अप्रिल 14, 2016 | बिर्सेका, राजनीति, समाज, सम्बन्ध, हट टपिक्स
०७२ साल नेपालका लागि ऐतिहासिक बर्ष बन्न पुगेको छ । भूकम्प, संविधान, नाकाबन्दीलगायतका महत्वपूर्ण घटनाले २०७२ साल मुलुकका लागि इतिहासमै सबैभन्दा बढी उथलपुथल भएको वर्ष बन्यो ।
भूकम्पको भय
यस वर्षको सुरुमै वैशाख १२ गते मध्याह्न करिब ११ बजेर ५६ मिनेट जाँदा गएको ७.८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति भयो । भूकम्पबाट आठ हजार ८५६ जनाको ज्यान गयो भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।
विपद्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदनका अनुसार भूकम्पबाट ६.७ खर्ब रूपैयाँ बराबरको भौतिक क्षति भयो । बर्ष भरि नै आम सर्वसाधारण भूकम्पको भयमा बाच्न बिबस बने । त्यो भूकम्पको परकम्पन अझै रोकिएको छैन ।
संबिधान
संविधानसभाबाट संबिधान जारी गर्ने नेपालीको चाहना यो बर्ष पूरा भयो । भदौ ३० गते संविधानसभाबाट दुई तिहाइभन्दा बढी बहुमतले पारित नेपालको संविधान असोज ३ गते मुलुकको पहिलो राष्ट्रपति डा रामवरण यादवद्वारा लागू भएको घोषणा भयो ।
नाकाबन्दी 
संबिधान जारी भए लगतै भारतले अघोषित नाकाबन्दी गर्यो । नेपाली जनताले झन्डै पाँच महिना निकै दयनीय दैनिकी बिताउन पर्यो । संविधानका केही विषयमा असन्तुष्टि जनाउँदै संयुक्त मधेसी मोर्चाले तराई मधेस ठप्प पा¥यो भने भारतले दक्षिणी सिमानामा नाकाबन्दी गर्यो । 
पूर्वप्रधानमन्त्री थापा र कोइरालाको निधन
२०७२ सुरुवातसँगै वैशाख २ गते पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भयो ।
यसै वर्ष पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा माघ २६ गते आफ्नै निवास, महाराजगन्जमा असामयिक निधन भयो ।
शेर बहादुरलाई लक्की
नेपाली काँग्रेसको फागुन २० देखि २४ सम्म राजधानीमा सम्पन्न १३औँ महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गर्यो् । त्यस्तै पूर्वसभापति सुशील कोइरालाको निधनपछि रिक्त काँग्रेस संसदीय दलको नेतामा पनि देउवा नै निर्वाचित भए ।
ह्यारी र ओलीको भ्रमण
चैत ६ देखि बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’को नेपाल भ्रमण भयो । बेलायती शाही परिवारका सदस्यले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर नेपालको औपचारिक भ्रमण गरेको हो ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ७ गतेदेखि भएको भारत भ्रमण र चैत ७ गतेदेखि भएको जनगणतन्त्र चीनको भ्रमण पनि नेपालको राजनीतिमा दूरगामी महत्वका रहे । दुवै छिमेकी मुलुकसँग भएका पारवहन सम्झौता मुुलुकका लागि ऐतिहासिक बन्यो ।
खेलकुद बिबाद र उपाधि
अखिल नेपाल फुटबल संघ एन्फा विवाद, म्याच फिक्सिङ खेल मिलेमतो लगायतका प्रकरणमा मुछिएको नेपाली फुटबलले २३ वर्षपछि दुईवटा महत्वपूर्ण सफलता हात पार्यो ।
यसै वर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीले त्यसको केही समयपछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक हात पार्यो ।
हवाई दुर्घटना
