अप्रिल 28, 2016 | भिडियो, हट टपिक्स
नेपाली सिरियलहरु मध्ये लोकप्रिय सिरियल हो भद्रगोल । तर भद्रगोलको पछिल्लो एपिसोडमा भूत आतंक छाएको छ । भद्रगोलका मुख्य कलाकार पांडेको मृत्युपछि भद्रगोलमा भूत आतंक सिर्जना भएको हो ।
जयन्तेसंगै बाटोमा हिडिरहेका उनलाई गाडीले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु लगतै उनको दाह सस्कार गरिए पनि उनको आत्मा भड्किएको भन्दै सिरियल भद्रगोलमा पाडेको भूत आतंक मच्चिएको छ । पांडेको गाउमा मात्रै होइन बेलासेको मामाघरमा समेत पांडेको भूत पुगेको भन्दै कोकोहोला मच्चिएको छ ।
लामो समयदेखि दर्शकमा मनमुटुमा बस्न सफल भद्रगोलको यो पछिल्लो शृंखला धेरैको रोजाईमा परेको छ । यसमा पांडे र उनको भतिजा जयन्तेले खेलेको भूमिकालाइ दर्शकले निकै मन पराएका छन् । सिरियलमा पांडेलाई जिउदै गाडिएको दृश्यले धेरैको मन छोयो ।
पांडेको मृत्यु रियल नभएर रिल हो । भद्रगोलको यो शृंखलाले भरपुर मनोरञ्जन दिएको छ । भद्रगोलको यो शृंखलामा जिग्री समुहको सहभागीता रहेन । भद्रगोलमा पांडे, जयंते, जिग्री, बले, साङ्लो बोरो, रक्षा, बेलासे लगायतको अभिनय हेर्न पाइन्छ । सिरियलमा उनीहरुले प्रयोग गर्ने थेगो र हाउभाउका कारण भद्रगोल हिट भएको हो ।
यो शृंखला हेर्न यहाँ क्लिक गर्नुहोस
अप्रिल 27, 2016 | फेमस, भिडियो, हट टपिक्स
यु-ट्युब र सामाजिक संजालहरुमा यति बेला एउटा भिडियो भाइरल बनिरहेको छ । नेपाल प्रहरीकै बदनामी हुने खालको यो भिडियो ’bout कहाँ कुन ठाउँमा र किन भन्ने कुनै जानकारी छैन तर यहाँ एक महिलालाई दुई प्रहरीले घिसारिरहेको देखिन्छ । महिला चिच्याइरहेका छन् । भनेको नमानेपछि महिला प्रहरीले ति महिलाको कपाल समातेर घिसारेको भिडियोमा देखिन्छ ।
हेर्नुस भिडियो
अप्रिल 25, 2016 | भिडियो, हट टपिक्स
बिनाशकारी भूकम्प गएको पनि एक बर्ष बित्यो । यो दिनको सम्झनामा आइतबार देशभर विभिन्न कार्यक्रम भए । सरकारले भूकम्प गएको वर्ष दिन पुगेको दिन पारेर पूनर्निर्माण थालेको छ ।
साथै भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा दीपप्रज्वलन गरिएको छ । माइतीघर मण्डलामा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंम उपस्थित भएका थिए । वैशाख १२ र २९ को भूकम्पमा परी झण्डै ९ हजारको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए । लाखौ सर्वसाधारण घरबारबिहिन भए । उनीहरु मध्ये अधिकांश अझै टहरमै बसेका छन् । राहतका कार्यक्रमहरु प्रचारबाजीमै सिमित भए ।
भूकम्पले राजधानीमा बनेका थुप्रै महलहरु गर्ल्यामगुर्लम ढले । ति ढलेका दृश्यहरु नजिकका सर्वसाधारणले देखे पनि अन्यले भग्नावशेष मात्र देखे । एक दिन अघि महल ठडिएको ठाउमा भोलिपल्ट भग्नावशेषहरु मात्र देख्दा सर्वसाधारणको मन चिसो मात्रै बनेन पत्याउनै मुस्किल बन्यो । तर यसरी ठूला संरचनाहरु भत्किएका दृश्यहरु कमैले भिडियोमा रेकर्ड गर्न भ्याए । बर्षभरी नै भाइरल बनेको एउटा भिडियो आज हामीले प्रस्तुत गरेका छौ ।
कसको थियो यो बिल्डिङ ?
