०७२ साल नेपालका लागि ऐतिहासिक बर्ष बन्न पुगेको छ । भूकम्प, संविधान, नाकाबन्दीलगायतका महत्वपूर्ण घटनाले २०७२ साल मुलुकका लागि इतिहासमै सबैभन्दा बढी उथलपुथल भएको वर्ष बन्यो ।
भूकम्पको भय
यस वर्षको सुरुमै वैशाख १२ गते मध्याह्न करिब ११ बजेर ५६ मिनेट जाँदा गएको ७.८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति भयो । भूकम्पबाट आठ हजार ८५६ जनाको ज्यान गयो भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।
विपद्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदनका अनुसार भूकम्पबाट ६.७ खर्ब रूपैयाँ बराबरको भौतिक क्षति भयो । बर्ष भरि नै आम सर्वसाधारण भूकम्पको भयमा बाच्न बिबस बने । त्यो भूकम्पको परकम्पन अझै रोकिएको छैन ।
संबिधान
संविधानसभाबाट संबिधान जारी गर्ने नेपालीको चाहना यो बर्ष पूरा भयो । भदौ ३० गते संविधानसभाबाट दुई तिहाइभन्दा बढी बहुमतले पारित नेपालको संविधान असोज ३ गते मुलुकको पहिलो राष्ट्रपति डा रामवरण यादवद्वारा लागू भएको घोषणा भयो ।
नाकाबन्दी 
संबिधान जारी भए लगतै भारतले अघोषित नाकाबन्दी गर्यो । नेपाली जनताले झन्डै पाँच महिना निकै दयनीय दैनिकी बिताउन पर्यो । संविधानका केही विषयमा असन्तुष्टि जनाउँदै संयुक्त मधेसी मोर्चाले तराई मधेस ठप्प पा¥यो भने भारतले दक्षिणी सिमानामा नाकाबन्दी गर्यो ।
पूर्वप्रधानमन्त्री थापा र कोइरालाको निधन
२०७२ सुरुवातसँगै वैशाख २ गते पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भयो ।
यसै वर्ष पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा माघ २६ गते आफ्नै निवास, महाराजगन्जमा असामयिक निधन भयो ।
शेर बहादुरलाई लक्की
नेपाली काँग्रेसको फागुन २० देखि २४ सम्म राजधानीमा सम्पन्न १३औँ महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गर्यो् । त्यस्तै पूर्वसभापति सुशील कोइरालाको निधनपछि रिक्त काँग्रेस संसदीय दलको नेतामा पनि देउवा नै निर्वाचित भए ।
ह्यारी र ओलीको भ्रमण
चैत ६ देखि बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’को नेपाल भ्रमण भयो । बेलायती शाही परिवारका सदस्यले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर नेपालको औपचारिक भ्रमण गरेको हो ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ७ गतेदेखि भएको भारत भ्रमण र चैत ७ गतेदेखि भएको जनगणतन्त्र चीनको भ्रमण पनि नेपालको राजनीतिमा दूरगामी महत्वका रहे । दुवै छिमेकी मुलुकसँग भएका पारवहन सम्झौता मुुलुकका लागि ऐतिहासिक बन्यो ।
खेलकुद बिबाद र उपाधि
अखिल नेपाल फुटबल संघ एन्फा विवाद, म्याच फिक्सिङ खेल मिलेमतो लगायतका प्रकरणमा मुछिएको नेपाली फुटबलले २३ वर्षपछि दुईवटा महत्वपूर्ण सफलता हात पार्यो ।
यसै वर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीले त्यसको केही समयपछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक हात पार्यो ।
हवाई दुर्घटना
हवाई यातायतका क्षेत्रमा यो वर्ष दुःखद रह्यो । फागुन १२ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको निधन भयो भने यसै वर्ष नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटना हुँदा चालकद्वयले आफू मरेर नौजना यात्रुको ज्यान जोगाए ।