नेपालका ६ महान नारी

नेपालका ६ महान नारी

‘महिला र पुरुष एक रथका दुई पांग्रा’ त्यसै भनिएको होइन । जब अबसर पाउछ तव दुबैले उतिक्कै प्रगति गर्न सक्छन । तर नेपालमा अझै पनि पुरातन सोच र ब्यबहार हावी छ जसले गर्दा महिलाहरु जहिले पनि पुरुषको नियन्त्रणमा छन् । पछिल्लो समय सहरी क्षेत्रमा केही मात्रमा महिला अधिकारका कुरा ब्यबहारमा लागु भए ता पनि ग्रामिण क्षेत्रको अबस्था एकदमै नाजुक छ ।

असक्षम, बोक्सी, दाइजो लगायत बिबिध निहुमा महिला आमा, दिदीबहिनीहरु दिनहु प्रताडित भैरहेका छन् । अबसर पाएमा महिलाहरुले पुरुषहरुले भन्दा पनि उत्कृष्ट काम गर्न सक्छन भन्ने केही उदाहरणहरु आज हामी प्रस्तुत गर्दै छौ । यी ६ नारी मध्ये केहीले नेपालको नाम बिश्वमा चिनाए भने केहिले नेपालको सस्कृतिलाई जगेर्ना गर्दै बिकासमा टेवा पुर्याए ।

१. अरुणा लामा 

taradevi

नेपाली गायन क्षेत्रको एक सुप्रसिद्ध गायिका अरुणा लामालाई ‘स्वर किन्नरी’का रूपमा लिइन्छ । वि.सं. २००२ भाद्र २४ को दिन पिता सूर्यबहादुर लामा र माता सानमाया लामाबाट दार्जिलिङको घूम पहाडमा जन्मिएकी अरुणा लामाको पहिलो गीत ‘ए कान्छा मलाई सुनको तारा खसाईदेउ न’ थियो भने ‘किन यौवन उदास उदास छ मेरो’ भन्ने गीतबाट उनको गीति यात्रा अघि बढेको थियो।

वेदना, पीडा र व्यथाका गीतहरूको साम्राज्ञी लामाको पहिलो गीत वि.सं. २०१२ देखि रेडियोमा बज्न सुरु गरेको थियो। उनले आफ्नो गायन कलाको लागि नेपाल र भारत दुवै देशबाट अनेकौँ पुरस्कारहरू पाएकी थिइन्। उनले सङ्गीत पुरस्कार, सुर श्रृङ्गार सम्मेलन पुरस्कार, मित्रसेन पुरस्कार, दिशारी पुरस्कार (कोलकता), भानु एकेडेमी पुरस्कार (दार्जिलिङ), नेपाली चलचित्र पुरस्कार (माइतीघर गीतको लागि), छिन्नलता गीत पुरस्कार, उर्वशीरङ्ग पुरस्कार, गोरखादक्षिण बाहु पुरस्कार, साधना पुरस्कार जस्ता थुप्रै पुरस्कारहरू पाएकी थिइन् ।

लामाको वि.सं. २०५४ माघ २२ गते बुधबारको दिन दुखद निधन भयो ।

२. अनुराधा कोइराला anuradha

भारतीय कोठीहरूमा बेचिएका नेपाली चेलीबेटीहरूको उद्धार र पुनर्स्थापनामा सक्रिय ‘माइती नेपाल’की संस्थापक अध्यक्ष हुन्- अनुराधा कोइराला । वि.सं. २००६ वैशाख २ गते ओखलढुङ्गाको रुम्जाटारमा जन्मेका कोइरालाले वि.सं. २०६६ सालमा सीएनएन हिरो (CNN Hero) को उपाधि पनि जितेकी थिइन् । साथै उनले वि.सं. २०७० सालमा ‘मदर टेरेसा’ सम्मान पनि पाइन् ।

३. पासाङ ल्हामु शेर्पाpasang

बि.सं. २०१७ साल मङ्सिर २५ गते सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४ मा जन्मिएकी पासाङ ल्हामु शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् । उनले बि.सं. २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