टोखा नगरपालिका १० को यो भवनमा मोर्गान कलेज संचालन भैरहेको थियो । यस कलेजमा इन्जीनियरिङ् तर्फ बिई सिभिल, बीई इलेक्ट्रिकल, होटल म्यानेजमेन्ट तथा बिबिए अध्यापन हुन्थ्यो । दाङ्का दिपेन्द्र भण्डारीले संचालन गरेको यो कलेजमा ४ सय भन्दा बढी विद्यार्थी अध्ययन गर्दथे । बैशाख १२ गते शनिबार परेकाले ठूलो क्षति हुनबाट जोगियो । बिस २०६६ मा बिना श्रेष्ठ केसीले बनाएको यो घर तीन बर्ष अघि कलेजले भाडामा लिएको थियो । स्थानीय नगरपालिकाले ६ तलाको स्वीकृति दिए पनि भवन ७ तल्ला बनाइएको थियो जसको अन्डरमग्राउण्डमा पूरै रिजर्ब ट्यांकी थियो ।
यस्तो थियो ढल्नु अघि

यसरी ढलेको थियो (हेर्नुस भिडियो)
अप्रिल 17, 2016 | प्रेरक, फेमस, भिडियो, हट टपिक्स
पेट्रोलियम पदार्थ सिमित देशहरुमा मात्रै उत्पादन हुन्छ तसर्थ बिश्वका थुप्रै देशहरु डिजेल पेट्रोलको अभावमा पिरोलीरहेका छन् । यसबाट नेपाल पनि अछुतो छैन । केही समय अघि भारतीय नाकाबन्दी हुँदा देखिएको हाहाकारले सर्वसाधारणले हदैसम्मको दुख भोग्न बिबस भए ।
भारतका एक मेकानिकले पानीबाट चल्ने गाडी बनाएर चमत्कार गरेका छन् । भारतको मध्य प्रदेशका एक गाडी बनाउने मेकानिकले पानीबाट चल्ने कारको आविष्कार गरेका हुन् । रइस मकरानी नामका यी मेकानिकले भर्खरै मध्यप्रदेशको सागर जिल्लामा चार सिट भएको पानीबाट चल्ने कार बनाएका छन् । 
आफ्नो प्रविधि लिएर चीन गएका रइसले त्यहाँको सियाग सहरमा विद्युतीय गाडीहरु बनाउने कम्पनीसँग थप उपकरण लिएर भारतमा पेट्रोलको सट्टा पानीबाट चल्ने कार निर्माण गरेका हुन् ।
विगत १५ वर्षदेखि मेकानिकल काम गरिरहेका रइसले आफु कहिल्यै स्कुल नपढेको र घरमा समेत पढाइलेखाई नगरेको बताएका छन् । उनले आफ्नो कामको अनुभवबाटै उनले पानीबाट चल्ने कार बनाएर हुन् ।
कसरी बन्यो यो गाडी ?
मेकानिक रईस सधैजस्तै एक गाडी बनाइरहेका थिए, त्यही बेला उनको दिमागमा एउटा आइडिया आयो । उनले कारको इन्जिनमा बदलाब गरेर गाडीको फ्युल ट्यांकीमा पेट्रोलको सट्टा पानी र क्याल्सियम कार्बाइडको पाइप लगाए ।
त्यसपछि गाडीलाई स्टार्ट गर्दा इन्जिन अन देखायो । यो काम यति सजिलै भएको थियो, तर उनलाईै सबै अध्ययन गर्दागर्दै गाडी निर्माण गर्न भने पुरै पाँच वर्ष लागेको थियो । रईसले तयार गरेको कारमा २० लिटर पानी र २ किलो क्याल्सियम कार्बाइडको मिश्रणबाट २० किलोमिटर गुड्छ ।
यो टेक्नोलोजी अनुसार पानी र क्याल्सियम कार्बाइड मिलाउँदा एसिटिलीन पैदा हुन्छ । मेकानिक रईसले एसिटिलीनबाट चल्ने इन्जिन तयार गरि यो गाडिमा फिट गरेका छन् । जसका कारण एसिटिलीन बन्ने वित्तिकै कार चल्न सुरु गर्छ ।
हेर्नुस भिडियो
अप्रिल 3, 2016 | फेमस, भिडियो, हट टपिक्स
वार्डरोव मलफङ्सनबाट धेरै सेलिब्रेटी पिडित छन् । आफुलाई पत्तो नभई हुने यस्ता मलफङ्सनले सेलिब्रेटीहरु हत्तु हैरान नै हुन्छन । नेपालका सदाबहार नायिका मानिने करिश्मा मानन्धरदेखि अहिलेका हिट हिरोइन प्रियंका कार्कीसमेतको मलफङ्सन सार्वजनिक भएका छन् । बलिउड र हलिउडका सेलिब्रेटीहरुको त यस्ता घटना निकै भेटिएका छन् । अचानक भैदिने यस्ता घट्नाले सेलिब्रेटीको जीवनमा ठूलै हलचल मच्चाई दिन्छ ।
यहाँ एक जना टिभी प्रोस्तोताको पनि लाजमर्दो मलफङ्सन सार्वजनिक भएको छ । जुन अहिले बिश्वभरका मिडियाहरुमा भाइरल बनिरहेको छ । केही दिन अघि मात्रै सार्वजनिक यो भिडियो अहिले लाखौ पटक हेरिएका छन् । सयौले यो भिडियो युट्युबमा अपलोड गरेका छन ।
