टेक्नोलोजी

यसरी छिटो खुल्छ जीमेल

गुगलले नयाँ नयाँ सेवा मात्र होइन आफ्ना सेवाहरु पनि समय समयमा सुधार र परिमार्जन गरिरहेको हुन्छ। तपाइँ हामी सबैले याद गरेको कुरा नै हो यो। पछिल्लो समयमा गुगलले आफ्नो इमेल सेवा जीमेलमा गरेको परिवर्तन त अनुभव गरिरहनु भएको छ। जीमेलमा गुगलले इमेल लेख्ने शैली मात्र होइन जीमेल खुल्दा देखिने पेजको शैली पनि पुरै परिवर्तन गरेको छ। गुगलले 'स्ट्याण्डर्ड' भन्ने शैली अलिक ग्ल्यामरस देखिन्छ। त्यसो त त्यसमा आफ्नो मुड अनुसारको थीम र शैली बनाउन पनि सकिन्छ। इन्टरनेटको गति धेरै राम्रो भएकाका लागि त यो निक्कै राम्रो सेवा हो। जहाँ इमेलमा आफ्नो मुड र शैली अनुसार काम गर्न वा सजाउन सकिन्छ। तर नेपाल जस्तो देशमा जहाँ तपाइँ हाम्रो इन्टरनेटको गति सुस्त छ त्यहाँ यसखालको सुविधाले जीमेललाई सुस्तो र हैरानी दिने बनाएको छ। गुगलले यसखालको उसको सेवालाई सुस्तो इन्टरनेट भएका स्थान तथा समुदायका लागि सजिलो उपाय पनि दिएको छ। जसलाई तपाइँ हामीले नअपनाइरहको पनि हुन सक्छौं। यसखालको तरिका तपाइँ साइबर वा कसैको वाइफाइ कनेक्सन प्रयोग गरेर जीमेल चलाइरहनु भएको छ भने निक्कै लाभदायक हुन्छ जसले तपाइँलाई विना प्रतिक्षा जीमेल खोल्न सक्ने बनाउँछ।

Read More »

सही उच्चारण गर्नुहोस् विदेशी नाम

सञ्चार, सम्बन्ध र स्वार्थहरुका कारण विश्व निक्कै नजिक भइसकेको छ। त्यसैले आजकल विश्वव्यापीकरण, अर्थात् ग्लोबलाईजेसन भन्ने शब्द आम बनिसकेको छ। हुन त हामी नेपाली विश्वबन्धुत्वको वैदिक परम्परामा हुर्केकाले विश्वव्यापीकरणको कुरा हाम्रो लागि नयाँ चाहिँ होइन। यतिखेर प्राकृतिक स्रोत माथिको स्वार्थका कारण धेरै ठूला देशहरुका पनि साना देशहरुमा ठूला स्वार्थ र सम्बन्धहरु जोडिन पुगेका छन्। ठूला देशका स्वार्थका कारण साना देशको राजनीतिक नेतृत्व पनि बिकाउ भएका धेरै उदाहरण छन्। दक्षिण एशिया विशेष गरेर यसखालको राजनीतिक विकासबाट गुज्रिइरहेको छ। हाम्रै छिमेकी अनि हाम्रै नेपाली मुलका दाजुभाई रहेको देश सिक्किमको भारत बिलय त नेपालका लागि सँधै सम्झना र पाठ बनिरहेको छ। चिन र भारतको बीचमा रहको नेपालमा भारतीय स्वार्थका कारण नेपालले प्रजातान्त्रिक विधि अंगिकार गर्न नसकेको र प्रजातन्त्रलाई असफल बनाउन कहिले सशस्त्र द्वन्द त कहिले जातिय, भाषिक संघियताका नारा उठिरहेको छ। दशक लामो जनयुद्धबाट उठेका भनेका नेतृत्व उनीहरुका सेवामा दिनरात राजदूतावास छिर्छन। यस्तो अवस्थामा देशमा विदेशी कुटनीतिज्ञको चहल पहल बढ्नु स्वभाविक हो। पत्रकारहरु विशेष गरेर जो राजनीतिक एवं कूटनीतिक क्षेत्रका समाचार लेख्छन् उनीहरुले यस्तो अवस्थामा उनीहरुको नाम सही उच्चारण गर्नु र पत्रिकामा लेख्नु आवश्यक हुन्छ। अंग्रेजी भाषाको समस्या धेरै नेपाली नेता र पत्रकारको भएपनि त्यसो भनेर पत्रिकामा गलत नाम लेख्न छुट हुँदैन।

