१५ यस्ता देश जहाँ बलत्कारीलाई दिइन्छ क्रुर सजाय

१५ यस्ता देश जहाँ बलत्कारीलाई दिइन्छ क्रुर सजाय

विश्वका कुनै पनि सभ्य समाजमा बलत्कारलाई गम्भीर अपराधका रूपमा लिइन्छ । बलत्कारमा परेका पीडितले जीवनभर मानसिक यातना झेल्नु पर्छ । कतिपय अवस्थामा उनका कुनै दोष नभए पनि सामाजिक तिरस्कारसमेत भोग्न बाध्य हुनुपर्छ । सामाजिक प्रताडना, बदनामी झेल्न नसकेर कतिपय अवस्थामा त बलत्कृत महिलाहरूले आत्महत्या नै गर्नु परेका घटनाहरू सार्वजनिक भइरहेका छन् । नेपालमा बलत्कारसम्बन्धी सजाय केही खुकुलो भएको, बलत्कारसम्बन्धी उजुरी र कानुनी कारबाही प्रक्रियामा जाँदा उल्टै बदनाम हुने डर, न्याय पाउनमा हुने ढिलाइले गर्दा धेरैजसो घटनाहरू गोप्य नै राखिन्छन् । तर विश्वमा केही यस्ता देश छन् । जहाँ बलत्कारीहरूप्रति कडा कानुनी कारबाहीका व्यवस्था छन् । आज हामी त्यस्तै कडा कानुनी व्यवस्था भएका देशहरूका ’boutमा चर्चा गर्दैछाैं ।

१. चीन

चीनमा बलत्कारीहरूलाई सीधै मृत्युदण्डको सजाय सुनाइन्छ । कतिपय गम्भीर प्रकरणमा त बलत्कारीको गुप्तांग काटिदिने वा निष्क्रिय तुल्याइदिनेसम्मका सजाय दिइन्छ ।

२.ईरान

ईरानमा बलत्कारीलाई सीधै फाँसीका सजाय दिइन्छ वा सार्वजनिक स्थलमा ढुंगाले हानेर मार्नका लागि रिसले उग्र भएका जनताका बीचमा छाडिदिइन्छ ।

३. नेदरल्यान्ड

नेदरल्यान्डमा बलत्कारका दोषीलाई उमेरका आधारमा ४ देखि १० वर्षको काराबासको सजाय दिइन्छ । नेदरल्यान्ड यस्तो देश हो, जहाँ बिनासहमति फ्रेन्स किस (ओठ जोडेर गरिने चुम्बन) पनि बलत्कारका रूपमा व्याख्या गरिएको छ र आरोपितहरूलाई बलत्कारबराबर नै सजाय दिइन्छ ।

४. फ्रान्स

फ्रान्समा बलत्कारीलाई १५ वर्षसम्म जेल सजायका साथसाथै यातना दिने कानुनी व्यवस्था छ, यस्तो सजाय ३० वर्षसम्म बढाउन सकिने व्यवस्था छ ।

५. उत्तर कोरिया

बलत्कारजस्ता अपराधका लागि उत्तर कोरियामा कुनै दया र जेलसजायको प्रावधान छँदैछैन, बलत्कारीलाई पक्राउ गर्ने वित्तिकै गोली ठोकेर मारिदिइन्छ ।

६. रूस

रूसमा बलत्कारीलाई काराघरमा तीन वर्षसम्म थुनिन्छ, उसले पीडितलाई पुर्‍याएको क्षतिका आधारमा कैद सजाय ३० वर्षसम्म  पुर्‍याइन्छ ।

७‍. अफगानिस्तान

अफनिस्तारमा बलत्कारीलाई बलत्कार भएको चार दिनभित्र गोली ठोकेर मारिन्छ अर्थात मृत्युका सजाय दिइन्छ ।

८. नर्बे

नर्बेमा बतल्कारीलाई पीडितसँग गरिएको निर्दयी व्यवहारका आधारमा ४ देखि १५ वर्षसम्मका सजाय हुने कानुन छ ।

९. अमेरिका

अमेरिकामा बलत्कारसम्बन्धी दुई किसिमका कानुनहरू छन्, पहिलो संघीय कानुन र अर्को राज्य कानुन । संघीय कानुनअनुसार बलत्कारीलाई ३० वर्षसम्म कैदको व्यवस्था छ भने राज्य कानुनअनुसार फरक-फरक किसिमका सजायका व्यवस्थाहरू छन् ।

