टेक्नोलोजी

मोजिला फायरफक्सका सर्टकटहरु

मोजिला फायरफक्स इन्टरनेट चलाउनका लागि धेरै नै मन पराइएको ब्राउजर हो। निशुल्क रुपमा डाउनलोड गर्न पाइने र चलाउन सजिलोका कारण पनि धेरै मानिसका कम्प्युटरमा यो फायरफक्स धेरै छनौटको इन्टरनेट ब्राउजर बन्न सकेको छ। नेपालका कम्प्युटर प्रयोगकर्तामा मोजिला फायरफक्स र गुगल क्रोम उस्तै उस्तै लोकप्रिय छन्।

Read More »

के तपाइँको वेबसाइट छ सुरक्षित?

इन्टरनेटमा विभिन्न वेबसाइट हेर्ने तथा खोज्ने क्रममा केही वेबसाइटलाई आफ्नो ब्राउजरले खोल्नबाट रोकेको अनुभव गर्नुभएकै होला। त्यसो त गुगलमा र्सच गरेर भेटिएका पेज मध्ये केहीमा यो पेजमा गएको खण्डमा तपाइँको कम्प्युटरमा खराबी आउनसक्छ भनेर चेतावनी दिएको पनि देख्नु भएकै होला। ती वेबसाइटहरु भाइरस तथा मलवेयर प्रभावित भएकाले तपाइँको कम्प्युटरमा नखुलेका हुन्। इन्टरनेट ब्राउजरले नै यस्ता खालका वेबसाइटलाई रोकिदिन्छन्। यदी कुनै वेबसाइटमा भाइरस तथा मलवेयर रहेछ भने त्यसले विभिन्न खालका सफ्टवेयर तपाइँको कम्प्युटरमा राखिदिन खोज्छ। जसले तपाइँको कम्प्युटरलाई बिगार्दैन मात्र तपाइँका सूचनाहरु अज्ञात हृयाकर सम्म पुरयाउँछ। यदी तपाइँ वेबसाइट तथा ब्लग चलाउनुहुन्छ भने तपाइँले आफ्नो वेबसाइट कतिको सुरक्षित र भाइरस मुक्त छ त्यो जान्नुपर्छ।

Read More »

वेबसाइटमा किन छन् भिजिटर कम?

वेबसाइट, इन्टरनेटको जालोमा समेटिएको विश्वमा सूचना, ज्ञान र व्यवसायको माध्यम नै यही डब्लुडब्लुडब्लु बनेको छ। हरेक विषयमा अनि हरेक व्यवसायका बारेमा एउटा वेबसाइट त पक्कै छ इन्टरनेटमा। कतिपय निशुल्क होलान् त कतिपय सशुल्क। त्यति मात्र नभएर अब व्यक्तिका लागि पनि वेबसाइट आवश्यक हुन थालिसकेको छ। आफ्ना विचार देखी क्षमता देखाउन र त्यसबाट आमदानीको बाटो खोज्नका लागि अपरिहार्य बनेको छ वेबसाइट। निशुल्क बनेका वेब पब्लिसिङ सफ्टवेयर र सस्तिएको होस्टिङ का कारण पनि हरेकलाई वेबसाइट चलाउन सजिलो भएको छ। त्यसमा पनि गुगल एडसेन्सको विज्ञापनको आर्थिक लाभको पक्ष पनि छ। त्यसैले ब्लग र वेबसाइट खोल्नेको लहर चलेको छ।

Read More »

हेरौं फ्रिमा फिल्म

तपाइँ फिल्मको शौखिन हुनुहुन्छ? टेलिभिजनमा केबुल मार्फत आउने फिल्मी च्यानलका पुराना फिल्म देखी वाक्क हुनुभएको छ? या टेलिभिजनमा विज्ञापन नै विज्ञापनको बीचमा फिल्म हेर्दा हेर्दै वाक्क हुनुभएको छ। फिल्म हेर्नकै लागि सीडी र डीभीडीमा हजारौं खर्चनु भएको त छैन। यदी त्यसो हो भने निशुल्क विज्ञापन नझेलीकन फिल्म हेर्ने उपाय पनि छ। जुन तपाइँको लागि सबै भन्दा उत्तम हुन्छ। फिल्मका शौखिनका लागि केबुल टेलिभिजनको अर्को विकल्प हो इन्टरनेट। जहाँ तपाइँले वर्षौं सम्म हेर्दा पनि नसकिने फिल्महरुको भण्डार छ। त्यसका लागि कुनै द्रूत गतिको इन्टरनेट प्याकेज पनि लिनु पर्दैन। घरमा रहेको सामान्य गतिको इन्टरनेट कनेक्सनबाट नै तपाइँले असंख्य फिल्महरु निशुल्क हेर्न सक्नुहुन्छ। त्यसका लागि के गर्नुपर्छ त्यो हामी सिकाउँछौं आउनुस् भित्र।

