टेक्नोलोजी

वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्स

तपाईको मोबाइल/ल्यापटपमा वाइफाईको सिग्नल देखिन्छ तर पासवर्ड नभएर वाइफाई चलाउन पाइराख्नु भएको छैन भने अब ढुक्क हुनुस । तपाईका लागि हामीले केही टिप्ससहितको खुराक ल्याएका छौ । यी एप्सहरु प्रयोग गरेर निर्धक्क वाइफाईको पासवर्ड पत्ता लगाउन सक्नु हुन्छ । कुन कुन हुन् त वाइफ़ाइको पासवर्ड पत्ता लगाउने ५ एप्स ?

Read More »

२०७२ मा प्रबिधि क्षेत्रका १४ उपलब्धि

२०७२ हामीबाट बिदा भैसकेको छ । ०७२ सालमा बिकासको प्राथमिक आधार मानिने सूचना प्रबिधि क्षेत्रमा केही उल्लेख्य प्रगतिहरु भएका छन् । हेर्नुस् यो बर्ष भएका १४ उपलब्धिहरु ।

Read More »

चीनको चमत्कारले भारतलाई बज्रपात: बन्यो अहिलेको भन्दा ३ गुणा तातो सूर्य (हेर्नुस फोटोफिचर)

सूर्य भन्दा पृथ्वी कयौ माइल टाढा छ तर पनि अलिकति गर्मी बढ्ने बितिक्कै हामीलाई उकुसमुकुस हुन्छ । तर अहिलेको प्राकृतिक सूर्य भन्दा पनि तीन गुणा तातो सूर्य बनेको छ । अब सोचौ, यसको तापक्रम कति होला ? अनि यो बिष्फोट भए नेपाल, भारत लगायत छिमेकी मुलुकको हालत के होला ? चीनको हेफेई शहरमा अवस्थित ‘इन्स्टिच्यूट अफ फिजिकल साइन्स’मा भएको यस खोजको परीक्षणमा ‘एक्स्पेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ् टोकामाक’ (Experimental Advanced Superconducting Tokamak- EAST) नामक मेसिनको प्रयोग गरिएको थियो। यस मेसिनले हाइड्रोजनलाई ५ करोड केल्भिनसम्म तताउन सफल भएको हो, जुन सूर्यको सतहभन्दा ३ गुणा तातो हो। (सूर्यको सतहको तापक्रम करीब १ करोड ५० लाख केल्भिन रहेको हुन्छ)। बैज्ञानिकहरु कृत्रिम सूर्य निर्माण गर्न सफल भएका हुन् । ग्यासको तुलनामा न्यूक्लियर इनर्जी बढी महत्वपूर्ण र प्रभावकारी हुने हुँदा कृत्रिम सूर्य निर्माण गर्न सफल हुनुले सूर्यबाट प्राप्त इन्धनमाथिको परनिर्भरतालाई अन्त्य गर्न सकिने चिनियाँ बैज्ञानिकहरुले विश्वास लिएका छन् । चीनको यो नयाँ प्रयोगमा भने वैज्ञानिकहरुले ५ करोड डिग्री केल्भिन तापक्रमलाई १०२ सेकेण्डसम्म नियन्त्रण गर्न सफल भएका छन्। अंग्रेजी अखबार मिररको अनलाइन संस्करणका अनुसार चीनका वैज्ञानिकहरुले ५ करोड डिग्री सेल्सियस तापमानलाई त्यो समयसम्म कायम राख्न सफल भए जुन समयसम्म न्युक्लियर फ्युजन च्याम्बरको कोर यो तापमानमा पग्लेर नष्ट हुँदैन । वैज्ञानिकहरुका अनुसार अब सूर्यसहितको इन्धनमा हाम्रो निर्भरता समाप्त हुन सक्नेछ किन कि ग्यासमार्फत पैदा हुने न्युक्लियर इनर्जीलाई धेरै मात्रामा प्रयोग गर्न लायक इन्धनमा बदल्न सकिनेछ । चिनियाँ वैज्ञानिकहरुको यो आविष्कार त्यो प्रोजेक्टको हिस्सा हो जसबाट न्युक्लियर फ्युजन रियक्टरमार्फत प्रयोग गर्न लायक इन्धन बनाउन सकियोस् । चीनको यो आविष्कारसंगै बिश्वका शक्तिशाली राष्ट्रहरु तिनछक परेका छन् । स्मरण रहोस बिश्वका अमेरिका, जापान लगायत मुलुकहरु ब्यबसायिक र आविस्कारका दृष्टिकोणले चीनका प्रतिष्पर्धी हुन् । शत्रुताको दृष्टिकोणले कुकुर- बिरालो जस्तै सम्बन्ध भएको भारतलाई त चीनको यो आविष्कार बज्रपात नै भएको छ । हेर्नुस फोटोफिचर  यो पढ्न छुट्यो कि ? भारतले बंगलादेशलाई उडाएको भिडियो भाइरल (हेर्नुस भिडियो)

