हाँसो र खुसी नै जीवनका रंग हुन् । हास्नु, रमाउनु नै खुसि हुनु हो । यो नै जीवन जिउनुको मज्जा हो । जीवन ज्युनुको सार्थकता हो । मान्छे जति खुसीसाथ बाच्न सक्यो त्यति नै उसको आयु लामो हुन्छ । त्यसैले पनि हामी सकभर खुसी र सन्तुष्टि भएर बाच्न सिक्नु पर्छ ।
तर बिडम्बना, खुसी हुन् चाहदा चाहदै पनि अरुकै कारणले दु:खी बन्नुपर्ने अबस्था आइ दिन्छ । हरेक मान्छे स्वास्थ्य, सम्पन्न र खुसी हुन् चाहन्छ तर उसको परिवेश र बाताबरणले उसलाई दुखी र स्वार्थी बनाइ दिन्छ । कुनै पनि देशका नागरिक त्यो देशको बिकास र स्थिरतामा निर्भर रहन्छ । हालै सार्वजनिक एक रिपोर्टले यस्तै देखाएको छ ।
संयुक्त राष्ट्रसंघको सस्टेनेबल डेभलपमेन्ट सोल्यूसन्स नेटवर्कले प्रकाशन गरेको विश्व हेप्पीनेश रिपोर्टका अनुसार सबैभन्दा खुशी राष्ट्रमा डेनमार्क पहिलो स्थानमा परेको छ । सन् २०१३ देखि अहिलेसम्म डेनमार्क पहिलो स्थानमा रहँदै आएको छ । त्यसपछि स्वीट्जरल्याण्ड दोस्रो र आइसल्याण्ड तेस्रो स्थानमा छन् ।
सूचीमा अमेरिका १३ औं स्थानमा छ भने वेलायत २३औं स्थानमा छ । फ्रान्स ३२ र इटली ५०औं नम्बरमा छ । त्यस्तै जापान ५३ औं, पाकिस्तान ९२ औं स्थानमा छन् । रिपोर्ट अनुसार भारतीय भन्दा पाकिस्तानका जनता बढी खुसी छन् त्यस्तै भारतीय भन्दा नेपाली पनि बढी खुसी रहेको पनि रिपोर्टको तथ्यांकले देखाउछ । भारत ११८ औं स्थानमा छ भने नेपाल १०७औं स्थानमा छ । सुचीको अन्तिममा बुरुन्डी, सिरिया, टोगो, अफगानिस्तान, वेनिस, रुवान्डा, गिनी, लाइवेरिया, तान्जानिया र मेडागास्कर छन् ।
आगामी आइताबार विश्व खुशी दिवस मनाईंदै छ । यस अबसरमा प्रकाशित यो रिपोर्टमा १५६ देशमा गरिएको अध्ययन तथाअनुसन्धान गरिएको जनाएको छ ।
हेर्नुस बिस्तृत सूची
बिस्तृत रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोस