मान्छेकै मासु खाने डरलाग्दा अघोरी नागा बाबा

मान्छेकै मासु खाने डरलाग्दा अघोरी नागा बाबा

शिवरात्रि आउन लागेको छ । यतिखेर अनेकथरि बाबाहरू यहाँ देखा पर्छन, कालो लुगा लगाउने, नरमुण्डको माला लगाउने, राताराता आँखा भएका, विचित्रका मन्त्र भट्याउने डरलाग्दा अघोरीहरू पनि आउने गरेका छन् ।  तपाई‌ंहरूले शिवरात्रिमा नागा बाबाहरूका अनेकन चर्किकला देख्नु भएकै होला । शिव रात्रिमा पशुपतिनाथ आउने नागा बाबाहरूले लिंगमा लठ्ठी बेरेर त्यसले ढुंगा उचाल्नेमात्र होइन कि कहिलेकाँही त मान्छे नै उभ्याएर अनेक चर्तिकला देखाउँछन् । वास्तवमा को हुन् त ती अघोरी नागा बाबा? कहाँबाट आउँछन्? के छ तिनका रहस्य? आज हामीले भिडियोसहित यो विशेष सामग्री तयार पारेका छाैं ।Aghori-Sadhu-7

अाम मानिसहरू  भूतप्रेत र आत्माहरू पनि जतिको अघोरी जोगीहरूसँग डराउने गर्छन । नागाहरू सबै अघोरी साधु हुँदैनन् । अघोरी साधुहरूका संसारै अलग्गै हुन्छ । उनीहरू हिन्दु धर्मअन्तर्गत नै एक सम्प्रदायका अंग हुन्, तर तिनीहरूका ’boutमा थोरै मानिसलाई‌ मात्र थाह छ । यतिमात्र कुरा सुनिन्छ कि जब हामी सुत्छाैं अनि ती अघोरी बाबाहरूको वास्तविक  असली कार्य प्रणाली शुरु हुन्छ । मध्यरातमा पुगेर ती अघोरी बाबाहरूले के गर्छन भन्ने कुरा उनीहरूका बीचमा मात्र थाह हुन्छ ।

अघोरी बाबाहरू सदैव तिनीहरूका अनाैठो व्यवहार, एकान्तप्रियता र तिनीहरूले गर्ने रहस्यमय गतिविधिहरूका कारणले चिनिन्छ । हेर्दा जति विचित्र उनीहरू हुन्छन्, त्यति नै अनाैठा तिनका साधनाहरू पनि हुने गर्छ ।

Aghori-Sadhu-6भनिन्छ, अघोरीहरूका साधना मासु, मदिरा र मैथुनबिना पूर्ण हुँदैन । तर यसका पछाडि के कारण छ, त्यो भन्न सकिँदैनन् । कतिसम्म भनिन्छ भने राक्षसहरूपछि अघोरी सम्प्रदायका बाबाहरू नै यस्ता मानिस हुन्, जसले मानिसकै मासु खाने गर्छन् ।

 अघोर पन्थ

अघोरीहरू शैव सम्प्रदायका मानिन्छन् । यिनीहरूका आफ्नै पन्थ हुन्छ, जसलाई‌  अघोर पन्थ भनिन्छ । अघोर पन्थको उत्पत्तिका विषयमा निश्चित प्रमाणहरू भेटिएका छैनन्, अघोर पन्थ कपालिक सम्प्रदायसँग मिल्दोजुल्दो मानिन्छ । भगवान शिव स्वयं एक अघोरी मानिएका हुनाले यिनीहरूलाई‌  साक्षात शिव मान्ने पनि चलन छ ।

