निन्द्रा लागेपछि यसरी होसै हराउछन मान्छे (हेर्नुस् १२ फोटो)

भोक, प्यास अनि निन्द्रा सबै प्राणिका लागि उतिक्कै अत्याबश्यक ‘अमृत’ हुन् । यसलाई न कसै गरि रोक्न सकिन्छ न त त्याग्न नै । तर कतिपयलाई भने अचाक्ली रुपमै यसको प्यास लाग्ने गर्दछ । बिबिध कारणबश बढी भोक लाग्ने, बढी प्यास लाग्ने र बढी निन्द्रा लाग्ने गर्दछ । यसले शरीर अस्वस्थ्य भएको संकेत गर्दछ ।
बिभिन्न रोगको संक्रमण र ब्यबहारमा हुने गडबडीले मान्छेलाई अत्यधिक रुपमा निन्द्रा लाग्छ । यसरी निन्द्रा लागेपछि काम गर्दा गर्दै मात्रै होइन बोल्दा बोल्दै, खाँदा खादै र हिड्दा हिंड्दै समेत निदाउछन् मान्छे । यसरी निन्द्रा लाग्दा आफु के गर्दैछु भन्ने होसै हराउछन् मान्छे ।
कहिलेकाँही राती निन्द्रा पुगेन भने दिउँसो निद्रा लाग्नु स्वभाविकै हो । तर जब मध्य दिउँसो हुन्छ तब झपक्क निन्द्रा लाग्नु, दोहो¥याइ तेह¥याइ हाइ आउनु कामका लागि हानि हुन्छ । प्रायजसो दिउँसो नै धेरै काम गर्ने भएकाले पनि दिउँसोमा निन्द्रा लाग्ने समस्या भएकाले काम गर्न समेत अप्ठेरो परिरहेको हुन्छ ।
वैज्ञानिकहरुका अनुसार दिउँसो मध्यान्हमा मानिसको शरीरको उर्जाको मात्रा घट्दै जान्छ । काम गर्दै जाँदा शरीरको उर्जा पनि कम हुँदै जाने भएकाले दिउँसो निन्द्रा लाग्ने गरेको हो । दिउँसोमा थोरै सुत्नु नराम्रो कुराचाँहि होइन तर धेरै निदाउनु भने स्वास्थ्यको लागि लाभदायिक मानिँदैन ।
दिउँसो निन्द्रा बढी लाग्नुको कारण अघिल्लो रात राम्ररी निन्द्रा नलाग्नु, आफ्नु रुचीविपरीत काम गर्नु हो । अर्को कारण कुनै रोगको उपचारमा औषधि सेवन गर्नाले पनि दिउँसो निन्द्रा लाग्छ । विशेषगरि डिप्रेशनको उपचारमा सेवन गरिने औषधी, चिसोको उपचार तथा एलर्जीको उपचारमा खाइने औषधिले पनि निकै निन्द्रा लगाउँछ ।
दिउँसोमा कोठाभित्र गुम्सिएर बस्ने, घाम र हावामा नबस्नाले पनि दिउँसो निन्द्रा लाग्छ । लामो समयसम्म एक्लै बसिरहनाले पनि दिउँसोमा निन्द्रा लाग्छ । अँध्यारो ठाउँमा गुम्सिएर बस्ने मानिसमा जोर्नी दुख्ने समस्या पनि हुन्छ । तपार्इंलाई दिउँसो निन्द्रा लागेर धेरै समस्या खडा भएको छ भने शुरुमा खाने, सुत्ने आनीबानीमा ध्यान दिनुपर्छ । दैनिक पर्याप्त व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने र पानी पटक–पटक पिइरहनाले पनि दिउँसो निदाउने बानीको सुधार हुन्छ ।
हेर्नुस निन्द्रा लागेपछि कसरी होसै हराउछन मान्छे nindra nindra1 nindra2 nindra3 nindra4 nindra5 nindra6 nindra7 nindra8 nindra9 nindra10 nindra11
Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...