Loading...

गर्मीमा तौल घटाउने ५ तरिका

धेरैको टाउको दुखाइको बिषय बन्ने गर्छ तौल बढ्नु । तौलसंगै भुँडी बढ्यो भने झन् थप समस्या आइ पर्छ । तौल बढेर बिभिन्न समस्याहरु निम्तिनु झन् पीडा माथि पीडा नै भयो । तौल बढेपछि रोगहरुको उपचार गर्नु भन्दा पनि तौल घटाउनु मुख्य कुरा हो । तौल नघटाए रोगको उपचार असम्भब प्राय: हुन्छ ।

तर अचम्म त के छ भने तौल घटाउन त्यति सहज छैन । जे जस्तो सुकै गर्दा पनि तौल घटाउन नसकेर हैरान हुनेहरुको जमात पनि बाक्लो छ । तौल घटाउन औषधि खानेदेखि बिहान सबेरै कुद्नेहरुको लाइन छ  ।  तर स्मरणीय कुरा के हो भने मौसम अनुसारको तरिका अपनाउन सके तौल नियन्त्रणमा राख्न सकिन्छ  ।  अहिले गर्मीको मौसम छ ।  गर्मीको समयमा यी काम गर्नुस तपाइलाइ तौल घटाउन अवश्य नै सहयोग मिल्नेछ । weight1

१) दही

गर्मीको महिनामा दहीको प्रयोग गर्नाले तपाइको लागि धेरै नै फाइदा पुग्नेछ । दहीले तपाईलाई पोषण प्रदान गर्नुको साथै शरीरमा गर्मी बढ्न पनि दिँदैन । यसले तपाईको तौल पनि घटाउन मद्धत गर्छ । दहीले तपाइलाइ भोको महसुुस गराउँदैन जसले अन्य धेरै खान पनि रोक्छ ।

२) मोही 

दहीबाटै बन्ने माहीको प्रयोग पनि तपाइको लागि निकै लाभदायक हुन्छ । यसलाइ पानीको रुपमा प्रयोग गरेर होस वा तरकारीमा मिसाएर खानाले तपाईको शरीरमा बोसोलाई नियन्त्रण गर्न र दुव्लो बनाउनमा मद्धत गर्छ ।

३) कसरत exercise2

गर्मी महिनामा जतिसक्यो पैदल हिँड्दा तौल सजिलै घट्न सक्छ । गर्मी महिनामा पसिना धेरै आउने हुनाले बोसो पग्लिन्छ । यसको साथै व्यायमले पनि तपाइलाइ छरितो शरीर दिन मद्धत गर्छ ।

४) लौका

गर्मी महिनामा लौका, घिरौंला जस्ता तरकारी हल्का र फाइदामुलक हुन्छन् । लौकाको जुसले पनि तपाइको तौल घटाउन मद्धत गर्छ । यसले तपाईको तौल नियन्त्रण गर्नुको साथै पाचन प्रक्रिया पनि निकै राम्रो बनाउँछ ।

 ५) कागती lemon

गर्मी महिनामा कागती पानीको प्रयोग निकै हुने गर्छ । यसले शरीरमा उर्जा दिनुको साथै शरीरमा पानीको मात्रा बनाइ राख्न र तौल घटाउने काममा लाभदायक हुन्छ ।

यो पढ्न छुट्यो कि ?

केटीहरु बाथरुम पसेर यस्तो सोच्छन  

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...