१०. भारत

भारतमा बलत्कारविरुद्धको कानुन २०१३ पछि त्यहाँ बलत्कारीलाई १४ वर्षसम्म जेल सजाय हुन्छ भने केही प्रकरणहरूमा फाँसी र जन्मकैदका समेत फैसला हुनसक्ने व्यवस्था छ ।

११. साउदी अरब

साउदी अरबमा कुनै व्यक्तिलाई बलत्कार आरोपमा दोषी पाइएमा जाँचबुझपूर्व नै सार्वजनिक रूपमा मारिन्छ । यो विश्वकै क्रुरतम सजाय हो ।

१२.  इजिप्ट

इजिप्टमा पनि बलत्कारीलाई सार्वजनिक रूपमा नै झुन्ड्याएर वा काटेर मारिन्छ । जसबाट बलत्कारका ’boutमा समाजमा सन्देश पुर्‍याउन सकियोस् ।

१३. इजरायल

इजरायलमा बलत्कारीलाई कम्तिमा चार र बढीमा १६ वर्षसम्मका कैद सजायको प्रावधान छ ।

१४. यूएई

यूएईमा पनि बलत्कारीलाई सीधै मृत्युदण्डको सजाय दिइन्छ ।

१५.  ग्रिस

ग्रीसमा कानुनी किताबहरूमा बलत्कारका परिभाषा स्पष्ट रूपमा लेखिएका छन् । कुनै पनि प्रकारका शारीरिक शोषण, यौन उत्पीडन, ज्यान मार्ने धम्की दिएर गरिने जबर्जस्ती याैन सम्पर्कलाई बलत्कार मानिएको छ । यस्तो अपराधमा आजीवन कैद गरिन्छ भने अपराधीलाई जनावरसरह सिक्रीले बाँधेर राखिन्छ ।

 

यस कारण हुन्छ एक्स रे खतरनाक

यस कारण हुन्छ एक्स रे खतरनाक

तपाई हामीले हाडजोर्नीका कुनै समस्या आउँदा वा छाति दुःखेमा एक्स रे गर्ने गरेका छाैं, तर हामीले उपचारका लागि रोग वा समस्या चिन्न गर्ने गरेको एक्स रे हामीले सोचेभन्दा बढी खतरनाक हुनसक्छ ।

एक्स रे  अत्यन्तै बढी विद्युत चुम्बकीय विकिरण भएको ऊर्जा प्रणााली हो, यसलाई कतिपय अवस्थामा एक्स-रेडिएसन पनि भनिन्छ । एक्स रेले हाडजोर्नीमा भएका समस्या, छाति-फोक्सो वा अन्य भित्री अंगमा भएका समस्या पत्ता लगाउन मात्र होइन सुरक्षाका लागि पनि काम गर्ने गर्छ । एयरपोर्टहरूमा यसकै माध्यमले हातहतियार वा अन्य प्रतिबन्धित वस्तुका ओसारपसार पत्ता लगाइन्छ ।

जर्मनीका वैज्ञानिक विलहम रोजटनले सन् १८९५ मा एक्स रे पत्ता लगाएका थिए । उनकै नाममा यसलाई कतै कतै रोजटन विकिरण पनि भनिन्छ । विश्वकै पहिलो एक्स रे विलहम रोजटनकै श्रीमतीको हातको थियो, जसमा उनीहरूको विवाहको औंठी पनि देखिएको थियो ।x-ray-of-the-knee

एक्स रेसँग जोडिएका केही रोचक तथ्यह यस्ता छन् :

१. विलहम रोजटनद्वारा एक्स रेको खोजी संयोगवस भएको थियो । वास्तवमा उनी त्यस दिन भ्याकुम ट्युबहरूमा केही प्रयोग गरिरहेका थिए, त्यही बेला उनले  विचित्र किसिमका विकिरणहरू महसुस गरे । पछि थाह भयो ती साधारण किसिमका तरंगहरू भने थिएनन्।

२. एक्स रेको खोजी गरेबापत विलहम रोजटनलाई सन् १९०१ मा नोबेल पुरस्कार दिइएको थियो ।

३. विलहमकी पत्नी आफ्ना पतिको आविष्कारबाट खुसी थिइनन् । उनले आफ्नो हातको डरलाग्दो चित्र देखेपछि भनेकी थिइन-  “मलाई यस्तो लागेको थियो कि मैले मेरो मृत्यु देखेकी हुँ।”

