आज भारत vs वेस्टइन्डिज: क्रिस गेल र बिराट कोहलीको डान्स भाइरल (१० रोचक तथ्यसहित)

आज (बुधबार) नेपाली समयअनुसार ७:४५ बजे भारत र वेस्टइन्डिजबीच टि २० बिश्वकपको दोस्रो सेमिफाइनल भिडन्त हुदै छ  । यस खेलमा जित हात पार्ने टोलीले अप्रिल ३ मा हुने उपाधि भिडन्तमा इंगलैंडसँग प्रतिस्पर्धा गर्ने छ ।

भारत-वेस्टइंडीजबीचको खेलमा दर्शकको विराट कोहली र क्रिस गेलमा पर्ने छ । कोहली  भारतीय टोलीका सबै भन्दा सफल ब्याट्सम्यान हुन् भने क्रिस गेल वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान हुन् । यी दुईबीचको मुकबाला रोमान्चक हुने अनुमान गरिएको छ ।

हेर्नुस आजको खेल’bout १० तथ्य 

१ . टि २० बिश्वकपको  इतिहासमा यी दुई टोली फाइनल प्रवेशका लागि एक आपसमा प्रतिस्पर्धा गर्न लागेको यो नै पहिलो अवसर हो । 

२ . टि २० बिश्वकपको समुह चरणमा भारत र वेस्टइंडीज ३ पटक  (२००९, २०१०, २०१४ ) आमने-सामने भएका छन् । जस मध्ये वेस्टइन्डिजले दुई खेल जित्यो भने भारतले एक खेलमा बिजयी हात पार्यो  ।

3. यी तिनै खेल हुँदा भारतीय टोली महेन्द्र सिंह धोनीको लप्तनीमा थियो भने वेस्टइन्डिजको तर्फबाट २००९ र २०१० को खेलमा क्रिस गेलले टोलीको कप्तानी गरेका थिए । २०१४ को खेलमा भने डेरेन सेमीले टोलीको नेतृत्व गरेका थिए ।

4.यी खेलमा  सर्बाधिक व्यक्तिगत रनको रेकर्ड  क्रिस गेलको नाममा छ । उनले २०१० को टि २० बिश्वकपमा ६६ बलमा ९८ रन बनाएका थिए ।  जसमा ५ चौका र ७ छक्का सामेल थिए ।

5. उत्कृष्ट बलिंग तर्फको रेकर्ड पनि वेस्टइन्डिज कै नाममा छ । २००९ को खेलमा   ड्वेन ब्रावोले ३८ रन दिएर ४ विकेट लिएका थिए । जुन यी दुई टोलीबीचको उत्कृष्ट रेकर्ड हो  ।

6. आजको खेल वानखेड़े स्टेडियममा हुदै छ । यहि मैदानमा २०११ मा भारतले श्रीलंकालाई पराजित गर्दै एक दिबशीय बिश्वकप जितेको थियो   ।

७. भारतीय टोली टि २० बिश्वकपको सेमिफाइनलमा प्रवेश गरेको यो तेस्रो पटक हो  । २००७ मा भारत पहिलो पटक सेमिफाइनल पुगेको थियो र यहि बर्ष उसले विश्वकप पनि जितेको थियो । त्यसपछि भारत २०१४ मा 2 सेमिफाइनल पुगेको थियो तर उसले  श्रीलंकासँग हार बेहोर्यो ।

८. वेस्टइंडीज ४ पटक टि २० बिश्वकपको  सेसिफाइनलमा पुगेको छ । २००९ र २०१४ को सेमिफाइनलमा वेस्टइन्डिज पराजित भएको थियो भने २०१२ मा उसले उपाधि चुमेको थियो ।

९. आजको खेलमा भारत बिजयी भए भारत टि २० बिश्वकपको फाइनलमा ३ पटक प्रबेस गर्ने दोस्रो टोलि हुने छ । भारत यस अघि २०७ र २०१४ को फाइनलमा पुगेको थियो  । श्रीलंका ३ पटक  (२००९, २०१२, २०१४ ) फाइनलमा पुगेको छ ।

१०. यदि महेन्द्र सिंह धोनीको टोलीले आज हात पारेमा उनले अर्को इतिहास रच्ने छन् । उनी कप्तानको रुपमा ३ पटक फाइनल खेल्ने पहिलो खेलाडी बन्ने छन् ।

हेर्नुस क्रिस गेल र बिराट कोहलीको ग्याङ्नम स्टाइल डान्स

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...