पासाङ ल्यामुको साहसको सम्मान गर्दै नेपाल सरकारले बि.सं. २०५९ साल वैशाख १० गते उनलाई नेपालको राष्ट्रिय विभूती घोषित गरेको थियो। नेपाल सरकारले उनलाई ‘नेपाल तारा अलंकार’ले पनि पुरष्कृत गरेको थियो। यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको थियो ।

पासाङ ल्हामुले सगरमाथ चढ्नुभन्दा पहिले ‘मोन्ट ब्लाङ्क’, ‘चो यू’ तथा अन्य हिमालहरू चढिसकेकी थिइन् । उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिइन् भने शिखरबाट श्रीमान सोनाम छिरिङसँग फर्कँदै गर्दा बि.सं. २०५० वैशाख १० गते ३२ वर्षको उमेरमा उनको मृत्यु भएको थियो।

४. झमक घिमिरेjhamak

वि.सं. २०३७ साल असार २१ गते धनकुराको कचिडेमा जन्मिएकी झमक कुमारी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन्। ‘सेरिब्रल पल्सी’ (Cerebral Palsy) मस्तिष्क रोगबाट पीडित घिमिरे जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने समस्याबाट पिडित छिन ।

खुट्टाको ३ औँला मात्र चल्ने उनले तिनै ३ औँलाको सहयोगले धेरै रचनाहरू प्रकाशित गरिसकेकी छिन्। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले घरमा भाइ र बहिनीले पढेको र लेखेको देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकी हुन्। वि.सं. २०५३ साल देखि उनको लेखन विधामा रुचि बढेको हो।

उनले आफ्नो ‘जीवन काँडा की फूल’ नामक आत्मकथाबाट नेपाली साहित्यको क्षेत्रमा सबैभन्दा सम्मानित ‘मदन पुरस्कार’ पनि पाएकी छिन् भने प्रबल गोरखा दक्षिण बाहुर लगायत दर्जनौँ पुरस्कार एवम सम्मान प्राप्त गरेकी छिन् । कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन् ।

५. पुष्पा बस्नेत

puspa

‘प्रारम्भिक बाल विकास केन्द्र’ र ‘पुतली घर’ नामक गैरसरकारी संस्थाकी संस्थापक अध्यक्ष हुन्- पुष्पा बस्नेत । उनी विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काममा क्रियाशील छिन । पुष्पाले २०१२ का लागि सीएनएन हिरोको उपाधि जितेकी थिइन् ।

६. तारा देवी taradevi1

वि.सं. २००२ साल माघ २ गते जन्मिएकी प्रसिद्ध नेपाली गायिका हुन्- तारादेवी । उनले आफ्नो जीवनकालमा ४ हजार भन्दा बढी नेपाली गीतहरू गाएकी छिन् ।

 

४ दशकदेखिको अथक साधनाद्वारा गायनकलामा उत्कृष्टता हासिल गरी नेपाली भाषालाई स्वदेशभित्र र बाहिरसमेत सङ्गीतको मधुरिमा द्वारा लोकप्रिय बनाई नेपाली वाङमयको श्रीवृद्धि गर्नमा उल्लेखनीय योगदान गरेकोले उनलाई राष्ट्रिय देनको कदर स्वरूप वि.सं. २०५० सालमा ‘जगदम्बाश्री पुरस्कार’ले सम्मान गरियो ।

उनले ‘इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार’, ‘छिन्नलता पुरस्कार’, ‘मैना पुरस्कार’ र ‘नई सुर सम्मान’ पाइन् । उनी सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु प्रथम बाट पनि विभूषीत भइन् । उनले महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, विरेन्द्र ऐश्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिन्नदनहरू पनि पाएकी थिइन् । उनको वि.सं. २०६२ सालमा दुःखद निधन भयो ।

ह्यारीमाथि ८ आरोप: नाङ्गो तस्बिरदेखि चिट चोरसम्म (फोटोसहित)

ह्यारीमाथि ८ आरोप: नाङ्गो तस्बिरदेखि चिट चोरसम्म (फोटोसहित)

