जन 31, 2014 | टेक्नोलोजी
स्मार्टफोन, आम मानिसको आवश्यकताको साधन बनिसकेको छ। यतिखेर नेपालमा मात्र २० लाख भन्दा माथि स्मार्टफोन प्रयोगकर्ता रहेको अनुमान गरिएको छ। यद्यपी यो संख्या नै वास्तविकता नहुन पनि सक्छ। स्मार्टफोनको प्रयोगबाट आम दैनिकी पनि स्मार्ट बनेको छ। घर र कार्यालय बीचको दूरी मेटाइदिएको छ स्मार्टफोनले। स्मार्टफोनको प्रयोग गरेर धेरैले कार्यालय र व्यवसायिक कामहरु पनि गर्ने गर्दछन्। जसका कारण स्मार्टफोनको सुरक्षामा ध्यान दिनु पनि आवश्यक भइसकेको छ। तपाइँका गोप्य सूचना र जानकारीहरु स्मार्टफोन हराउँदा वा कार्याल, घरमा छोडेको अवस्थामा अरुको पहुँचमा नपुगोस् भन्नका लागि स्मार्टफोनलाई सुरक्षित राख्न यस्ता पाँच तरिका छन् जो निशुल्क र सजिलै अपनाउन सकिन्छ।
पासकोड प्रयोग
तपाइँको स्मार्टफोन एण्ड्रोइड वा आइफोन जे भएपनि त्यसमा तपाइँले फोन लक कोड राख्न सक्नुहुन्छ। त्यसो त स्क्रिन लकको सुविधा पनि फोनमा नै हुन्छ। तपाइँले एपस्टोरमा स्क्रिन र फोन लक गर्ने एप पनि सजिलै र सित्तैमा पाउनुहुन्छ। यसको प्रयोग गर्नुभयो भने हतपत तपाइँको फोन हातमा पार्नेले फोन खोलेर तपाइँको सूचना, सर्म्पर्क तथा तथ्यांकहरु हात पार्न वा तीनको गोप्यतामा खेल्न पाउँदैन।
गुगल एकाउन्ट तथा आइक्लाउड सुरक्षित राख्ने
स्क्रिन तथा फोन लक वा पासकोडको माध्यमबाट फोनलाई सुरक्षित गरेपछि तपाइँले आफ्नो फोन सजिलै खोल्न नसकिने त बनाउनु भयो तर दोस्रो सुरक्षाको चरणका रुपमा तपाइँले आफ्नो गुगल तथा आइक्लाउड एकाउन्टलाई पनि सुरक्षित पार्नुपर्छ। त्यसका लागि आफ्नो गुगल एकाउन्टको सेटिङमा गएर टु स्टेप भेरिफिकेसन अप्सनलाई सुचारु गर्नुपर्छ। यसो गर्दा तपाइँको फोनमा इमेल खोल्दा एउटा विशेष कोड राख्नुपर्छ जुन तत्काल जेनेरेट भएर तपाइँको फोनमा आउँछ।
जेलब्रेक र रुट नगर्ने
जेलब्रेक वा रुट एउटा तरिका हो जसबाट तपाइँले आफ्नो फोनलाई आफ्नो तरिकाले र नियन्त्रणमा राखेर चलाउन सक्नुहुन्छ। यसलाई तपाइँ मोटरसाइकल मोडिफाइ गरेर चलाउनुसँग पनि दाँज्न सक्नुहुन्छ। तपाइँले यसो गरेको खण्डमा तपाइँको मोबाइलको ग्यारेन्टी तथा वारेन्टी त जान्छ नै तपाइँ यदि सामान्य प्रयोगकर्ता मात्र हो भने तपाइँको फोन नै काम नलाग्ने अवस्थामा समेत पुग्न सक्छ।
एप राख्दा सावधान
