कुन राशीका व्यक्तिले कुन रंगसँग होली खेल्ने ?

कुन राशीका व्यक्तिले कुन रंगसँग होली खेल्ने ?

रंगहरुको पर्व होली मंगलबार धुमधामका साथ मनाईदै छ । बिभिन्न संघ संस्था र क्लबहरुमा आजै होली मनाइसकेका छन् । बाटोमा लोला हान्नेहरुलाई त एक हप्ता अघि देखि नै होली लागेको थियो । होली रमाइलोको पर्व मात्रै होइन यसका केही धार्मिक मान्यताहरु पनि छन् ।

असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा मनाइने होलीको आफ्नै कथा छन् । हाम्रो राशी अनुसारको रंगसँग होली खेल्दा हामीलाई सुख समृद्धि र फलदायि हुुन्छ भन्ने मान्यता छ । यहाँ केही धार्मिक शास्त्रहरुमा उल्लेख भए अनुसार कुन राशीका व्यक्तिले कुन रंग प्रयोग गरि होली खेल्दा राम्रो हुन्छ भन्ने ’boutमा केही जानकारी दिने कोसिस गरेका छौ ।holi

मेष वा वृश्चिक राशी

मेष तथा वृश्चिक राशीको स्वामी मंगल हुन् । मंगलको रंग रातो हो र उनको पूजा पनि रातो पूजा सामाग्रीले नै हुने गर्छ । त्यसैले मेष या बृश्चिक राशी भएकाले रातो रङसँग होली खेल्नु अति लाभदायक मानिन्छ । यस राशीका मानिसलाई मान सम्मान मिल्ने तथा क्रोधको नियन्त्रण हुन्छ । भूमीलाभ हुन्छ, ऋणबाट मुक्ति मिल्छ ।

वृष र तुला राशी

वृष र तुला राशीको स्वामी शुक्र हुन् । नवग्रह मध्ये शुक्र सबैभन्दा चम्किलो ग्रह हो । वृष र तुला राशी भएका मानिसले होलीमा सेतो रंगको कपडा लगाएर होलीमा पँहेलो र आकाशेरंगको प्रयोग गर्न सक्छन् । यसले बैभव प्राप्ती हुन्छ । विलासितापुर्ण जीवनको आनन्द उठाउन सक्छन् । साथीभाई र परिवारबाट सम्मान मिल्छ ।

मिथुन र कन्या राशी

 यी दुई राशीका स्वामी बुध हुन् । बुध बुद्धि एवं वाणीसँग सम्बन्धित ग्रह  मानिन्छ । ज्योतिषका अनुसार बुध हरियो रंगको प्रतिनिधि ग्रह हो । मिथुन र कन्या राशी भएका मानिसले होलीको दिन विहानै गाईलाई हरियो घाँस खुवाउनु पर्दछ । हरियो रंगसँग होली उत्सव मनाउनु पर्छ । यसको प्रभावले व्यापार एवं जागिरमा सम्मानजक उपलब्धि प्राप्त हुनेछ । मान सम्मान पनि मिल्नेछ ।

कर्कट राशी

कर्कट राशीको स्वामी चन्द्रमा हुन् । चन्द्रमा मन एवं धनसँग सम्बन्धित ग्रह मानिन्छ । जो पूर्णरुपमा सेतो तथा सफा हुन्छ । कर्कट राशीका मानिसहरुले सेतो फूलले शिवको पुजा गरेर पँहेलो, केशर तथा हरियो रंगसँग होली खेल्दा फलदायी हुन्छ । जसले गर्दा उनीहरुलाई धन तथा सुख बृद्धि हुन्छ । हरियो रंगले शान्ति प्रदान गर्छ । सन्तानको सुख मिल्नेछ साथै समाजमा सम्मान मिल्छ ।