यतिबेला नेपालमा बेलायती राजकुमार ह्यारीको चौतर्फी वाहवाही भैरहेको छ । उनले खाएको खानादेखि बसेको घर र हरेक क्रियाकलाप नेपाली मिडियाका लागि ‘हट केक’ बनिरहेको छ । साताव्यापी भ्रमणका लागि नेपाल आएका उनले थप ६ दिन बसाइ लम्ब्याएका थिए । यस क्रममा उनले राष्टपति, प्रधानमन्त्री लगायतलाई भेट्नेदेखि गोरखाको बिकट गाउँमा समेत पुगेर ढुंगा काठ बोक्ने काम गरे । ह्यारी आज राती स्वदेश फर्किने कार्यक्रम छ ।

हरेक मान्छेको राम्रो र नराम्रो गुण हुन्छ । यो नियमबाट कोही टाढा हुन् सक्दैनन् । मात्र थोरै र धेरै हो । सिमा नाघ्नु र नानाघ्नु मात्र हो । राजकुमार ह्यारीका पनि केही नराम्रा कुराहरु सार्वजनिक भएका छन् । उनीमाथि लागेका यी आरोपहरु आरोप मात्रै हुन् वा वास्तविक नै । त्यो समयले बताउला तर फोटोसहित सार्वजनिक भएका आरोपहरु भने नकार्न सकिन्न । उनीमाथि नाङ्गो मस्तीदेखि चिट चोरेर क्लास उतिर्ण गरेको सम्म आरोप लागेको छ । पढ्नुस उनीमाथि लागेका यी ८ आरोप ।

१. हिटलरको भेषमा ह्यारीhyari1

सन् २००५ मा राजकुमार ह्यारीका साथीले आयोजना गरेको एउटा पार्टीमा ह्यारी हिटलरले लगाउने पहिरनमा देखिए । उनको यो पहिरन सहितको तस्विर विश्वभर बिबादास्पद बनेपछि उनले सार्बजनिक रुपमा माफि मागे । माफि माग्दा उनले भने- ‘मेरा कारणले कसैलाई चोट पर्न गएको खण्डमा माफि चाहन्छु ।”

२. नांगो तस्विरhyari2

सन् २०१२ मा ह्यारीको नांगो तस्विर सार्वजनिक भयो ।  लस भेगासमा पार्टिमा मस्त ह्यारीको नागों फोटो उनका कुनै साथिले  लिक गरिदिएका थिए । फोटोमा उनि अर्को नांगो ब्यक्तिलाई अंगालो मारिरहेका देखिन्छन् ।

३. पाकिस्तानी सैनिकलाई हेपेको आरोपhyari3

सन् २००६ मा एक भिडियो सार्वजनिक भयो । भिडियोमा ह्यारी सैनिक पोशाकमा तालिममा जानका लागि विमानस्थलमा कुरिरहेको अवस्थामा देखिन्छन् । यसैबीच उनले सहकर्मी सैनिकलाई हाम्रो सानो पाकि साथी खै भन्दछन । जबकि पाकि भन्ने शब्द पाकिस्तानीहरुलाई हेपेर भनिने शब्द हो । यो भिडियो सार्वजनिक भएपछि ह्यारीलाई हेपाहा प्रवृत्तिको मान्छे भन्ने आरोप लाग्यो ।

४. जनावरमाथि अत्याचारको आरोपhyari4

राजकुमार ह्यारी पोलो खेलमा निकै रुचि राख्दथे । सन् २०१० मा एक पोलो खेलमा ह्यारी चढेको घोडा रक्ताम्य भएर साईड लिन खोज्दा समेत ह्यारीले लगातार दबाब दिएर खेलेपछि उनीमाथी जनावर अधिकारवादीहरुले जनावरमाथि अत्याचार गरेको भन्दे निर्दयी मानिस भनेर आरोप लगाए ।

५. चिट चोरेर पास गरेको आरोपhyari5

अध्ययनमा कमजोर ह्यारीले सन् २००५ मा चिट चोरेर ए लेभल पास गरेको आरोप लाग्यो । परिक्षा समय सकिए पनि त्यहाँ निरिक्षणकर्ताको रुपमा रहेका एक शिक्षकले उनलाई सहयोग गरेको आरोप लाग्यो तर पछि ह्यारी र ति शिक्षक दुबैले यस कुरालाई अस्विकार गरेका थिए ।