Read More »

भारतमा बन्यो बिना ड्राईभर चल्ने कार

विश्वभर गुगलको स्वचालित कारको चर्चा चलेको समयमा भारतका एक युवाले ड्राईभर बिना नै चल्ने कार तयार पारेका छन्। भारत राजस्थानका २८ वर्षिय भोमराज सिंहले आफ्नो ७९६ सिसिसको मारूती सुजुकी कारलाई नै बिना ड्राईभर मोबाइलको सहायताले चलाउन सकिने बनाएका हुन्। उनले बनाएको कारको रोड टेस्ट पनि भइसकेको छ। सिंह कारको सुरक्षा प्रविधि भरपर्दो रहेको दाबी गर्छन। कारलाई ड्राईभर बिहिन बनाउनका लागी उनले कारको ड्राईभर बस्ने सिट निकालेर त्यहाँ आफैले जोरजाम गरेको घरेलु उपकरणहरू फिट गरेका छन्।

Read More »

‘लङ् टाइम’ ब्याट्री टिक्ने ६ स्मार्टफोन

के तपाई आफ्नो फोनको ब्याट्री 'लङ् टाइम' नटिकेर हैरान हुनुहुन्छ ? उसो भए यो तपाईका लागि खुसीको खबर हुन् सक्छ । धेरैजसो स्मार्टफोनको प्रयोगकर्ताहरु ब्याट्री नटिक्ने समस्याले गर्दा हैरानीमा हुन्छन । वास्तवमा हाम्रै स-साना गल्तीले यस्ता समस्या निम्ति रहेका हुन्छन, जुन हामीलाई थाहा हुदैन । तर बजारमा त्यस्ता स्मार्टफोन पनि छन् जसको ब्याट्री धेरै लामो समयसम्म टिक्छ । कुन कुन हुन् त सबैभन्दा धेरै ब्याट्री टिक्ने ६ स्मार्टफोनहरु ? पढ्नुहोस...

Read More »

सेल्फी खिच्नु अघि ध्यान दिनुपर्ने १३ कुरा

विश्वका बिभिन्न देशहरुमा सेल्फीकै कारण मृत्यु भएका धेरै घटनाहरु छन् । सन् २०१५ मा सेल्फी खिच्ने क्रममा २७ को मृत्यु भएको पाइयो ।सन् २०१४ मा सेल्फी खिच्दा कम्तीमा १८ को मृत्यु भएको थियो । नेपालमा भने पहिलो पटक सेल्फीले एक युवतीको ज्यान लिएको छ । चितवनको नारायणी नदीमा सेल्फी खिच्ने क्रममा नवलपरासीको गैंडाकोट १६ बस्ने विस्मिता ज्ञवाली नदीमा डुबेर बेपत्ता भइन् । उनी सेल्फीको सोखिन थिइन त्यसैले नारायणीको उर्लदो भेललाई समेत उनले नजरअन्दाज गर्न सकिनन । उनको साथमा गएकी उनकी साथी १८ वर्षीया नम्रता सापकोटालाई भने बग्दै गरेको अवस्थामा ४० मिटर परबाट उद्दार गरिएको थियो । के तपाई पनि 'सेल्फी क्रेजी' हुनुहुन्छ ? उसो भए सेल्फी खिच्नु अघि ख्याल राख्नुस यी १३ कुरा

Read More »

