यो हो बैशाख १२ भूकम्पको सबै भन्दा भाइरल भिडियो

बिनाशकारी भूकम्प गएको पनि एक बर्ष बित्यो । यो दिनको सम्झनामा आइतबार देशभर विभिन्न कार्यक्रम भए । सरकारले भूकम्प गएको वर्ष दिन पुगेको दिन पारेर पूनर्निर्माण थालेको छ ।

साथै भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा दीपप्रज्वलन गरिएको छ । माइतीघर मण्डलामा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंम उपस्थित भएका थिए । वैशाख १२ र २९ को भूकम्पमा परी झण्डै ९ हजारको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए । लाखौ सर्वसाधारण घरबारबिहिन भए । उनीहरु मध्ये अधिकांश अझै टहरमै बसेका छन् । राहतका कार्यक्रमहरु प्रचारबाजीमै सिमित भए ।

भूकम्पले राजधानीमा बनेका थुप्रै महलहरु गर्ल्यामगुर्लम ढले । ति ढलेका दृश्यहरु नजिकका सर्वसाधारणले देखे पनि अन्यले भग्नावशेष मात्र देखे । एक दिन अघि महल ठडिएको ठाउमा भोलिपल्ट भग्नावशेषहरु मात्र देख्दा सर्वसाधारणको मन चिसो मात्रै बनेन पत्याउनै मुस्किल बन्यो । तर यसरी ठूला संरचनाहरु भत्किएका दृश्यहरु कमैले भिडियोमा रेकर्ड गर्न भ्याए । बर्षभरी नै भाइरल बनेको एउटा भिडियो आज हामीले प्रस्तुत गरेका छौ ।

कसको थियो यो बिल्डिङ ?

टोखा नगरपालिका १० को यो भवनमा मोर्गान कलेज संचालन भैरहेको थियो । यस कलेजमा इन्जीनियरिङ् तर्फ बिई सिभिल, बीई इलेक्ट्रिकल, होटल म्यानेजमेन्ट तथा बिबिए अध्यापन हुन्थ्यो । दाङ्का दिपेन्द्र भण्डारीले संचालन गरेको यो कलेजमा ४ सय भन्दा बढी विद्यार्थी अध्ययन गर्दथे । बैशाख १२ गते शनिबार परेकाले ठूलो क्षति हुनबाट जोगियो । बिस २०६६ मा बिना श्रेष्ठ केसीले बनाएको यो घर तीन बर्ष अघि कलेजले भाडामा लिएको थियो  । स्थानीय नगरपालिकाले ६ तलाको स्वीकृति दिए पनि भवन ७ तल्ला बनाइएको थियो जसको अन्डरमग्राउण्डमा पूरै रिजर्ब ट्यांकी थियो  ।

यस्तो थियो ढल्नु अघि

morgan1

 

यसरी ढलेको थियो (हेर्नुस भिडियो)

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...