Read More »

स्पामरबाट जोगाउनुस् फेसबुक

सामाजिक सञ्जाल फेसबुक यतिखेर आम दैनिकी बनेको छ। नेपालका मात्र २० लाख भन्दा बढि मानिस यसका नियमित प्रयोगकर्ता बनिसकेका छन्। नेपालमा मात्र होइन फेसबुकको लोकप्रियता विश्वभर नै छ त्यसैले त यसमा एक अर्ब भन्दा धेरै मानिस जम्मा भइसकेका छन्। सामाजिक सञ्जालका रुपमा यो विश्वकै ठूलो संख्याका मानिसहरुको भेला हुने ठाउँ हो। त्यसैले साइबर आक्रमण गर्ने देखी ठगी गर्ने सम्म यसमा भित्रिरहेका छन्। यसको र्सभरमा आक्रमण गर्ने र यसका सदस्यहरुको एकाउन्ट हृयाक गर्ने क्रम बढिरहेको छ। तपाइँले पनि आफ्नो फेसबुक एकाउन्टमा साइइन गर्ने समयमा पटक पटक सेक्युरिटी चेक र भेरिफिकेसन भनेर हैरानी खेप्नुभएको होला।

Read More »

कुन वेबसाइट कसको

दिनदिनै इन्टरनेट चलाउँदा धेरै वेबसाइटहरु हेर्नुभएको होला। समाचार देखी मनोरञ्जन अनि सामाजिक सञ्जाल यस्ता धेरै वर्गका वेबसाइट हेरेर दिन बिताउनु भएको पनि होला अनि देश विदेशका विभिन्न विषयमा जानकारी पनि हासिल गर्नुभएको होला। यस्ता वेबसाइट चलाइरहेको छ कसले त्यसको ख्याल गर्नुभएको छैन होला। वेबसाइटहरु विभिन्न प्रयोजनका साथ खुलेका हुन्छन्। कोही राजनीतिक प्रपोगाण्डा गर्नका लागि त कोही व्यवसाय अनि कोही चाहिँ आफ्नो व्यापार व्यवसायको प्रचार र सम्पर्कका लागि। यस्ता वेबसाइट चलाइ रहेको छ कसले भन्ने थाहा पाउन वेबसाइट चलाउनेले वेबसाइटमा उल्लेख गरेको छैन भने थाहा पाउन सकिन्न। वेबसाइट चलाउने, उसको कार्यालय तथा सम्पर्कको ठेगाना पत्ता लगाउनका लागि केही वेबसाइटहरु छन्। जसले कुन वेबसाइट कसको हो र कसले कहाँबाट चलाइरहेको छ थाहा पाउन सकिन्छ। साथै वेबसाइटको भिजिटर र उक्त व्यक्तिका अरु कतिवटा वेबसाइट छन् थाहा पाउन सकिन्छ।

Read More »