सिंह राशी

सिंह राशीको स्वामी सुर्य हुन् । सुर्य सबै ग्रहको पनि स्वामी मान्छिन्छन् । रातो, पँहेलो, बैजनी एवं सुन्तला रंग सुर्यसँग सम्बन्धित रंग हुन् । सिंह राशी भएकाले होलीको दिन विहान सुर्यलाई रातो गुलाव मिश्रित पानीको अर्घ दिएर रातो रंग सँग होली खेल्नु पर्छ । यसले गर्दा अत्यधिक उर्जा प्राप्त हुनेछ । शरीरमा शक्तिको संचार हुन्छ । बुद्धि प्रखर हुनेछ ।

धनु वा मिन राशी

धनु एवं मीन राशीका स्वामी गुरु हुन् । गुरुलाई धर्म, शुद्ध आचरण, सात्विक प्रवृति एवं अत्यधिक धन प्रदाता ग्रह मानिन्छ । धनु तथा मीन राशी भएका मानिसहरुले होलीका दिन विहान भगवान शंकरलाई पँहेलो बेसारको गाँठोले पुजा गर्नु पर्छ । तथा गरीबलाई भोजन गराउनु पर्छ । होलीमा उनीहरुले पँहेलो रंगको प्रयोग गर्नु लाभ हुन्छ । जसले गर्दा उनीहरुलाई मान सम्मान मिल्ने तथा सफलता प्राप्त हुन्छ ।

मकर तथा कुम्भ राशी

मकर एवं कुम्भ राशीको स्वामी शनिदेव हुन् । शनि न्यायप्र्रिय एवं मन्द गतीको ग्रह मानिन्छ । जसको रंग निलो हुन्छ । शनि सात्विक एवं धामिर्क प्रवृत्तिको व्यक्तिलाई कहिले कष्ट दिदैनन् भन्ने मान्यता छ । मकर एवं कुम्भ राशी भएका मानिसहरुले होलीमा नीलो, सेतो, कालो तथा खैरो रंगको प्रयोग गर्दा लाभदायक हुन्छ ।

यो पढ्नु भयो 

संगत गर्न नहुने ८ प्रकारका मानिस

भारतीय रुपैया अब अनलाइनबाटै डाउनलोड !

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जीवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जीवन

यौनका सन्दर्भमा पश्चिमेली समाजलाई खुल्ला र पूर्वीय समाजलाई संकुचित मानिन्छ । त्यसो त पछिल्लो समय पूर्वीय समाज पनि आधुनिकताका नाममा पश्चिमेली सस्कृती अबलम्बन गर्न थालेका छन् । तर यौनका मामिलामा पूर्वीय समाज पनि कम्ति खुल्ला भने छैन । यसको बिस्तृत अध्ययन अनुसन्धान नभएको मात्र हो ।

नेपालकै सन्दर्भमा भन्ने हो भने पनि सयौ बर्ष पुरानो मठ मन्दिरहरुमा थरिथरिका यौनाकृतिहरु कुदिएका छन् । अधिकांश चर्चित मन्दिरहौर्मा खुल्लमखुल्ला देखिने ठाउँमा बिभिन्न तरिकाका यौनासनहरु बनाइएका छन् । के तपाईले यी कुराहरु ख्याल गर्नु भएको छ ? यसलाई कतिपयले लुकी लुकी चिहाइरहेको हुन्छ भने कतिपय नदेखे झैँ गरेर हिड्ने गरेका छन् ।

सार्वजनिक ठाउँमा त्यस माथि पबित्र मानिने मन्दिरमै किन यस्तो बिचीत्र यौनासन बनाईयो भन्ने सन्दर्भमा बिभिन्न धारणाहरु छन् । तर यसको सार के हो भने त्यस बेला पनि यौन सम्पर्कका बेग्लै दुनिया थिए । यसलाई मनोरन्जन र मस्तीको साधन मानिन्थ्यो । अहिले जतिसुकै खुल्लापनको कुरा गरे पनि यी टुडालहरु नियाल्दा त्यसबेलाको शैली पनि ‘कडा’ नै लाग्छ । यति मात्रै होइन कतै अहिलेका आधुनिक भनिएका जमातले यी पुराना टुडालहरुबाटै सिकेका त होइनन् ? अनुसन्धान गर्न जरुरी छ ।