हवाई यातायतका क्षेत्रमा यो वर्ष दुःखद रह्यो । फागुन १२ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको निधन भयो भने यसै वर्ष नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटना हुँदा चालकद्वयले आफू मरेर नौजना यात्रुको ज्यान जोगाए ।
अप्रिल 11, 2016 | फेमस, बिर्सेका, समाज, सम्बन्ध, हट टपिक्स
अबको केही साता भित्र मुलुकले पहिलो महिला प्रधानन्यायाधीश पाउने छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गरेको छ ।
कार्की नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानन्यायाधीश हुने छिन् । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै छन् । कानुन अनुसार अब संसदीय समितिबाट कार्कीको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ ।
सबैको चियो र चासोको पात्र बनेका कार्कीको ’boutमा हामीले ५ जानकारी प्रस्तुत गरेका छौ जुन तपाईलाई थाहा नहुन सक्छ र थाहा पाई राख्न जरुरी पनि छ ।
१. जन्म र परिवार
बिस २००९ साल जेठ २५ गते बिराटनगर-३ शंकरपुरमा जन्मेका सुशीला कार्कीको घर बिराटनगरमा वडा नं ११ स्थित हाम्रो चोकमा छ । काठमाडौंमा उनी धापासीमा बसोबास गर्छिन् । उनी कांग्रेसका त्यागी नेता दूर्गा सुवेदीकी पत्नी हुन् । उनका प्रशान्त सुवेदी एक छोरा छन् ।
२. अध्ययन
सुशीलाले सन् १९७२ मा २० वर्षको उमेरमा महेन्द्र मोरङ कलेज बिराटनगरबाट बीए उत्तीर्ण गरिन् । त्यसको तीन वर्षपछि उनले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरिन् । त्यसपछि बल्ल उनी कानूनको अध्ययनतिर लागिन् । र, २६ वर्षको उमेरमा सन् १९७८ मा उनले त्रिविबाट कानूनमा स्नातक (बीएल) गरिन् ।
३. करिअर
विसं. ०३५ साल चैत्र १६ गतेदेखि सुशीलाले अधिवक्ताका रुपमा आफ्नो करिअर सुरु गरिन् । ०४३ सालदेखि ०४६ सालसम्म उनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् ।
४. अध्यक्षको जिम्मेवारी
उनले २०४५ सालदेखि ०४७ सालसम्म कोशी अञ्चल बारको अध्यक्ष भएर काम गरिन् । त्यस्तै ०५९ सालदेखि ०६१ सालसम्म बिराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् । सुशीला ०६१ साल पुस ५ गते बरिष्ठ अधिवक्ता बनिन् ।
५. सर्वोच्च प्रवेश
विस २०६५ साल माघ ९ गते सुशिला सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी हुन् । त्यसको दुई वर्षपछि ०६७ मंसिर २ गते उनी सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनिन् । अहिले उनी बरिष्ठ न्यायाधीश छिन् । बरिष्ठताका आधारमा अबको केही साता भित्रै उनी प्रधानन्यायाधीश बन्ने छैन ।
अप्रिल 10, 2016 | बिर्सेका, समाज, हट टपिक्स, हाँसोउठ्दो

अचेल सहरदेखि गाउँसम्म फ्रिजको प्रयोग बढ्न थालेको छ । खाना निब्रिग्रियोस भनेर फ्रिजको प्रयोग गरिन्छ । खानेकुरालाई चिसो बनाइ राख्न र धुलोबाट जोगाउछ फ्रिजले । तर कतिपयले भएभरका सबै खानेकुरा फ्रिजमा हाल्ने गरेका छन् । यसले फाइदा भन्दा पनि बेफाइदा गर्ने सम्भाना बढी हुन्छ । फ्रिजमा के कुरा राख्न हुन्छ र के राख्न हुन्न भन्ने कुरा राम्ररी बुझेर मात्र फ्रिजको प्रयोग गर्न सके स्वास्थ्यलाई फाइदाजनक हुन्छ । ख्याल गर्नुहोस यी १२ खानेकुरा फ्रिजमा नाराखेकै राम्रो ।
१. पाउरोटी 
