प्याज खाँदा रोगबाट मुक्ति, यस्ता छन् १० फाइदा

प्याज खाँदा रोगबाट मुक्ति, यस्ता छन् १० फाइदालसुन, प्याजलाई तामसी खान्कीको रुपमा लिइन्छ। बुढापाका र धार्मिक मानिसहरु लसुन प्याजलाई खानामा सम्लग्न गराउँदैनन्। तर पनि धेरै नेपालीहरुको भात भान्छामा प्याज स्वादको माध्यम हो। यसले भोजन र व्यञ्जनलाई स्वादिलो बनाउँछ। माछा मासु खानेका लागि त प्याज नभए भान्सा नै अड्कीन्छ। किनकी प्याज नहालेको मासुमा खासै स्वाद नै हुँदैन।

स्वाद र जिब्रोका लागि मात्र होइन प्याज शरिर विज्ञानको लागि पनि आवश्यक तत्व हो। शरिर विज्ञानले मानिसको खानामा लसुन, प्याज जस्ता तामसी चिजलाई पनि आवश्यक मान्दछ। नत्र यीनमा रहेका लवण र रसायनको पूर्ति अर्को कुनै माध्यमबाट गर्नुपर्दछ। प्याजमा रहेका त्यस्ता तत्वका कारण यो एक खालको औषधी पनि हो। यसमा रहेका औषधिय गुणले गर्दा प्याज खानु स्वास्थ्यको लागि पनि उत्तिकै महत्वपूर्ण छ जति स्वादका लागि छ।

 

पोषण विज्ञहरुका अनुसार प्याज खानुका १० फाइदा यस्ता छन्:

 

१. खानासँगै खाने प्याजले पेटमा पाचन रसको उत्पादन बढाउँछ। जसले गर्कादा हामीले खाएको खानेकुरा राम्रोसँग पच्छ र पाचन प्रक्रिया पनि दूरूस्त रहन्छ।

२. प्याज निचोरेर यसको रसमा मह मिलाई खाँदा ज्वरो, रुघाखोकी, तथा घाँटी खसखस गरेको र एलर्जी जस्ता समस्याडरूबाट राहत पाईन्छ।

३. प्याजमा रहेको क्रोमियम तत्वले रगतमा भएकेा चिनी (ब्लड सुगर) को मात्रा नियन्त्रण गर्दछ।

४. काँचो प्याज खानाले शरिरको रगतको स्वास्थका लागी हानिकारक मानिएको कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन। कोलस्ट्रोलको नियन्त्रित मात्राका कारण मुटु स्वस्थ हुन्छ।

५. शरिरको कुनै पनि दुखे वा सुन्निएको ठाउँमा प्याजको रस लगाउने हो भने दुखाइ तत्काल कम हुन्छ र घाउ भएको स्थानमा थप संक्रमण पनि हुँदैन।

६. प्याजमा धेरै प्रकारका फाइटोकेमिकल्स एवं भिटामिन सी पनि पाइन्छ, यसले शरिरको रोग प्रतिरोधी क्षमतालाई बढाउँछ।

७. माहुरी, अरिंगाल तथा अन्य कुनै पनि किराले चिलेको खण्डमा चिलेको (टोकेको) ठाउँमा प्याजको रस लगाउँदा दुखाइ कम हुने एवं सुन्निन समेत कम हुन्छ।

८. प्याजको नियमित खाने हो भने यसले पेटको अल्सर तथा ग्यास्ट्रिकको समेत संभावना कम हुन्छ। यसमा रहेको क्वेर्सेटिन नामको तत्वले क्यान्सरबाट समेत बचाउन मदत गर्दछ।

९. गर्मि तथा नाथ्री फुटेर  नाकबाट रगत बगेको छ भने काँचो प्याज काटेर सुँघ्नाले रगत बग्न बन्द हुन्छ।

१०. नेपाल जस्तो राजनीति र आन्दोलन बारमासे हुने ठाउँमा घर बाहिर निस्कँदा झोलामा एउटा प्याज बोकेर हिंड्नु पनि सही नै हुन्छ। प्याजले टियर ग्याँस वा यस्तै रसायनिक भिड हटाउने साधनहरूको कारण आँखा, नाक पोल्ने भएको खण्डमा काँचो प्याजको पत्र नाक वा आँखा ’round दल्नाले पोल्न कम हुन्छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...