४. एक्स रेको सहयोगले चिकित्सा क्षेत्रमा निकै लाभ प्राप्त हुने सम्भावना थियो, त्यसैले विलहम रोजटनले यसको पेटेन्ट आफ्नो नाममा दर्ता गराएनन् । उनी यसको लाभ सबैले प्राप्त गरुन् भन्ने चाहन्थे ।

५. एक्स रेलाई अंग्रेजीमा विभिन्न ढंगले लेखिन्छः X-rays, xray, X ray, X-ray,  x-ray

६.एक्स रे खोजी गरेको प्रारम्भका दिनहरूमा रोजटनले एक्स रे गर्नका लागि एउटा जिंक र शिशाका बक्साको प्रयोग गर्थे, ताकि उनको प्रयोगशालामा रहेका फोटोग्राफिक प्लेटहरू नबिग्रिउन । यसरी अन्जानवसै उनले आफूलाई पनि सुरक्षित बनाएका थिए । प्रारम्भिक समयमा उनलाई यी विकिरणहरूका अधिक सम्पर्कमा आउँदा क्यान्सरसम्म हुन सक्ने कुराका ज्ञानै थिएन ।

७. एक्स रेको वेभलेन्थ (Wavelength) पराबैजनी विकिरणहरूभन्दा पनि कम हुन्छ त्यसले यो अति नै शक्तिशाली हुन्छ । एक्स रेको वेभलेन्थ देखिने खाले प्रकाशभन्दा पनि कम हुन्छ ।

८. जो वैज्ञानिकहरूलाई एक्स रेबाट हुने नोक्सानी’bout थाह थिएन, तिनीहरूमा पछि छाला पोल्ने, चिलाउने, कपाल झर्ने र क्यान्सरजस्ता बिमारीहरू देखापरे ।

९. एक्स रेका कारण मृत्यु हुने पहिलो व्यक्ति क्लारेन्स डेली हुन् । उनले थमस एडिसनको एक्स रे लाइट बल्बमा धेरै वर्षसम्म काम गरेका थिए, जसको कारणले उनको शरीरमा क्यान्सर उत्पन्न भइ धेरै घाउहरू देखा परे र केबल ३९ वर्षको उमेरमा उनको मृत्यु पनि भयो ।

१०. जब एक्स किरणहरू हाम्रो शरीर हुँदै प्रवाह हुन्छ, त्यतिखेर केही किरणलाई हाम्रो शरीरका बाहिरी र भित्री भागले रोक्छन भने केहीले पूरै वारपार गर्छन् । सोही कारण हाम्रो शरीरका भित्री भागको तस्बिर एक्स रे ग्राफमा छापिन्छ ।

११. सीटीस्क्यान, फ्लुरोस्कोपी, मोमोग्राम र डेन्टल एक्स रेज पनि एक्स रेकै विभिन्न प्रकार हुन् तर सोनोग्राफी, अल्ट्रासाउन्ड र एमआरआई भने फरक विधि हुन् । त्यसैले यिनीहरू सुरक्षित मानिन्छ ।

१२. एक्स रे मानव भ्रुणका लागि खतरनाक भएका कारणले गर्भावती महिलाहरूका एक्स रे गरिँदैन, यदि एक्स रे गरिएमा शारीरिक विकृति भएका बच्चा जन्मिन सक्छ ।

१३. एक अनुमानअनुसार अमेरिकामा हुने कुल क्यान्सरका बिमारीहरूमध्ये ०.४ प्रतिशत क्यान्सर सिटी स्क्यानका कारणले हुने गरेको छ ।

१४. एक्स रे  किन खतरनाक मानिन्छ? एक्स रे इलेक्ट्रोनहरू उत्सर्जित गर्दछ, जब यो हाम्रो शरीरका टिस्युहरूसँग सम्पर्कमा आउँछ, यसले हाम्रो डीएनएको सिक्री तोड्न सक्छ, जसका कारण क्यान्सर हुनसक्छ ।