स्मार्टफोनका लागि तयार एप स्टोरहरुमा खरिद गर्नुपर्ने मात्र नभएर सित्तैमा उपलब्ध एपहरु भकारी भरी भइसकेका छन्। त्यसो त विभिन्न वेबसाइटहरुले पनि आफ्ना एपहरु वेबसाइटमा डाउनलोडका लागि उपलब्ध गराएका छन्। इन्टरनेटको एउटा महत्वपूर्ण पक्ष नै एप डाउनलोड र अपडेट हुन थालेको छ। तर तपाइँले जहाँसुकैबाट पनि एप डाउनलोड गर्नुभयो र फोनमा राख्नुभयो भने त्यो तपाइँको लागि खतराको घण्टी बन्दछ। त्यसैले फोनमा आधिकारिक एपस्टोरबाट मात्र एप डाउनलोड गर्नु पर्छ। यदी तपाइँ एण्ड्रोइड फोन लिनुहुन्छ भने गुगल प्ले, एप्पलका फोन लिनुहुन्छ भने आइट्यून र वीण्डोज फोन लिनुहुन्छ भने वीण्डोज स्टोरबाट मात्र एपहरु डाउनलोड गर्नुहोस्।
सकेसम्म एप प्रयोग
तपाइँको फोनमा ३२ वा ६४ जीबी सम्मको मेमोरी क्षमता छ भने यसको मतलब यो होइन कि त्यसमा मन लागेसम्मका फोटो र गीत राखौं। तपाइँलाई स्मार्टफोनमा विभिन्न एपहरु राख्ने सुविधा छ साथै तपाइँलाई सेवा दिने प्रदायकहरुले पनि मोबाइल एपहरु विकास गरेर निशुल्क प्रदान गरिरहेका छन्। त्यसैले सकेसम्म आफ्नो कामका लागि इन्टरनेट ब्राउजर भन्दा एप नै प्रयोग गर्नु राम्रो। विशेष गरेर बैंक वा सेयर मार्केटको कामका लागि त ब्राउजर भन्दा एप नै सुरक्षित हुन्छ। एपबाट काम गर्दा तपाइँको कारोबार साथै मोबाइल पनि सुरक्षित हुन्छ।
डिस 30, 2013 | टेक्नोलोजी
इन्टरनेट, सूचनाको महामार्ग। यसमा आफूलाई समाहित गर्न जति सजिलो छ यसबाट मुक्त हुन निक्कै कठिन। इन्टरनेटमा राखिएका जानकारी तथा सूचनाहरु मेटाउन निक्कै कठिन हुन्छ। अहिले सामाजिक सञ्जालको विकाससँगै बढेको प्रयोगले त दैनिकी र जिन्दगीमा नै नयाँ जञ्जाल थपेको छ। जसले गर्दा व्यक्तिको गोपनियता पनि संकटमा पर्दै गएको छ। एकातिर सामाजिक सञ्जाल मानिसलाई अल्छि र कामचोर बनाउँदै छन् भने अर्को तिर गोप्यता चुहिएर आर्थिक र भौतिक क्षतिको डर पनि बढिरहेको छ। जसका कारण विश्वभर मानिसहरु आफू र आफ्ना सूचनालाई इन्टरनेटबाट हटाइरहेका छन्। त्यसका लागि सजिलो उपाय तयार पारेको छ हुइजहोस्टिङदिसले। जसलाई अपनाएर तपाइँ आफूलाई इन्टरनेटबाट हटाउन अनि लुकाउन सक्नुहुन्छ।

डिस 17, 2013 | टेक्नोलोजी
फेसबुक, वास्तविक जिवनमा लाइफ बुक बनिसकेको छ। विश्वको सबैभन्दा चर्चित, लोकप्रिय यो सामाजिक सञ्जालमा दैनिक करोडौं मानिसहरु लगइन गर्छन् भने सयौंले आफ्नो एकाउन्ट बन्द पनि।
लाइफ बुक कै रुपमा दैनिक फेसबुक चलाउनेहरु मध्ये धेरै यस्ता पनि हुन्छन् जसले आफ्नो फेसबुक एकाउन्टका लागि प्रयोग भएको इमेल आइडी पनि बिर्सन्छन्। त्यसो त पासवर्ड बिर्सनेको पनि कमी छैन।

अरुको नाममा फेक फेसबुक एकाउन्ट र पेज खोल्नेहरुका लागि त यस्ता एकाउन्टको इमेल आइडी बिर्सनु सामान्य कुरा नै हो। तर तपाइँलाई फेसबुक एकाउन्ट चलाउँदाको इमेल आइडी याद छैन भने पनि तपाइँले फेसबुकको आफ्नो एकाउन्ट एक्सेस गर्न (खोल्न) सक्नुहुन्छ। त्यसो त फेसबुक चलाउनका लागि इमेल नै आवश्यक पर्दछ भन्ने छैन।
a href=”http://doorsanchar.com/?attachment_id=9493″ rel=”attachment wp-att-9493″>
कतिलाई त फेसबुक खोल्दा प्रयोग गरेको इमेल पनि थाहा नहुन सक्छ। या फेसबुक खोल्नका लागि प्रयोग गरेको इमेल आइडीकै पासवर्ड बिर्सेको पनि हुनसक्छ। यदी यस्तो भएको खण्डमा पनि तपाइँले आफ्नो फेसबुक भने नियमित नै चलाउन सक्नुहुन्छ।
फेसबुकले आफ्ना प्रयोगकर्तालाई इमेल आइडी बाहेक पनि दुर्इ विकल्प दिएको छ। एउटा मोबाइल नम्बर र अर्को हो प्रयोगकर्ता नाम। तपाइँले आफ्नो इमेल आइडी बिर्सनु भयो भने पनि आफ्नो फेसबुक प्रयोगकर्ता नाम तथा मोबाइल नम्बर प्रयोग गरेर आफ्नो फेसबुक चलाउन सक्नुहुन्छ। मोबाइल नम्बरको माध्यमबाट फेसबुक चलाउनका लागि तपाइँले फेसबुक एकाउन्टमा आफ्नो मोबाइल नम्बर भने राखेको हुनुपर्छ। (फेसबुकले मोबाइल नम्बर राखेपछि एकाउन्ट भेरिफाइ पनि गरेको हुन्छ।) यसो भएको खण्डमा तपाइँले आफ्नो इमेल बिर्सेको खण्डमा मोबाइल नम्बर राखेर पासवर्ड हान्नुभयो भने तपाइँको फेसबुक खुल्छ।
यस बाहेक पनि तपाइँले आफ्नो फेसबुकमा रहेको नाम प्रयोग गरेर आफ्नो एकाउन्टमा प्रवेश गर्न सक्नुहुन्छ। त्यसका लागि पार्सवर्ड भने सम्झनु पर्छ। फेसबुक तपाइँलाई इमेल आइडी नै अनिवार्य गर्दैन चलाउनका लागि तपाइँसम्म फेसबुक पुग्नका लागि तपाइँको मोबाइल नम्बर पनि काफी हुन्छ।
यदी तपाइँलाई आफ्नो फेसबुक एकाउन्टमा प्रयोग गरेको पासवर्ड पनि थाहा छैन भने फेसबुकको पेजमा देखिने Forgot your password? मा क्लिक गरेर आफ्नो मोबाइल वा इमेलमा नयाँ पासवर्ड राख्ने माध्यम पाउनुहुनेछ।
नोभ 18, 2013 | टेक्नोलोजी
गुगल, तपाइँको मनमा उब्जेका प्रश्नको जवाफ दिने वेबसाइट भने हुन्छ यसलाई। हुन पनि इन्टरनेट सर्च इन्जिन गुगल मनचिन्ते झोली जस्तो छ। जसले जे खोजे पनि मिल्ने। नेपालमा इन्टरनेट चलाउनेहरु अधिकांशको होम पेजका रुपमा नै गुगल सेट भएको हुन्छ। गुगल र फेसबुकको प्रयोग इन्टरनेट कनेक्सन जाँच्नका लागि समेत प्रयोग हुन्छ।
गुगल एउटा र्सच इन्जिन मात्र होइन तपाइँ हामीले यसका विभिन्न सेवाहरु प्रयोग गरिरहेका छौं। इमेज, सामाजिक सञ्जाल, निशुल्क सफ्टवेयरहरु, एनालिटिक्स, विज्ञापन सेवा यस्ता अनेकन सेवा छन्। यी सबै भन्दा बढि चर्चामा रहेको र लोकप्रिय सेवा चाहिँ खोज्ने (र्सच) नै हो। मनमा निस्केका हरेक प्रश्न जवाफका लागि कसैलाई सोधिन्छ भने पहिलो गुगल नै पर्छ। गणितका हिसाब देखी विभिन्न ठाउँका ’boutमा गुगलबाटै जानिन्छ। गुगलको र्सच इन्जिनले पनि तपाइँ हामीलाई चाहिएका सूचना शब्दमा आधारित भएर सकेसम्म मिल्ने नै देखाउँछ। यसमा प्रश्न राख्ने तरिका अनुसार जवाफ पाइन्छ। अहिले सम्म पढाइका अनि विभिन्न स्थानहरुका ’boutमा गुगलमा प्रश्न राखेर त्यसका ’boutमा जान्नु भएको होला कतिपय सफ्टवेयर, वेबसाइट पनि गुगलमा खोज्नु भएको होला।

यति मात्र नभएर गुगलले र्सचबारमा टाइप गरेपछि पैसाको विनिमय दर पनि देखाउँछ। त्यसो त तपाइँ यात्रामा निस्कन लाग्नुभएको छ भने तपाइँलाई कुन ठाउँबाट कहाँ जाँदा कति समय लाग्छ भन्ने पनि गुगलले नै बताइदिन्छ। गुगलमा आफू भएको ठाउँ र जान लागेको ठाउँको नाम टाइप गर्ने हो भने गुगलले ती स्थानबीचको दूरी र यात्रा समय बताइदिन्छ। तपाइँले त्यसका लागि तस्विरमा देखाए जसरी स्थानहरुको नाम टाइम गरेर इन्टर गर्नुपर्छ बस।
नोभ 11, 2013 | टेक्नोलोजी
कम्प्युटर चलाउनु भएकाहरुले कम्प्युटरको हार्ड डिस्क, पेनड्राइभ अनि मेमोरी कार्डहरुमा विभिन्न समस्या भोगिरहनुभएको होला। हामीले चलाउँदा विभिन्न सफ्टवेयरहरुको गलत प्रयोग, भाइरस साथै भौतिक क्षतीका कारण पनि कम्प्युटरमा प्रयोग हुने डिस्कहरुमा समस्या देखिन्छ।
तपाइँले कम्प्युटरका वा डिस्कमा क्लिक गर्दा तथा पेनड्राइभ मेमोरीकार्डहरु कम्प्युटरमा खोल्न खोज्दा The disk in drive F is not formatted. भन्ने खालको सन्देश पाउनुभएको होला। कतिले त मेमोरीकार्ड र पेनड्राइभ नखुलेर सबै फाइल गुम्ने गरी फर्म्याट पनि गर्नुभएको होला।

यदी तपाइँको कम्प्युटरका कुनै डिस्क वा पेनड्राइभमा यसखालको समस्या देखिएको छ र तस्विरमा जस्तो सन्देश दिएको छ भने तपाइँले सजिलै यस समस्यालाई समाधान गर्न सक्नुहुन्छ। त्यसका लागि निम्न प्रक्रिया अपनाउनुस्।
- कम्प्युटरको Start मा जानुस् र RUN मा क्लिक गर्नुस्।
- RUN खुलेपछि त्यसमा cmd टाइप गरेर Enter गर्नुस्।
- Enter गरेपछि Dos Command देखिन्छ (कालो पृष्ठभूमि भएको पेज खुल्छ)
- त्यसमा chkdsk/f/x F: (F को ठाउछमा जुन ड्राइभ नखुलेको हो त्यो) टाइप गर्नुस र इन्टर गर्नुस्।
- तपाइँले इन्टर गरेपछि कम्प्युटरमा नयाँ विण्डोमा ड्राइभ चेक र मर्मतको प्रक्रिया चलेको देखिन्छ। जुन समाप्त भएपछि तपाइँको नखुलेको र फर्म्याट मागेको ड्राइभ सजिलै खुल्छ।
- यति गरेपछि पनि ड्राइभ खुलेन र अरुनै सन्देश देखायो भने यही प्रक्रियालाई एक पटक दोहोरयाउनुस् त्यसपछि तपाइँको ड्राइभ खुल्छ।
नोभ 8, 2013 | टेक्नोलोजी
फेसबुक आम मानिस जोडिने, भेटिने सार्वजनिक मञ्च बनिसकेको छ। पुराना र स्कुले उमेरपछि छुटेका साथी देखी नयाँ नयाँ साथी बनाउने माध्यम बनेको छ यो सामाजिक सञ्जाल। यो सामाजिक सञ्जालको लोकप्रियता विश्वभर उत्तिकै छ। नेपालमा नहुने त झन कुरै भएन। यसको लोकप्रियता एलेक्सा वा कुनै अरु एनालिटिक्स वेबसाइटले देखाउनै पर्दैन मानिस इन्टरनेटको कनेक्सन जाँच्न यसको प्रयोग गर्छन्। आम दैनिकीको अहम हिस्सा बनिसकेको छ फेसबुक। मानिसहरु मनमा फुरेका कुरा सबै फेसबुकमा उदाँगो पार्छन्। त्यसैले त यसलाई मानिसको मनोविज्ञान जान्ने माध्यमका रुपमा पनि लिन थालिएको छ।
व्यवसायिक लाभका लागि लक्षित उपभोक्ताका आवश्यकता, मानसिकता साथै दैनिक गतिविधि ’boutका सूचना एकमुष्ठ रुपमा पाइने माध्यम बनेको छ यो सामाजिक सञ्जाल। यसमा आवद्ध भएकाहरुका ’boutको सूचना र जानकारी हासिल गर्न धेरैले यसको सुरक्षित डाटा चोर्नका लागि साइबर आक्रमण गरिरहेका हुन्छन्। त्यसो त अनेकन आकर्ष फोटो र भिडियोको लिंक भाइरल रुपमा सेयर गरेर स्पामरले तपाइँको फेसबुक एकाउन्ट गतिविधि माथि नियन्त्रण गर्छन्। एकाउन्ट हृयाक हुने समस्या पनि बढिरहेको छ। यस्ता ठगी देखी चोरी र फेसबुक एकाउन्टमा हुने अनावश्यक चलखेल रोक्न तथा कसैले आफ्नो फेसबुकमा अनधिकृत पहुँच (एक्सेस) पाएको जानकारी पाउनका लागि फेसबुकले प्रयोगकर्ताहरुका लागि विभिन्न सुविधा दिएको छ। त्यस्तै हो मोबाइल (एसएमएस) नोटिफिकेसन। जसले तपाइँको फेसबुक एकाउन्टमा लगइन गरेपछि तपाइँलाई एउटा एसएमएस पठाउँछ।
यसखालको सेवा लिनका लागि तपाइँले आफ्नो फेसबुकमा दायाँ तर्फो माथि सिरानमा रहेको सेटिङमा गएर एकाउन्ट सेटिङस् मा क्लिक गर्नुपर्छ। 
त्यसपछि देखिने पेजमा बायाँ तर्फ सिरानमा जनरल र सेक्यूरिटी भन्ने दुर्इ विकल्प देखिन्छ। ती दुर्इ विकल्प मध्ये तल पटि्ट रहेको सेक्यूरिटी भन्नेमा क्लिक गर्नुभयो भने तलको जस्तो पेज देखिन्छ। जहाँ फेसबुक एकाउन्ट सुरक्षित रुपमा चलाउनका लागि आफूले विभिन्न सुरक्षात्मक उपायहरु अपनाउन सकिने विकल्पहरु दिइएको हुन्छ।
यी माथि देखिएजस्तै देखिने विकल्पहरु मध्ये लगिन नोटिफिकेसन्स भन्नेमा क्लिक गर्नुभयो भने त्यसमा तपाइँलाई कुनै पनि उपकरण (ल्यापटप, मोबाइल, ट्याब्लेट)बाट तपाइँको फेसबुक खोलेको खण्डमा त्यसको जानकारी कसरी गराउने भन्ने विकल्प दिएको भेट्नुहुनेछ। जहाँ इमेल वा एसएमएस गरेर फेसबुकमा रहेको तपाइँको एकाउन्ट खोलिएको जानकारी दिने विकल्प छनौटको अवसर दिएको हुन्छ। ती मध्ये तपाइँले तल्लो भागमा रहेको टेक्स्ट मेजेज लेखेको विकल्पमा ठीक चिन्ह लगाएर परिवर्तनलाई सुरक्षित (सेभ चेन्जेज) गर्नुभयो भने तपाइँको फेसबुक खोल्नासाथ तपाइँको मोबाइलमा एसएमएस आउँछ जसमा कुन इन्टरनेट ब्राउजरबाट कति समयमा तपाइँको फेसबुक खोलियो भन्ने जानकारी समेटेको हुन्छ।
नोट: फेसबुकको यसखालको नोटिफिकेसन मोबाइलमा पाउनका लागी तपाईंले फेसबुकमा मोबाइल नम्बर राखेको (भेरिफाइ गरेको) हुनुपर्छ।