Read More »

अफिसबाटै फेसबुक च्याट

इन्टरनेट, प्रविधिको विकासले यतिखेर विश्वका सबै सेवा, सुविधा र मानिस यसको घेरामा आइसके। यो विश्व नै ग्लोबल भिलेजको रुपमा इन्टरनेटको मातहत भइसकेको छ। फरक फरक काम र कारणले मानिसहरु इन्टरनेटमा आवद्ध भइसकेका छन्। इमेल र वेबसाइटमा उपलब्ध सूचना र जानकारीका लागि मात्र नभएर एक अर्कामा मित्रता र सम्बन्ध विस्तारका लागि समेत इन्टरनेटको प्रयोग हुन थालेको छ। जसका लागि विश्वका सबै भन्दा धेरै जनसंख्याले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक अहिले इन्टरनेटको नै पर्याय हुन लागेको छ। किनभने यतिखेर इन्टरनेट चलाउने अधिकांश मानिस फेसबुक चलाउँछन्। विश्वको सबै भन्दा ठूलो र कुनै पनि देशको जनसंख्यालाई माथ दिने संख्याले चलाउने सामाजिक सञ्जाल फेसबुले विभिन्न भाषा र देशमा सामाजिक सञ्जाल मञ्च उपलब्ध गराइरहेको छ।

Read More »

यहाँबाट बनाऔं फोटो सुन्दर

फोटो, फोटोग्राफी प्रविधि र प्रक्रियाबाट तयार पार्ने सजिव चित्र मात्र होइन। फोटो आमदैनिकीको महत्वपूर्ण हिस्सा हो। कुनै पनि व्यक्तिको परिचयका लागि उसको फोटो नै आवश्यक पर्छ। त्यसो त डिजिटल प्रविधिको विकासले फोटोलाई सस्तो र सहजसँगै सबैको पहुँमा पुर्याएको छ। मोबाइल सेटमा नै उपलब्ध हुन थालेको क्यामेरा र फोटो खिच्ने प्रविधिले जिवन र दैनिकीका सबैजसो पल फोटोमा कैद हुन थालेका छन्। इन्टरनेटमा विकास भएको सामाजिक सञ्जालले त झन फोटोको महत्व र प्रयोजन नै बदलिदिएको छ। फेसबुकलाई फोटोमा मानिसको अनुहार हेर्ने र दैनिकीका गतिविधि सार्वजनिक गर्ने माध्यमको रुपमा लिन थालिएको छ। एक दिनमा मात्र फेसबुकमा दुईसय ५० मिलियन फोटो अपलोड हुन्छ। त्यसमा साथीभाईले गर्ने लाइक र कमेन्टको संख्या र राख्ने महत्वको स्थान त बेग्लै छ। आउनुस् फेसबुक तथा सम्झनाका लागि खिचिएका फोटोलाई सुन्दर बनाउने उपाय सिकौं।

Read More »

पुरानै पेज खुल्यो यसो गर्नुस्

इन्टरनेटमा विभिन्न वेबसाइट हेर्ने गर्नुभएको होला? यसरी वेबसाइट हेर्दा ती वेबसाइटमा कुनै अपडेट नभएको पाउनुभएको पनि होला। न्यूज पोर्टल देखी सँधै अपडेट भइरहने खालका वेबसाइट पनि तपाइँको कम्प्युटरमा अपडेट छैन भने बुझ्नुस् तपाइँको कम्प्युटरमा धेरै नै DNS cache जम्मा भएको छ। किनभने विभिन्न वेबसाइट हेर्दा अपरेटिङ सिस्टमले स्वत DNS cache स्टोर गर्छ। जसले गर्दा कम्प्युटरमा पहिला खोलेको वेबसाइट दोस्रो पटक छिटो त खुल्छ नै त्यसमा अपडेट भएका पेजहरु भने देखिन्नन्। कतिपय अवस्थामा यसको कारण वेबसाइट ढिलो खुल्ने पनि हुन्छ। जसले इन्टरनेट चलाउनमा तपाइँलाई हैरानी पनि लाग्न सक्छ। यदी यसखालको समस्या तपाइँको कम्प्युटरमा देखिएको छ भने बुझ्नुस् DNS cache Clear गर्नु आवश्यक भइसकेको छ।

