७ फोटोमा हेर्नुहोस् होली हंगामा

रमाइलो र उमंगको पर्व होली आज राजधानीसहित पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइदै छ । तराइका जिल्लाहरुमा भने भोलि मनाउने चलन छ । होलीका अबसरमा आज बिभिन्न क्लव तथा पार्टीहरुमा युवायुवतीहरु जमघट भएर रमाईरहेका छन्  ।

यसपटक विगत वर्षको तुलनामा अनुशासित देखिएको होली आफ्ना परिचितबीचमा मात्रै खेल्ने दृश्य बढी देखिएको छ । उपत्यकाका महत्वपूर्ण चोकमा ट्राफिक प्रहरीले सवारी जाँच कडा पारेको छ भने हुनसक्ने अवाञ्छित गतिविधिलाई निगरानी गरेको देखिन्छ । यस वर्ष होलीको उत्साह विगत वर्षको तुलनामा केही कमी आएको देखिएको छ ।

युवापुस्ताले केही रमाइलो गरेको देखिए तापनि आमजनतामा रौनकता छैन । उपत्यकामा सवारीसाधनको उपस्थिति पातलो छ । सवारीसाधनको संख्या निकै पातलो छ ।

होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् ।

युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त हुन्छ ।

हेर्नुस फोटोफिचर 

01 Holi in Kathmandu

02 Holi in Kathmandu

03 Holi in Kathmandu

04 Holi in Kathmandu

05 Holi in Kathmandu

06 Holi in Kathmandu

07 Holi in Kathmandu

यो पढ्नु भयो ?

कुन राशीका व्यक्तिले कुन रंगसँग होली खेल्ने ?

 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...