रेकर्ड भन्ने बितिक्कै एकदमै गार्हो र चमत्कार भन्ने अर्थ लाग्छ । कुनै पनि कुराको रेकर्ड राख्नु चानचुने कुरो होइन अझं रेकर्ड तोड्नु त असम्भबप्राय: कुरा हो । तर कतिपय व्यक्तिहरु यस्ता हुन्छन जसले थुप्रै रेकर्डहरु राखेका हुन्छन । आफ्नो र अरुको रेकर्ड तोड्न मरिहत्ते गर्छन र सफलता प्राप्त गर्छन ।
कतिपय रेकर्डहरु यस्ता पनि हुन्छन जुन सुन्दै आङ जिरिङ् हुन्छ । सामान्य मानिसको कल्पना भन्दा पनि बाहिरकजा रेकर्डहरु समेत राखेका हुन्चाहं कतिपयले । त्यसो त गिनिज बुक अफ वर्ल्ड रिकर्डमा यी र यस्ता थुप्रै रेकर्डहरु छन् जसमध्ये पनि अनौठो, अपत्यारिलो र दुनियाँलाई नै चकित पार्ने ४ रेकर्ड यस्तो छ ।
‘मिस्टर ईट अल’

फ्रान्सका माइकल लोटिटोले पूरै जहाज खाएर विश्व रेकर्ड बनाएका छन् । उनलाई ‘मिस्टर ईट अल’ पनि भनिन्छ । उनले मोटरसाइकलका पार्टस्, सपिङ कार्ड खाएका थिए । मिनिरल ‘वइल’ तथा पानीको मद्दतले उनले विभिन्न सामानका पार्टपुर्जा खाने गरेका थिए ।
तिनै माइकलले दुई वर्ष लगाएर एउटा जहाजका सबै पार्टपुर्जा खाएका थिए । ग्रिनिज वल्र्ड अफ दि रेकर्डमा रहेको यो उनको ऐतिहासिक विश्व रेकर्ड हो । माइकलको ५७ वर्षको उमेरमा निधन भएको थियो ।
किर्बी रोय
अशरिता फरमेन
जिल ड्रेक
विश्वमा सबैभन्दा बढी चिच्याउन सक्ने व्यक्तिको रेकर्ड ब्रिटेनकी टीचर जिल ड्रेकका नाममा रहेको छ । उनले एक सय २९ डेसीबल चिच्याएर आफ्नो नाम ग्रिनिज बुक अफ वल्र्ड रेकर्डमा राखेकी छन् । उनी भन्दा पहिला यो रेकर्ड उत्तरी आयरल्यान्डकी एनालिसा फ्लानागनका नाममा दर्ता गरिएको थियो ।