मन्दिरमा यौनासन किन बनाइए भन्ने ’boutमा बिभिन्न धारणा/मान्यता छन् । के पनि विश्वास छ भने मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन मन्दिरको बाहिर नै कामुक कला कुदिएका थिए । केहि किम्बदन्ती के छ भने मन्दिरमा यौनजन्य संकेत सहितका कला राख्दा चट्याङ पर्दैन । जसको कारण कहिलै पनि मन्दिरहरुमा कुनै क्षति हुँदैन ।

अर्को मान्य के पनि छ भने प्राचिन कालमा हिन्दुधर्मावलम्बीहरुलाई मुश्लिम शाशकहरुको डर थियो । मुस्लिमहरुले आक्रमण गर्नेक्रममा नग्न र कामुक बस्तुहरुको नजिक पर्दैनन् भन्ने त्यतिखेरको चेतना थियो त्यसैकारण उनीहरुबाट मन्दिरलाई जोगाउनकै लागि पनि यस्ता आकृति कुदिएका थिए भनिन्छ । कतिपयले यस बिषयलाई त्यतिखेरको राजाहरुको सम्पन्नता र मज्जाको जीवनशैलीका रुपमा पनि चित्रण गरेका छन् । यी १३ फोटोमा हेर्नुस भगवानहरुको यौन जीवन ।

पाटनस्थित जगननारायण मन्दिर आसपास बनाइएका टुडालहरु 

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जिवन

 

यस्तो सपना देख्नु भयो भने बिपनामा धन प्राप्त हुन्छ (२० सपना)

यस्तो सपना देख्नु भयो भने बिपनामा धन प्राप्त हुन्छ (२० सपना)

हामीले दैनिकजसो केही न केही सपना देखिरहेका हुन्छौ । अनि ब्युझेपछि त्यसको ’boutमा सोच्छौ । कतिपयलाई सपनाको कुरा बिश्वास लाग्ला त कतिलाई नलाग्ला तर धर्मशास्त्रहरुले सपनालाई एउटा अद्भुत फलका रुपमा ब्याख्या गरेका छन् । सपना किन देखिन्छ भन्ने ’boutमा बिभिन्न धारणाहरु पनि पाइन्छ । कस्तो सपनाको फल कस्तो हुन्छ भन्ने ’boutमा हामीले अघिल्लो अंकहरुमा प्रस्तुत गरि सकेका छौ । आज हामी यस्तो सपनाहरुको ’boutमा जानकारी दिदैछौ जसले बिपनामा धन प्राप्त हुने गर्छ भनिन्छ । यदि तपाइले यस २० प्रकारका सपना देख्नु भयो भने धन प्राप्त हुन सक्छ ।

 सपनाको संकेत, हेर्नुस १७३ सपनाले यस्ता फल दिन्छन्

१. जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

२. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।

३. विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

४. यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।

५. कहिँ जाँदै गरेको अवस्थामा यदि बाटोमा सुन्दर महिला या कन्या देखियो भने त्यसलाई धनप्राप्तीको संकेत मान्न सकिन्छ ।

६. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ ।

७. यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।

८. विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।

यस्तो १० सपना जसले मृत्युको संकेत गर्छ

९.यदीे सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ । यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ ।

१०. सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

११. यदि कसैले सपनामा दियो बालेको या कसैलाई पैैसा सापटी दिएको देख्यो भने उसलाई अनपेक्षित रुपमा धनप्राप्ति हुन सक्छ ।

१२. यदी सपनामा कसैलाई गर्धन चिलायो भने पनि धन लाभ हुने सम्भावना हुन्छ । साथै बोटमा पाकेको सुन्तला या खेतमा पाकेको गहुँ देख्यो भने उसलाई छिट्टै धन प्राप्ति हुने सम्भावना हुन्छ ।

१३.  यदि कोही सपनामा टाउको कन्याउँदै गरेको देखियो भने त्यसकै कारण पैसा मिल्न सक्छ । यदी आँखा कन्याउँदै गरेको देखे भने पनि पैसा मिल्न सक्छ । सपनामा गाडेको धन देखियो भने पनि सम्पत्ति वृद्धि हुन सक्छ ।

