कण्डम कसरी लगाउने ? (हेर्नुस भिडियो)

गर्भ रहनबाट जोगाउने मात्र होइन यौनजन्य रोगबाट समेत जोगाउछ कन्दमले । तर यसको प्रयोग गर्दा पनि कतिपयको अनिच्छित गर्भ बसेको पाइएको छ । यो प्रयोग गर्न नजान्दाको परिणाम हो ।

धेरैजसोलाई कन्डमलाई उपयोगको समय प्रभावकारी हुने गरी कसरी सुरक्षित राख्ने वा त्यसको सही प्रयोग गर्ने कसरी भन्ने’bout खासै थाहा हुन्न । कन्डमको प्याकेट च्यात्नुभन्दा अघि यो पूरा टाँसिएको छ कि छैन भन्ने हेर्नपर्छ । टाँसिनुको मतलब बिगि्रनु हो । एक्स्पायरी डेट पनि ख्याल गर्नुपर्छ ।’

यसलाई अतिरिक्त प्रकाश, गर्मी आदिबाट जोगाउनुपर्छ । कन्डमलाइ चिसो र अँध्यारो स्थानमा राख्नुपर्छ । उपयोगभन्दा पहिले प्याकेटबाट निकाल्नुहुन्न ।

सुगन्धित (फ्लेभर्ड) कन्डम पनि जताततै पाइन्छ । चकलेट, स्ट्रबेरी, मिन्ट, केरा आदिको सुगन्धयुक्त कन्डम पाइन्छ । कन्डम चिप्लो बनाउन नरिवल वा अन्य तेल, भेसलिन आदि घरमा उपयोग गरिने चिल्लो वस्तु व्यवहारमा ल्याउनु हुँदैन । यसो गरे कन्डम च्यातिन्छ । पोखरेलका अनुसार, कनडममा सधैं पानी जस्तो सुरक्षित चिप्लो पदार्थ लगाउनुपर्छ । बरु केही पाइएन भने शुद्घ पानी उपयोग गरे हुन्छ ।

अचेल कन्डम लगाए पनि नलगाए झैं अनुभव दिलाउन अति पातला कन्डम पनि बजारमा आउन थालेका छन् । यस्ता कन्डमले यौनानन्द बढी दिए पनि च्यातिने डर बढी हुन्छ । कन्डम जति पातलो हुन्छ, सहज रूपमा प्रयोग गर्दा च्यातिने सम्भावना पनि त्यति नै बढी हुन्छ ।

भाइब्रेटिङ कन्डम पनि पाइन्छ, जुन फयान्टासी र यौनको नयाँ स्वाद लिन चाहने युवाहरूमाझ बढी आकर्षणको वस्तु बनेको छ । लेटेक्स अर्थात् रबरबाट एलर्जी भएकाहरूले कन्डम उपयोग गर्दा चिलाउने, पोल्ने, बिमिरा आउने आदि समस्या देखिन सक्छ । यस्ता व्यक्तिले कन्डम उपयोग गर्नु हुँदैन ।

केही व्यक्तिमा कन्डमले यौन सम्बन्धमा स्पर्शको आनन्द दिँदैन भन्ने धारणा व्याप्त छ । तर चिकित्सिकहरूका अनुसार, कन्डमको प्रयोगबाट यौनानन्दमा कुनै कमी आउँदैन । लिंग पूर्ण रुपमा उत्थित नभएको अवस्थामा कन्डम लगाउनु वा लिंगको माथिसम्म नलगाउनु यसको गलत उपयोग हो ।

यौनकर्मीसँग सम्पर्क राख्ने बेला युवाहरूमा थप सुरक्षाका लागि दुइटा कन्डम लगाउने अभ्यास देखिएको छ । एकै पटक दुइटा कन्डम उपयोग गर्नुले बढी सुरक्षा दिन्छ भन्ने सोच्नु अर्को भ्रम हो । यस्तो गर्नाले कन्डम च्यातिने सम्भावना झन् बढी हुन्छ ।

हेर्नुस भिडियो 

यो पढ्न छुट्यो कि ?

केटीहरु एक्लै हुँदा यस्तो गर्छन्

 

सेक्सलाइफ सक्सेसफूल बनाउने १० सूत्र

 

११ सेक्सुअल वर्ल्ड रेकर्ड, पढेपछि दंग पर्नु हुन्छ (भिडियोसहित)

 

महिलाका १० उत्तेजित अंग जहाँ छुने वित्तिकै ‘करेन्ट’ लाग्छ

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...