तीन खालका साधना

अघोरीहरूले तीन प्रकारका साधना गर्छन,  शिव साधना, शव साधना र श्मशान साधना। शिव साधनामा शवमाथि उभिएर साधना गरिन्छ । अन्य प्रकारका साधनामा पनि शवमाथि उभिएर वा त्यसमाथि खुट्टा चढाएर विशेष प्रकारका योगाशन गर्ने गरिन्छ । यस प्रकारका सबै साधनाहरूमा मानव मासु र मदिरा प्रसादका रुपमा चढाइन्छ ।

Aghori-Sadhuप्रमुख स्थान

नेपालमा शिवरात्रिका बेला नागा बाबा र केही अघोरी बाबाहरू पनि आउने गरे पनि तिनीहरू भारतबाटै आउने गर्छन् । भारतमा पनि अघोरीहरू सबै ठाउँमा पाइँदैनन् । भारतको असमस्थित कामख्या मन्दिर सबैभन्दा धेरै अघोरी पाइने स्थान हो । कामाख्या मन्दिर  सतिदेवीले आफैलाई‌ अग्निदाह गरेपछि शिवजीले उनका मृतशरीर बोकी हिड्ने क्रममा सतिदेवीको योनी पतन भएका स्थान मानिन्छ ।

असामबाहेक अघोरीहरू पश्चिम बंगाल, उज्जैन, नासिक, वाराणसीलगायतका स्थानमा पाइन्छ ।

मध्यरातमा मानिस जलाउने घाटमा तपस्या

Aghori-Sadhu-5अघोरीहरू मध्य रातमा मानिस जलाउने घाटमा पुगेर अनेकन तन्त्र सिद्धि गर्छन् । मानिस जलाएको खरानी आफ्नो शरीरमा दल्छन् । भनिन्छ, मानिस जलाउँदा बचेको अस्तु यिनीहरूले खाने गर्छन् ।

कालो वस्त्र लगाउने अघोरीहरूले नरमुण्डका माला लगाउने गर्छन्, उनीहरूले आफ्नो कुटी पनि श्मशनमा नै बनाउने गर्छन् । मानिस जलाउने घाटमा मात्र होइन्, अघोरीहरूले हिमालयमा पनि तपस्या गर्छन भन्ने गरिन्छ । यसैका लागि उनीहरू बेलाबेलामा नेपाल आएर कैलाशसम्म जाने गर्छन ।

हिन्दु धर्मावलम्बीहरूले अहिले पनि कतिपय स्थानमा पाँच वर्षभन्दा मुनिका, सर्पले टोकेर मृत्यु भएका र आत्महत्या गरेका मानिसहरूलाई‌ नजलाइकन गाड्ने वा बग्दो नदीमा बगाउने गर्छन । नदीमा बगाइएका यस्ता शबहरू डुबिसकेपछि हलुका भएर पानीमा तैरिन्छ । भनिन्छ, अघोरीहरूले यस्तै शब पानीबाट निकाले आफ्नो तन्त्र सिद्धि गर्ने गर्छन्।

जे पनि खान सक्छन

अघोर पन्थमा प्रवेश गर्नुअघि सबै किसिमका मायामोह त्याग्नु पर्ने नियम छ । अघोरीहरू खान पिउनमा केही पनि बार्दैनन् । दालभात पाए दालभात, रोटी पाए रोटी, खसी कुखुरा पाए त्यसकै मासु वा मानव मासु पनि खान पछि पर्दैनन । कतिसम्म भने अघोरीहरूले कुहिन लागेको पशुका मासुसमेत खाने गर्छन् ।

 

 

हेर्नुहोस भिडियो

कुन राशीका व्यक्तिले कुन रंगसँग होली खेल्ने ?

कुन राशीका व्यक्तिले कुन रंगसँग होली खेल्ने ?

