२०७२ सालमा बदनामी ८ अनुहार

२०७२ सालमा बदनामी ८ अनुहार

०७२ साललाई बिदाई गर्दै हामी ०७३ सालमा प्रवेश गरेका छौ । ०७२ साल बेदनाले नै बित्यो । सिमित व्यक्तिका लागि फापे पनि धेरैलाई रुवाएर गयो ०७२ सालले । आखिर जे होस् बितेका कुरालाई अब बिर्सिनुको बिकल्प छैन । अब कहिले पनि कदापी यस्तो समय नआओस भने कामना गरौ । भूकम्प, नाकाबन्दी, प्रकोप, दुर्घटना लगायतले सर्वसाधारणलाई आजित तुल्याउदा कतिपय उच्च पदस्थ व्यक्तिहरु भन्ने बिभिन्न कारणबश बिबादमा तानिए । यी ८ व्यक्ति जसले ०७२ सालमा बदनामी कमाए ।

१. हरि पराजुली

hari

फोटो: नयाँ पत्रिका

काठमाडौँको मूलपानीमा धान दिवस मनाउन पुगेका कृषि मन्त्री हरि पराजुलीले होस् गुमाउदा मन्त्री पद नै गुमाउनु पर्यो । पराजुलीले रोपाहार महिलामाथि अभद्र व्यवहार गरेपछि चौतर्फी आलोचनामा परे । उनका कारण एमाले पार्टीमाथि नै प्रश्न चिह्न उठ्यो । यद्यपि पराजुलीले भने आफूले कुनै अश्लिल हर्कत नगरेको बताउँदै आएका छन् ।

२. अर्चना पनेरु

01 why archana paneru viral

फोटो: अर्चनाको फेसबुक

यो बर्ष एकाएक चर्चामा आएकी युवती हुन् अर्चना पनेरु । सामाजिक सञ्जाल फेसबुकमा अर्ध–नग्न तस्विरहरु पोष्ट गर्दै चर्चामा आएकी अर्चना पनेरुलाई प्रहरीले पक्राउ पनि गर्यो । महेन्द्रनगर भाँसीमा रहेको लिटिल वुद्ध स्कुलमा कक्षा १० मा पढ्ने अर्चनाले आफ्ना नग्न तस्विरहरु लगातार पोष्ट गर्न थालेपछि उनी बर्ष भरि नै चर्चामा रह्यो । एक बर्ष भित्रै उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरे । यसले पनि उनलाई चर्चामा ल्यायो । पछिल्लो समय केही निर्देशकले आफुलाई सेक्स अपिल गरेको बताएपछि पुन: र्पहरी केस परेको थियो । साथै उनीसहित केही फिल्मकर्मीलाई शुटिंगस्थलबाटै प्रक्राउ गरिएको थियो ।

३. खुमबहादुर खडका

khum

फोटो: न्युज नेपाल

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का ०७२ मा पनि चर्चामा रहे । भ्रष्टचारी प्रमाणित भएपछि जेल सजाय कटाएर आएका खुमबहादुर हिन्दू राज्यको माग गर्दै सडकमा आए । उपचार खर्च भन्दै  खडकालाई उपचारार्थ बीस लाख दिने तत्कालीन कोइराला सरकारले निर्णय गर्यो । आफू त बदनाम भए नै स्वच्छ छविका त्यागी नेता तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालालाई समेत विवादमा पारे । कांग्रेस केन्द्रिय सदस्यमा सर्वाधिक मत ल्याएर पुन: उनी चर्चामा आए ।

४. सागर थापा

game1

फोटो: अनलाइन खबर

म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा प्रहरी फन्दामा परे । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा थापासहित ५ खेलाडी पक्राउ परे । उनीसँगै पक्राउ पर्नेमा विकाससिंह क्षेत्री, सन्दिप राई, रितेश थापा र प्रशिक्षक अञ्जन केसी रहेका छन् ।

५. ल्हारक्याल लामा

lyar

फोटो: कान्तिपुर

नेपाली कांग्रेस, नेकपा एमाले हुँदै एकीकृत माओवादीका सभासद् बनेका भिक्षु ल्हारक्याल लामा वर्ष २०७२ मा बद्नाम भए । अख्तियारको छानविनका क्रममा इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकरमा १४ थान गोली भेटिएपछि अख्तियारले लामालाई प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले उनलाई सार्वजनिक अपराधको मुद्धा चलायो । गोलीकाण्डमा धरौटीमा छुटेका एमाओवादी सांसद ल्हारक्याल लामा पुनः ठगीमा पक्राउ परे । लामा ३० लाख धरौटीमा छुटेका थिए ।