१४. जो व्यक्ति सपनामा फलफुल खाएको देख्छ उसले धन लाभ हुने योग बन्छ । सपनामा धुम्रपान गर्छ, उसलाई पनि धन प्राप्ति हुन सक्छ । सपनामा जसको दाहिने हातमा सेतो रँगको सर्पले टोक्छ उसलाई धेरै धन प्राप्ति हुन सक्छ ।

१५. जो व्यक्तिले सपनामा पिशाब, वीर्य, दिशा या भमिट(वाक्क) गरेको चिज देखे या खाएको देखे भने त्यस्ता मान्छेलाई पनि धन प्राप्त गर्ने संयोग मिल्छ । साथै आफ्नो प्रेमी प्रेमिका सँग सम्बन्ध विच्छेद गरेको सपना देख्यो भने पनि त्यसको आधारमा धनप्राप्ति हुन सक्छ ।

१६. शुक्रबारका दिन केशरी रँगको गाई देखियो वा दर्शन गर्ने मौका पाइयो भने धनप्राप्ति हुन सक्छ ।

१७. यदि कोही यात्री घर फर्कि रहेको हुन्छ र बायाँ तिर रोकियो भने उसलाई थोरै समयका लागि धनप्राप्त हुन सक्छ । यदि कुनै व्यक्तिले कुनै गाउँ वा नगरमा प्रवेश गर्ने समयमा दायाँ तर्फ सुँगुर देखियो भने उसलाई धन प्राप्त हुन सक्छ ।

१८.सपनामा हरियो फुलबारी तथा अनार र उँट देखियो भने धन प्राप्ती हुने योग बन्छ ।

१९. यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।

२०.  जब कुकुरले अचानक जमीनमा पटक पटक टाउको रगडेको देख्नु भयो भने त्यस्तो ठाउँमा गाडेको धन हुन सक्छ । साथै यदी कुकुरले कुनै खाद्यपदार्थ लिएर आएको देख्नु भयो भने पनि तपाईलाई धन प्राप्त हुन सक्छ ।

 यस्ता ७८ सपना हुन्छन् खतरनाक

पुरुषले महिलालाई धोका दिने ७ कारण

पुरुषले महिलालाई धोका दिने ७ कारण

प्रेम, मिलन, बिछोड अनि ब्रेक अप । प्रेमिल संसारमा यी शब्दहरु पर्यायवाची हुन् । कोही मायाँमा चुर्लुम्म डुब्छन भने मायाँको जालमा फसेर तड्पिरहेका हुन्छन । यो संसारको रित नै यस्तै हो । तर स्मरणीय कुरा के हो भने मायामा धोका किन हुन्छ भन्ने थाहा पाउनु भयो भने तपाईको लागि राम्रो हुन्छ । Break up
महिला पुरुष एउटै रथका दुइ पांग्रा भन्ने गरिन्छ । तर कहिलेकाही आपसी मेल नहुँदा एक अर्कालाइ धोका दिइरहेका हुन्छन । शुरुमा सामान्य रुपले दिने गरेको धोका अन्तत सम्वन्धविच्छेद सम्म पुग्दछ । कुनै पनि जोडीको सम्बन्धको जग आपसी विश्वास र बुझाईमा बस्ने गर्छ । त्यसमा किन धोका आउने गर्छ ।
किन एकै साथ काँधमा काँध मिलाएर हिड्नेहरु एक अर्कालाई धोका दिन पुग्छन् । यसमा केही समय अघि गरिएको एक सर्वेक्षणमा महिलाले भन्दा बढि पुरुष मित्रहरु आफ्नो महिला मित्रलाई धोका दिने गरेको पाइएको छ । आखिर किन दिन्छन त पुरुषहरुले महिलालाई धोका ? । पढ्नुस पुरुषहरुले महिलालाई धोका दिने मूख्य ५ कारण
सेक्समा असन्तुष्टि

