टेक्नोलोजी

आँखाको र्इशाराले चलाऔं कम्प्युटर (भिडियो सहित)

आँखाको र्इशाराले चल्ने मोबाइलको चर्चा त सुन्नु भएकै होला। सामसुङले यसखालको सुविधा दिएका कारण उसको ग्यालेक्सी सिरिजको एस फोर निक्कै चर्चामा मात्र रहेन सामसुङको सफलतालाई अर्को एउटा शिखर चढायो। स्मार्टफोनमा मात्र होइन ल्यापटपमा पनि यसरी आँखाको र्इशाराले चलाउने सुविधाहरु थपिँदैछन्। विस्तारै ग्याजेट र मोबाइल प्रविधि हात वा माउसले चलाउने नभएर आँखाले चलाउने सुविधाका साथ

Read More »

सबलाई कार्टुन बनाऔं

कार्टुन पत्रकारिता र कलाको रचनात्मक विधा हो। जहाँ व्यक्ति र वृत्तिलाई चित्रको माध्यमबाट रोचक प्रस्तुती दिइन्छ। कागजका पानामा कोरिने यस्ता चित्रहरुले कतिपय अवस्थामा शब्द वा तस्विरमा उतार्न नसकिने वास्तविकतालाई उतार्छन्। यो सञ्चार र चेतना फैल्याउने एक अनुपम विधा र कला मात्र नभएर यो मनोरञ्जनको माध्यम पनि हो। हाम्रो जस्तो गाईजात्राका अवसरमा समाजका सबै वर्ग र तप्काका नराम्रा र

Read More »

वेबसाइटलाई गुगलको रोक

अरु आमसञ्चार माध्यमका लागि जस्तै वेबसाइट तथा ब्लग चलाउनेहरुका लागि आमदानी र आशको एउटै मात्र केन्द्र हो विज्ञापन। वास्तवमा पत्रकारिता गर्ने वा मनोरञ्जन गराउने जे माध्यम भएपनि त्यसको सञ्चालनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि विज्ञापनमा भर पर्नै पर्छ। शताब्दी देखी नै आमसञ्चारका माध्यमले त्यही मार्ग अपनाएका छन्। वेबसाइटहरुका लागि पनि त्यही कुरा लागु हुने हो। वेबसाइट तथा ब्लग चलाउनेहरुले विज्ञापनबाट राम्रो आशा राखेका हुन्छन्। चाहे त्यो यो स्थानिय बजारका सेवा वा उत्पादनका होस् या वहुराष्ट्रिय। विश्वमा धेरै यस्ता विज्ञापन सेवा प्रदायक छन् जसले वेबसाइटहरुका लागि विज्ञापन उपलब्ध गराउँछन्। सबै भन्दा धेरै कहलिएको हो इन्टरनेट कि गुगललको विज्ञापन सेवा गुगल एडसेन्स। नेपालमा वेबसाइट तथा ब्लग चलाउने धेरैले यसैबाट पैसा आउँछ भन्ने भ्रममा वेबसाइट खोलिरहेका तथा चलाइरहेका छन्। वास्तवमा नेपाली वेबसाइटका लागि भने गुगलले विज्ञापन दिँदैन। नेपाली भाषाका वेबसाइटहरुले गुगलले प्रदान गर्ने एचटीएमएल कोडलाई सम्पादन गरेर आफ्नो वेबसाइटमा देखाइरहेका छन्। जसले गर्दा समाचारको विषय भन्दा निक्कै फरक विज्ञापनहरु नेपाली वेबसाइटहरुमा देखिएको पाइन्छ। त्यसो त गुगलको विज्ञापनबाट केही डलर आम्दानी गर्नका लागि अरुको वेबसाइट तथा पुस्तकका सामग्री चोरेर जस्ताको तस्तै वा यौनिक सामग्री राख्नेहरु पनि कम छैनन्।

Read More »