रंगहरुको पर्व होली मंगलबार धुमधामका साथ मनाईदै छ । बिभिन्न संघ संस्था र क्लबहरुमा आजै होली मनाइसकेका छन् । बाटोमा लोला हान्नेहरुलाई त एक हप्ता अघि देखि नै होली लागेको थियो । होली रमाइलोको पर्व मात्रै होइन यसका केही धार्मिक मान्यताहरु पनि छन् ।

असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा मनाइने होलीको आफ्नै कथा छन् । हाम्रो राशी अनुसारको रंगसँग होली खेल्दा हामीलाई सुख समृद्धि र फलदायि हुुन्छ भन्ने मान्यता छ । यहाँ केही धार्मिक शास्त्रहरुमा उल्लेख भए अनुसार कुन राशीका व्यक्तिले कुन रंग प्रयोग गरि होली खेल्दा राम्रो हुन्छ भन्ने ’boutमा केही जानकारी दिने कोसिस गरेका छौ ।holi

मेष वा वृश्चिक राशी

मेष तथा वृश्चिक राशीको स्वामी मंगल हुन् । मंगलको रंग रातो हो र उनको पूजा पनि रातो पूजा सामाग्रीले नै हुने गर्छ । त्यसैले मेष या बृश्चिक राशी भएकाले रातो रङसँग होली खेल्नु अति लाभदायक मानिन्छ । यस राशीका मानिसलाई मान सम्मान मिल्ने तथा क्रोधको नियन्त्रण हुन्छ । भूमीलाभ हुन्छ, ऋणबाट मुक्ति मिल्छ ।

वृष र तुला राशी

वृष र तुला राशीको स्वामी शुक्र हुन् । नवग्रह मध्ये शुक्र सबैभन्दा चम्किलो ग्रह हो । वृष र तुला राशी भएका मानिसले होलीमा सेतो रंगको कपडा लगाएर होलीमा पँहेलो र आकाशेरंगको प्रयोग गर्न सक्छन् । यसले बैभव प्राप्ती हुन्छ । विलासितापुर्ण जीवनको आनन्द उठाउन सक्छन् । साथीभाई र परिवारबाट सम्मान मिल्छ ।

मिथुन र कन्या राशी

 यी दुई राशीका स्वामी बुध हुन् । बुध बुद्धि एवं वाणीसँग सम्बन्धित ग्रह  मानिन्छ । ज्योतिषका अनुसार बुध हरियो रंगको प्रतिनिधि ग्रह हो । मिथुन र कन्या राशी भएका मानिसले होलीको दिन विहानै गाईलाई हरियो घाँस खुवाउनु पर्दछ । हरियो रंगसँग होली उत्सव मनाउनु पर्छ । यसको प्रभावले व्यापार एवं जागिरमा सम्मानजक उपलब्धि प्राप्त हुनेछ । मान सम्मान पनि मिल्नेछ ।

कर्कट राशी

कर्कट राशीको स्वामी चन्द्रमा हुन् । चन्द्रमा मन एवं धनसँग सम्बन्धित ग्रह मानिन्छ । जो पूर्णरुपमा सेतो तथा सफा हुन्छ । कर्कट राशीका मानिसहरुले सेतो फूलले शिवको पुजा गरेर पँहेलो, केशर तथा हरियो रंगसँग होली खेल्दा फलदायी हुन्छ । जसले गर्दा उनीहरुलाई धन तथा सुख बृद्धि हुन्छ । हरियो रंगले शान्ति प्रदान गर्छ । सन्तानको सुख मिल्नेछ साथै समाजमा सम्मान मिल्छ ।

सिंह राशी

सिंह राशीको स्वामी सुर्य हुन् । सुर्य सबै ग्रहको पनि स्वामी मान्छिन्छन् । रातो, पँहेलो, बैजनी एवं सुन्तला रंग सुर्यसँग सम्बन्धित रंग हुन् । सिंह राशी भएकाले होलीको दिन विहान सुर्यलाई रातो गुलाव मिश्रित पानीको अर्घ दिएर रातो रंग सँग होली खेल्नु पर्छ । यसले गर्दा अत्यधिक उर्जा प्राप्त हुनेछ । शरीरमा शक्तिको संचार हुन्छ । बुद्धि प्रखर हुनेछ ।