६. फोटोग्राफरमाथि आक्रमणhyari6

सन् २००४ मा नाईट क्लबबाट निस्कदै गर्दा ह्यारीले फोटोग्राफरमाथी हातपात गरे । घटनाको छानबिन हुँदा ह्यारीका प्रतिनिधीले क्यामेरा उनको अनुहारमाथि ठोक्किएको जवाफ दिए पनि धुलाई खाने पत्रकारले ह्यारीले बिनाकारण उनलाई निर्ममतापूर्बक कुटेको बताएका थिए ।

७. लागुपदार्थ सेवनको आरोपhyari7

सन् २००२ मा १७ बर्षका ह्यारी कम उमेरमा नशालु पदार्थ पिएकोमा समातिए । त्यसपछि थाहा भयो कि उनी लागु पदार्थको सेवन गर्दा रहेछन् । पछि उनले यसका लागि माफि मागे र उनका पिता प्रिन्स चाल्र्सले उनलाई सुधार केन्द्रमा पठाए । उनले त्यहाँ केहि दिन बिरामी झैं बिताएका थिए ।

८. ब्रा र बियरमा मस्तीhyari8

पार्टी र मोजमस्तीका सौखिन ह्यारीको अर्को गोप्य तस्विर सार्वजनिक भयो । हाइ क्लास पार्टीमा उनले हातमा बियरको क्यान लिएर ब्रा लगाएको अवस्थामा उनको तस्विर सार्वजनिक भयो । यसले पनि उनलाई निकै विवादमा तान्यो ।

फोटो: वजफिडडटकम

असाध्यै अशुभ मानिने ६ सपना

असाध्यै अशुभ मानिने ६ सपना

हामी दिनहु बिभिन्न प्रकारका सपना देख्छौ । राम्रो लागेको सपना पूरा भैदिए हुन्छ भन्छौ र नराम्रो सपना केही नहोस भन्छौ । सपनाको फलका ’boutमा थुप्रै विचार र भनाइहरु छन् । यसका ’boutमा शास्त्रहरुमा पनि उल्लेख छन् ।

cro

रामायण वा महाभारतमा पनि सपनालाई आउने संकेतको रुपमा लिएको छ । भगवान रामले दशरथको मृत्युको समयमा एक अशुभ सपना देखेर अनुमान लगाएका थिए कि राजभवनमा केही अशुभ हुँदैछ भनेर ।

रावणले पनि आफु मारिनु अघि सपनामा असुभ  संकेत देखेका थिए । शास्त्रअनुसार सपनालाई भविष्यमा हुने घटनाको संकेत मानिन्छ । बिभिन्न सूचकका आधारमा सपनाको संकेत छुट्याइएको हुन्छ ।

१. काग देख्नु

सपनामा काग देख्नुलाई असुभ फलदायी मानिन्छ । यसलाई मृत्युको संकेत पनि मानिदै आएको छ । यदि सपनामा काग देख्नुभयो भने तपाईले नजिकैको मानिस मुत्यु भएको आदि समाचारहरु सुन्नुपर्ने हुन्छ् ।

२. आफैलाई यात्रा गर्दै गरेको देख्नु

सपनामा आफैलाई यात्रा गर्दै गरेको देख्नु पनि त्यतिको राम्रो मानिदैन । कुनै नराम्रो घटना हुन सक्ने हुँदा जुन दिन सपना देखिएको छ त्यसै दिन यात्रामा जानु छ भने सकेसम्म यात्रा नै स्थगित गर्नु राम्रो मानिन्छ ।

३. बाजा बजाएको  वा कपाल मुण्डन गरेको देख्नु

सपनामा बाजा बजाएको  वा कपाल मुण्डन गरेको देख्नुलाइ पनि राम्रो संकेत मानिदैन । यदि आफ्नै मुण्डन गरेको देख्नुभयो भने त्यसले आफ्नै परिवारको सदस्यको मृत्युको संकेत गर्छ ।

४. सेतो फुलको माला लगाइदिनु

सपनामा कोही महिला आएर तपाईंलाई सेतो फूलको माला लगाइ दिइन भने निकै असुभ हुने संकेतको रुपमा मानिन्छ ।

५. तेल लगाउनु वा गधाको सवारी देख्नु

सपनामा  तेल लगाउनु वा गधाको सवारी देख्नुलाई पनि मृत्युको सुचक मानिन्छ ।

६. सेतो बस्त्र र छरिएको खुल्ला कपालमा महिलालाई देख्नु

कुनै महिला सपनामा सेता वस्त्र र छरिएको कपालमा देखिइन भने यसलाई वियोगका सपना मानिन्छ ।

यो पढ्नु भयो ?

