०७२ साललाई बिदाई गर्दै हामी ०७३ सालमा प्रवेश गरेका छौ । ०७२ साल बेदनाले नै बित्यो । सिमित व्यक्तिका लागि फापे पनि धेरैलाई रुवाएर गयो ०७२ सालले । आखिर जे होस् बितेका कुरालाई अब बिर्सिनुको बिकल्प छैन । अब कहिले पनि कदापी यस्तो समय नआओस भने कामना गरौ । भूकम्प, नाकाबन्दी, प्रकोप, दुर्घटना लगायतले सर्वसाधारणलाई आजित तुल्याउदा कतिपय उच्च पदस्थ व्यक्तिहरु भन्ने बिभिन्न कारणबश बिबादमा तानिए । यी ८ व्यक्ति जसले ०७२ सालमा बदनामी कमाए ।
१. हरि पराजुली
काठमाडौँको मूलपानीमा धान दिवस मनाउन पुगेका कृषि मन्त्री हरि पराजुलीले होस् गुमाउदा मन्त्री पद नै गुमाउनु पर्यो । पराजुलीले रोपाहार महिलामाथि अभद्र व्यवहार गरेपछि चौतर्फी आलोचनामा परे । उनका कारण एमाले पार्टीमाथि नै प्रश्न चिह्न उठ्यो । यद्यपि पराजुलीले भने आफूले कुनै अश्लिल हर्कत नगरेको बताउँदै आएका छन् ।
२. अर्चना पनेरु
यो बर्ष एकाएक चर्चामा आएकी युवती हुन् अर्चना पनेरु । सामाजिक सञ्जाल फेसबुकमा अर्ध–नग्न तस्विरहरु पोष्ट गर्दै चर्चामा आएकी अर्चना पनेरुलाई प्रहरीले पक्राउ पनि गर्यो । महेन्द्रनगर भाँसीमा रहेको लिटिल वुद्ध स्कुलमा कक्षा १० मा पढ्ने अर्चनाले आफ्ना नग्न तस्विरहरु लगातार पोष्ट गर्न थालेपछि उनी बर्ष भरि नै चर्चामा रह्यो । एक बर्ष भित्रै उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरे । यसले पनि उनलाई चर्चामा ल्यायो । पछिल्लो समय केही निर्देशकले आफुलाई सेक्स अपिल गरेको बताएपछि पुन: र्पहरी केस परेको थियो । साथै उनीसहित केही फिल्मकर्मीलाई शुटिंगस्थलबाटै प्रक्राउ गरिएको थियो ।
३. खुमबहादुर खडका
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का ०७२ मा पनि चर्चामा रहे । भ्रष्टचारी प्रमाणित भएपछि जेल सजाय कटाएर आएका खुमबहादुर हिन्दू राज्यको माग गर्दै सडकमा आए । उपचार खर्च भन्दै खडकालाई उपचारार्थ बीस लाख दिने तत्कालीन कोइराला सरकारले निर्णय गर्यो । आफू त बदनाम भए नै स्वच्छ छविका त्यागी नेता तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालालाई समेत विवादमा पारे । कांग्रेस केन्द्रिय सदस्यमा सर्वाधिक मत ल्याएर पुन: उनी चर्चामा आए ।
४. सागर थापा
म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा प्रहरी फन्दामा परे । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा थापासहित ५ खेलाडी पक्राउ परे । उनीसँगै पक्राउ पर्नेमा विकाससिंह क्षेत्री, सन्दिप राई, रितेश थापा र प्रशिक्षक अञ्जन केसी रहेका छन् ।
५. ल्हारक्याल लामा
नेपाली कांग्रेस, नेकपा एमाले हुँदै एकीकृत माओवादीका सभासद् बनेका भिक्षु ल्हारक्याल लामा वर्ष २०७२ मा बद्नाम भए । अख्तियारको छानविनका क्रममा इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकरमा १४ थान गोली भेटिएपछि अख्तियारले लामालाई प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले उनलाई सार्वजनिक अपराधको मुद्धा चलायो । गोलीकाण्डमा धरौटीमा छुटेका एमाओवादी सांसद ल्हारक्याल लामा पुनः ठगीमा पक्राउ परे । लामा ३० लाख धरौटीमा छुटेका थिए ।
६. गणेश थापा
भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) को नैतिक समितिले सबैखाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगायो । प्रतिबन्धसहित उनीमाथि २० हजार स्वीस फ्रयाङ्क (करिब २१ लाख रुपैयाँ) जरिवाना गर्ने निर्णय पनि गर्यो । सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कांग्रेसमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । ह्यान्स जोचिमले नेतृत्व गरेको स्वतन्त्र नैतिक समितिले थापालाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।
२० वर्षदेखि एन्फाका अध्यक्षमा रहेका थापालाई गतवर्ष ५८ करोडभन्दा बढी अनियमितता गरेको संसद्को सार्वजनिक लेखा समितिले ठहर गर्दै अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो ।
७. गोपाल खडका
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का भारतीय दुतावासको सल्लाहमा सञ्चालित भएको ठहर आपूर्ति मन्त्रालयले गर्यो ।
भारतीय नाकाबन्दीपछि देशमा इन्धन सङ्कटमा परिरहेका बेला नेपाल सरकारले बनाएका योजनाहरु भारतीय दुतावासमा बुझाएको आरोप खड्कालाई लाग्यो । चीनसँगको इन्धन सम्झौतामा कार्यकारी निर्देशक खड्का बाधक बनेको ठहर प्रधानमन्त्री केपी ओलीसमेतले गरे ।
भारतीय नाकाबन्दीका कारण नेपालमा ईन्धन अभाव भइरहेका बेला कालोबजारी गरेको भन्दै निगम कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई सञ्चालक आपूर्ति सचिव तथा सञ्चालक समिति अध्यक्ष ङईन्द्र उपाध्यायाको अध्यक्षतामा बसेको बैठकले खड्कालाई सातदिने प्रष्टीकरण सोध्यो ।
८. पारस शाह
पूर्व युवराज पारस शाह लागू पदार्थसहित थाइल्याण्डमा पक्राउ परे । शाहले आफूले चलाउने कारमा गाँजा बोकेको आरोप लगाइयो । यो आरोपमा उनी बैंककस्थित प्रहरीको थुनामा बसे । यसअघि शाह लागूपदार्थ कारोबारमा संलग्न रहेको आशंकामा पनि पक्राउ परेका थिए । यही आरोपमा उनी विरुद्ध थाइ अदालतमा मुद्दा समेत परेको थियो । पारस शाह विभिन्न समयमा मादक पदार्थ सेवन, लागु औषध र पारिवारिक कलहका कारण चर्चामा आइरहन्थे । लागुऔषधसहित बैंककमा पक्राउ परेका पूर्वयुवराज पारस शाह ७ लाख थाई भाट, २१ लाख नेपाली रुपैयाँ धरौटी राखेर छुटे । त्यसपछि नेपाल आएका उनी पुन: बिभिन्न कारणले चर्चामा रहे ।