Loading...

‘सेक्स’ होइन ‘डिजाइन’ गरेर चाहे अनुसार बच्चा पाउन सकिने

आफ्नो गर्भमा रहेको बच्चा स्वास्थ्य होस्, चिटिक्क राम्रो होस्, कुनै खोट नहोस, हेर्दै लोभलाग्दो होस् र आफु भन्दा पनि राम्रो सुन्दरता होस भन्ने हरेक जोडीको चाहना हुन्छ  । तर सोचे जस्तो कहाँ हुन्छ र । पेटमा भएको बच्चा कस्तो छ भन्ने उत्सुकता त हुन्छ नै साथै बच्चा जन्मेपछिको यथार्थ पनि सुखद मात्रै हुदैन कतिपयका लागि दुखद पनि हुन् पुग्छ । design2अस्वस्थ्य बच्चा जन्मिने, अपाङ्ग तथा विकलांग बच्चा जन्मिने इत्यादी कारण अभिभावकहरु चिन्तित हुन्छन । तर अब यस्तो सबै समस्याबाट समाधान हुने भएको छ । अब तपाइले जस्तो बच्चा चाहनु भयो त्यस्तै बच्चा जन्माउन सक्नु हुन्छ । जसलाई डिजाइनर बेबी भनिएको छ ।

यस अघि टेष्टयुब बेबीको ’boutमा त तपाईलाई थाहै छ । पुरुष र महिलाको सेक्सबिना जन्माइने बच्चा हो टेष्टयुब बेबी । तर बैज्ञानिकहरुले अब यी भन्दा पनि फरक तरिकाले बच्चा पाउने नया तरिका औल्याएका हुन् ।  स्ट्यानफोर्ड यूनिभर्सिटीका प्रोफेसर ग्रीनलीले आफ्नो पुस्तक ‘द ईन्ड अफ सेक्स एण्ड द फ्यूचर अफ रीप्रोडक्शन’ मा यो कुरा उल्लेख गरेका छन् । उनले अबको २० देखि ४० बर्षमा यो ब्यबहारमा लागु हुने उल्लेख् गरेका छन् । design

यस अनुसार अब तपाइले कस्तो रंग र बर्णको बच्चा चाहिएको हो सोही अनुसार बच्चा जन्माउन सक्नु हुन्छ त्यो पनि सेक्स नै नगरी  । झट्ट सुन्दा अपत्यार लाग्ला तर यो सत्य हो । यसका ’boutमा अहिले खोज अनुसन्धान भैरहेका छन् । यस पद्दतिमा छालाको स्याम्पल अनुसार रक्तकोष बनाइन्छ र सोही अनुसार बच्चाको डिजाइन गरिन्छ ।

 यस अघि लिइएको स्याम्पल स्वास्थ्य हो कि होइन, केही संक्रमण छन् कि छैनन् ? इत्यादि जांच गरिन्छ । यसबाट बच्चाको मानसिकता समेत मापन गरिने लेखकको भनाइ छ । यदि यो अनुसन्धानले सफलता पाएमा बिश्वमै चमत्कार हुने बैज्ञानिकहरुको भनाइ छ ।design1

 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...