सुन्दा अचम्म लाग्न सक्छ तर फ्रिजमा पाउरोटीको सुक्खा हुने प्रक्रिया झन तेज हुन्छ । १/२ दिनको समय भित्र प्रयोग हुने हो भने पाउरोटीलाई फ्रिजमा राख्न सकिन्छ तर सकेसम्म प्रयोग गर्न पर्ने दिन नै पाउरोटी किने राम्रो हुन्छ ।
२. दही
फ्रिजमा राखेर दही जमाउनु उचित हो । तर खान योग्य भैसकेको दही पुनः फ्रिजमा राख्नु गलत हुन्छ । किन भने जमिसकेको दहीलाई थप फ्रिजमा राख्दा यसको स्वाद विग्रने वा यसमा भएको पोषक तत्व पनि ह्रास हुने हुन्छ ।
३. लसुन
फ्रिजमा राखे लसुन गल्छ । गल्नुका साथै लसुनका दानाहरुबाट सानो बिरुवा पनि उम्रन सक्छ।
४. टमाटर 
फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहिन बनाउन र गलाउन सक्छ । फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केहि भाँडामा खुला रुपले राखे राम्रो हुन्छ । आधि काटेको टमाटर बाँकि रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ। यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म १/२ दिनमा नै प्रयोग गरे राम्रो हुन्छ ।
५. आलु
आलु पनि फ्रिजमा राख्नु हुँदैन । यसलाई फ्रिजको साटो अलिक ओभानो र आद्रता भएको ठाउँमा राख्नु पर्छ । फ्रिजमा राखिएको आलुमा पानी बढी हुन्छ र यसले स्वाद पनि विगारिदिन्छ । चिसो तापमानमा राख्दा आलुको स्टार्च चाडैँ नै सुगरमा परिवर्तन हुने गर्दछ। यसले आलुमा चिनिको मात्रा बढाउनको साथै आलुको स्वाद पनि खल्लो हुन्छ। यसको साटो आलुलाई प्लास्टिकको झोला अथवा कुनै भाडामा खुला रुपले राख्न सकिन्छ।
६. मह
फ्रिजमा राखिएको मह चाडैँ नै ठोस क्रिस्टलमा परिवर्तन हुन सक्छ। यो क्रिस्टल रुपको महलाई फेरि तरल बनाउन धेरै गाह्रो हुन्छ र अरु केहि खाने कुरासँग प्रयोग गर्न सकिन्न। महलाई किचेन दराज जस्तो ठाउँमा राखे उत्तम हुन्छ।
७. दुध
दुध पनि फ्रिजमा राख्नु राम्रो मानिँदैन । यदि दुध खानेकुरा पकाउन वा कुनै परिकार बनाउन प्रयोग गर्ने हो भने चाँहि फ्रिजमा राख्दा पनि हुन्छ तर पिउने दुध चाँहि फ्रिजमा राख्न उपयुक्त मानिँदैन ।
८. फ्राइ खाना
फ्राइ गरेका क्रिप्सी र क्रन्ची खानेकुराहरु पनि फ्रिजमा राख्नु राम्रो मानिँदैन । किन भने फ्रिजमा राखेपछि यिनीहरुको स्वाद नै हराउँछ । फ्राइड चिकेन वा फ्रेन्च फ्राइज फ्रिजबाट झिकेर खानु जस्तो नमज्जा केही पनि हुँदैन ।
९. पनिर
पनिरका लागि पनि फ्रिज उपयुक्त ठाउँ होइन । खासगरी पकाएको पनिर र त्यसबाट बनेका खानेकुराहरु फ्रिजमा राख्दा स्वादहिन हुन्छ ।
१०. काँचो तरकारी वा फलफूल
काँचो तरकारी वा फलफूलका लागि पनि फ्रिज उचित ठाउँ होइन । यसले ताजा खानेकुरा फलफूलको स्वाद विगारिदिन्छ ।
११. अण्डा

अण्डा पनि फ्रिजमा राख्नु हुँदैन । अण्डालाई फ्रिजमा राख्दा यसको बाहिरको भाग फुट्ने वा अनेक समस्या आउँछ । त्यतिमात्र होइन भित्रको झोल पनि विग्रन सक्छ ।
१२. प्याज
फ्रिजको चिस्यानले गर्दा प्याज पनि टमाटर जस्तै गल्न सक्छ। यसको साटो प्याजलाई पनि खुला तर अध्यारो ठाउँमा राख्दा राम्रो हुन्छ। एकपल्ट काटिसकेको प्याजलाई चाहि प्लास्टिकमा राम्रोसँग बाधेर फ्रिजमा राख्न सकिन्छ ।
यो पढ्नु भयो ?
