खेलकुदका जान्नै पर्ने २०७२ सालका अविस्मरणीय ६ घटना

२०७२ को भोलि अन्तिम दिन । बुधबारदेखि हामी नयाँ बर्षमा प्रवेश गर्दैछौ । भूकम्प, नाकाबन्दी इत्यादि कारण यो बर्ष खासै सुखद हुन् सकेन । तर यसका बाबजुद पनि केही राम्रा काम पनि भएका छन् । खेलकुद क्षेत्रमा थुप्रै राम्रा/नराम्रा घटनाहरु घटे । यस मध्ये कतिपय घटनाहरु कहिल्यै बिर्सिन नसकिने खालका छन् । समग्रमा २०७२ साल खेलकुद जगतका लागि के कस्तो रहयो त ? हेर्नुस २०७२ का अविस्मरणीय ६ घटना । game

म्याच फिक्सिंङ्

game1

२०७२ मा सर्वाधिक चर्चित घटना बन्यो म्याच फिक्सिंङ्  । गत असोज २७ गते नेपाली राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडी र एक प्रशिक्षकलाई पहिलो पटक म्याच फिक्सिङको अभियोगमा प्रहरीले पक्राउ ग¥यो । प्रहरी अनुसन्धानका क्रममा फुटबल टिमका खेलाडीलाई विदेशबाट रहस्यमयरुपमा पैसा आउने गरेको खुल्दै गयो ।

उनीहरुको बैंक खातामा विभिन्न देशबाट आएका पैसाको कुनै पनि स्रोत थिएन, जसले फिक्सिङको शङ्कालाई थप बलियो बनायो । अनुसन्धानबाट यतिसम्म खुलेको थियो कि सट्टेबाज तथा नेपाली खेलाडी खरिद गर्नेहरुले नेपालमै आएरसमेत रकम बुझाएका थिए । प्रहरीले देशद्रोहको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता ग¥यो तर अदालतले उनीहहरूलाई धरौटीमा मुक्त गरिदियो ।

(साग) मा १९९३ यताकै सबैभन्दा खराब

गत माघमा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको आशातित सफलता हात लागेन । प्रतियोगितामा नेपालले तीन स्वर्ण  जितेको थियो तर यो सन् १९९३ यताकै सबैभन्दा खराब प्रदर्शन हो । सागमा नेपालले तीन स्वर्णसहित २३ रजत र २४ कास्यसहित कुल ६० पदक हात पा¥यो ।

नवयुगको चमत्कार game2

ढाकामा सम्पन्न बङ्गबन्धु कपको सेमिफाइनलमा माल्दिभ्समाथि ४–१ को जित निकालेपछि आर्मीका फरवार्ड नवयुग श्रेष्ठ एकाएक चर्चित बने । नेपालको जितमा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले एक, एक गोल गरेका हुन्। उनले उक्त खेलमा ह्याट्रिक गरेका थिए ।

उपाधि सहित नेपालले ५० हजार अमेरिकी डलर पनि जितेको छ । नेपालले यसअघि सन् १९९३ मा ढाकाको यही बंगबन्धु रंगशालामा भारतलाई हराई दक्षिण एशियाली खेलकूदको च्याम्पियन बनेको थियो । भारतको इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई २–१ ले पराजित गर्दै क्षेत्रीय खेलकुदको उपाधिमाथि कब्जा जमायो ।

गणेश थापामाथि कारबाही  thapa

नेपाली फुटबलमा २२ वर्ष एकछत्र राज गरेका तत्कालीन एन्फा अध्यक्ष गणेश थापालाई यसै वर्ष आर्थिक अनियमितताको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासङ्घले १० वर्ष प्रतिबन्ध र २० हजार स्विस फ्रयाङ्क जरिवाना गर्दै फुटबलबाट हटाइदियो ।

निराश क्रिकेट

क्रिकेटले यो बर्ष आशातित सफलता पाउन सकेन । यु–१९ टोली विश्वकपमा छनोट हुनका साथै विश्वकपको दोस्रो चरणसम्म पुग्न सफल भयो । विश्व क्रिकेट लिग च्याम्पियनसीपका लागि छनोटबाहेक नेपाली क्रिकेटले यो वर्ष खासै राम्रो नतिजा निकाल्न सकेन ।

यसै वर्ष नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलाई भ्रष्टाचार आरोपमा विशेष अदालतले सफाइ त दियो तर त्यो कार्यसमितिले सही तवरले नयाँ नेतृत्व छनोट गरेन । गुटको राजनीतिक चलखेलबीच चतुरबहादुर चन्द क्यान अध्यक्ष त भए तर त्यसलगत्तै राष्ट्रिय खेलकुद परिषद्ले त्यसलाई अवैध ठह¥याउँदै क्रिकेटको सम्पूर्ण जिम्मेवारी क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई दिँदै रमेश सिलवालको नेतृत्वमा तदर्थ कमिटी बनाइदियो ।

गुमनाम भलिबल

यो वर्ष भलिबलमा अन्तर्राष्ट्रिय खेलमा नेपालले उपाधि जित्न सकेन् भने नेपाल भलिबल सङ्घले पनि कुनै प्रतियोगिता गरेन । तर निजी क्षेत्रले आधा दर्जन प्रतियोगिता सञ्चालन गरे ।  भलिबलमा यो बर्ष सशस्त्र प्रहरी बलको एपिएफले उपाधि कब्जा गरे ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...