६. गणेश थापा

ganes

फोटो: हिमालय टाइम्स

भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) को नैतिक समितिले सबैखाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगायो । प्रतिबन्धसहित उनीमाथि २० हजार स्वीस फ्रयाङ्क (करिब २१ लाख रुपैयाँ) जरिवाना गर्ने निर्णय पनि गर्यो । सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कांग्रेसमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । ह्यान्स जोचिमले नेतृत्व गरेको स्वतन्त्र नैतिक समितिले थापालाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

२० वर्षदेखि एन्फाका अध्यक्षमा रहेका थापालाई गतवर्ष ५८ करोडभन्दा बढी अनियमितता गरेको संसद्को सार्वजनिक लेखा समितिले ठहर गर्दै अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो ।

७. गोपाल खडका

gopal

फोटो: पहिलो पोष्ट

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का भारतीय दुतावासको सल्लाहमा सञ्चालित भएको ठहर आपूर्ति मन्त्रालयले गर्यो ।
भारतीय नाकाबन्दीपछि देशमा इन्धन सङ्कटमा परिरहेका बेला नेपाल सरकारले बनाएका योजनाहरु भारतीय दुतावासमा बुझाएको आरोप खड्कालाई लाग्यो । चीनसँगको इन्धन सम्झौतामा कार्यकारी निर्देशक खड्का बाधक बनेको ठहर प्रधानमन्त्री केपी ओलीसमेतले गरे ।

भारतीय नाकाबन्दीका कारण नेपालमा ईन्धन अभाव भइरहेका बेला कालोबजारी गरेको भन्दै निगम कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई सञ्चालक आपूर्ति सचिव तथा सञ्चालक समिति अध्यक्ष ङईन्द्र उपाध्यायाको अध्यक्षतामा बसेको बैठकले खड्कालाई सातदिने प्रष्टीकरण सोध्यो ।

८. पारस शाह

paras

फोटो: फेस्म्यु डटकम

पूर्व युवराज पारस शाह लागू पदार्थसहित थाइल्याण्डमा पक्राउ परे । शाहले आफूले चलाउने कारमा गाँजा बोकेको आरोप लगाइयो । यो आरोपमा उनी बैंककस्थित प्रहरीको थुनामा बसे । यसअघि शाह लागूपदार्थ कारोबारमा संलग्न रहेको आशंकामा पनि पक्राउ परेका थिए । यही आरोपमा उनी विरुद्ध थाइ अदालतमा मुद्दा समेत परेको थियो । पारस शाह विभिन्न समयमा मादक पदार्थ सेवन, लागु औषध र पारिवारिक कलहका कारण चर्चामा आइरहन्थे । लागुऔषधसहित बैंककमा पक्राउ परेका पूर्वयुवराज पारस शाह ७ लाख थाई भाट, २१ लाख नेपाली रुपैयाँ धरौटी राखेर छुटे । त्यसपछि नेपाल आएका उनी पुन: बिभिन्न कारणले चर्चामा रहे ।

यो पढ्नु भयो ?

२०७२ का प्रमुख ८ घटना

२०७२ मा प्रबिधि क्षेत्रका १४ उपलब्धि

२०७२ मा चर्चित ८ हिरो

२०७२ मा सर्वोच्च पदमा पुग्न सफल ४ महिला

अर्चना पनेरुको भिडियो हेर्दा जेल पर्नुहोला

अर्चना पनेरुको भिडियो हेर्दा जेल पर्नुहोला

 

अर्चना पनेरु, गत केही महिना देखी नेपालमा चचामा छिन् यिनी। यिनी चर्चामा आउनुको कारण चाहिँ अलिक बेग्लै छ। पोर्नस्टार बन्छु बन्ने लक्ष छ भनेर सुरुमा आफ्नो अर्धनग्न तस्विरहरु फेसबुकमा अपलोड गरेकी यिनलाई सामाजिक सञ्जाल साथै मिडियाले दिएको रेस्पोन्सले हौस्याएपछि पुरै नग्न भएर यिनले फोटो र भिडियो सामाजिक सञ्जालमा अपलोड गर्न थालिन। यतिखेर विभिन्न पोर्नसाइट देखी फेसबुक पेजमा यिनका पोर्नस्टार शैलीका भिडियोहरु छयापछ्याप्ती भएका छन्।

