भगवानको पालामा मोबाइल भएको भए …

भगवान शिवको अनुहार, स्टाइल अनि पहिरन कस्तो थियो होला? सायद शिवजीको वर्णन गरेर पूराण रचना गर्नेले पनि देखेको थिएनन् न त हामीले घरको पुजाकोठा तथा मन्दिर अनि भित्तेपात्रो देखी माला र कपडामा टाँगे छापेका तस्वीरको सृजना गर्नेले नै देखेका थिए। वास्तवमा हामीलाई भगवानको रूप सदृश्य देखाउनका लागी कलाकारहरूले भगवानको मूर्ति तथा तस्वीरको रचना गरेका हुन् सायद उनिहरूको कल्पनाशिलताले हाम्रो विश्वास जित्यो र हामीलाई उनीहरूले दिएको शिव, राम, सरस्वती सबै देवी देवताको तस्वीरमा साँच्चै शिव, राम अनि सरस्वतीको बासको अनुभूती भयो।

वास्तवमा भगवान कसैले देखेको छैन। न त उनीहरूको स्वभाव र आचरणको नै अनुभव कसैले गरेको छ। तर पुराणहरूमा वर्णन गरिएका शैली, व्यक्तित्व र पहिरन व्यवहारलाई आधार मानेर कलाकारले आफ्नो कल्पनाशक्तीको माध्यमले भगवानलाई साक्षात रूप दिए। त्यही रूपमा हाम्रो आँखाले राम, शिव, सरस्वतीलाई साक्षातकार गरयो अनि हामीले पायौं घरको पुजा कोठा देखी अस्पतालको शल्लीक्रिया कक्ष सम्म भगवानको आराधना र दर्शन गर्ने अवसर।

कलाकारको कल्पनाशिलता समयसँगै परिवर्तन हुन्छ। अनि उसले भोगेको समाज अनुसार उसको प्रस्तुती पनि हुन्छ। त्यसैले त यतिखेर हनुमान अनि कृष्णजी टेलिभिजनका पर्दामा बाल हनुमान र कृष्ण बनेर बालबालिकालाई उही रामायण र महाभारतका कथा र पात्रको बयान गरिरहेका छन् एनिमेसन चलचित्र मार्फत। यो पनि कलाकारको कल्पना र सृजनाको नै उपज हो। समयसँगै भगवानमा आस्था राख्ने, व्यक्त गर्ने शैलीमा आएको परिवर्तन हो यो।

समकालिन समय र प्रवृती शैली अनुसार कलाकारको कल्पना र त्यसले पाउने रूपमा फरक आउँछ नै। यतिखेर मोबाईलको जमाना छ, स्मार्टफोन र सेल्फिले बजार पीटेको छ। सामाजिक संजालमा सेल्फी पोस्टने र त्यसैमा साता दिन सम्म आउने लाईक र कमेन्ट हेरेर मख्ख पर्नेको बहुमत छ। कल्पना गर्नुस यदी यस्तै स्मार्टफोन र सेल्फी क्रेज भगवानको पालामा भएको भए तपाईं हाम्रा पुजाकोठा, घरका भित्तामा झूण्डीएका भगवानका फोटामा उनीहरूको भावभंगी कस्तो हुन्थो होला?

 

साँच्चै नै भगवानको पालामा मोबाइल भएको र आजको हाम्रो पालाको जस्तो क्रेज भएको भए ! कल्पना गर्नुस् त!

हातहातमा मोबाइल बोकेका ३३ करोड देवतालाई मोबाइल सेवा दिने भनेका नारद मुनि नै हुन्थे होलान्। सूचना आदान प्रदानको एउटा मात्रै माध्यम बनेका नारद मूनि पनि अहिले योगको मार्केटिंग गरेर अथाह सम्पत्ती जोडेका बाबारामदेव जस्तै कर्पोरेट मूनि हुन्थे कि ?

भगवानहरू नारद मूनिको नारायण नारायणको गीति शैलीलाई मोबाइलको रिंगटोन राख्थेहोलान्। शिवजी किराँत रूप धारण गरेर जंगल जंगल चहार्दा पार्वतीले फोन गरेर कम्ता प्रश्न सोद्धी होलिन?

सरस्वतीले बुढा ब्रम्हाजीसँग खिचेको सेल्फीमा धनकी देवी लक्ष्मीले ‘लोल’ कमेन्ट लेख्दिहुन्। शेषनागहरूलाई भगवान विष्णुको मोबाईल पानिबाट जोगाउन नि कम्ता सास्ती हुँन्थेन होला। उता कृष्णजीको लिला एमएमएस बनेर तिनै लोकमा ब्याण्डवीथ खाइरहेको हुन्थ्यो होला! अनि राधा र कृष्णको सेल्फीले लाईकको रेकर्ड राख्थ्यो।

महादेवले कालकुट विष पिएको फोटो र भिडियोको भ्यूज, सेयर र रिट्वीटको तथ्यांक राख्न नै अर्को कम्प्युटर प्रणाली विकास हुन्थ्यो होला।

 

यस्तै कल्पना गरेर भारत पूणेकी २४ वर्षिय अद्रिता दासले प्रचलनमा रहेका भगवानका तस्वीरहरूमा फोटोसफको माध्यमले स्मार्टफोन, सोसल नेटवर्क र सेल्फीको क्रेज घुसाएकी छिन्। यसलाई भगवानको निन्दा भन्दा पनि यतिखेरको क्रेज र शैलीमा भगवानलाई प्रस्तुत गरेको रूपमा लिएर हेर्नु उपयुक्त होला। उनले तयार पारेका तस्वीर यस्ता छन्:

महाभारतको युद्ध सुरू हुनु अधि कृष्ण अर्जुनको सेल्फी
महाभारतको युद्ध सुरू हुनु अधि कृष्ण अर्जुनको सेल्फी
राधा कृष्ण र सेल्फी
राधा कृष्ण र सेल्फी
महाकाली र सेल्फी
महाकाली र सेल्फी
राम सिताको बनबासकालको सेल्फी
राम सिताको बनबासकालको सेल्फी

भगवानको पालामा मोबाइल भएको भए … १

भगवानको पालामा मोबाइल भएको भए … २

भगवानको पालामा मोबाइल भएको भए … ३

भगवानको पालामा मोबाइल भएको भए … ४

हनुमानको छातीमा इन्स्टाग्राम
हनुमानको छातीमा इन्स्टाग्राम
Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...