक्छ । पढ्नुस कोही मान्छेसंग नजिकिनु अघि ख्याल गर्नुपर्ने ८ कुरा । १. तपाइको एउटै अंग नजर लाउने मान्छे यस्ता व्यक्तिसँग टाढा रहनुस्, जसको नजर बारम्बार तपाईंको कुनै एउटै अंगमा परिरहेको हुन्छ । २. शरीर कन्याउने/नाक कोट्याउने मान्छे यस्ता व्यक्तिसँग बच्नुस्, जसले आँखा छलेर शरीरमा कन्याइरहन्छ । ३. पेशाको सम्मान नगर्ने मान्छे यस्तो व्यक्तिको संगत कहिल्यै नगर्नुस्, जसले वेटर, रिक्सा चालक वा यस्तै पेशा गरेर जीवन चलाउने मानिसलाई नोकरको जस्तो व्यवहार गर्छ । ४. अग्रज र अशक्तलाई मद्दत गर्न नचाहने मान्छे आफु भन्दा ठूला अग्रज र असक्तलाई सहयोग गर्न बाट भाग्ने मानिसबाट पनि टाढा बसेकै राम्रो मानिन्छ । ५. तपाइको कुरा सुन्दै नसुन्ने मान्छे यस्ता व्यक्तिसँग हमेशा टाढा रहनुस्, जो आफ्नो कुरामात्रै सुनाईरहन्छ, तपाईंलाई सुन्नै तयार हुँदैन । ६. सधै माथि पर्न खोज्ने/जिद्दी गर्ने मान्छे हमेसा आफू नै केन्द्रमा रहन खोज्ने व्यक्तिसँग टाढा रहनु नै वेश हुन्छ । ७. महिलाहरुलाई तल्लो र भान्छामै केन्द्रित गराउने मान्छे जसले महिलाहरु किचनमै सिमित रहनुपर्छ भन्ने सोच्छ । यस्ता व्यक्तिलाई छिट्टै बाई भन्न राम्रो हुन्छ ८. औलाको नङ लामो भएका मान्छे औलामा नङ पाल्नु राम्रो मानिदैन । अझ कान्छी औलामा नङ् लामो बनाउनु धेरै नराम्रो मानिन्छ । यस्तो मान्छेहरु संग पनि संगत गर्न नहुने धर्मशास्त्रहरुमा उल्लेख छ ।

Read More »

पुरुषले महिलालाई धोका दिने ७ कारण

प्रेम, मिलन, बिछोड अनि ब्रेक अप । प्रेमिल संसारमा यी शब्दहरु पर्यायवाची हुन् । कोही मायाँमा चुर्लुम्म डुब्छन भने मायाँको जालमा फसेर तड्पिरहेका हुन्छन । यो संसारको रित नै यस्तै हो । तर स्मरणीय कुरा के हो भने मायामा धोका किन हुन्छ भन्ने थाहा पाउनु भयो भने तपाईको लागि राम्रो हुन्छ । महिला पुरुष एउटै रथका दुइ पांग्रा भन्ने गरिन्छ । तर कहिलेकाही आपसी मेल नहुँदा एक अर्कालाइ धोका दिइरहेका हुन्छन । शुरुमा सामान्य रुपले दिने गरेको धोका अन्तत सम्वन्धविच्छेद सम्म पुग्दछ । कुनै पनि जोडीको सम्बन्धको जग आपसी विश्वास र बुझाईमा बस्ने गर्छ । त्यसमा किन धोका आउने गर्छ । किन एकै साथ काँधमा काँध मिलाएर हिड्नेहरु एक अर्कालाई धोका दिन पुग्छन् । यसमा केही समय अघि गरिएको एक सर्वेक्षणमा महिलाले भन्दा बढि पुरुष मित्रहरु आफ्नो महिला मित्रलाई धोका दिने गरेको पाइएको छ । आखिर किन दिन्छन त पुरुषहरुले महिलालाई धोका ? । पढ्नुस पुरुषहरुले महिलालाई धोका दिने मूख्य ५ कारण

Read More »

