अन्तरबार्तामा सोधिने १० उट्पट्याङ प्रश्न

व्यक्तिको शारीरिक हाउभाउ बुझ्ने कार्य हो अन्तरबार्ता । हरेक रोजगारीका लागि अन्तरबार्ता अनिवार्य छ । त्यसो त लिखितमा एकदमै राम्रो गर्नेहरु समेत अन्तरबार्तामा हुने सानोतिनो हेलचेक्राइले अघि बढ्न सक्दैनन् । अन्तरबार्ताको तयारी गर्ने ’bout बिभिन्न अध्ययन पुस्तकहरु समेत पढ्न पाइन्छ ।

तर अचम्म लाग्दो कुरा के भने कतिपय कार्यालयले अन्तरबार्ताका क्रममा एकदमै अवाक बनाउने प्रश्नहरु सोध्ने गरेका छन् । जसले तपाईलाई अचम्ममा पार्ने गर्दछ भने कतिपयलाई रिस पनि उठ्न सक्छ । तर रिसाउनु भयो भने तपाइकै लागि घाटक हुन्छ । inter

यस्ता हुन्छन उट्पट्याङ प्रश्नहरु 

१. तपाईंले लगाउनु भएको सर्टमा कतिवटा टाँक छन् ?

२. बाटो हिँड्दै गर्दा तपाईंले १ हजार र ५ सय दरका दुईवटा नोट देख्नुभयो, अब भन्नुस् तपाईं कुनचाहीँ टिप्नुहुन्छ ?

३.तपाईंले एकबिहानै आफ्नो फ्रिज खोल्दा अचानक त्यसभित्र भालु देख्नुभयो भने के गर्नुहुन्छ ?

४. एउटा कोठामा कतिवटा बास्केटबल अटाउन सक्छ ?

५.काठमाडौंमा हट केक बेच्नका लागि तपाईं कुन फण्डा प्रयोग गर्नुहुन्छ ?

६.यदि तपाईंले आफ्नै गिती एल्बम निकाल्ने हुनुभयो भने त्यसको नाम के राख्नुहुन्छ ?

७. मानौं तपाईं कुनै एक प्रतिष्ठित कम्पनीको सिईओ हुनुहुन्छ, अब भन्नुस् बिहान उठेर सबैभन्दा पहिले विजनेसको कुनचाहीँ कुरा चेक गर्नुहुन्छ ?

८. यदि तपाईंलाई १ करोड रुपैयाँ दिएर २४ घण्टाभित्र त्यसलाई दोब्बर बनाउन भनियो भने तपाईं के गर्नुहुन्छ ?

९. बाटोमा आउदा आउदै तपाईलाई चारैतिरबाट बाघले घेर्यो, अब तपाईं कसरी बच्नुहुन्छ ?

१०.  मैले तपाईंलाई आफ्नै विजनेस सुरु गर्नका लागि १ अर्ब दिने भएँ, तपाईं तत्काल के व्यवसाय थाल्नुहुन्छ ?

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...