Loading...

कपाल रोपेका बलिउडका ८ चर्चित नायक

सोमबार बिहानै अधिकांश अनलाइनमा एउटा न्युजले प्राथमिकता पायो । नेपालमा अहिलेसम्म २० जनाले कपाल प्रत्यारोपण गरिसकेका छन् । यो प्रविधि टाँका लगाइने वा कुनै प्रकारको दाग देखिने खालको होइन । टाउकोमा बढी कपाल भएको ठाउँबाट एक–एकवटा कपाल निकालेर नभएको भागमा रोकिने कार्य हो । कपाल रोप्न कपालको मात्रा अनुसार ४ देखि ६ घन्टा लाग्छ ।

नेपालका लागि यो नौलो भए पनि बिश्वमा यो कुनै नौलो कुरा होइन । बलिउडका थुप्रै सेलिब्रेटीले कपाल खुइलेर नयाँ कपाल रोपेका छन् । व्यक्तित्व राम्रो देखाउनका लागि पनि कपालको ठूलो महत्व हुन्छ । त्यसो त सेलिब्रेटीहरुका लागि झन् यो निकै महत्वपूर्ण कुरा हो ।

बलिउडका नायिकाहरुले आफ्नो सुन्दरता बढाउन प्लास्टिक सर्जरी अनि अनुहार चम्काउने ट्रिटमेन्ट गराउँछन् । नायिकामात्र होइन, नायकहरु पनि आफ्नो ‘लुक्स’ राम्रो देखाउन विज्ञानको मद्त लिने गरेका छन् । सलमान खान, अक्षय कुमार जस्ता सफल नायकहरु कुनै बेला तक्ले थिए । कपाल झर्ने समस्याले पिरोलिएका यी नायकहरुले ‘हेयर ट्रान्सप्लान्ट’ गरिसकेका छन् । यी ८ नायक जसले कपाल रोपेर ह्यान्डसम बने ।

हिमेश रेशमियाhimes

सञ्जय दत्तsanjay

आदित्य पञ्चोलीaaditya

विवेक ओब्रायvivek

अमिताभ वच्चनami

कपिल शर्माkapil

फोटो: न्यूजफ्लिक्स डट आइएन

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