एक क्लिकमा कम्प्युटर चिनौं

कम्प्युटर किन्न लाग्नुभएको छ। या भरखर कम्प्युटर किनेर ल्याउनु भएको छ। विशेष गरेर एसेम्बल गरेर कम्प्युटर किन्नेहरुलाई एउटा शंका जहिले पनि हुन्छ कि कम्प्युटर पसललेले भित्र के कस्ता सामान वा पुर्जाहरु राख्यो भन्ने। आफूले तिरेको रकम र बिल अनुसारका सामान तथा पुर्जाहरु कम्प्युटर राखेको छ कि छैन भन्ने शंका यदी तपाइँमा छ भने त्यसको निवारणका लागि एउटा सजिलो उपाय छ। जसले तपाइँको कम्प्युटरमा राखिएका पार्टपुर्जाका सबै सूचना पाउन सकिन्छ।

Read More »

३० दिनमा कतिले हेर्छन् वेबसाइट

कुनै पनि वेबसाइट वा ब्लगको लागि भिजिटर अर्थात् वेबसाइटमा राखिएका सामग्रीका पाठक तथा दर्शक र तीनको संख्याले निक्कै महत्व राख्छन्। विशेष गरेर वेबसाइटको लोकप्रियता र प्रभाव जाँच्ने माध्यम भएकाले वेबसाइटको भिजिटर संख्या महत्वपूर्ण पक्ष हो। त्यसैले हरेक वेबसाइट चलाउने मानिस आफ्नो भिजिटरको संख्या जान्न चाहन्छ। त्यसो त वेबसाइटमा विज्ञापन दिने व्यक्ति वा संस्थाका लागि पनि सम्बन्धित वेबसाइटका भिजिटर कति छन् भन्ने जान्नु महत्वको हुन्छ। वेबसाइट चलाउने र त्यसमा विज्ञापन दिने मात्र होइन त्यसका पाठक पनि जान्न चाहन्छन् कि आफूले हेर्ने गरेको वेबसाइट अरु कति मानिसले हेर्छन् भन्ने। वेबसाइटका पाठक, विज्ञापनदाता तथा सञ्चालकका लागि समेत चासोको विषयका रुपमा रहेको भिजिटरको संख्या जान्नका लागि इन्टरनेटमा विभिन्न टुलहरु निशुल्क उपलब्ध छन्। यस्ता टुलहरु मध्ये अम्याजनको एलेक्सालाई नेपालका धेरैले विश्वसनिय मान्ने गरेको पाइन्छ। अमेरिकी र स्थापित कम्पनी अम्याजनको सेवा भएकाले नेपालका वेबसाइट तथा ब्लगका सञ्चालकमा रहेको भ्रम हो कि यसले मात्र सही तथ्यांक दिन्छ। एलेक्सा बाहेक पनि धेरै यस्ता अनलाइन टुल छन् जसले वेबसाइट र तीनको भिजिटरबारेमा जानकारी पत्ता लगाउने र जानकारी दिने गर्दछन्। त्यति मात्र होइन यस्ता वेब टुलले ...

Read More »

चाहेको ठाउँमा कफी हाउस

कफीको शौखिन हुनुहुन्छ। या कफी हाउसको माहौल मन पराउनुहुन्छ। क्याफे वा कफी हाउसमा बसेर लेख्न वा काम गर्न मन पराउनुहुन्छ। वा घरमा कफी खाँदा पनि कफी हाउसको माहौल चाहनुहुन्छ। यसखालको कफी लत छ भने तपाइँलाई इन्टरनेटमा एउटा सुविधा छ जसले तपाइँको नजिक ल्याउँछ कफी हाउसको माहौल। कफी हाउसमा कफी बनाउँदा निस्कने आवाज, कुराकानीमा मस्त मानिसहरु सबै दुरुस्तै तपाइँको अगाडि ल्याउने एउटा माध्यम छ अनलाइनमा। त्यो हो कफीटीभीटी। जसले कफी हाउसको माहौलमा तपाइँलाई २४ सै घण्टा राख्छ

Read More »