महिलाका ९ अनौठो तथ्य जुन तपाई थाहै छैन

भनिन्छ 'महिलाका बारेमा हजार मुख भएका शेषनागले पनि बयान गर्न सक्दैन ।' त्यसो त महिलाको स्वभाव, ब्यबहार र कलाका बारेमा बिभिन्न अध्ययन र सर्वेक्षण पनि नभएका होइनन तर ति सबै अध्ययन र सर्वेक्षणहरुको नतिजा फरक फरक छन् । अनौठो त के भने अधिकांश सर्वेक्षण र अध्ययनहरुमा अचम्म लाग्दा नतिजाहरु सार्वजनिक हुने गर्दछ । महिलाका बारेमा बिभिन्न धर्मगुरुहरुले पनि बिभिन्न अभिव्यक्तिहरु दिएका छन् जुन रोचक र अनौठा छन् । कतिपय अपत्यारिला लागे पनि सोच्न बाध्य पार्ने खालका छन् । आखिर जे जस्तो भए पनि महिलाबिना सृस्ती सम्भब छैन । महिला आफैमा एउटा यस्तो गुण हो जसले जस्तोसुकै व्यक्तिलाई पनि लर्याकलुरुक पार्छ । भनिन्छ महिलाको भविष्य उसको मुहारमा केन्द्रित हुन्छ । तर पुरुषको भविष्य मिहिनेत र कर्ममा निर्भर रहन्छ । सबैमा यो नियम लागु नहोला तर अधिकांश महिला/पुरुषमा यो नियम लागु हुने बिभिन्न अध्ययनले पनि देखाएको छ । तपाई हाम्रो छिमेकमा पनि ख्याल गर्न सकिन्छ । महिलाको रुप राम्री भएपछि जस्तोसुकै पुरुषले पनि मन पराउछन । अझ ब्यबहार पनि राम्रो भए त सुनमाथि सुगन्ध भैहाल्यो । तर पुरुषको रुप मात्रै राम्रो भएर हुदैन धन पनि चाहिन्छ । रुप नराम्रो भए पनि धन राम्रो भयो भने चाहे जस्तो राम्री युवती सहजै पाउन सकिन्छ । यसको ठिक बिपरित महिलाहरुको धन भन्दा पनि रुप राम्रो हुदा सोचे जस्तो पुरुष पाउने सम्भावना बढी हुन्छ । हामीले यहाँ महिलाहरुका बारेमा यस्ता ९ वटा तथ्य प्रस्तुत गरेका छौ जुन तपाइले अहिलेसम्म सायद सुन्नु भएको छैन होला ।

Read More »

ओलीलाई हिरो देखाउने भारत भ्रमणका तीन भाइरल फोटो

६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले चर्चाको शिखरमा छन् । कुनै खास उपलब्धिले होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको तस्बिरहरुका कारण उनको चर्चा चुलिएको हो । प्रधानमन्त्री ओलीका हेर्नलायक फोटोहरुलाई लिएर यतिबेला सामाजिक संजालहरुमा बिभिन्न टिका टिप्पणीहरु भैरहेका छन् । कतिपयले यसलाई गर्ब गर्न लायक भनेर प्रतिक्रिया दिएका छन् भने कतिपयले क्यामेरा पर्सनको कमाल भनेर संयोगको संज्ञा दिएका छन् । यी तस्बिरको खास अर्थ के होला त ? पढ्नुहोस्...

Read More »

भारतसँग यी ७ बुंदे सम्झौता : नेपाललाई के के फाईदा ?

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला भारत भ्रमणमा छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बिभिन्न महत्वपूर्ण सवालहरु उठाउनुका साथै नेपाल-भारतबीच ७ बुंदे सम्झौता समेत गरेका छन् । यसलाई भारतीय मिडियाले खासै चासो नदिए पनि नेपाली मिडियामा भने 'हट केक' बनिरहेको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपालका परराष्ट्र मन्त्री कमल थापा र भारतीय विदेश मन्त्री सुस्मा स्वराजबीच सम्झौता पत्र आदान प्रदान गरिएको थियो । पढ्नुहोस् यी ७ बुंदा र मनन गर्नुहोस् यसबाट नेपाललाई के कति फाइदा अथवा बेफाइदा भएको छ ?

Read More »

भ्यालेन्टाइन डे मनाउने १३ देशका १३ तरिका

आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । आफ्नो प्रियसीसँग प्रेम साट्ने र एक अर्कामा समर्पित हुने दिन । पछिल्लो केही बर्ष देखि नेपालमा पनि भ्यालेन्टाइनमा रम्ने/झुम्ने युवायुवतीहरुको भिड बाक्लो छ । प्रकृतिका काखदेखि स्टार होटलसम्म भ्यालेन्टाइन जोडीहरु भेटिन्छन् । भ्यालेन्टाइन डे भन्ने बितिक्कै प्रियसी भेटेर मनका कुरा साट्ने, रमाइलो गर्ने भन्ने बुझिन्छ तर बिश्वका बिभिन्न देशहरुमा बिभिन्न किसिमले भ्यालेन्टाइन डे मनाउने चलन छ । पढ्नुहोस् बिश्वका १ देशमा भ्यालेन्टाइन दिवस मनाउने तरिका जुन पढेर तपाईलाई अचम्म लाग्न सक्छ ।

Read More »

गर्लफ्रेन्डसँगै विवाह गर्नु पर्ने ३ कारण

धेरै युवाका लागि जोश बिसाउने माध्यम बनेका छन् गर्लफ्रेन्ड । उनीहरुका लागि गर्लफ्रेन्ड केवल टाइमपास र मस्तीका लागि मात्रै हुने गरेका छन् । यति मात्रै होइन आफ्नो शारीरिक आवश्यकता पूर्ति गर्दै गर्लफ्रेन्ड फेर्ने चलन पनि बढ्दो छ । तर सोचनीय कुरा यो हो कि गर्लफ्रेन्ड केवल मोज मस्ती र रमाइलोका लागि मात्रै कि बिबाहकै लागि पनि ? यहाँ हामीले गर्लफ्रेन्डसंगै बिबाह गर्नुपर्ने ३ कारण प्रस्तुत गरेका छौ जसले तपाईलाई आफ्नो गर्लफ्रेन्डका बारेमा सोध्न बाध्य तुल्याउछ ।

Read More »
Loading...