कुनैपनि जोडीको सेक्स लाईफमा केही समस्या हुन्छ । यस्तोमा गहिरो प्रभाव पुरुषको मनमा पर्छ र दोस्रो महिलाको ’boutमा सोच्न थाल्छ । एक अध्ययन अनुसार डिभोर्स गर्ने मध्ये अधिकांशको कारण सेक्स असन्तुष्टि नै हुन्छ । दम्पत्तिको डिभोर्सका मौखिक कारण अन्य भए पनि मुख्य कारण यौन असंतुषित नै हुने गरेको छ ।

 भावनात्मक असन्तोष
अलग रहने वा धोका दिनुको ठूलो कारण भावनात्मक असन्तोष हुनेगर्छ । पुरुष भावना शून्य हुँदैनन् । उनीहरु पनि भावुक हुन्छन् । जब उसलाई आफ्नो साथीबाट भावनात्मक सहयोग मिल्दैन त्यसपछि उ बाहिर खोज्न लाग्छ । यो नियम दुवै तर्फ लागु हुनेगर्छ ।
अलग काम गर्ने कोशिस
नयाँ गर्ने कोशिस हरेक पुरुषले गर्ने गर्छन् । पुरुष सधै आफ्नै दैनिक जीवनमा केही नयाँ खोजिरहन्छ अथवा सधै एक रोमान्चक चीजसँग सम्बन्ध गाँस्न चाहान्छ । उ छिटै आफ्नो जीन्दगीको विगतसँग असन्तुष्टि मान्ने गर्छ । जसका कारण सधै उ आफ्नो साथी बदल्न चाहान्छ ।
संगतको प्रभाव 
पुरुष जहाँ काम गर्छ त्यहाँ निकै धेरै समय व्यतित गर्ने गर्छ । यसको दौरान महिला सहकर्मीसँग लगाव बढ्नु नौलो कुरा होइन । कामको प्रक्रियामा कुनै पनि महिलासँग पुरुषको भेट हुनु पनि सम्बन्धमा कारक बन्न सक्छ ।
सम्बन्धको ताजगी नरहनु
सम्बन्धमा ताजापन हरायो भने, केही समयमै सम्बन्ध मर्न सक्छ । कयौं समय पति या पत्निलाई लाग्छ कि उनीहरुको सम्बन्धमा तालमेल मिलेको छैन । उनीहरुबीच रोमान्सको स्थान हुँदैन । यस्तो अवस्थामा पनि पुरुष नयाँ सम्बन्धको खोजीमा लाग्न सक्छ ।
 साथीहरुको कारण
साथीहरुको दबाबमा आएर कयौं पुरुष विवाहपछि पनि अफेयर चलाउँछन् र आफ्नो श्रीमतीलाई धोका दिन्छन् । केही पुरुषलाई आनन्दको रुपमा लिन्छन् । उनीहरुलाई यस्तो हुनुमा कुनै गल्तिभएको लाग्दैन । कुनै पनि सम्बन्धलाई अगाडी बढाउनका लागि सबैभन्दा ठूलो योगदान विश्वास र प्रेमले पुर्याउँछ ।
आदतहरुमा बुझाई नमिल्नु
कहिलेकाँही पति–पत्निबीचको आदत मिल्दैन । यस्तोमा कयौं पुरुष आफ्नो पत्निको आदत’bout अन्य महिलासँग सार्वजनिक गर्छन् । यस्तो सम्बन्ध साथीको रुपमा परिवर्तन हुने गर्छ र पछि दोस्रो महिलासँग सम्बन्धको रुपमा विकास हुन्छ ।
यो पढ्न छुट्यो कि ?

केटीहरु यस्तो अश्लिल फिल्म हेर्न रुचाउछन् (भिडियो सहित)

 

महिलाका ९ अनौठो तथ्य जुन तपाई थाहै छैन

किचकन्यासँग रोमान्स गरेको भिडियो भाइरल (हेर्नुहोस् भिडियो)

किचकन्यासँग रोमान्स गरेको भिडियो भाइरल (हेर्नुहोस् भिडियो)

किचकन्याको ’boutमा धेरैले सुनेको हुनुपर्छ । बाटोघाटोदेखि कोठाको ओच्छ्यानसम्म किचकन्याले सताएको कथाहरु हामीले सुन्दै आएका छौ । पछिल्लो समय भूत प्रेतको बिश्वास घटेसंगै डर पनि घट्दै गएको छ तर पनि भूतसंग जोडिएका बिगतका कथाहरु सुन्दा जो कोहीको पनि आङ जिरिङ्ग हुन्छ । किनकी भूत प्रेतका कथाहरु निकै डरलाग्दा हुन्छन । सुन्नेको त रौ ठाडो हुन्छ भने भोग्नेको हालत कस्तो होला ?