अप्रिल 8, 2016 | बिर्सेका, समाज, हट टपिक्स
व्यक्तिको शारीरिक हाउभाउ बुझ्ने कार्य हो अन्तरबार्ता । हरेक रोजगारीका लागि अन्तरबार्ता अनिवार्य छ । त्यसो त लिखितमा एकदमै राम्रो गर्नेहरु समेत अन्तरबार्तामा हुने सानोतिनो हेलचेक्राइले अघि बढ्न सक्दैनन् । अन्तरबार्ताको तयारी गर्ने ’bout बिभिन्न अध्ययन पुस्तकहरु समेत पढ्न पाइन्छ ।
तर अचम्म लाग्दो कुरा के भने कतिपय कार्यालयले अन्तरबार्ताका क्रममा एकदमै अवाक बनाउने प्रश्नहरु सोध्ने गरेका छन् । जसले तपाईलाई अचम्ममा पार्ने गर्दछ भने कतिपयलाई रिस पनि उठ्न सक्छ । तर रिसाउनु भयो भने तपाइकै लागि घाटक हुन्छ । 
यस्ता हुन्छन उट्पट्याङ प्रश्नहरु
१. तपाईंले लगाउनु भएको सर्टमा कतिवटा टाँक छन् ?
२. बाटो हिँड्दै गर्दा तपाईंले १ हजार र ५ सय दरका दुईवटा नोट देख्नुभयो, अब भन्नुस् तपाईं कुनचाहीँ टिप्नुहुन्छ ?
३.तपाईंले एकबिहानै आफ्नो फ्रिज खोल्दा अचानक त्यसभित्र भालु देख्नुभयो भने के गर्नुहुन्छ ?
४. एउटा कोठामा कतिवटा बास्केटबल अटाउन सक्छ ?
५.काठमाडौंमा हट केक बेच्नका लागि तपाईं कुन फण्डा प्रयोग गर्नुहुन्छ ?
६.यदि तपाईंले आफ्नै गिती एल्बम निकाल्ने हुनुभयो भने त्यसको नाम के राख्नुहुन्छ ?
७. मानौं तपाईं कुनै एक प्रतिष्ठित कम्पनीको सिईओ हुनुहुन्छ, अब भन्नुस् बिहान उठेर सबैभन्दा पहिले विजनेसको कुनचाहीँ कुरा चेक गर्नुहुन्छ ?
८. यदि तपाईंलाई १ करोड रुपैयाँ दिएर २४ घण्टाभित्र त्यसलाई दोब्बर बनाउन भनियो भने तपाईं के गर्नुहुन्छ ?
९. बाटोमा आउदा आउदै तपाईलाई चारैतिरबाट बाघले घेर्यो, अब तपाईं कसरी बच्नुहुन्छ ?
१०. मैले तपाईंलाई आफ्नै विजनेस सुरु गर्नका लागि १ अर्ब दिने भएँ, तपाईं तत्काल के व्यवसाय थाल्नुहुन्छ ?
अप्रिल 3, 2016 | प्रेरक, बिर्सेका, सम्बन्ध, हट टपिक्स, हाँसोउठ्दो
धेरैको टाउको दुखाइको बिषय बन्ने गर्छ तौल बढ्नु । तौलसंगै भुँडी बढ्यो भने झन् थप समस्या आइ पर्छ । तौल बढेर बिभिन्न समस्याहरु निम्तिनु झन् पीडा माथि पीडा नै भयो । तौल बढेपछि रोगहरुको उपचार गर्नु भन्दा पनि तौल घटाउनु मुख्य कुरा हो । तौल नघटाए रोगको उपचार असम्भब प्राय: हुन्छ ।
तर अचम्म त के छ भने तौल घटाउन त्यति सहज छैन । जे जस्तो सुकै गर्दा पनि तौल घटाउन नसकेर हैरान हुनेहरुको जमात पनि बाक्लो छ । तौल घटाउन औषधि खानेदेखि बिहान सबेरै कुद्नेहरुको लाइन छ । तर स्मरणीय कुरा के हो भने मौसम अनुसारको तरिका अपनाउन सके तौल नियन्त्रणमा राख्न सकिन्छ । अहिले गर्मीको मौसम छ । गर्मीको समयमा यी काम गर्नुस तपाइलाइ तौल घटाउन अवश्य नै सहयोग मिल्नेछ । 
१) दही