त्यसैले ससानो कुरामा पनि एक्स रे गर्नुभन्दा पहिला सोचाैं ।

पानीका पच्चीस कुरा

पानीका पच्चीस कुरा

हामीले पंचमहाभूतको एउटा तत्वको रूपमा पानीलाई बुझ्दै आएका छौं। आकाश, वायु, अग्नि, जल तथा पृथ्वी को संज्ञा नै पंचमहाभूत हो। प्रकृतिमा जे जति पद्धार्थहरू छन् ती सबै यी नै पाँच तत्वबाट बनेका छन्। मानव जिवन नै यी पाँच तत्वमा अडिएको छ। यी मध्ये कुनै नहुने हो भने मानव जिवनको कल्पना पनि गर्न सकिन्न। हुन त पृ्थ्वीमा जमिन भन्दा पनि धेरै भूभाग पानीले ढाकेको छ तर पनि खान योग्य पानीको मात्रा निक्कै कम छ। हुन त नेपाल पानीमा विश्वकै दोश्रो धनी मुलुक मानिन्छ तर नेपालमा नै पानीको माध्यमबाट उत्पादन हुने बिजुलीको अभाव छ भने काठमाण्डौं लगायत देशका मुख्य शहरहरूमा खानेपानी कै अभाव छ। त्यसो त देशका कृषियोग्य भूभागमा सिंचाइ समेत पुग्न सकेको छैन।water 25 facts

पानी बिनाको संसारको कल्पना सायदै हुनसक्छ। हामी केही समय मात्र पानी नखाइ बस्ने हो भने प्याकप्याक पर्छौं। बच्चै देखी हामीले सुन्दै आएका छौं ‘पानी नै जिन्दगानी’। त्यसो त ‘थोपा सिंचाई’ पनि सुनिरहेको नै हो। अनि पहाडी क्षेत्रमा पानीको लागी पंधेरा सम्म पुग्न घण्टौं लाग्ने अवस्था आजपनि हट्न नसकेको हाम्रो वास्तविकता हो। पानी र पंधेरा अनि कलधाराका कुरा घुर्मैलो सम्झनामा रहेका शहरियाहरूका बीच चाहीं अहिले पानी तान्ने मेसिन र धारामा पानी आउने तालिका कण्ठै हुने अवस्था बनेको छ। त्यसै भएर त पम्प बेच्नेहरूले विज्ञापननै बनाए ‘सर्भो भए अरू किन खोज्ने’ त्यसो त पानी जोगाऔं भनेर विज्ञापन बजाउन थालेको पनि दशकौं भइसकेको छ।

पानी हाम्रो जिवनको अभिन्न अंग र दैनिक अत्यावश्यक पदार्थ मात्र होईन पानी नै बेचेर करोडपति हुने पनि काठमाण्डौंमै दर्जनौं भईसके तर पनि हाम्रो पानीको प्यास सजिलै मेटिनेवाला छैन। त्यसो त काठमाण्डौंले मेलम्चीको पानीले प्यास मेट्ने रहर गरेको पनि तीन दशक नै हुन लागिसक्यो। ‘मेलम्ची पानीले…….नानीको…..बानीले…’, ‘यो पानी कस्तो बैमानी….’, ‘टिपटिप वर्षा पानी….’ जस्ता दर्जनौं गीत बनिसके अनि चलचित्रका निर्देशकले नायिकाका अंगको दर्शन गराउन नायिकालाई पानीमा नाच्न लगाउने ग्ल्यामर शैलीले पनि धेरै ‘पानी नमाग्ने’ खालका चलचित्रलाई नाफामा लगे तर आज सम्म पनि पानीका ’bout धेरै कुरा हामीलाई थाहा छैन।

यो आलेखमा पानीका ’boutमा पच्चीस तथ्य प्रस्तुत गरिएको छ, जुन हामीले जान्नु जरूरी छ :

1. भन्नलाई चाहिं पानीको रंग हुँदैन भनिन्छ तर वास्तवमा पानीको रंग हल्का नीलो हुन्छ।

2. संसारमा १% मात्रै पानी पिउन योग्य छ, जसमा ९०% पानी अंटार्कटिकामा जमेर बरफका रूपमा रहेको छ। पिउन योग्य १% पानी मध्ये ०.००३% पानी प्रयोग भईसकेको छ। जति पनि पानी प्रयोग भइसकेको छ त्यसको ७०% पानी कृषिका लागी प्रयोग भएको छ।

3. हरेक वर्ष ३४ लाख मानिसको मृत्यु पानीबाट उत्पन्न हुने रोगका कारण हुन्छन्।

4. अफ्रीकाका मानिसहरू ६ किलोमिटर सम्म पैदल हिँडेर आफ्नो लागी पानीको जोहो गर्छन्।

5. एक पटक ट्वाइलेट फ्लश गर्दा ६ लिटर पानी खर्च हुन्छ।

6. चीनमा ७० करोड मानिस फोहोर पानी पीउन बाध्य छन्।

7. स्विमिंग पुलबाट हरेक महिना ३७ ०० लिटर पानी वाफ बनेर उड्छ।

8. तातो पानी चिसो पानी भन्दा छिटो जमेर बरफ बन्छ।

9. सफा पानीबाट बिजुली प्रसार हुँदैन तर पानी भित्र हुने फोहरले बिजुलीको तरंगलाई प्रसार हुन सहयोग गर्छ।