यस्तो सपना देख्नु भयो भने बिपनामा धन प्राप्त हुन्छ (२० सपना)

यस्तो १० सपना जसले मृत्युको संकेत गर्छ

यस्ता ७८ सपना हुन्छन् खतरनाक

चिया खानुअघि ध्यान दिनुपर्ने ५ कुरा

चिया खानुअघि ध्यान दिनुपर्ने ५ कुरा

कोही आफन्त अथवा साथीभाई भेट्ने बितिक्कै हामी सर्वप्रथम चियाको अफर गर्छौ । घरमा कोही आयो भने पनि सुरुमा चिया नै ख्वाउछौ । हामी अरु कसैकोमा गए पनि सुरुमा चिया नै खान्छौ । बिहान उठ्ने बितिक्कै चिया खाने धेरैको बानी छ । अझ कतिपय त बेडमै चिया मगाएर खाने गर्छन ।

बिहान चिया, खाना खाएर अफिस पुगेपछि पनि चिया, अनि खाजासंगै पनि चिया, खाजापछि पनि अफिसमा चिया, अनि बेलुका घर फर्किन पनि चिया । यी त अफिस भित्र काम गर्ने कर्मचारीको कुरा । अफिर बाहिर काम गर्नेहरुले त झन् यो भन्दा बढी चिया खान्छन । कोही मान्छे भेट्ने बितिक्कै चियागफ सुरु भैहाल्छ ।

लेमन, ग्रीन टी, मिल्क टी लगायतका आ आफ्नै फाइदा र बेफाइदा छन् । तर मान्छेहरु आफ्नो रुची र अरुको लहलहैमा यी चियाहरु सेवन गरिरहेका हुन्छन । चिया पनि एकखाले नशा नै हो । चियाको महात्म्य भनि साध्य छैन । तर यही चिया आफ्नो स्वास्थ्य अनुसार मिलाएर पिउन सकिएन भने यसले ठूलो असर गर्छ । अझ बिहान खाली पेटमा त चिया खानै नहुने अध्ययनहरुले देखाएको छ ।

एक अनौपचारिक तथ्यांक अनुसार हाम्रो देशको करिब ८० देखि ९० प्रतिशत जनसंख्या विहान उठ्ने वित्तिकै चिया पिउछन । विशेष गरी  गर्मी मौसममा खाली पेटमा चिया पिउदा स्वास्थ्यमा हानि हुने समेत पत्ता लागेको छ । तसर्थ बिहान चिया पिउने नै हो भने तपाईले विहान उठेर हल्का नास्ता खाइ सकेपछि मात्र चिया पिउनु राम्रो हुन्छ ।tea1

चिया खाँदा ध्यान दिनुपर्ने ५ कुरा 

१. बिहान खाली पेटमा स्ट्रगं टी पिउन मनपर्छ भने सावधानी अपनाउनुस् । धेरै स्ट्रगं चिया पिउनेलाई अल्सर हुने खतरा हुन्छ । यसले पेटभित्र घाउ बनाउने सम्भावना एकदमै बढी हुन्छ ।

२. कैयौ मानिस एकैपटक धेरै चिया बनाउँछन् । र त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटकपटक तताएर चिया पिउनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ ।

३. अधिकांश मानिस दूध चिया पिउने गर्दछन् । तर, कमैलाई मात्र थाहा छ कि खाली पेट दूध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै व्यवहारमा चिडचिडापन (रिसाउने) स्वाभाव आदि आउँछ ।

४. विहान उठेर खाली पेटमा चिया पिउदा पाचन प्रक्रियामा अप्ठेरो पार्न सक्छ । जसले तपाईलाई वान्ता हुनसक्छ र अप्ठेरो महसुस हुनसक्छ ।

