
आज भारत vs वेस्टइन्डिज: क्रिस गेल र बिराट कोहलीको डान्स भाइरल (१० रोचक तथ्यसहित)
आज (बुधबार) नेपाली समयअनुसार ७:४५ बजे भारत र वेस्टइन्डिजबीच टि २० बिश्वकपको दोस्रो सेमिफाइनल भिडन्त हुदै छ । यस खेलमा जित हात पार्ने टोलीले अप्रिल ३ मा हुने उपाधि भिडन्तमा इंगलैंडसँग प्रतिस्पर्धा गर्ने छ ।
भारत-वेस्टइंडीजबीचको खेलमा दर्शकको विराट कोहली र क्रिस गेलमा पर्ने छ । कोहली भारतीय टोलीका सबै भन्दा सफल ब्याट्सम्यान हुन् भने क्रिस गेल वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान हुन् । यी दुईबीचको मुकबाला रोमान्चक हुने अनुमान गरिएको छ ।
हेर्नुस आजको खेल’bout १० तथ्य
१ . टि २० बिश्वकपको इतिहासमा यी दुई टोली फाइनल प्रवेशका लागि एक आपसमा प्रतिस्पर्धा गर्न लागेको यो नै पहिलो अवसर हो ।
२ . टि २० बिश्वकपको समुह चरणमा भारत र वेस्टइंडीज ३ पटक (२००९, २०१०, २०१४ ) आमने-सामने भएका छन् । जस मध्ये वेस्टइन्डिजले दुई खेल जित्यो भने भारतले एक खेलमा बिजयी हात पार्यो ।
3. यी तिनै खेल हुँदा भारतीय टोली महेन्द्र सिंह धोनीको लप्तनीमा थियो भने वेस्टइन्डिजको तर्फबाट २००९ र २०१० को खेलमा क्रिस गेलले टोलीको कप्तानी गरेका थिए । २०१४ को खेलमा भने डेरेन सेमीले टोलीको नेतृत्व गरेका थिए ।
4.यी खेलमा सर्बाधिक व्यक्तिगत रनको रेकर्ड क्रिस गेलको नाममा छ । उनले २०१० को टि २० बिश्वकपमा ६६ बलमा ९८ रन बनाएका थिए । जसमा ५ चौका र ७ छक्का सामेल थिए ।
5. उत्कृष्ट बलिंग तर्फको रेकर्ड पनि वेस्टइन्डिज कै नाममा छ । २००९ को खेलमा ड्वेन ब्रावोले ३८ रन दिएर ४ विकेट लिएका थिए । जुन यी दुई टोलीबीचको उत्कृष्ट रेकर्ड हो ।
6. आजको खेल वानखेड़े स्टेडियममा हुदै छ । यहि मैदानमा २०११ मा भारतले श्रीलंकालाई पराजित गर्दै एक दिबशीय बिश्वकप जितेको थियो ।
७. भारतीय टोली टि २० बिश्वकपको सेमिफाइनलमा प्रवेश गरेको यो तेस्रो पटक हो । २००७ मा भारत पहिलो पटक सेमिफाइनल पुगेको थियो र यहि बर्ष उसले विश्वकप पनि जितेको थियो । त्यसपछि भारत २०१४ मा 2 सेमिफाइनल पुगेको थियो तर उसले श्रीलंकासँग हार बेहोर्यो ।
८. वेस्टइंडीज ४ पटक टि २० बिश्वकपको सेसिफाइनलमा पुगेको छ । २००९ र २०१४ को सेमिफाइनलमा वेस्टइन्डिज पराजित भएको थियो भने २०१२ मा उसले उपाधि चुमेको थियो ।
९. आजको खेलमा भारत बिजयी भए भारत टि २० बिश्वकपको फाइनलमा ३ पटक प्रबेस गर्ने दोस्रो टोलि हुने छ । भारत यस अघि २०७ र २०१४ को फाइनलमा पुगेको थियो । श्रीलंका ३ पटक (२००९, २०१२, २०१४ ) फाइनलमा पुगेको छ ।
१०. यदि महेन्द्र सिंह धोनीको टोलीले आज हात पारेमा उनले अर्को इतिहास रच्ने छन् । उनी कप्तानको रुपमा ३ पटक फाइनल खेल्ने पहिलो खेलाडी बन्ने छन् ।