10. पुरा घरमा खपत हुने पानीको दुई तिहाई पानी बाथरूममा खर्च हुन्छ।

11. ज्यादा पानी पीउनु नशा हुनसक्छ, त्यसको कारण पानी पिउने व्यक्तिको मृत्यु पनि हुनसक्छ।

12. विश्वको २०% सफा र नजम्ने खालको पानी एउटै मात्र तालमा छ, त्यो हो रूसको बैकाल ताल।

Water Bottle

13. पानीको बोतलमा लेखिएको प्रयोग गरिसक्नुपर्ने मिती (expiry date
) बोतलको लागी हो पानीको लागी होइन।

14. जिराफ ऊँट भन्दा धेरै समय सम्म पानी नपिइकन बस्न सक्छ।

15. पानी भित्र लामो समय सम्म स्वास रोकेर बस्ने रेकर्ड २४ मिनेटको छ।

16. सन् २०१३ मा दुई भौतिकशास्रीले पानी भित्र टाई बाँधेका थिए।

17. १० बुँद पानी भित्र H20 को मोलिक्युल (molecules) जति छ ब्रह्माण्डमा त्यती नै संख्यामा तारा छन्।

18. हात्तीले ५ किलोमिटर टाढैबाट पानीको पत्तो पाउँछ।

19. सन् १९७० मा अमेरिकाले जति पानी प्रयोग गरेको थियो आजकल त्यो भन्दा थोरै पानी प्रयोग गर्छ।

Loading…

20. जुन पातलो पाइपमा पानी गुरुत्वाकर्षण को विपरीत दिशामा चढ्छ त्यो पाइपलाई क्यापिलरी ट्युब (Capillary tube) भनिन्छ।

21. एक गीलास सुन्तलाको जुस बनाउनको लागी जतीवटा सुन्तला प्रयोग हुन्छ त्यतीवटा सुन्तला फलाउनको लागी ५० गिलास पानी आवश्यक हुन्छ।

22. मानिसको शरीरमा १% पानीको कमी भयो भने प्यास लाग्छ भने १०% पानीको कमी भएको खण्डमा मानिसको मृत्यु हुन्छ।

23. अमेरिकामा हरेक दिन ४०० बिलियन ग्यालन पानी प्रयोग हुन्छ।

24. यदि एउटा धाराको टुटीबाट १ सेकेण्डमा थोपा पानी चुहिन्छ भने एक वर्षमा ११ हजार लिटर पानी खेर जान्छ।

25. अन्त्यमा, थाहा पाउनुस् कुन चिज बनाउन कति पानीको आवस्यकता पर्दछ:

एउटा एफोर (फोटोकपी वा प्रिन्ट गर्ने कागजको पाना) बनाउन १० लिटर पानी लाग्छ
२५० एमएलको बीयर बनाउन ६४ लिटर पानी लाग्छ
एउटा प्लास्टिकको बोटल बनाउनको लागी ९५ लिटर पानी लाग्छ
एउटा स्याउ उत्पादनका लागी १२५ लिटर पानी लाग्छ भने एउटा केरा उत्पादनका लागी १६० लिटर पानी आवश्यक हुन्छ।
१ किलो ऊन तयार हुनको लागी ८४४ लिटर पानी चाहिन्छ भने १ किलो ब्रेडका लागी १६०८ लिटर।
हामीले लगाउने एउटा जिन्स बनाउनको लागी ८,००० लिटर पानी खर्च हुन्छ।

पानी हामीले दैनिक प्रयोग गर्ने पदार्थ भएपनि पानीका यस्ता विविध पक्ष ’bout हामीलाई धेरै जानकारी छैन। आज हामी सजिलै पानी प्रयोग गर्न पाईरहेका छौं तर पानीको स्रोत संरक्षण र पानीको समुचित प्रयोग गरेनौं भने कुनै दिन यस्तो पनि आउन सक्छ कि पानी किन्नको लागी नै कमाईको धेरै हिस्सा खर्च गर्न परोस्।