गर्मीको महिनामा दहीको प्रयोग गर्नाले तपाइको लागि धेरै नै फाइदा पुग्नेछ । दहीले तपाईलाई पोषण प्रदान गर्नुको साथै शरीरमा गर्मी बढ्न पनि दिँदैन । यसले तपाईको तौल पनि घटाउन मद्धत गर्छ । दहीले तपाइलाइ भोको महसुुस गराउँदैन जसले अन्य धेरै खान पनि रोक्छ ।
२) मोही
दहीबाटै बन्ने माहीको प्रयोग पनि तपाइको लागि निकै लाभदायक हुन्छ । यसलाइ पानीको रुपमा प्रयोग गरेर होस वा तरकारीमा मिसाएर खानाले तपाईको शरीरमा बोसोलाई नियन्त्रण गर्न र दुव्लो बनाउनमा मद्धत गर्छ ।
३) कसरत 
गर्मी महिनामा जतिसक्यो पैदल हिँड्दा तौल सजिलै घट्न सक्छ । गर्मी महिनामा पसिना धेरै आउने हुनाले बोसो पग्लिन्छ । यसको साथै व्यायमले पनि तपाइलाइ छरितो शरीर दिन मद्धत गर्छ ।
४) लौका
गर्मी महिनामा लौका, घिरौंला जस्ता तरकारी हल्का र फाइदामुलक हुन्छन् । लौकाको जुसले पनि तपाइको तौल घटाउन मद्धत गर्छ । यसले तपाईको तौल नियन्त्रण गर्नुको साथै पाचन प्रक्रिया पनि निकै राम्रो बनाउँछ ।
५) कागती 
गर्मी महिनामा कागती पानीको प्रयोग निकै हुने गर्छ । यसले शरीरमा उर्जा दिनुको साथै शरीरमा पानीको मात्रा बनाइ राख्न र तौल घटाउने काममा लाभदायक हुन्छ ।
यो पढ्न छुट्यो कि ?
केटीहरु बाथरुम पसेर यस्तो सोच्छन
अप्रिल 1, 2016 | बिर्सेका, राजनीति, हट टपिक्स
प्रचण्ड, अर्थात् पुष्पकमल दहाल। वर्तमान एकीकृत नेकपा माओवादीका अध्यक्ष। वास्तवमा उनी जत्तिको नेता र उनको जत्तिको सफलता नेपालको राजनीतिमा सायदै कसैले पाएको थियो। उनी नेपालको राजनीतिका एकमात्र यस्तो नेता हुन् जसले आफैले कल्पना गरेको भन्दा ठूलो सफलता छोटो समयमा पाए र त्यति नै छोटो समयमा गुमाए पनि। कुनै समयमा ‘प्रचण्डको आदेश’ भन्नासाथ युवा तथा कार्यकर्ता मर्न मार्न तम्सिन्थे। साँच्चै प्रचण्ड ‘प्रतापी’ नै भएर उदाएका थिए। माओवादीको भन्दा फरक विचार राख्नेले गाऊँमा बास त परैको कुरा उस्तै परे सास नै गुमाउने अवस्था सकिएपछी भने माओवादीको डर घट्दै गयो साथै माओवादी ’boutका भ्रम पनि तोडिए साथै प्रचण्डको करिश्मा नि हराउँदै गयो।
माओवादी द्वन्द्वकालमा प्रचण्डको ’boutमा फैल्याईएका भ्रमको पर्दा हट्न थालेपछी प्रचण्डको राजनीति पनि ओरालो लाग्यो। र यतिखेर प्रचण्ड राजनीतिक शक्ति र महत्वका हिसाबमा प्रचण्ड छैनन उनि त पुष्पकमल दाहाल बनिसके। शान्ति प्रक्रिया मार्फत प्रजातन्त्र स्वीकारेर खुला समाजमा पस्दा उनको ’boutमा बनाइएको भ्रमको पर्दा ह्वांगै हुनु नै उनको राजनीतिको सबैभन्दा कमजोर पक्ष हुन पुग्यो जसले उनका अरू कमजोरीहरू पनि सतहमा देखिए। र उनी प्रतिको आशा, विश्वास र संभावना जुन नेपाली जनताले परिवर्तन र बलिदानको रूपमा ठड्याएका थिए ती सबै सद्दाम हुसेनको बगदादमा ठडिएको सालिक जसरी नै ढले। धेरै मध्ये प्रचण्डका पाँच सम्बन्ध यस्ता छन् जसले उनको व्यक्तित्व साथै दल र बाटोलाई नै कमजोर बनाई रहेका छन्।जसले उनको ओज, महत्व र सामयिकता नै समाप्त पारेको छ।