ग्रामिण क्षेत्रमा मात्रै होइन राजधानी काठमाडौँमा समेत किचकन्याले सताएको बिभिन्न कथाहरु छन् । कथा मात्रै होइन किचकन्यासंग प्रत्यक्ष सम्बाद गरेका भनिएका व्यक्तिहरु अझै जीवित नै छन् । उनीहरुको कथा पत्याउनु र नपत्याउनु तपाई हाम्रो आफ्नो व्यक्तिगत सरोकार हो तर बुझेर हेर्दा कथाहरु वास्तविक निकट लाग्छन ।

राजधानीको  पुरानो बागमती पूल थापाथली प्रसुति आसपास धेरै मानिस किचकन्याको सिकार भएको भनाइ छ । त्यस्तै काठमाडौंको टेकु भंसार्, नरदेबी ताम्सिपाखा, जयबागेश्वरी-सिफल आदि ठाउँमा किचकन्या देखिएको भेटिएको कथाहरु सुनिन्छ ।

को हुन् किचकन्या ?

बिशेषत: मध्यरातमा बाटोमा देखिने युवती हुन् किचकन्या । किचकन्या हेर्दा एकदमै सुन्दरी राम्री युवती जस्तै देखिने बताइन्छ । बाटोमा बिभिन्न बहाना गरेर पुरुषसंग नजिकिने प्रत्यक्ष भोगेकाहरु बताउछन । त्यसो त उनीहरु आफु बाटोमा अलपत्र परेको बहाना गर्ने देखि माया प्रेमका अनेक नाटक रच्ने गर्दछन । किचकन्याले बिशेषत: पुरुषहरुलाई सताउने गर्दछन ।

महिलालाई भने उनीहरु केही गर्दैनन् । त्यसो त तपाइले सवारीसाधनमा जुत्ता, चुरा, पोते लगायत देख्नु भएको होला । यो किचकन्याबाट जोगिनकै लागि राखिएको हो । महिलाले लगाउने बस्त्र र पहिरन राख्दा किचकन्याले दुख दिदैन भन्ने मान्यता छ । किचकन्याबाट सिकार हुनेहरु कोही बिरामी पर्ने त कोहि लहलहैमा लागेर धन सम्पति सकाउने गरेको बताइन्छ  ।

रानीपोखरीमा किचकन्य र राजाको रोमान्स 

रानीपोखरी काठमाडौं नगरको मध्यमा अवस्थित एक मानव निर्मित पोखरी हो । आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५ मा उक्त पोखरी निर्माण गरेका थिए । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए ।

एकसय असी मिटर लम्बाइ र १४० मिटर चौडाइ रहेको सो पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ । वि.सं. १९९०को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका हुन् ।

रानीपोखरीमा हात्तीमाथी राजाको मुर्ती बनाएर राख्नुमा एउटा किम्बदन्ति रहेको पाइन्छ । यो पोखरी बनेपछि राजा प्रताप मल्ल सधैं नुहाउन आउने गर्दथे, यसरी पोखरीमा नुहाउन आउने क्रममा राजाको एक किचकन्यासँग भेट भएर मायाप्रेम बसेछ । यसैक्रममा राजा र किचकन्याको संसर्गबाट किचकन्या गर्भवती समेत भइछ ।