धनु वा मिन राशी

धनु एवं मीन राशीका स्वामी गुरु हुन् । गुरुलाई धर्म, शुद्ध आचरण, सात्विक प्रवृति एवं अत्यधिक धन प्रदाता ग्रह मानिन्छ । धनु तथा मीन राशी भएका मानिसहरुले होलीका दिन विहान भगवान शंकरलाई पँहेलो बेसारको गाँठोले पुजा गर्नु पर्छ । तथा गरीबलाई भोजन गराउनु पर्छ । होलीमा उनीहरुले पँहेलो रंगको प्रयोग गर्नु लाभ हुन्छ । जसले गर्दा उनीहरुलाई मान सम्मान मिल्ने तथा सफलता प्राप्त हुन्छ ।

मकर तथा कुम्भ राशी

मकर एवं कुम्भ राशीको स्वामी शनिदेव हुन् । शनि न्यायप्र्रिय एवं मन्द गतीको ग्रह मानिन्छ । जसको रंग निलो हुन्छ । शनि सात्विक एवं धामिर्क प्रवृत्तिको व्यक्तिलाई कहिले कष्ट दिदैनन् भन्ने मान्यता छ । मकर एवं कुम्भ राशी भएका मानिसहरुले होलीमा नीलो, सेतो, कालो तथा खैरो रंगको प्रयोग गर्दा लाभदायक हुन्छ ।

यो पढ्नु भयो 

संगत गर्न नहुने ८ प्रकारका मानिस

भारतीय रुपैया अब अनलाइनबाटै डाउनलोड !

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जीवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जीवन

यौनका सन्दर्भमा पश्चिमेली समाजलाई खुल्ला र पूर्वीय समाजलाई संकुचित मानिन्छ । त्यसो त पछिल्लो समय पूर्वीय समाज पनि आधुनिकताका नाममा पश्चिमेली सस्कृती अबलम्बन गर्न थालेका छन् । तर यौनका मामिलामा पूर्वीय समाज पनि कम्ति खुल्ला भने छैन । यसको बिस्तृत अध्ययन अनुसन्धान नभएको मात्र हो ।

नेपालकै सन्दर्भमा भन्ने हो भने पनि सयौ बर्ष पुरानो मठ मन्दिरहरुमा थरिथरिका यौनाकृतिहरु कुदिएका छन् । अधिकांश चर्चित मन्दिरहौर्मा खुल्लमखुल्ला देखिने ठाउँमा बिभिन्न तरिकाका यौनासनहरु बनाइएका छन् । के तपाईले यी कुराहरु ख्याल गर्नु भएको छ ? यसलाई कतिपयले लुकी लुकी चिहाइरहेको हुन्छ भने कतिपय नदेखे झैँ गरेर हिड्ने गरेका छन् ।

सार्वजनिक ठाउँमा त्यस माथि पबित्र मानिने मन्दिरमै किन यस्तो बिचीत्र यौनासन बनाईयो भन्ने सन्दर्भमा बिभिन्न धारणाहरु छन् । तर यसको सार के हो भने त्यस बेला पनि यौन सम्पर्कका बेग्लै दुनिया थिए । यसलाई मनोरन्जन र मस्तीको साधन मानिन्थ्यो । अहिले जतिसुकै खुल्लापनको कुरा गरे पनि यी टुडालहरु नियाल्दा त्यसबेलाको शैली पनि ‘कडा’ नै लाग्छ । यति मात्रै होइन कतै अहिलेका आधुनिक भनिएका जमातले यी पुराना टुडालहरुबाटै सिकेका त होइनन् ? अनुसन्धान गर्न जरुरी छ ।