Read More »

यहाँ छन् फ्रि किताब

तपाइँ पढाइको किरो हुनुहुन्छ। पढ्दा आनन्द मान्नुहुन्छ। पुस्तकको साथमा रमाउनुहुन्छ। पुस्तकमा राम्रै समय र धन खर्च गरिरहनु भएको छ। त्यसो हो भने यो पोस्ट तपाइँका लागि हो। पढाइका शौखिन र पुस्तकका साथीहरुका लागि पढ्नु पैसा लाग्ने कुरा होइन। मात्र तपाइँमा पढ्ने अभिलाषा, समय र धर्ैय चाहिन्छ। पुस्तकको थुप्रो तपाइँका अगाडि राखिदिने इन्टरनेट छँदैछ। इन्टरनेटमा यस्ता धेरै वेबसाइटहरु छन् जो तपाइँ जस्ता पुस्तक पढ्ने मानिसको खोजिमा छन्। जसले निशुल्क सयौं पुस्तक दर्जनौ विधा र विषयमा उपलब्ध गराइरहेका छन्। जसबाट बिना पैसा नै पुस्तक पढ्न र संग्रह गर्न सकिन्छ। यी पुस्तक कम्प्युटर, ल्यापटप, पाल्मटप, मोबाइल वा ट्याब्लेटमा राखेर पढ्न पनि सकिन्छ। अथवा चाहनुभयो भने प्रिन्ट गरेर राख्न पनि सक्नुहुन्छ।

Read More »

यहाँबाट बनाऔं बायोडाटा

भरखर कलेज सकेका देखी जागिर गरिररहेका सबै आफ्ना लागि नयाँ अवसरको खोजि गरिरहेका हुन्छन्। यसक्रममा धेरैले बायोडाटा तयार गर्नका लागि वर्ड प्रोसेसर नै प्रयोग गरिरहेका हुन्छन्। धेरैले बायोडाटा बनाउने उपयुक्त तरिका र शैली अपनाएका हुँदैनन्। जसले गर्दा वर्ड प्रोसेसरमा राखिएका क्रमबद्ध सूचनाहरुले हृयुमन रिसोर्स डिपार्टमेन्टका अधिकारीलाई आकर्षित गर्दैनन्। उनीहरुको कार्यालयमा रहेका रद्धिका टोकरीमा धेरै त्यस्ता बायोडाटाले डेरा जमाएका हुन्छन्। कार्यालयका लागि आवश्यक जनशक्ति खोज्ने सबालमा हृयुमन रिसोर्स डिपार्टमेन्टका अधिकारीलाई त्यस्ता बायोडाटाले आकर्षित गर्छन् जो आकर्षक डिजाइनमा छन् या प्रेजेन्टेसनमा। त्यसैले रोजगारीका खोजिमा हुनुहुन्छ भने आफ्नो बायोडाटाको प्रस्तुती र डिजाइनमा पनि जोड दिनुहोस्। इन्टरनेटमा यस्ता धेरै वेबसाइट छन् जसले आकर्षक बायोडाटा बनाउन मदत गर्छन्।

Read More »

सामसुङ एन्ड्रोइड मोबाइल सेक्रेट कोड

एन्ड्रोइड, अपरेटिङ सिस्टम अहिले विश्वभरका अधिकांश मोबाइल उपकरणको हिस्सा बनेको छ। पछिल्लो त्रैमासमा सार्वजनिक भएको रिपोर्ट अनुसार अहिले विश्वका कुल स्मार्टफोन मध्ये ७५ प्रतिशतमा यो अपरेटिङ सिस्टम छ,। त्यसमा पनि मोबाइल उपकरणको अहम् बजार हिस्सा भएको सामसुङ कम्पनीका मोबाइल अधिकांशका हातमा छन्। धेरै नेपालीका हातमा स्थान पाएको सामसुङ मोबाइलका लागि केही उपयोगी सेक्रेट कोड यहाँ प्रस्तुत गरिएको छ।

Read More »
Loading...