उत्तर कोरियाले अमेरिकालाई यसरी ध्वस्त पार्ने (हेर्नुस भिडियो)

अमेरिका र उत्तर कोरियाबीचको द्वन्द चरम उत्कर्षमा पुगेको छ । यस अघि अमेरिकाको न्युयोर्क सहर उडाउने चेतावनी दिएको कोरियाले यस पटक  ‘अन्तिम अवसर’ भन्दै ४ मिनेट लामो चेतावनीयुक्त प्रोपोगान्डा भिडियो सार्वजनिक गरेको छ ।

भिडियोमा मिसाइल आक्रमणमार्फत अमेरिकाको राजधानी वासिङटन डिसी नष्ट गरेको देखाइएको छ । न्युयोर्क टाइम्सका  अनुसार भिडियोमा ‘अमेरिकाले अब दुईमा एक छनौट गर्नु पर्ने छ, अमेरिकाको अवशेष यो धर्तिमा रहने कि सधैको लागि समाप्त हुने, यो सबै अमेरिकाको हातमा छ’ भनिएको छ ।

उत्तर कोरियाको यो भिडियो अमेरिका र चिर प्रतिद्वन्दी दक्षिण कोरियाको बिरुद्दमा सार्वजनिक गरिएको हो । गएको जनवरीमा परमाणु परीक्षणका साथै लामो दूरीमा मार हान्न सक्ने रकेट प्रक्षेपण गरेको उत्तर कोरियाले सार्वजनिक गरेको प्रोपोगान्डा भिडियोले अमेरिका, संयुक्त राष्ट्र संघ, दक्षिण कोरियालाई थप तनाब दिएको छ ।

दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरियाको सिमा नजिक संयुक्त सैन्य अभ्यास गर्दै आएकाले बिरोध जनाउदै उत्तर कोरियाले पछिल्लो पटक चेतावनी स्वरूप शक्ति प्रदशन गर्दै आएको छ । दक्षिण कोरिया र अमेरिकाको सैन्य प्रदर्शन तत्काल रोक्न पटक पटक चेतावनी दिंदा पनि नरोकेपछि उत्तर कोरियाले हिँसाको बाटो अंगाल्न खोजेको जनाएको छ ।

उत्तर कोरियाका राष्टपति किम जोंङ्ले अमेरिका र दक्षिण कोरिया माथि जुनसुकै बेला पनि आक्रमण गर्न पर्ने भएकाले तयार रहन सैनिकहरुलाई आदेश दिइसकेका छन् ।

हेर्नुस भिडियो 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...