यता राजा पनि दुब्लाउँदै गएको देखेर भाइभारदारहरू चिन्तित् भएर के कारणले यसरी राजा दुब्लाउँदै गएको भनेर खोजी भएछ र राजा र किचकन्याको प्रेम प्रसँग पत्ता लागेछ । त्यस्तै किचकन्या गर्भवती भएको कुरा पनि थाहा भएछ । यो कुरा पत्ता लागेपछि अचम्म हुनलाग्यो यसो हुनुहुँदैन भनेर भाइभारदार तथा गुरूपुरोहितहरू मिलेर किचकन्यालाई बसमा पारेछन ।

गर्भवती किचकन्याको भ्रूणसहित पोकोपरेर रानीपोखरीको छेउमा विशाल हात्ती त्यसमा राजा, रानी र युवराजसहित चढेको मुर्ती बनाएर त्यस हात्तीको अघिल्लो खुट्टाले किचकन्या र भ्रूण सहितको पोकोलाई कुल्चेर राखेमा पछि फेरि दु:ख दिदैन भनेर त्यसरी उक्त मु‍र्ती स्थापना गरिएको भन्ने किम्बदन्ति छ ।

हेर्नुहोस भिडियो 

यो भिडियोमा किचकन्याले राती कोठामा आएर रोमान्स गरेको देखाइएको छ । यो रियल नभएर जानकारीमुलक रिल भिडियो मात्रै हो ।

यो पढ्न छुट्यो कि ?

महिलाका ९ अनौठो तथ्य जुन तपाई थाहै छैन

आज सुर्यग्रहण: कुन राशीको मानिसले के गर्नु उत्तम ?

आज सुर्यग्रहण: कुन राशीको मानिसले के गर्नु उत्तम ?

आज बिहान  ६ बजेर १९ मिनेटमा सूर्य ग्रहण सुरु भएको छ । ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष हुन्छ । बिहान ८ बजेर ६ मिनेट सम्म औशी तिथि रहेको छ । त्यसपछि फाल्गुन शुक्ल प्रतिपदा लाग्नेछ । प्रचलित ज्योतिषशास्त्र अनुसार ग्रहण लाग्दा चन्द्रमा पुर्वभाद्रा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दै हुनेछ ।

son

जसलाई आधार बनाएर फल बताउँदा पूर्वभाद्रा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तिहरुलाई अती कस्ट पुग्ने भन्न सकिन्छ । यस्तो समयमा कुम्भ राशीका व्यक्तिले बिशेष सचेत रहनुपर्दछ । उनीहरुले ग्रहण वार्दै दान दक्षिणा एवं इस्वर आराधना समेत गर्नुपर्छ ।

सुर्यग्रहण बीच सबै सुभ कार्य निषेध गरिएको हुन्छ यद्दपी हिन्दु परम्परा अनुसार भगवानको नाममा जप र दान दक्षिणा गर्नाले यो अवधिमा शुभ हुने विश्वास गरिन्छ । सुर्यग्रहणको समयमा गरिएको दान तथा मन्त्रजपले छिट्टै फाइदा गर्ने विश्वास रहेको छ ।

सुर्यग्रहणको समयमा आफ्नो राशि अनुसार निम्न अनुसारको दान-पुण्य गरेर लाभ उठाउन सकिने बिश्वास रही आएको छ । धार्मिक मान्यता अनुसार ग्रहणको समयमा मैथुन, भोजन गर्नुहुँदैन । त्यस्तै सुत्नु एवम गर्भवती महिला बाहिर निस्कनुहुँदैन ।

मेष
यो राशी हुनेहरुले  सखर, रातो कपडा, मुसुरोको दाल र रातो बस्तु दान गर्नु राम्रो मानिन्छ।

वृष
यो राशि भएका व्यक्तिले चामल, कपुर, सेतो कपडा या दुध दान गर्नु लाभदायक छ।

मिथुन
यो राशि भएकाले हरियो पात भएको साग सब्जी, हरियो दाल, मुंगीको दाल, हरियो कपडा दान गर्नु राम्रो हुने छ।

कर्कट
यो राशी भएका व्यक्तिले दहि, सेतो कपडा, दुध, चांदी र चिनीको दान गर्नु राम्रो हुन्छ। यो बस्तु दान गर्नाले आकस्मिक संकटबाट बचाउने छ।