पाँच माध्यम इन्टरनेटको गति जान्ने

इन्टरनेट, आधारभूत आवश्यकता बनिसकेको यो। कम्प्युटरको जालोका रुपमा एउटा प्राविधिक तन्त्रविज्ञान मात्र रहेन यो अब। आम मानिसको दैनिकीको आवश्यकता बनिसकेको छ। त्यसैले त विश्वका विकसित मुलुकले यसलाई नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत नै गरिसकेका छन्। विकसित देशका नागरिकका लागि मौलिक हक बनेको इन्टरनेट नेपालमा भने निक्कै महँगो छ। त्यसमा पनि डाउनलोड अनि अपलोड हुने गति निक्कै सुस्तो। द्रूत गतिको इन्टरनेट चाहिँ इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक महँगो शुल्कमा मात्र बेच्छन्। भोल्यूम बेस भनिने चलाएको आधारमा पैसा लाग्ने सेवाको इन्टरनेट भने निक्कै द्रूत रहेको भन्ने दाबी विज्ञापनहरुमा पाइन्छ। यथार्थमा चाहिँ उपभोक्ताले विज्ञापनमा उल्लेख गरे जत्तिको डाउनलोड तथा अपलोडको गति भने पाएका हुँदैनन्। विभिन्न एमबीपीएसको अर्न्तराष्टि्रय स्तरको सेवा भनिएका थ्रीजी डाटासेवाले पनि पैसाको तुलनामा गति चाहिँ गतिलो दिएका छैनन। महँगो इन्टरनेट चलाइ रहेका हामीलाई सेवा प्रदायकले दिएको इन्टरनेट कनेक्सनमा ब्याण्डवीथको ठूलो चलखेल हुने गरेको छ। एउटै आइपी र ब्याण्डवीथ विभिन्न ग्राहकलाई बाँढ्ने भएकाले सबैले इन्टरनेट चलाएको अवस्थामा वेबसाइटहरु निक्कै सुस्तो खुल्ने समस्या आम भइसकेको छ। तपाइँ इन्टरनेट सुस्तो चलेर हैरान हुनुभएको छ भने तपाइँलाई कुन स्तरको गतिमा इन्टरनेट चल्ने भनेर सेवा प्रदायकले भनेको छ त्यसअनुसारको गति तपाइँको इन्टरनेट कनेक्सनमा

Read More »

वेबसाइटलाई बनाउनुहोस् पीडीएफ

हामीले दैनिक रुपमा अनेकन वेबसाइटहरु हेरिरहेका हुन्छौं। तीनमा रहेका सामग्री महत्वपूर्ण र कामलाग्ने ठानेर त्यसलाई सुरक्षित पनि राखिरहेका हुन्छौं। अधिकांशले बुकमार्क वा वेबसाइटलाई नै सेभएज गरेर राखेका हुन्छन्। त्यो भन्दा पनि उत्तम विकल्प चाहिँ वेबसाइटका उपयुक्त लागेका पोस्ट वा सामग्रीलाई पीडीएफमा उतार्नु हो। जसका लागि विभिन्न सफ्टवेयरहरु उपलब्ध छन्। त्यसो त केही अनलाइन टूल पनि छन् जसले वेबसाइट वा तीनमा रहेका सामग्रीलाई पीडीएफ फाइलका रुपमा उतार्छन्। त्यस्तै निशुल्क रुपमा वेबसाइटलाई पीडीएफमा उतार्ने सेवा प्रदायक हो पीडीएफक्राउड।

Read More »

कुकुर मन पराउनुहुन्छ यो हेर्नुस्

कुकुर, घरपालुवा मात्र होइन इमान्दार र मालिकको सोझो गर्ने जनावरको रुपमा लिइन्छ। धेरैका घरमा यो जनावर शौख अनि घरको शोभा बनेर रहेको हुन्छ। तपाइँहामी मध्ये धेरै वर्षमा कम्तिमा एक दिन भएपनि यसको पुरा गर्दछौं। यमराजको दूतको रुपमा। त्यसो भैरवको वाहनको रुपमा पनि कुकुरको पुजा गरिन्छ।

Read More »
Loading...