ब्राउजरमै अलार्म

अलार्म, हामी सबै योसँग परिचित छौं। विहान कलेज जानका लागि उठ्न होस् या कुनै कुराका लागि समय सम्झाउन। समयको बारेमा सचेत हुन र पार्नका लागि सबैले अलार्म लगाइरहेका हुन्छौं। विभिन्न कुराका लागि समय सम्झाउन प्रयोग गर्ने यो अलार्म घडी र मोबाइलमा यसखालको सुविधा प्रयोग गर्दै आइरहेकै हो। अनलाइन भएको दैनिकीमा पनि यो अलार्म त्यतिकै महत्वपूर्ण बनेको छ। कम्प्युटरमा दैनिक काम गर्नेहरुलाई चिया देखी विभिन्न व्यक्तिसँगका भेट लगायतका सबै कुरा सम्झाउनका लागि अलार्म बजाउनका लागि एउटा यस्तो वेबसाइट छ जसले समयको गणना गरेर उपयुक्त समयमा तपाइँलाई सम्झाउँछ।

Read More »

चिन्नुहोस् कुन फन्ट हो

इन्टरनेटमा विभिन्न वेबसाइट हेर्ने क्रममा हामीले धेरै जानकारी मात्र पढिरहेका हुँदैनौं। फरक फरक डिजाइन र फन्टको विविधता पनि हाम्रो आँखामा आइरहेका अनि गइरहेका हुन्छन्। वेबसाइटमा राखिएका लोगो तथा तीनको लेखाइमा प्रयोग भएका फन्टले पनि हामीलाई आकर्षित गरिरहेको हुन्छ। तपाइँलाई लाग्दो हो यो वेबसाइटको लोगोमा राखेको फन्ट निक्कै राम्रो रहेछ वा यो फोटो माथिको फन्ट राम्रो रहेछ। त्यस्तो फन्ट आफ्नो संस्था वा वेबसाइटको लोगोमा प्रयोग गर्न पाए भन्ने पनि लाग्दो हो। त्यसखालको फन्ट चिन्न र डाउनलोड गर्न पाए हुन्थ्यो भन्ने पनि हुँदो हो। वेबसाइटहरु हेर्दा तपाइँलाई त्यसखालको विचार आएको छ भने तपाइँलाई सहयोग गर्ने वेबसाइट पनि छ। जसले कुनै पनि तस्विर, लोगो वा वेबसाइटमा लेखिएका फन्ट कुन हो भन्ने पत्ता लगाइ दिन्छ।

Read More »

यसरी जोगाऔं मोबाइल चोरी हुनबाट

मोबाइल फोन आजकल आम प्रयोगको साधन र सञ्चारको सुविधा युक्त ग्याजेट मात्र होइन। यो तपाइँको स्मरण शक्ति, बैंकको आर्थिक कारोबारको माध्यम, कम्प्युटर, सामाजिक सञ्जाल सम्म पहुँच पुरयाउने माध्यम अनि फोन र आवश्यक सूचना लेख्ने डायरी पनि हो। मोबाइल फोनहरु उत्पादक क्षेत्रमा पनि उत्तिकै लाभदायी साधन बनेका छन्। शैक्षिक देखी मनोरञ्जनात्मक मात्र होइन स्वास्थ्य सम्बन्धी एपहरुले गर्दा यो मोबाइल फोन डाक्टर भन्दा कम छैन। दुनियाँ नै मोबाइलमा अटाउने भइसकेको छ। त्यसैले प्रयोग पनि बढिरहेको छ साथै सुविधा र मूल्य पनि। महँगा मोबाइल हातमा बस्न थालका छन्। जसले गर्दा मोबाइलको प्रयोग मात्र होइन सुरक्षा पनि गर्नुपर्ने भएको छ। सुविधा र आवश्यकताले गर्दा ७०, ८० हजार पर्ने मोबाइल बोक्नुपर्ने अवस्था बनेको छ। कतिपयले त बैंकको किस्ताबन्दीमा पनि मोबाइल लिनुभएको होला। मोबाइल चलाउँदै गर्ने र पैसा पनि तिर्दै गर्ने योजना बनाएकाका लागि मोबाइल हरायो वा चोरी भयो भने किस्ता बाँकी रहन्छ अनि मोबाइलको बिल मात्र। त्यसैले मोबाइल किन्दा त्यसको सेवा, छुट र गुणस्तरमा ध्यान दिनुपर्छ भने चलाउँदा पनि हराउन नदिन विशेष ध्यान दिनैपर्छ। साथै हराएको खण्डमा फेला कसरी पार्न सकिन्छ वा हराएर हुने हानीलाई कसरी कम गर्ने भन्नेमा विशेष ध्यान दिनुपर्छ। मोबाइल चोरी भएको खण्डमा त्यसबाट हुने हानी कम गर्न तथा चोरी भएको मोबाइल फिर्ता पाउने अवस्था बनाउन

Read More »

अंग्रेजीलाई बनाउनुस नेपाली

अंग्रेजी, हामी नेपालीलाई सबै भन्दा असजिलो लाग्ने विषय र भाषा भनेको नै अंग्रेजी हो। प्रविधिको दुनियाँमा त यो अंग्रेजी भाषा नजानी नहुने भइसकेको छ। कम्प्युटर र इन्टरनेट मात्र होइन मोबाइल फोन पनि अंग्रेजीमा चल्ने भएकाले यो भाषा अनिवार्य नै छ। त्यसो त गरिब देशका नागरिक भएकाले पनि हामीलाई तोतेबोली बोल्ने समय देखी नै सिकाइन्छ अंग्रेजी। आमा भन्दा ममी प्यारो लाग्ने बनिसकेको छ समाज। तर पनि हाम्रालागि त्यति सजिलो भने छैन यो भाषा। प्रविधिको विकासले भाषाको बन्देजलाई हटाइ दिएको छ। यतिखेर भाषा नजानेकै कारण कोही पनि पछि पर्ने अवस्था छैन। इन्टरनेट र्सच इन्जिनका रुपमा ख्याती पाएका गुगल र विङको भाषा अनुवाद सेवा त प्रयोग गर्नुभएको नै छ होला। गुगल र विङका सेवाहरु नेपाली भाषामा उपलब्ध छैनन्। कम्तीमा हिन्दी बुझ्नेहरुलाई चाहिँ अंग्रेजीमा लेखेको कुराहरुको अर्थ बुझ्न यसले सहयोग गरि रहेको नै छ। तपाइँहरुलाई अंग्रेजीमा भएको सामग्री नेपालीमा नै अनुवाद गरिदिने अनलाइन सेवाका बारेमा जानकारी नभइरहेको पनि हुनसक्छ। अंग्रेजी भाषामा भएका सामग्रीलाई नेपालीमा अनुवाद गरिदिने वेबसाइट पनि छ।

Read More »

यसरी गरौं भिडियो डाउनलोड

भिडियो हाम्रा लागि सामान्य दैनिकीको साधन बनिसकेको छ। साधन यस अर्थमा कि सञ्चारको सबै भन्दा शक्तिशाली माध्यम र शैली नै यही भएकाले हरेक कुराहरु भिडियोमा उपलब्ध छन्। चाहे ती ज्ञानबर्द्धक हुन या मनोरञ्जक। इन्टरनेटमा बढेको पहुँचले झन भिडियोलाई सामान्य बनाइदिएको छ। यूट्यूब, भिमो जस्ता भिडियो साझा गर्ने वेबसाइटले यसलाई आम प्रयोगको साधन बनाइसकेको छ। नेपाली गीत संगीत देखी सिनेमा सबै यूट्यूबमा उपलब्ध हुन थालेका छन्।

Read More »