५. सामान्यतया ब्ल्याक टि लाई स्वास्थ्यको हितमा मानिन्छ । तर, अत्याधिक पिएमा हानी पनि गर्नसक्छ । ब्ल्याक टि पिउँदा तौल घट्छ तर, पेट फुल्छ भने भोक लाग्दैन् ।

भुलेर पनि जुत्ता लगाएर जान नहुने ७ ठाउँ

भुलेर पनि जुत्ता लगाएर जान नहुने ७ ठाउँ

हामी जहा पुग्छौ जुत्ता पनि त्यहि पुग्छ । त्यसो त हामी जतिसुकै सफा सुग्घर ठाउँमा पुगे पनि जुत्ताले भुइमै टेकेर हिड्नु पर्छ त्यसैले यो सबै भन्दा फोहोर हुन्छ । फोहोरले नै रोगब्याधि र संक्रमण निम्त्याउछ । त्यसैले त फोहोरबाट जोगिनु पर्छ । no-shoes-sign-1608254

फोहोरबाट मान्छे मात्रै होइन भगवान पनि रिसाउछन् त्यसो त जुत्ता लगाएर मन्दिरमा पस्नु हुदैन भन्ने मान्यता रही आएको छ । हाम्रो समाजमा यस्ता थुप्रै मान्यताहरु रहेका छन् । कतै भगवान रिसाउने भनिएको छ भने कतै भगवानले सराप्ने लगायतका बिश्वास गरिन्छ । धारमा बिश्वास गर्नुस वा नगर्नु स्त्यो तपाइको अधिकारको कुरा हो तर फोहोर बच्नु तपाइको लागि अति आवश्यक कुरा हो ।

यसका ’boutमा बिभिन्न धर्मशास्त्रहरु बिभिन्न कुराहरु उल्लेख छन् । यी ५ स्थानमा यदि जुत्ता वा चप्पल लगाएर गएमा अशुभ हुने कुरा समेत बताइएको छ । यदि वेवास्ता गरेर हामिले जुत्ता चप्पल लगाएरै यी स्थानमा गयौ भने हामिलाई बिभिन्न प्रकारका दुख कष्टहरु आउन सक्ने बताइएको छ । त्यसैले जानीराखौं कुन कुन स्थानमा जुत्ता चप्पल लगाएर जानु हुदैन ।

१. ढुकुटी

ढुकुटी भएको स्थान जहा देवी लक्ष्मीको वास हुन्छ भन्ने गरिन्छ त्यसैले ढुकुटी भएको स्थानमा कहिले पनि जुत्ता चप्पल लगाएर नजानुस् ।

२. मन्दिर

एक पवित्र स्थल हो । मन्दिरमा यदि जुत्ता चप्पल लगाएर गयौ भने देबता हामिसँग रिसाउनुहुन्छ भन्ने गरिन्छ । त्यसैले  हामीले मन्दिर जाँदा भूलेर जुत्ता वा चप्पल लगाएर जानु हुदैन ।

३. भान्छा घर

शास्त्रानुसार अग्नि र अन्न दुवैलाइ देवता समान मानिएको छ । त्यसैले भान्छा घरमा पनि जुत्ता चप्पल भूलेर पनि लानु हुदैन । भान्छा भन्ने बितिक्कै खानेकुरासंग जोडिन्छ त्यसैले फोहोर हुने भएकाले पनि जुत्ता लगाउन हुन्न ।

४. नदि

नदिमा पनि जुत्ता चप्पल लाएर जानु हुदैन । नदीलाई पनि पवित्र स्थान मानिएकाले नदि प्रवेश गर्नु पूर्व जुत्ता चप्पल खोल्नुका साथै कुनै पनि छालाको वस्तु पहिरनु भएको छ भने फुकालेर मात्र प्रवेश गर्दा उपयुक्त हुन्छ ।

५. स्टोर अर्थात भण्डार घर

भण्डारमा पनि जुत्ता चप्पलको प्रयोग गर्नु हुदैन,यो कुरामा ख्याल गर्ने मानिसको घरमा कहिले पनि अन्न पात टुट्दैन भनिएको छ ।

यो पढ्न छुट्यो कि ? 