07 why archana paneru viral

अर्चनाले नांगो फोटो फेसबुकमा अपलोड गरेपछि उनलाई स्कुलले त निकालिदिइसकेको छ भने उनको छरछिमेकीले पनि आफ्ना सन्तान ब्रि्रने भनेर उनलाई सामाजिक बहिस्कार  नै गरिसकेका छन्। करिब १७ वर्ष उमेरकी एउटी किशोरीले पोर्न जस्तो क्षेत्रमा लाग्ने भन्दै गरेको यो सबै हर्कत नाजायज र गैरकानुनी छ।

 

त्यसमाथि यस्तो हर्कतलाई बढावा दिने प्रोत्साहन गर्ने र फोटो भिडियो खिच्ने उनकी आमा सुनिता पनेरुलाई अहिले सम्म प्रहरीले खासै कारवाही गर्न सकेको छैन। नेपालको विद्यमान कानुनी व्यवस्था र अर्न्तराष्ट्रिय कानुनहरुले बाल यौनदूराचार र चाइल्ड पोर्नोग्राफीलाई अत्यन्त गम्भिर अपराध मानेको अवस्थामा नेपाल प्रहरीले यस्तो र्सार्वजनिक महत्वका गम्भिर अपराधमा आँखा चिम्लेर बस्नुले नेपालमा बाल यौन उत्पिडन र दूराचारको अवस्था कहालीलाग्दो रहेको देखिन्छ।

 

प्रहरीले पहिलो पटक पक्राउ गरेर सामान्य सोधपुछ पनि छोडे पनि सुनिता पनेरु र अर्चना पनेरुलाई मिलेको मिडिया एक्सपोजर र प्रमुख छापा र अनलाइनमा आएको अर्न्तवार्ता बालयौन दूराचारलाई प्रोत्साहन गर्ने खालको भएपनि अर्चनाका थप भिडियोहरु आएका छन्।

त्यसो त केही यूट्यूब च्यानल र म्यूजिक भिडियो कम्पनीहरुले अर्चना पनेरुको अर्धनग्न भिडियो प्रयोग गरेर आफ्नो च्यानल तथा  गीतको हिट बढाउने रणनीति लिइरहेको देखिन्छ।

यी सबै कारणहरुले अर्चना पनेरुलाई हौसला मिलेको छ भने उनका नयाँ नयाँ भिडियोहरु आउन थालेका छन्। कतै अर्न्तवार्ताका नाममा त कतै म्यूजिक भिडियो र सुटिङ रिपोर्टका नाममा। जे नाममा नयाँ भिडियो आएपनि ति सबैले चाइल्ड पोर्नोग्राफीलाई नै बढावा दिइरहेका छन्।

संयुक्त राष्ट्रसंघ सहित अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकले चाइल्ड पोर्नोग्राफीलाई गैरकानुनी र अमानविय घोषणा गरिसकेका छन् र ती देशमा गम्भिर सजायँको समेत व्यवस्था छ।

 

के हुन्छ?

 

चाइल्ड पोर्नोग्राफी बालबालिका माथिको गम्भिर अपराध भएकाले बालबालिकाको नांगो फोटो तथा भिडियो हेर्ने, देखाउने, खिच्ने साथै इन्टरनेटमा खोजेर प्रचार गर्ने सबैलाई गम्भिर कारवाही हुन्छ। नेपालको प्रचलित कानुन अनुसार यसखालको अपराधमा १० वर्षसम्मको कैद सजायँ हुन्छ। केही वर्षअगाडी प्रकाश ओझा नाम गरेका गायक तथा कलाकारलाई पनि बाल यौन दूराचारको अपराधमा १० वर्षजेलको सजायँ भएको थियो।

 

