बिश्वका ५ अनौठो भवन

बिकास र सिर्जनासंगै बिश्व अनौठो जगतमा प्रवेश गरिरहेको छ । मान्छेहरु नया सिर्जनातिर आकर्षण भैरहेका छन् । इन्जीनियरिङ् क्षेत्रमा पनि थुप्रै नया सिर्जनाहरु भैरहेका छन् । बिश्बजारमा यस्ता घरहरु पनि बनाइएका छन् । जुन हेर्दा भत्केका र बिग्रेका जस्तो देखिए पनि यो सद्दे घर नै हो । यो डिजाइनरको कला हो । जसले बिश्वभरका पर्यटकलाई आकर्षण गरेको छ । हेर्नुस यी ५ बिल्डिङ्ग जसले दुनियाको ध्यान तानेको छ ।

कुन्स्ठोसthe ku

अस्ट्रियामा रहेको यो भवन एकदमै अनौठो खालको देखिन्छ । यो ग्रेज म्युजियम हो । यो भवनको सन्  २००३ मा पिटर कुक र कोलिन फर्नियरले डिजाइन गरेको हो । यसको छाना पुरै सोलारले छाएको छ । यसबाट यो भवनलाई आवश्यक सबै ऊर्जा उत्पादन हुन्छ ।

हाइनेस सु हाउसhains

पेन्नसाइल्भेनियामा रहेको यो भवन सन् १९४८ मा बनेको हो । म्याहलनले डिजाइन गरेको यो बिल्डिङ् बिसौ शताब्दिमा निकै चर्चित बनेको थियो । म्याहलोन जुत्ताका ब्यापारी थिए त्यसैले उनले सबै भन्दा बढी बिक्रि हुने जुत्ताको मोडल अनुसारको यो घर बनाएका हुन् । यो घरमा उनी आफु पनि बस्थे र अरुलाई पनि बोलाएर पार्टी दिन्थे । यो घरमा जान र बस्न कुनै शुल्क तिर्नु पर्दैन । यो घर अहिले पनि सर्वसाधारणका लागि खुल्ला छ ।

क्रुक्ड हाउसcroocked

पोल्याण्डमा रहेको यो बिल्डिंग पनि निकै अनौठो खालको छ । झट्ट हेर्दा भत्किएको भवन जस्तो देखिए पनि यो एकदमै कलात्मक खालको छ । यसको डिजाइन जोटाईन्स्सी र जेलेसकीले सन २००४ मा गरेका हुन् । यो अहिले शपिंङ् सेन्टर बनाइएको छ जुन पोल्याण्डको प्रमुख पर्यटकीय गन्तब्य पनि हो ।

जगन्हेम म्युजियमjogan

स्पेनमा रहेको यो म्युजियम आकर्षक र कलात्मक छ । सन् १९९७ मा खुलेको यो म्युजियममा आधुनिक शैली र प्रबिधि प्रयोग गरिएको छ । बिश्वभरबाट लाखौ पर्यटकहरु यहाँ पुग्ने गर्दछन । यो बनाएको केही बर्षभित्रै यसको लागत उठेको थियो ।

मेरी एक्सmery

युकेको लन्डनमा रहेको यो (30 St Mary Axe) पनि निकै रोचक र आकर्षक खालको छ । यो आधुनिक लन्डनको पहिचान हो । यो सर्वसाधारणका लागि खोलिएको छैन तर तपाइले यहाँ भित्र गएर  ब्यबसाय गर्न भने सक्नु हुनेछ । यदी तपाई यसको दृश्य अबलोकन गर्न र कैद गर्न चाहनु हुन्छ भने आइतबार जानु पर्ने हुन्छ । अरु दिन त्यहा काम गर्ने हजारौ कर्मचारीहरुका कारण यो मौका मिल्दैन ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...