भारतीय दूतावासमा प्रचण्ड-बाबुराम र मधेशी दलका नेता जाँड पार्टीमा रमाउँदै ! नेपाललाई कमजोर बनाउने राजनीतिक आवरणका शक्ति पनि माओवादी र मधेशी नै हुन् भन्ने अहिले प्रमाणित भईसकेको छ। र यी सबैको सम्बन्ध कता छ भन्ने यस्तै पार्टीले खुलस्त पार्ने गरेको छ।
१. भारतीय खुफिया एजेन्सीसँगको सम्बन्ध
प्रचण्डलाई राजनेता बन्न नसक्नु अनि उनको राजनीतिक उचाइ स्वात्तै घट्नुको प्रमुख कारण नै उनको भारतीय खुफिया एजेन्सीसँगको सम्बन्धको खुलासा हो। माओवादीकालमा उनको राजनीतिक तथा रणनीतिक सत्य अत्यन्त गोप्य थियो अनि उनका ’boutमा अनेकन प्रपोगाण्डा फैल्याइएका थिए। जसको भ्रममा आम नेपाली जनता साथै देशको राजनीतिक शक्ति, राज्यको प्रशासन र फौजी संरचना समेत भ्रममा थिए। अरू त अरू आफुलाई राज्यसत्ताको हकदार ठान्ने राजा र उनको दरबार प्रशासन समेत यस’boutमा पूर्ण त बेखबर थिए। नत्र आफूलाई खसाल्ने खाडल बनिसकेको राजा ज्ञानेन्द्रले आभास पक्कै पाउने थिए।
खुला राजनीतिमा आएपछी प्रचण्डको भारतीयदूतावासमा नियमित हुने बसउठ र भोज साथै उनका राजनीतिक निर्णयहरू सबै भारत निर्देशक हुने गरेको घाम जस्तै छर्लंग भयो। त्यसमाथी भारतीय पूर्व सैनिक अधिकारीको पुस्तकले तत्कालिन माओवादीका नेता प्रचण्ड र बाबुरामले भारतको खुफिया एजेन्सी र प्रधानमन्त्री कार्यालयमा नेपालमा भारतको स्वार्थलाई प्रमुख स्थान दिने, त्यसको पक्षमा भारतीय गुप्तचर निकायसँग मिलेर काम गर्ने सम्झौता गरेर भारतमा आश्रय र भारतको सहयोग पाएको खुलासा नै गरयो। कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा र राजा नेन्द्र र वीरेन्द्रका एडीसी रहेका नेपाली सेनाका अधिकारीको पुस्तकमा उल्लेख भएका तथ्य तथा प्रसंगले पनि उनको भारत सम्बन्ध र उनले कसका लागी काम गरेका छन् भन्ने सबै खुलस्त गरेको नै छ। त्यसो त विकिलिक्सले उजागर गरेको तथ्यले नि माओवादी भारतको सद्भाव र सहयोगमा नेपालमा अस्थिरता निम्त्याएर यहाँको श्रोत साधनमा भारतको एकलौटी चलाउने साधनको रूपमा भारतिय खुफिया एजेन्सी ‘रअ’ले स्थापित गरिएको समुह भएको देखाएको थियो।

पुष्पकमल र सीता दाहाल, पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बखत। फोटो: नेपालप्लसडटकम
२. श्रीमती सीता दाहाल