बिश्वकै खराब १० झण्डा, नेपालको पनि (भिडियो)

निन्द्रा लागेपछि यसरी होसै हराउछन मान्छे (हेर्नुस् १२ फोटो)

निन्द्रा लागेपछि यसरी होसै हराउछन मान्छे (हेर्नुस् १२ फोटो)

भोक, प्यास अनि निन्द्रा सबै प्राणिका लागि उतिक्कै अत्याबश्यक ‘अमृत’ हुन् । यसलाई न कसै गरि रोक्न सकिन्छ न त त्याग्न नै । तर कतिपयलाई भने अचाक्ली रुपमै यसको प्यास लाग्ने गर्दछ । बिबिध कारणबश बढी भोक लाग्ने, बढी प्यास लाग्ने र बढी निन्द्रा लाग्ने गर्दछ । यसले शरीर अस्वस्थ्य भएको संकेत गर्दछ ।
बिभिन्न रोगको संक्रमण र ब्यबहारमा हुने गडबडीले मान्छेलाई अत्यधिक रुपमा निन्द्रा लाग्छ । यसरी निन्द्रा लागेपछि काम गर्दा गर्दै मात्रै होइन बोल्दा बोल्दै, खाँदा खादै र हिड्दा हिंड्दै समेत निदाउछन् मान्छे । यसरी निन्द्रा लाग्दा आफु के गर्दैछु भन्ने होसै हराउछन् मान्छे ।
कहिलेकाँही राती निन्द्रा पुगेन भने दिउँसो निद्रा लाग्नु स्वभाविकै हो । तर जब मध्य दिउँसो हुन्छ तब झपक्क निन्द्रा लाग्नु, दोहो¥याइ तेह¥याइ हाइ आउनु कामका लागि हानि हुन्छ । प्रायजसो दिउँसो नै धेरै काम गर्ने भएकाले पनि दिउँसोमा निन्द्रा लाग्ने समस्या भएकाले काम गर्न समेत अप्ठेरो परिरहेको हुन्छ ।
वैज्ञानिकहरुका अनुसार दिउँसो मध्यान्हमा मानिसको शरीरको उर्जाको मात्रा घट्दै जान्छ । काम गर्दै जाँदा शरीरको उर्जा पनि कम हुँदै जाने भएकाले दिउँसो निन्द्रा लाग्ने गरेको हो । दिउँसोमा थोरै सुत्नु नराम्रो कुराचाँहि होइन तर धेरै निदाउनु भने स्वास्थ्यको लागि लाभदायिक मानिँदैन ।
दिउँसो निन्द्रा बढी लाग्नुको कारण अघिल्लो रात राम्ररी निन्द्रा नलाग्नु, आफ्नु रुचीविपरीत काम गर्नु हो । अर्को कारण कुनै रोगको उपचारमा औषधि सेवन गर्नाले पनि दिउँसो निन्द्रा लाग्छ । विशेषगरि डिप्रेशनको उपचारमा सेवन गरिने औषधी, चिसोको उपचार तथा एलर्जीको उपचारमा खाइने औषधिले पनि निकै निन्द्रा लगाउँछ ।
दिउँसोमा कोठाभित्र गुम्सिएर बस्ने, घाम र हावामा नबस्नाले पनि दिउँसो निन्द्रा लाग्छ । लामो समयसम्म एक्लै बसिरहनाले पनि दिउँसोमा निन्द्रा लाग्छ । अँध्यारो ठाउँमा गुम्सिएर बस्ने मानिसमा जोर्नी दुख्ने समस्या पनि हुन्छ । तपार्इंलाई दिउँसो निन्द्रा लागेर धेरै समस्या खडा भएको छ भने शुरुमा खाने, सुत्ने आनीबानीमा ध्यान दिनुपर्छ । दैनिक पर्याप्त व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने र पानी पटक–पटक पिइरहनाले पनि दिउँसो निदाउने बानीको सुधार हुन्छ ।
हेर्नुस निन्द्रा लागेपछि कसरी होसै हराउछन मान्छे nindra nindra1 nindra2 nindra3 nindra4 nindra5 nindra6 nindra7 nindra8 nindra9 nindra10 nindra11