नेपाल भन्दा बाहिर दक्षिण कोरिया, मलेशिया, यूर्एइ, दुबई, कतार, ओमान, अष्ट्रेलिया, अमेरिका, वेलायत, हङकङ लगायतका देशमा बस्नेहरुले यसखालको चाइल्ड पोर्नोग्राफीलाई प्रोत्साहन गरे वा यस्ता सामग्री हेरे, डाउनलोड गरे भने उनीहरुलाई कम्तिमा पाँच वर्षो कैद र देशनिकालाको कारवाही हुन्छ।

 

यस’bout कानुनी र सजायँको प्रावधान यहाँ हेर्नुहोस्

 

  1. http://www.aic.gov.au/media_library/publications/tandi_pdf/tandipdf
  2. https://www.justice.gov/criminal-ceos/citizens-guide-us-federal-law-child-pornography
  3. https://www.justice.gov/criminal-ceos/child-pornography
  4. http://www.hg.org/child-pornography.html
  5. http://www.cyber-rights.org/reports/uscases.htm
  6. http://famm.org/affected-families/child-pornography-sentences/

 

 

 

पोर्न वेबसाइटमा अर्चनाका भिडियो किन छन्

 

यतिबेला सम्म अर्चनाको भिडियोमा रिपोर्ट परेको थिएन त्यसैले ति वेबसाइटहरुमा त्यस्ता भिडियोहरु छन्। तर अर्चना पनेरुको भिडियो विभिन्न वेबसाइटमा राखिएको र इम्बेड गरिएको मये धेरै ती वेबसाइटबाट हटाउने प्रक्रियामा छन्। किनकी ती वेबसाइट र अमेरिकी साइबर अनुसन्धान ब्यूरा साथै एफबीआइमा साइबर कानुनमा अध्ययन गरिरहेका नेपाली युवाहरुले रिपोर्ट गरेका छन् र त्यसको जवाफ सबै बेवसाइटबाट हटाउने प्रक्रियामा रहेको भन्ने आएको छ। साथै सबै इन्टरनेट प्रयोगकर्ताहरुले यस’bout गुगल वा सम्बन्धित वेबसाइटमा रिपोर्ट गर्नु पर्दछ। यो इन्टरनेट प्रयोगकर्ताको कर्तव्य पनि हो।

 

गुगलमा बालयौन दूराचार र पोर्नोग्राफीको रिपोर्ट यहाँबाट गर्नुस्

 

यस्तो हुन्छः

 

१. बालयौन दूराचार सँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध भएको फोटो, भिडियो हेर्ने, देखाउने र प्रसारण गर्ने सबैलाई बालयौन  दूराचारको अभियोगमा ५ देखी १० वर्षसम्म कैद हुन्छ।

२. चाइल्ड पोर्नोग्राफी हेर्ने, खोज्ने र देखाउने साथै कम्प्युटर, पेन ड्राइभ वा क्लाउडमा राख्नेहरुलाई पनि चाइल्ड पोर्नोग्राफीक सामग्री उत्पादन गर्नेलाई बराबर सजायँ हुन्छ। भनेको मतलब हो अर्चना पनेरुको फोटो भिडियो हेर्ने र राख्नेलाई पनि पाँच देखी १० वर्षसम्म जेल हुन्छ।

३. नेपाल भन्दा बाहिर दक्षिण कोरिया, मलेशिया, यूर्एइ, दुबई, कतार, ओमान, अष्ट्रेलिया, अमेरिका, वेलायत, हङकङ लगायतका देशमा बस्नेहरुलाई जेल सजायँको साथै देश निकाला गर्ने गरिन्छ।

४. एक पटक यस्तो खालको अपराधमा सजायँ पाएको मानिसलाई यूरोप, अमेरिका साथै अरबका देशले भिसा नदिने सम्भावना धेरै हुन्छ।

५. तपाइँहामी सबैले इन्टरनेटमा हेरेका, खोजेका जानकारी, भिडियो सबैको रेकर्ड बसेको देशको प्रहरीको नियन्त्रणमा हुने भएकाले यस्तो बाल यौन दूराचार जस्तो गम्भिर अपराधबाट जोगिने सम्भावना निक्कै कम छ।

किन रहस्यमय लाग्यो सुशील कोइरालाको मृत्यु ? यस्ता छन् शंकाहरु

किन रहस्यमय लाग्यो सुशील कोइरालाको मृत्यु ? यस्ता छन् शंकाहरु

क्यान्सर समेत जितेका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको एक्कासी मृत्युको खबर सुन्दा मंगलबार बिहान धेरै नेपाली अचम्मित बने । न बिरामीको हल्ला थियो न त कुनै दुर्घटना नै । त्यसैले पनि धेरैले पत्याएनन तर नपत्याई सुखै भएन ।