सिंह
यो राशी भएका व्यक्तिले तामाको सिक्का, तामाको भाडा, गहुँ, पिठो, स्याउ र कुनै पनि गुलियो फल दान गर्नाले ग्रहणको अशुभ प्रभाबबाट बच्न सक्ने बिश्वास छ ।

कन्या
यो राशी भएकाले सब्जी,  आवश्यक भोजन, पानि, अलैची र सर्बत दान गरे राम्रो हुनेछ। यसबाट परिवारको सदस्यको जीवनको रक्षा हुने छ।

तुला
यो राशि भएकाले मन्दिरको पुजा सामग्री, कुचो, अगरबत्ति, दियो, घिउ दान गर्नु पर्ने हुन्छ। यी बस्तुहरु दान गर्नाले भाग्य राम्रो हुने छ।

वृश्चिक
यो राशी बहेकाले पहेलो बस्तु, पहेलो मिठाइ, बेसार, उखु, उखुको रस, सखर। चिनी र चन्दन दान गर्नु राम्रो मानिन्छ। यसबाट कारोबार र रोजगारीमा भएको बाधा हट्नेछ।

धनु
यो राशी भएकाले चना, बेसन, कसर, मिठाइ, चांदी र घिउ दान गर्नु राम्रो मानिन्छ।

मकर
यो राशी भएकाले चना, पापड, माटोको भाडा, तिल, सरसो र काइयो दान गर्दा राम्रो हुनेछ। यसबाट अनिष्टबाट छुट्कारा पाइने विश्वास छ।

कुंभ
यो राशी भएकाले इन्धन, पिठो, मासाला, हनुमान चालिसा, दुध दान र गरिबहरुलाई भोजन गराउनाले पनि अन्न धनको संकटबाट मुक्त हुने विश्वास गरिएको छ।

मीन
यो राशी भएकाले चराचुरिंगीलाई दाना खुवाउने, कमिलाको प्वालमा सखर र पिठोको मिश्रण चढाउने गर्नाले अनिष्टबाट छुटकारा पाउने विश्वास गरिएको छ। साथै गरिबहरुलाई भोजन गराउनाले अध्यन र कारोबारमा भएको बाधा हट्ने विश्वास गरिएको छ।

कुन राशिलाई कस्तो छ ग्रहण ?

मेष : लाभ

बृष : सुख

मिथुन :मान नाश

कर्कट :कस्ट

सिह : स्त्रिपिडा

कन्या : सुख

तुला : चिन्ता,

बृश्चिक : व्याथा

धनु : श्रीप्राप्ती

मकर : क्षति

कुम्भ : घात

मिन : व्यय

ज्योतिषशास्त्रअनुसार ग्रहण लागेको समयमा यी  कामहरु गर्न बर्जित गरेको छ ।

१. ग्रहणको समयमा मैथुन अर्थात सेक्स कृयाकलपाहरु गर्नु हुदैन ।

२.ग्रहणको समयमा खानेकुराहरु खानु हुदैन ।

३.ग्रहणको समयमा सुत्नु हुदैन यदि सुतिरहनु भएको छ भने ग्रहण लागेको समयमा उठेर बस्नुपर्दछ ।

४.बिशेष गरी ग्रहण लागिरहेको समयमा गर्भवती महिलाहरुले घर बाहिर निस्कनु हुदैन ।

५.कुन कुन राशीवाला मानिसहरुले ग्रहण अवलोकन गर्न हुन्छ भन्ने कुरा ज्योतिषीहरुसँग बुझेर मात्र ग्रहणको अवलोकन गर्नुहोस् ।

यी बाहेक ग्रहण सकिएपछि नुहाएर शुद्ध भएर मात्र भोजन गर्नुपर्दछ भन्ने कुरा धर्मशास्त्रहरुमा लेखिएको छ जसमध्ये केही कुराहरुलाइ बिज्ञानले समेत स्विकारेको छ ।

 

यो पढ्न छुट्यो कि ?

घरमा कहिल्यै राख्न नहुने ६ वस्तु

 

सलमान खानका गोप्य १० रोचक तथ्य जुन तपाईलाई थाहै छैन