ह्यारीमाथि ८ आरोप: नाङ्गो तस्बिरदेखि चिट चोरसम्म (फोटोसहित)

यतिबेला नेपालमा बेलायती राजकुमार ह्यारीको चौतर्फी वाहवाही भैरहेको छ । उनले खाएको खानादेखि बसेको घर र हरेक क्रियाकलाप नेपाली मिडियाका लागि ‘हट केक’ बनिरहेको छ । साताव्यापी भ्रमणका लागि नेपाल आएका उनले थप ६ दिन बसाइ लम्ब्याएका थिए । यस क्रममा उनले राष्टपति, प्रधानमन्त्री लगायतलाई भेट्नेदेखि गोरखाको बिकट गाउँमा समेत पुगेर ढुंगा काठ बोक्ने काम गरे । ह्यारी आज राती स्वदेश फर्किने कार्यक्रम छ ।

हरेक मान्छेको राम्रो र नराम्रो गुण हुन्छ । यो नियमबाट कोही टाढा हुन् सक्दैनन् । मात्र थोरै र धेरै हो । सिमा नाघ्नु र नानाघ्नु मात्र हो । राजकुमार ह्यारीका पनि केही नराम्रा कुराहरु सार्वजनिक भएका छन् । उनीमाथि लागेका यी आरोपहरु आरोप मात्रै हुन् वा वास्तविक नै । त्यो समयले बताउला तर फोटोसहित सार्वजनिक भएका आरोपहरु भने नकार्न सकिन्न । उनीमाथि नाङ्गो मस्तीदेखि चिट चोरेर क्लास उतिर्ण गरेको सम्म आरोप लागेको छ । पढ्नुस उनीमाथि लागेका यी ८ आरोप ।

१. हिटलरको भेषमा ह्यारीhyari1

सन् २००५ मा राजकुमार ह्यारीका साथीले आयोजना गरेको एउटा पार्टीमा ह्यारी हिटलरले लगाउने पहिरनमा देखिए । उनको यो पहिरन सहितको तस्विर विश्वभर बिबादास्पद बनेपछि उनले सार्बजनिक रुपमा माफि मागे । माफि माग्दा उनले भने- ‘मेरा कारणले कसैलाई चोट पर्न गएको खण्डमा माफि चाहन्छु ।”

२. नांगो तस्विरhyari2

सन् २०१२ मा ह्यारीको नांगो तस्विर सार्वजनिक भयो ।  लस भेगासमा पार्टिमा मस्त ह्यारीको नागों फोटो उनका कुनै साथिले  लिक गरिदिएका थिए । फोटोमा उनि अर्को नांगो ब्यक्तिलाई अंगालो मारिरहेका देखिन्छन् ।

३. पाकिस्तानी सैनिकलाई हेपेको आरोपhyari3

सन् २००६ मा एक भिडियो सार्वजनिक भयो । भिडियोमा ह्यारी सैनिक पोशाकमा तालिममा जानका लागि विमानस्थलमा कुरिरहेको अवस्थामा देखिन्छन् । यसैबीच उनले सहकर्मी सैनिकलाई हाम्रो सानो पाकि साथी खै भन्दछन । जबकि पाकि भन्ने शब्द पाकिस्तानीहरुलाई हेपेर भनिने शब्द हो । यो भिडियो सार्वजनिक भएपछि ह्यारीलाई हेपाहा प्रवृत्तिको मान्छे भन्ने आरोप लाग्यो ।

४. जनावरमाथि अत्याचारको आरोपhyari4

राजकुमार ह्यारी पोलो खेलमा निकै रुचि राख्दथे । सन् २०१० मा एक पोलो खेलमा ह्यारी चढेको घोडा रक्ताम्य भएर साईड लिन खोज्दा समेत ह्यारीले लगातार दबाब दिएर खेलेपछि उनीमाथी जनावर अधिकारवादीहरुले जनावरमाथि अत्याचार गरेको भन्दे निर्दयी मानिस भनेर आरोप लगाए ।

५. चिट चोरेर पास गरेको आरोपhyari5

अध्ययनमा कमजोर ह्यारीले सन् २००५ मा चिट चोरेर ए लेभल पास गरेको आरोप लाग्यो । परिक्षा समय सकिए पनि त्यहाँ निरिक्षणकर्ताको रुपमा रहेका एक शिक्षकले उनलाई सहयोग गरेको आरोप लाग्यो तर पछि ह्यारी र ति शिक्षक दुबैले यस कुरालाई अस्विकार गरेका थिए ।

६. फोटोग्राफरमाथि आक्रमणhyari6

सन् २००४ मा नाईट क्लबबाट निस्कदै गर्दा ह्यारीले फोटोग्राफरमाथी हातपात गरे । घटनाको छानबिन हुँदा ह्यारीका प्रतिनिधीले क्यामेरा उनको अनुहारमाथि ठोक्किएको जवाफ दिए पनि धुलाई खाने पत्रकारले ह्यारीले बिनाकारण उनलाई निर्ममतापूर्बक कुटेको बताएका थिए ।

७. लागुपदार्थ सेवनको आरोपhyari7

सन् २००२ मा १७ बर्षका ह्यारी कम उमेरमा नशालु पदार्थ पिएकोमा समातिए । त्यसपछि थाहा भयो कि उनी लागु पदार्थको सेवन गर्दा रहेछन् । पछि उनले यसका लागि माफि मागे र उनका पिता प्रिन्स चाल्र्सले उनलाई सुधार केन्द्रमा पठाए । उनले त्यहाँ केहि दिन बिरामी झैं बिताएका थिए ।

८. ब्रा र बियरमा मस्तीhyari8

पार्टी र मोजमस्तीका सौखिन ह्यारीको अर्को गोप्य तस्विर सार्वजनिक भयो । हाइ क्लास पार्टीमा उनले हातमा बियरको क्यान लिएर ब्रा लगाएको अवस्थामा उनको तस्विर सार्वजनिक भयो । यसले पनि उनलाई निकै विवादमा तान्यो ।

फोटो: वजफिडडटकम

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...