मन्दिरमा यौनासन किन बनाइए भन्ने ’boutमा बिभिन्न धारणा/मान्यता छन् । के पनि विश्वास छ भने मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन मन्दिरको बाहिर नै कामुक कला कुदिएका थिए । केहि किम्बदन्ती के छ भने मन्दिरमा यौनजन्य संकेत सहितका कला राख्दा चट्याङ पर्दैन । जसको कारण कहिलै पनि मन्दिरहरुमा कुनै क्षति हुँदैन ।

अर्को मान्य के पनि छ भने प्राचिन कालमा हिन्दुधर्मावलम्बीहरुलाई मुश्लिम शाशकहरुको डर थियो । मुस्लिमहरुले आक्रमण गर्नेक्रममा नग्न र कामुक बस्तुहरुको नजिक पर्दैनन् भन्ने त्यतिखेरको चेतना थियो त्यसैकारण उनीहरुबाट मन्दिरलाई जोगाउनकै लागि पनि यस्ता आकृति कुदिएका थिए भनिन्छ । कतिपयले यस बिषयलाई त्यतिखेरको राजाहरुको सम्पन्नता र मज्जाको जीवनशैलीका रुपमा पनि चित्रण गरेका छन् । यी १३ फोटोमा हेर्नुस भगवानहरुको यौन जीवन ।

पाटनस्थित जगननारायण मन्दिर आसपास बनाइएका टुडालहरु 

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

 

भगवानको पालामा मोबाइल भएको भए …

भगवानको पालामा मोबाइल भएको भए …

भगवान शिवको अनुहार, स्टाइल अनि पहिरन कस्तो थियो होला? सायद शिवजीको वर्णन गरेर पूराण रचना गर्नेले पनि देखेको थिएनन् न त हामीले घरको पुजाकोठा तथा मन्दिर अनि भित्तेपात्रो देखी माला र कपडामा टाँगे छापेका तस्वीरको सृजना गर्नेले नै देखेका थिए। वास्तवमा हामीलाई भगवानको रूप सदृश्य देखाउनका लागी कलाकारहरूले भगवानको मूर्ति तथा तस्वीरको रचना गरेका हुन् सायद उनिहरूको कल्पनाशिलताले हाम्रो विश्वास जित्यो र हामीलाई उनीहरूले दिएको शिव, राम, सरस्वती सबै देवी देवताको तस्वीरमा साँच्चै शिव, राम अनि सरस्वतीको बासको अनुभूती भयो।

वास्तवमा भगवान कसैले देखेको छैन। न त उनीहरूको स्वभाव र आचरणको नै अनुभव कसैले गरेको छ। तर पुराणहरूमा वर्णन गरिएका शैली, व्यक्तित्व र पहिरन व्यवहारलाई आधार मानेर कलाकारले आफ्नो कल्पनाशक्तीको माध्यमले भगवानलाई साक्षात रूप दिए। त्यही रूपमा हाम्रो आँखाले राम, शिव, सरस्वतीलाई साक्षातकार गरयो अनि हामीले पायौं घरको पुजा कोठा देखी अस्पतालको शल्लीक्रिया कक्ष सम्म भगवानको आराधना र दर्शन गर्ने अवसर।

कलाकारको कल्पनाशिलता समयसँगै परिवर्तन हुन्छ। अनि उसले भोगेको समाज अनुसार उसको प्रस्तुती पनि हुन्छ। त्यसैले त यतिखेर हनुमान अनि कृष्णजी टेलिभिजनका पर्दामा बाल हनुमान र कृष्ण बनेर बालबालिकालाई उही रामायण र महाभारतका कथा र पात्रको बयान गरिरहेका छन् एनिमेसन चलचित्र मार्फत। यो पनि कलाकारको कल्पना र सृजनाको नै उपज हो। समयसँगै भगवानमा आस्था राख्ने, व्यक्त गर्ने शैलीमा आएको परिवर्तन हो यो।

समकालिन समय र प्रवृती शैली अनुसार कलाकारको कल्पना र त्यसले पाउने रूपमा फरक आउँछ नै। यतिखेर मोबाईलको जमाना छ, स्मार्टफोन र सेल्फिले बजार पीटेको छ। सामाजिक संजालमा सेल्फी पोस्टने र त्यसैमा साता दिन सम्म आउने लाईक र कमेन्ट हेरेर मख्ख पर्नेको बहुमत छ। कल्पना गर्नुस यदी यस्तै स्मार्टफोन र सेल्फी क्रेज भगवानको पालामा भएको भए तपाईं हाम्रा पुजाकोठा, घरका भित्तामा झूण्डीएका भगवानका फोटामा उनीहरूको भावभंगी कस्तो हुन्थो होला?

 

साँच्चै नै भगवानको पालामा मोबाइल भएको र आजको हाम्रो पालाको जस्तो क्रेज भएको भए ! कल्पना गर्नुस् त!

हातहातमा मोबाइल बोकेका ३३ करोड देवतालाई मोबाइल सेवा दिने भनेका नारद मुनि नै हुन्थे होलान्। सूचना आदान प्रदानको एउटा मात्रै माध्यम बनेका नारद मूनि पनि अहिले योगको मार्केटिंग गरेर अथाह सम्पत्ती जोडेका बाबारामदेव जस्तै कर्पोरेट मूनि हुन्थे कि ?

भगवानहरू नारद मूनिको नारायण नारायणको गीति शैलीलाई मोबाइलको रिंगटोन राख्थेहोलान्। शिवजी किराँत रूप धारण गरेर जंगल जंगल चहार्दा पार्वतीले फोन गरेर कम्ता प्रश्न सोद्धी होलिन?

सरस्वतीले बुढा ब्रम्हाजीसँग खिचेको सेल्फीमा धनकी देवी लक्ष्मीले ‘लोल’ कमेन्ट लेख्दिहुन्। शेषनागहरूलाई भगवान विष्णुको मोबाईल पानिबाट जोगाउन नि कम्ता सास्ती हुँन्थेन होला। उता कृष्णजीको लिला एमएमएस बनेर तिनै लोकमा ब्याण्डवीथ खाइरहेको हुन्थ्यो होला! अनि राधा र कृष्णको सेल्फीले लाईकको रेकर्ड राख्थ्यो।

महादेवले कालकुट विष पिएको फोटो र भिडियोको भ्यूज, सेयर र रिट्वीटको तथ्यांक राख्न नै अर्को कम्प्युटर प्रणाली विकास हुन्थ्यो होला।

 

यस्तै कल्पना गरेर भारत पूणेकी २४ वर्षिय अद्रिता दासले प्रचलनमा रहेका भगवानका तस्वीरहरूमा फोटोसफको माध्यमले स्मार्टफोन, सोसल नेटवर्क र सेल्फीको क्रेज घुसाएकी छिन्। यसलाई भगवानको निन्दा भन्दा पनि यतिखेरको क्रेज र शैलीमा भगवानलाई प्रस्तुत गरेको रूपमा लिएर हेर्नु उपयुक्त होला। उनले तयार पारेका तस्वीर यस्ता छन्:

महाभारतको युद्ध सुरू हुनु अधि कृष्ण अर्जुनको सेल्फी

महाभारतको युद्ध सुरू हुनु अधि कृष्ण अर्जुनको सेल्फी

राधा कृष्ण र सेल्फी

राधा कृष्ण र सेल्फी

महाकाली र सेल्फी

महाकाली र सेल्फी

राम सिताको बनबासकालको सेल्फी

राम सिताको बनबासकालको सेल्फी

भगवानको पालामा मोबाइल भएको भए … १

भगवानको पालामा मोबाइल भएको भए … २

भगवानको पालामा मोबाइल भएको भए … ३

भगवानको पालामा मोबाइल भएको भए … ४

हनुमानको छातीमा इन्स्टाग्राम

हनुमानको छातीमा इन्स्टाग्राम