ठूल्ठूला अस्पतालहरुको नजिक बस्ने पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मृत्यु घरमै भएपछि यति बेला उनको मृत्युमाथि शंकै शंका उब्जिन थालेका छन् । यति मात्र होइन उनलाई ओढाइएको सिरक र उनको निधारमा समेत रगतको दाग देखिएपछि शंकाले लंका जलाउने प्रमाण मिलेको छ ।sushil

निधारमा लगाएको चन्दन टिकाले रगतको दाग छोपिएको देखिन्छ भने सिरकमा प्रष्ट रातो दाग देखिन्छ । कोइरालाको निधनको बिषयमा उनका निजी चिकित्सक, उनीसँगै बस्ने भाञ्जा लगायतका आफन्तहरुको बयान सुन्ने हो भने धेरैले अनुमान लगाउन सक्छन, कोइरालाको निधन जति आश्चर्यमिश्रित बन्यो, उति नै रहस्यमय पनि । किनकी उनीहरु बिचका कुरा पनि बाझिएका छन् ।

७९ वर्षीय कोइराला विगतमा क्यान्सर रोगी थिए । बुढ्यौली उमेरसँगै उनलाई क्रोनिक ब्रोङकाइटिस थियो । यसबीचमा निमोनिया पनि भएको उनका निजी चिकित्सक डा. करबीरनाथ योगीले बताएका छन् । घरमै उनलाई अक्सिजन दिएर राखिएको डा. योगीले बताएका छन् । उनका अनुसार कोइरालालाई इनजेक्सनबाट एन्टिवायोटिक दिइएको थियो । इन्जेक्सनबाट एन्टिवायोटिक दिनु गम्भीर स्वास्थ्य अवस्ताको द्योतक भएको कतिपय चिकित्सकहरुले बताएका छन् । sushil1

कोइरालाले केही दिनदेखि हिँडडुल गर्न छाडिसकेका थिए । टाढाका जिल्ला पुग्न नसके पनि काठमाडौंको जिल्ला अधिवेशनमा समेत उनी जान सकेनन् । यसबाट उनको स्वास्थ्य कस्तो भइसकेको थियो भन्ने प्रष्टिन्छ । स्वास्थ्य स्थिति कमजोर भएको सार्वजनिक भएमा महाधिवेशनमा उम्मेदवार बन्न र चुनाव जित्न सकिन्न भन्ने ध्येयले उनलाई अस्पताल लगेर उपचार नगरिएको अनुमान गर्न सकिन्छ ।कांग्रेस महाधिवेशनलाई ध्यानमा राखेर स्वास्थ्य स्थिति गुपचुप राख्ने प्रयास गरिँदा कोइरालाको घरमै निधन भयो ।

त्यसो त उनको निधनसंगै सामाजिक संजालमा शंका उपशंका र आक्रोशले भरिए । अन्नपूर्णपोष्टमा लामो समयदेखि अपराध बिटमा कार्यरत सुवास गोतामेले फेसबुक स्टाटस पोस्ट गर्दै लेखेका छन्–‘कुरो खोजको विषय छ । पुर्व प्रधानमन्त्री सुशील कोइरालाको राति मृत्यु भयो । उनलाई किन अस्पताल लगिएन ? कि उनको रेखदेख पुगेन । कि अस्पताल लैजान आवश्यक ठानिएन। बिरामी थिए भने किन समयमा अस्पताल पुर्याइएन ? यो खोजिको अनुसन्धानको बिषय छ । अकस्मात भित्र कुनै षड्यन्त्र त छैन ? शंका गर्न सबैलाई छुट छ ।’  shanka2

पत्रकार तथा लेखेक नरेन्द्र जंग पिटर फेसबुकमा लेख्छन् ‘काग्रेस महाधिवेशनकाे पूवर्सन्ध्यामा भएकाे काेइर्रालाकाे मृत्यूले अनेकाैँ जिज्ञाशा र अासंका जन्मार्इदिएका छन । राजनीति क्रुर हुन्छ, देखिएका भन्दापनि नदेखिएका पक्षहरू धेरै हुन्छन् ‘ । यति भन्दै उनले ६ प्रश्न गरेका छन् । हेर्नुस उनका प्रश्न :

१) त्याे अभेध्य किल्ला कुन थियाे, जस्ले अाफना नेताकाे विग्रएकाे स्वास्थवारे जनता र मिडियाले पनि चुँसम्म थाहा पाँउन सकेन ? राज्यले उँहाको  स्वास्थलार्इ कराेडाैँ तखर्च गरिसकेकाे थियाे, याे अवस्थामा किन उहाँलार्इ सुविधा सम्मपन्न अस्पताल लगिएन ?

