पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की’bout ५ जानकारी

अबको केही साता भित्र मुलुकले पहिलो महिला प्रधानन्यायाधीश पाउने छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले  सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गरेको छ ।

कार्की नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानन्यायाधीश हुने छिन् । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै छन् । कानुन अनुसार अब संसदीय समितिबाट कार्कीको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ ।

सबैको चियो र चासोको पात्र बनेका कार्कीको ’boutमा हामीले ५ जानकारी प्रस्तुत गरेका छौ जुन तपाईलाई थाहा नहुन सक्छ र थाहा पाई राख्न जरुरी पनि छ ।Sushila-Karki(1)

१. जन्म र परिवार

बिस २००९ साल जेठ २५ गते बिराटनगर-३ शंकरपुरमा जन्मेका सुशीला कार्कीको घर बिराटनगरमा  वडा नं ११ स्थित हाम्रो चोकमा छ । काठमाडौंमा उनी धापासीमा बसोबास गर्छिन् । उनी कांग्रेसका त्यागी नेता दूर्गा सुवेदीकी पत्नी हुन् । उनका प्रशान्त सुवेदी एक छोरा छन् ।

२. अध्ययन

सुशीलाले सन् १९७२ मा २० वर्षको उमेरमा महेन्द्र मोरङ कलेज बिराटनगरबाट बीए उत्तीर्ण गरिन् । त्यसको तीन वर्षपछि उनले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरिन् । त्यसपछि बल्ल उनी कानूनको अध्ययनतिर लागिन् । र, २६ वर्षको उमेरमा सन् १९७८ मा उनले त्रिविबाट कानूनमा स्नातक (बीएल) गरिन् ।

३. करिअर 

विसं. ०३५ साल चैत्र १६ गतेदेखि सुशीलाले अधिवक्ताका रुपमा आफ्नो करिअर सुरु गरिन् । ०४३ सालदेखि ०४६ सालसम्म उनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् ।

४. अध्यक्षको जिम्मेवारी

उनले २०४५ सालदेखि ०४७ सालसम्म कोशी अञ्चल बारको अध्यक्ष भएर काम गरिन् । त्यस्तै ०५९ सालदेखि ०६१ सालसम्म बिराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् । सुशीला ०६१ साल पुस ५ गते बरिष्ठ अधिवक्ता बनिन् ।

५. सर्वोच्च प्रवेश

विस २०६५ साल माघ ९ गते सुशिला सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी हुन् । त्यसको दुई वर्षपछि ०६७ मंसिर २ गते उनी सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनिन् । अहिले उनी बरिष्ठ न्यायाधीश छिन् । बरिष्ठताका आधारमा अबको केही साता भित्रै उनी प्रधानन्यायाधीश बन्ने छैन ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...