पाँच तरिका स्मार्टफोन सुरक्षित राख्ने

स्मार्टफोन, आम मानिसको आवश्यकताको साधन बनिसकेको छ। यतिखेर नेपालमा मात्र २० लाख भन्दा माथि स्मार्टफोन प्रयोगकर्ता रहेको अनुमान गरिएको छ। यद्यपी यो संख्या नै वास्तविकता नहुन पनि सक्छ। स्मार्टफोनको प्रयोगबाट आम दैनिकी पनि स्मार्ट बनेको छ। घर र कार्यालय बीचको दूरी मेटाइदिएको छ स्मार्टफोनले। स्मार्टफोनको प्रयोग गरेर धेरैले कार्यालय र व्यवसायिक कामहरु पनि गर्ने गर्दछन्। जसका कारण स्मार्टफोनको सुरक्षामा ध्यान दिनु पनि आवश्यक भइसकेको छ। तपाइँका गोप्य सूचना र जानकारीहरु स्मार्टफोन हराउँदा वा कार्याल, घरमा छोडेको अवस्थामा अरुको पहुँचमा नपुगोस् भन्नका लागि स्मार्टफोनलाई सुरक्षित राख्न यस्ता पाँच तरिका छन् जो निशुल्क र सजिलै अपनाउन सकिन्छ।

Read More »

यसरी मेटाउनुस आफूलाई इन्टरनेटबाट

इन्टरनेट, सूचनाको महामार्ग। यसमा आफूलाई समाहित गर्न जति सजिलो छ यसबाट मुक्त हुन निक्कै कठिन। इन्टरनेटमा राखिएका जानकारी तथा सूचनाहरु मेटाउन निक्कै कठिन हुन्छ। अहिले सामाजिक सञ्जालको विकाससँगै बढेको प्रयोगले त दैनिकी र जिन्दगीमा नै नयाँ जञ्जाल थपेको छ। जसले गर्दा व्यक्तिको गोपनियता पनि संकटमा पर्दै गएको छ। एकातिर सामाजिक सञ्जाल मानिसलाई अल्छि र कामचोर बनाउँदै छन् भने अर्को तिर गोप्यता चुहिएर आर्थिक र भौतिक क्षतिको डर पनि बढिरहेको छ। जसका कारण विश्वभर मानिसहरु आफू र आफ्ना सूचनालाई इन्टरनेटबाट हटाइरहेका छन्। त्यसका लागि सजिलो उपाय तयार पारेको छ हुइजहोस्टिङदिसले। जसलाई अपनाएर तपाइँ आफूलाई इन्टरनेटबाट हटाउन अनि लुकाउन सक्नुहुन्छ।

Read More »

इमेल बिना नै चलाउनुस फेसबुक

फेसबुक, वास्तविक जिवनमा लाइफ बुक बनिसकेको छ। विश्वको सबैभन्दा चर्चित, लोकप्रिय यो सामाजिक सञ्जालमा दैनिक करोडौं मानिसहरु लगइन गर्छन् भने सयौंले आफ्नो एकाउन्ट बन्द पनि। अरुको नाममा फेक फेसबुक एकाउन्ट र पेज खोल्नेहरुका लागि त यस्ता एकाउन्टको इमेल आइडी बिर्सनु सामान्य कुरा नै हो। तर तपाइँलाई फेसबुक एकाउन्ट चलाउँदाको इमेल आइडी याद छैन भने पनि तपाइँले फेसबुकको आफ्नो एकाउन्ट एक्सेस गर्न (खोल्न) सक्नुहुन्छ। त्यसो त फेसबुक चलाउनका लागि इमेल नै आवश्यक पर्दछ भन्ने छैन।

Read More »

गुगलबाट जानौं कहाँ जान कति लाग्छ

गुगल, तपाइँको मनमा उब्जेका प्रश्नको जवाफ दिने वेबसाइट भने हुन्छ यसलाई। हुन पनि इन्टरनेट सर्च इन्जिन गुगल मनचिन्ते झोली जस्तो छ। जसले जे खोजे पनि मिल्ने। नेपालमा इन्टरनेट चलाउनेहरु अधिकांशको होम पेजका रुपमा नै गुगल सेट भएको हुन्छ। गुगल र फेसबुकको प्रयोग इन्टरनेट कनेक्सन जाँच्नका लागि समेत प्रयोग हुन्छ। गुगल एउटा र्सच इन्जिन मात्र होइन तपाइँ हामीले यसका विभिन्न सेवाहरु प्रयोग गरिरहेका छौं। इमेज, सामाजिक सञ्जाल, निशुल्क सफ्टवेयरहरु, एनालिटिक्स, विज्ञापन सेवा यस्ता अनेकन सेवा छन्। यी सबै भन्दा बढि चर्चामा रहेको र लोकप्रिय सेवा चाहिँ खोज्ने (र्सच) नै हो। मनमा निस्केका हरेक प्रश्न जवाफका लागि कसैलाई सोधिन्छ भने पहिलो गुगल नै पर्छ।

Read More »