हरेक लोग्ने मानिसको एउटा सबैभन्दा ठुलो कमजोरी नै श्रीमती हो। दुनियाँलाई जित्ने बादशाह पनि आफ्नै श्रीमतीसँग हार्छ। प्रचण्ड नि कुनै नयाँ खेतको मुला साबित भएनन्। बाहिर सबैका लागी प्रचण्ड भएपनि घरमा श्रीमती सिता दाहालको लागी घुर्की देखाएर मनाउन सक्ने लोग्ने मात्र भए। जसले गर्दा उनको नैतिक धरातल नै धरापमा परयो। छोराको तीन बिवाह देखी, बुहारी र नाती माथिको घरेलु हिंशाको श्रृंखला त घर बाहिर खासै आएन तर छोरी पट्टिका छोरानाति देखी आफन्तलाई भूकम्प पीडितका नाममा चिन घुमाउने देखी आर्थिक लेनदेनमा सिता दाहालको आशिर्वाद र हुकुम चलेको देखिन्छ। यहाँ सम्म कि पार्टिको कुनै पद विशेषमा नियुक्तिका लागि पनि उनको आशिर्वाद र दबाबले काम गर्ने गरेको छ। ओली सरकारका गृहमन्त्री नै प्रचण्डको गृहमन्त्रीको सेटिंगमा नियुक्त भएको कुरा त छिपेकै छैन पार्टीमा पनि। पार्टीका पदको भागबण्डामा पनि सिताजीको भूमिका हुने गरेकाले पार्टीमा रूष्ट हुनेको संख्या निक्कै छ। प्रचण्ड क्याम्प छोडेकालाई यो राम्रै थाहा भएको कुरा हो। यो पनि प्रचण्ड हेडक्वाटर रहेको माओवादी टुक्रनुको एउटा कारण हो। छोरा प्रकाशको घर गृहस्थी बिगार्नमा पनि सिताकै हात देखिन्छ, प्रचण्ड त टुलुटुलु। ‘माओका नि १६ श्रीमती थिए…’ भन्ने भनाई सिता कै हो।

प्रचण्डको पारिवारिक तस्वीर। सत्ता र शक्तिमा आएपछी प्रचण्डका सन्तानको शान नै बेग्लै भएको छ। तस्वीर: अनलाईनखबरडटकम
३. सन्तान मोह
सन्तान मोहका सिलसिलामा त प्रचण्डले महाभारतका धृतराष्ट्रलाई नि पछाडी पार्दछन्। त्यसको उदाहरण कतै खोज्न जानै पर्दैन। पार्टीमा छोरी ज्वाईं, छोरा अनि आफन्तको पद के कसो छ, र एमाओवादीबाट मिल्ने जति सुविधा कसरी कसलाई मिलेको छ हेरे नै थाहा हुन्छ। दुनियाँका छोराछोरीलाई कुकुर मराई बनाउने प्रचण्ड आफ्ना सन्तान रोगले गलिएर (लाखौं खर्च गरेपछी पनि केही नलागेर) मर्दा डाँको छोडेर रोएको त सार्वजनिक स्थानमै पो हो त। समाचार पनि हेर्नु सुन्नु भएकै हो नि हैन? छोरा प्रकाश सगरमाथा चढ्दा राज्यको दुई चार करोड सहयोग पनि मिलेकै हो। त्यसो त छोरा प्रकाशको हरकतलाई पूर्व युवराज पारस शाहको उदण्डतासँग जोडेर नि हेरिएकै थियो। मनलागि बोल्न र गर्न प्रचण्डका छोराछोरीलाई रोक्ने कसले। त्यसमाथी दुईचार अनलाईन चलाइर प्रपोगाण्डा खेती नि चलेकै छ। त्यसो त प्रचण्डका ससुराली खलक र भाईखलकलाई पनि यसैमा जोड्दा हुन्छ, उनिहरू पहिले कस्ता थिए र अहिले के गरिरहेछन् बुझे पनि हुन्छ। ‘सारी गवाँई एक तरफ जोरूका भाई एक तरफ’ भन्ने कहावत त उनले भारतमा बस्दै सुनेका हुन् त्यसलाई चरितार्थ मात्र नेपालमा गरिरहेका छन्।

नझुक्किनुस्, यी बाबुराम प्रचण्ड नै हुन्। करिब १० वर्ष जति पुरानो फोटो हो। तस्वीर: नेकपा एमाओवादी
४. पैसा