मेक्सिकनका मौसम रिपोर्टरको भिडियो सार्वजनिक भएको हो । टिभीमा मौसम समाचार प्रस्तुत गर्दै गर्दा देखिएको मलफङ्सनले अहिले उनी बिश्वभरका मिडियामा छाइरहेका छन् । उनको नाम हो सुसना अल्मेइडा । यस किसिमको उनको मलफङ्सनलाई क्यामेल टो भनिन्छ । भिडियोमा उनको यौनांगको आकृति छर्लंग देखिएका छन् । भिडियो सार्वजनिक भएपछि उनले आफु व्यस्तता भएका कारण कपडाको राम्ररी ख्याल गर्न नसकेको बताएका छन् ।
हेर्नुस भिडियो
मार्च 31, 2016 | भिडियो, स्पोर्टस्, हट टपिक्स
आज (बुधबार) नेपाली समयअनुसार ७:४५ बजे भारत र वेस्टइन्डिजबीच टि २० बिश्वकपको दोस्रो सेमिफाइनल भिडन्त हुदै छ । यस खेलमा जित हात पार्ने टोलीले अप्रिल ३ मा हुने उपाधि भिडन्तमा इंगलैंडसँग प्रतिस्पर्धा गर्ने छ ।
भारत-वेस्टइंडीजबीचको खेलमा दर्शकको विराट कोहली र क्रिस गेलमा पर्ने छ । कोहली भारतीय टोलीका सबै भन्दा सफल ब्याट्सम्यान हुन् भने क्रिस गेल वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान हुन् । यी दुईबीचको मुकबाला रोमान्चक हुने अनुमान गरिएको छ ।

हेर्नुस आजको खेल’bout १० तथ्य
१ . टि २० बिश्वकपको इतिहासमा यी दुई टोली फाइनल प्रवेशका लागि एक आपसमा प्रतिस्पर्धा गर्न लागेको यो नै पहिलो अवसर हो ।
२ . टि २० बिश्वकपको समुह चरणमा भारत र वेस्टइंडीज ३ पटक (२००९, २०१०, २०१४ ) आमने-सामने भएका छन् । जस मध्ये वेस्टइन्डिजले दुई खेल जित्यो भने भारतले एक खेलमा बिजयी हात पार्यो ।
3. यी तिनै खेल हुँदा भारतीय टोली महेन्द्र सिंह धोनीको लप्तनीमा थियो भने वेस्टइन्डिजको तर्फबाट २००९ र २०१० को खेलमा क्रिस गेलले टोलीको कप्तानी गरेका थिए । २०१४ को खेलमा भने डेरेन सेमीले टोलीको नेतृत्व गरेका थिए ।
4.यी खेलमा सर्बाधिक व्यक्तिगत रनको रेकर्ड क्रिस गेलको नाममा छ । उनले २०१० को टि २० बिश्वकपमा ६६ बलमा ९८ रन बनाएका थिए । जसमा ५ चौका र ७ छक्का सामेल थिए ।
5. उत्कृष्ट बलिंग तर्फको रेकर्ड पनि वेस्टइन्डिज कै नाममा छ । २००९ को खेलमा ड्वेन ब्रावोले ३८ रन दिएर ४ विकेट लिएका थिए । जुन यी दुई टोलीबीचको उत्कृष्ट रेकर्ड हो ।
6. आजको खेल वानखेड़े स्टेडियममा हुदै छ । यहि मैदानमा २०११ मा भारतले श्रीलंकालाई पराजित गर्दै एक दिबशीय बिश्वकप जितेको थियो ।
७. भारतीय टोली टि २० बिश्वकपको सेमिफाइनलमा प्रवेश गरेको यो तेस्रो पटक हो । २००७ मा भारत पहिलो पटक सेमिफाइनल पुगेको थियो र यहि बर्ष उसले विश्वकप पनि जितेको थियो । त्यसपछि भारत २०१४ मा 2 सेमिफाइनल पुगेको थियो तर उसले श्रीलंकासँग हार बेहोर्यो ।
८. वेस्टइंडीज ४ पटक टि २० बिश्वकपको सेसिफाइनलमा पुगेको छ । २००९ र २०१४ को सेमिफाइनलमा वेस्टइन्डिज पराजित भएको थियो भने २०१२ मा उसले उपाधि चुमेको थियो ।
९. आजको खेलमा भारत बिजयी भए भारत टि २० बिश्वकपको फाइनलमा ३ पटक प्रबेस गर्ने दोस्रो टोलि हुने छ । भारत यस अघि २०७ र २०१४ को फाइनलमा पुगेको थियो । श्रीलंका ३ पटक (२००९, २०१२, २०१४ ) फाइनलमा पुगेको छ ।
१०. यदि महेन्द्र सिंह धोनीको टोलीले आज हात पारेमा उनले अर्को इतिहास रच्ने छन् । उनी कप्तानको रुपमा ३ पटक फाइनल खेल्ने पहिलो खेलाडी बन्ने छन् ।
हेर्नुस क्रिस गेल र बिराट कोहलीको ग्याङ्नम स्टाइल डान्स