२) अशक्तताकाे वाबजुद किन उहाँलार्इ नै सभापतिकाे उमेदवार बन्न विवस गरार्इयाे ? अवकाे नेपाली काग्रेसकाे बाटाे के ? के काेइरालापरिवारवाट काग्रेसी नेतृत्व अन्त सर्नेकालकाे याे पूर्वसन्ध्या नै हाे ?

३) निवर्तमान प्रधानमन्त्री र प्रतिपक्षदलकाे प्रमुख नेताकाे स्वास्थवारे सरकार जानकार त थियाे ? narendra jung peter

४) साेसल मिडियामा भार्इरल भएकाे र अनलाइर्इन मिडियाले समाचार बनाएकाे उनकाे टाउकाकाे चाेट र सिरकमा रहेकाे रगतकाे दाग के, कसाे हाे ?

५) मूलधारका छापा मिडियामा यत्राे ठूलाे खवर कसरी अाँउन सकेन ? (नेपाली पत्रकारिताकाे हैसियत)

६) भूकम्पपछि थिलथिलाे भएकाे, हिमपात र ठंडी झेलीरहँदा लाखाैँलार्इ असर, हजाराैकाे मृत्युकाे कारक बनेकाे नाकावन्दीकाे दाेषी भारतिय सत्ताले एकाएक काेर्इरालामृत्युमा देखार्इएकाे श्रषृषीमनभित्र खवरभित्रकाे खवर र अासय मानवियता नै हाे त ?

पत्रकार, लेखक तथा अधिबक्ता समेत रहेका स्वागत नेपालले पनि घटनालाई छानबिन गर्न पर्ने इंगित गर्दै भनेका छन् ‘ ज्ञानेन्द्रलाई भातृशोक पर्दा शंका गर्नेहरु माथि पनि शंका गर्न पाउनु पर्छ’  ।

shanka1

त्यस्तै अर्का संचारकर्मीले सुशील कोइरालाको मृत्यु हो कि हत्या भन्दै छानबिन गर्न माग गरेका छन्  ।

sushil fb

अर्का एक पत्रकार लेख्छन् ‘सुशील कोइराला केही दिन देखि निमोनियाले सिकिस्त थिए भने किन अस्पताल पुर्याइएन ?? सुशीलको मृत्यु हो कि हत्या ? छानबिन हुन जरुरी छ !’

sushil fb2

हेर्नुस फेसबुकका अन्य पोस्ट

fb sushil 4

fb sushil 3
shanka

 ट्वीटरमा पनि यहि बहस ।

 sushil twitsushil twit2sushil twit3sushil twit4sushil twit5
यद्दपी कोइरालाको पारिबारिक स्रोतले भने उनको मृत्यु प्राकृतिक नै भएको बताउदै हल्लाको पछि नलाग्न आग्रह गरेको छ । यस बिषयमा थुप्रै अनलाइनहरुले समाचार सामग्री प्रकाशन गरेका छन् ।
सकारात्मकमा प्रकाशित यो समाचार पढ्नुहोस : कोइरालाको स्वास्थ्य स्थिति लुकाउन अस्पताल लगिएन
यी हुन्, बी ग्रेडका सेक्सी र्सटमुभी बनाउने युट्यूब च्यानल

यी हुन्, बी ग्रेडका सेक्सी र्सटमुभी बनाउने युट्यूब च्यानल

 

‘कि रेखाको चल्छ, कि देखाको चल्छ’ नेपालको मनोरञ्जन क्षेत्रको मुल मन्त्र बनेको छ। त्यति मन्त्र जपेर र्सट मुभिको नाममा बी ग्रेडका छोटा चलचित्र बनाउने र बन्ने क्रम बढिरहेको छ। कम्प्युटर तथा मोबाइलमा एक्लै बसेर हेर्ने धेरै भएर होला विभिन्न मिडियाका नाममा खुलेका युट्यूब च्यानलमा राखिएका फिल्महरु दुर्इ जना मिलेर हेर्ने खालका पनि छैनन्।