पैसाको ’boutमा त प्रचण्डको धारणा के छ संसारलाई थाहा भइसक्यो। वर्तमानका केपी ओलीले नै १० अर्ब दियो भने एमाओवादीले कुनै आन्दोलन गर्दैन भनेकै हुन्। माओवादीको नाममा हिंश्रक आन्दोलन गर्नु अघि, गर्दाको बखत र सार्वजनिक जिवनमा आउँदा सम्म प्रचण्डको जिवन र अहिले १० वर्षको सान सौकत हेर्दा नै प्रचण्डको पैसाको वृद्दिदर थाहा हुन्छ। बिना कुनै पेशा, व्यवसाय कसरी आयो प्रचण्डसँग यत्रो पैसा? भन्ने त कुनै प्रश्न नै हुनसक्दैन। माओवादी लडाकु सिविरको आर्थिक हिनामिना, स्वेच्छिक अवकाशमा गएका लडाकुको चेक खोसिएको काण्ड देखी अजय सुमार्गीको अनौठो आर्थिक सम्वृद्धी अनि प्रचण्ड बसेको घर साथै भाटभटेनीमा प्रचण्डको लगानीको गाईंगुईं अनि भाटभटेनिको आक्रामक लगानी बृद्धिको समाचार पनि पढ्नु भएकै होला। देशमा जति पनि ठुला आर्थिक घपला भएका छन् त्यसका पात्रहरू प्रचण्डसँगै नजिक हुनु पनि रहस्यकै कुरा छ। चाहे रक्तचन्दन तस्कर होस् या टुप्पावाट पलाएका व्यवसायी सबै प्रचण्ड निकट। भनिन्छ पैसा र त्यसको व्यवस्थापन प्रचण्डलाई भारी परिरहेको छ। त्यसमा पनि सम्पत्ती सुद्धिकरण वा भ्रष्ट्राचारको केसमा पर्ने डरले आजकल प्रचण्ड भारतको लाइन विपरित हुने कुरा मुखबाट निकाल्न डराईरहेका छन्।

कोेटेश्वरका होटल व्यवसायी रामहरी श्रेष्ठकोमा खाना खाँदै माओवादीका उच्च तहका नेता प्रचण्ड, बाबुराम, बादल लगायत। पछी आर्थिक हिनामिना खुल्ने संभावनाका कारण माओवादीले नै श्रेष्ठको हत्या गरयो। तस्वीर: पिपल्सरिभ्यू
५. सिद्धान्त
प्रचण्डसँग राजनीतिक सिद्धान्तको कुरा जोड्दा धेरैलाई हाँसो रोक्न गारो हुनसक्छ। खासमा प्रचण्डको सबैभन्दा ठूलो कमजोरी भनेको नै सिद्धान्त हो। उनको एउटै सिद्धान्त ‘एनि हाउ, पैसा जम्मा गर र शक्तिमा रहु’ भन्ने हो। यसलाई समाजवाद, माओवादको सप्कोले छोप्न उनलाई कम्ता हैरानी छैन। पछिल्लो समय लारक्याल लामाले फेरी सप्को हटाएर उदांगो पारिदिईहाले। उनै के त गोली बैंक लकरमा राख्ने बौद्धमार्गी नि। 😛 पहिले पहिले बाबुराम र मोहन वैद्यले सैद्धान्तिक कुरा गरिदिन्थे यतिखेर सबै लाखापाखा लागेकाले नि उनलाई सिद्धान्तको कुरा गर्न गारो परिरहेको छ। त्यसैले त बाबुराम छुट्टेर गएपछी एमाओवादी यतिखेर भुईं न भाँडामा भएको छ। लडाकुको चेक खोस्ने देखी भारतीय दूतावासमा जाँड पार्टी गर्ने त छोडौं आफैले उचालेको मुद्दा समावेसी र समानुपातिकको व्यवस्था सभासद तथा सांसद पद बिक्रि गर्न बाहेक अरू काममा आएन। माओवादीले प्रचण्डको नेतृत्वमा लिएका कुनै पनि निर्णय र गरेका काम कतै कुनै सिद्धान्तमा टेकेर हैन कि उनको व्यक्तिगत स्वार्थमा टेकेर गरिएका थिए। नत्र बन्दुकका गोली बैंकमा राख्ने बौद्धमार्गी कसरी सभासद बन्नु। सत्य के हो भने गरिब जनताको बुद्धि भुट्ने अनेकन सिद्धान्त र मुक्तिको नारा रच्ने प्रचण्ड सामन्तवाद, साम्राज्यवादको विरोध गर्दै आफै सामन्त बने र साम्राज्यवादी र बिस्तारवादीको खेलौना साबित भए।