कम्प्युटर छिटो बनाउने पाँच तरिका

कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ। कम्प्युटर बिना संसार मात्र होइन घरबार पनि चल्न सक्छ भन्ने सोच निक्कै कमसँग हुने अवस्था बनिसकेको छ। यसको माध्यम भएर नै हिसाब किताब देखी लेखन र सम्पर्क सबै हुने गर्दछ। त्यसो त अनलाइन भइसकेको दैनिकीमा यो नै इन्टरनेट र साथीभाईसँग जोडिने सर्म्पर्कमा बस्ने माध्यम हो। मनोरञ्जन देखी कार्यालयको काम अनि व्यवसायको प्रबर्द्धन सबै काम हुन्छ यो प्राविधिक बट्टो कम्प्युटरमा। घर वा कार्यालय २४ सै घण्टा जस्तो कम्प्युटर खुल्ला पनि हुन्छ अनि सक्रिय पनि। यसरी कम्प्युटरमा काम गरिरहँदा तपाइँलाई कम्प्युटर सुस्तो भएको अनुभव भएको पनि होला। कम्प्युटर चलाउँदा चलाउँदा तपाइँको हातले दिने कमाण्ड कम्प्युटरले काम गर्ने गति भन्दा छिटो पनि भइसकेको हुन्छ। जसका कारण पनि तपाइँलाई कम्प्युटर सुस्तो भएजस्तो लाग्छ। त्यसो त लामो समय सम्म इन्टरनेट हेर्दा वा दैनिक जस्तो चलाउँदा कम्प्युटरमा बन्ने टेम्पोररी फाइलका कारण पनि कम्प्युटरको काम सुस्तो हुनसक्छ। कारण जे भएपनि तपाइँ हामी आजकल कम्प्युटर सुस्तिएको मन पराउँदैनौं। हामीलाई कम्प्युटर छिटो खुलोस् अनि छिटो छिटो काम गर्न सकियोस् भन्ने लाग्छ। तर विभिन्न कारणले कम्प्युटर भने सुस्तो भइरहेको हुन्छ।

Read More »

तीन टुल ट्वीटरका

ट्वीटर, एउटा माइक्रोब्लगिङ साइट मात्र रहेन। यो सार्वजनिक मञ्चको रुपमा स्थापित भइसकेको छ। र्सार्वजनिक चासोका विषयमा छलफल गर्ने चौतारी बनिसकेको छ यो। वास्तवमा आम दैनिकीको हिस्साका रुपमा स्थापित भइसकेको छ। सार्वजनिक जिवनको अभिन्न अंग बनेको यो सामाजिक सञ्जालमा जोडिनेको संख्या पनि राजा देखी रंक सम्म विस्तार भइसकेको छ। विश्वका धेरै देशमा सरकार प्रमुख, सरकारी निकाय साथै राजनीतिज्ञहरुको जनतासँग प्रत्यक्ष सम्वाद गर्ने माध्यमका रुपमा यसलाई अघि बढाएको पाइन्छ। फेसबुकमा जस्तो लाइक, सेयर र कमेन्टको लामो र झण्झट लाग्दो नोटिफिकेसन नहुने भएकाले पनि यसलाई प्रयोग गर्नेहरु दिनदिनै बढिरहेका छन्।राजनीति तथा समाजका विभिन्न पक्षमा सामाजिक एवं सार्वजनिक बहस हुने मञ्चका रुपमा स्थापित भइरहेको ट्वीटरको अलिकति बैगुन र कमजोर पक्ष भनेको यसमा रहेको शब्द लेख्न सक्ने क्षमता हो। त्यसो त ट्वीटरमा हुने अर्न्तक्रिया सेवा तथा मिडिया व्यवसायका लागि महत्वपूर्ण लाभको माध्यम हो। मिडियाका वेबसाइटलाई भिजिटर ट्राफिक र सेवाका बारेमा उपभोक्ताका प्रतिक्रिया जान्ने माध्यम पनि यही ट्वीटर हो। यसमा हुने अर्न्तक्रिया र ट्वीटरको पहुँचको अवस्था जान्नका लागि पनि विभिन्न माध्यम पनि रहेका छन्। यस्ता माध्यम जसले आफूलाई फलो गरे नगरेको पनि पत्ता लगाउँछ र तपाइँको ट्वीटर उपस्थितीको पनि आँकलन गर्दछ।

Read More »
Loading...