 

सेन्सर बोर्डले अनुगमन पनि नगर्ने र मानिसहरुले पनि सेक्स शब्द जोडिएपछि धेरै हेर्ने कारण ‘हट’, ‘सेक्सी’ जस्ता शब्द जोडिएका धेरै भिडियो सामग्री बनाउने र राख्नेहरु धेरै छन्। फिल्म हल भन्दा पनि युट्यूबमा धेरै मानिसले फिल्म हर्ने साथै बनाउन सस्तो र कसैलाई कमिसन दिनु नपर्ने कारण भिडियो खिच्ने क्यामेरा र जान्ने जतिको कम्तिमा पनि एउटा युट्यूब च्यानल छ। सेक्सको खपत यति छ कि अहिले नाम चलेका भनेका लोकगायकको म्यूजिक भिडियो टाइटलमा पनि सेक्स शब्द घुसेकै देखिन्छ।

 

भारतीय बी ग्रेडका ‘भाभी की जवानी’लाई पछाडी पार्दै युट्यूबमा नेपाली सेक्सी बी ग्रेडका र्सटमुभीको बाढी लगाउने पाँच च्यानल यी हुन्।

 

पीएनपी मिडिया प्राली

एकलाख भन्दा धेरै सब्सक्राइबर रहेको यो च्यानल सरकारी रुपमा नै दर्ता भएको दाबी गर्छ। सन् २०११ मा युट्यूबमा सुरु भएको यो च्यानल सात करोड भन्दा धेरै पटक हेरिइरहेको छ।

 

इन्जोय नेपाल

१६ हजार भन्दा धेरै सब्सक्राइबर रहेको यो च्यानल सन् २०१३ मा युट्यूबमा सुरु भएको हो। यो च्यानल एक करोड भन्दा धेरै पटक हेरिइरहेको छ।

हाइलाइटस् नेपाल

सन् २००९ मा स्थापना भएको हाइलाइटस् नेपालको युट्यूब च्यानल भने सन् २०१३ बाट सुरु भएको हो।  यो च्यानल पनि सात करोड भन्दा धेरै पटक हेरिइसकेको छ।

 

एनके टीभी

१८ हजार सब्स्क्राइबर रहेको यो च्यानल सन् २०१५ मा सरु भएको हो। नेपाली कला टीभी नामको यो च्यानल ९० लाख भन्दा धेरै पटक हेरिइसकेको छ।

 

इनेपाल

एक हजार भन्दा कम सब्स्क्राइबर रहेको यो च्यानल सन् २०१५ मा सुरु भएको हो। यो च्यानल र यसका भिडियो करिब पाँच लाख पटक हेरिएको छ।

 

 

 

तपाइँले यी बाहेक अरु च्यानलमा पनि यस्ता बी ग्रेडका सेक्सी र्सटमुभी देख्नुभएको छ भने कमेन्टमा लेख्न नभुल्नु होला।

Nepali young made #DonateOilToIndianEmbassy

Nepali young made #DonateOilToIndianEmbassy

Several Nepali twitter users, fundamentally young people, came to the Indian embassy in Lainchaur to give fuel to the embassy on Wednesday evening as a type of challenge against the informal blockade forced on Nepal by India.

Twitte group went to the embassy with petrol filled in bottle to give Indian embassy.

Prior on Wednesday, the adolescents propelled a crusade by means of Twitter utilizing hashtag #DonateOilToIndianEmbassy after news spread that Indian embassy had asked for the Nepal Oil Corporation (NOC) to provide 100 to 150 liters fuel.

Know what girls think about you

Know what girls think about you

these girls going viral

Do you have lots of girls in Facebook friend list? If you have, you didn’t miss to comment their activities and; for photos pretty sure your comment would be obeisance and sometime you cross the limit and mixed fanciful things, actually your compliment don’t match with her appearance. Actually you are doing such things to impress her but do you think what such girls think about you? Nope never… Here are some videos in which Nepalese teenager girls expressing how they feel about you:

First Video

Second Video

Third Video