कोरियन भाषा परिक्षा दिदै हुनुहुन्छ ? पढ्नुस् १५ नयाँ नियम

korea2
फोटो: नेपालबाणी

नेपालीहरुको आकर्षक रोजगारीको गन्तब्य बनेको कोरिया । कोरिया जान मरिहत्ते गर्नेहरुको भिड बर्षेनी बढ्दो छ तर कोरियाले निश्चित परिमाणमा मात्र नेपाली कामदारलाइ कोरिया लैजाने गरेको छ । यसले गर्दा कोरिया जान बिभिन्न परिक्षाहरु पार गर्नु जरुरि छ । त्यसो त यो बर्ष झनै कम मात्रामा नेपाली लैजाने भएको छ । यो बर्ष कोरिया भाषा परीक्षाका लागि केही नया नियमहरु थपिएका छन् ।

korea1
फोटो: हाम्राकुरा

कोरियन भाषा परीक्षा आगामी असार ४ र ५ गते  हुँदैछ । त्यसका लागि वैशाखको १५ देखि १८ गतेसम्म परीक्षाको आवेदन फाराम भरिँदैछ । फारम भर्नु अघि यी १५ कुरालाई ख्याल गर्न सकेन भने तपाइको फरक अस्वीकृत हुनेछ ।

१. शाखाले आवेदकहरुलाई फारम भर्न ४ दिनको समय उपलब्ध गराएको छ । आतिएर पहिलो दिन नै फारम भर्नु पर्छ भन्ने छैन ।

२. आवेदन दर्ता गर्दा तोकिएको बैंकको काउण्टरमा २४ अमेरीकी डलर बराबरको नेपाली रुपैयाँ जम्मा गर्नु पर्नेछ । त्यसका लागि फारम भर्नभन्दा अघिल्लो दिनको सटही दरअनुसारको रकमको व्यवस्था गर्न शाखाले अनुरोध गरेको छ ।

३. आवेदन फाराममा हालसालै (तीन महिना यता) खिचेको ३.५*४.५ सेन्टीमिटरको २ प्रति फोटो टाँस्नुपर्नेछ । त्यसैले आवेदकले त्यसैसाइजको सफा र अनुहार चिनिने फोटो लिएर आवेदन केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

४. भाषा परीक्षा र छनौट स्वच्छ, निष्पक्ष, पारदर्शी हुने भएकोले कसैको कुनै प्रलोभनमा नपर्न शाखाले आवेदकहरुलाई अनुरोध गरेको छ ।

५. भाषा परीक्षामा सहभागी हुन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको हुनपर्नेछ । साताैं भाषा परीक्षाको आवेदन सन् १९७६ अप्रिल २८ देखि सन् १९९८ अप्रिल २७ (२०३३ वैशाख १६ देखि २०५५ वैशाख १४) बीच जन्म भएका व्यक्तीले मात्रै भर्न पाउनेछन् ।

६. एकजना आवेदकले एउटै मात्र फराम पाउनेछन् । सो फाराम च्यात्न नपाइने तर केरमेट भएमा सच्याउन पाइने शाखाले जानकारी दिएको छ ।

७. आवेदकले आवेदन फाराममा आफ्नो जन्म मिति इश्वी सम्वतमा उल्लेख गर्नुपर्नेछ । फाराम भर्न कालो बलपेन प्रयोग अनिवार्य गरिएको छ ।

८. शाखाले बिहान ९ बजेदेखि ६ बजेसम्म फारम भर्न भएकाले भीडमा नआत्तिइ, लाइनमार्फत, शान्तिपूर्वक फारम दर्ता गराउन  पनि आग्रह गरेको छ ।

९. फाराममा भरिएको विवरण ( नाम, थर, अङ्ग्रेजी जन्म मिति लगायत) राहदानीमा भएको भन्दा फरक परेमा भाषा परीक्षा उर्त्तीण भएपनि रोष्टर (प्रतीक्षासूची)मा नाम समावेश नगरिने निर्देशक बास्तोलाले बताए ।  त्यसैले राहदानीमा भएको विवरण फरक नपर्नेगरी फाराममा भर्नु पर्नेछ ।

१०. म्यानुफ्याक्चरिङतर्फ फाराम भर्नेले महल ५ मा उद्योगका प्रकार र विस्तृत कार्यक्षेत्रअन्तर्गत मापन, जडा र फिटिङमध्ये आफुलाई ईच्छा लागेको कुनै एक स्थानमा मात्र कालो मसिले पोत्न सक्नेछन् ।

११. कृषि र पशुपालनमा भर्नेले कृषि, खेती, वा पशुपालनमध्ये एक रोज्न पाउनेछन् । प्रवेश पत्रमा रहेको महल ५ मा समेत यस्तो उद्योगका प्रकार र बिस्तृत कार्यक्षेत्र उल्लेख गर्न अनिवार्य गरिएको छ । यसरी भाषा परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये उच्चतम अङ्क प्राप्त गर्ने उत्तीर्ण हुनेछन् ।

१२. भाषा परीक्षा उत्तिर्ण हुनु भनेको कोरियामा रोजगारीका लागि आवेदन गर्न योग्य भएको भन्ने बुझ्नुपर्ने शाखाका निर्देशक बास्तोलाले बताए । भाषा परीक्षा पास गर्दैमा कोरियामा रोजगारी पाउने सुनिश्चितता नहुने उनले जानकारी दिए ।

१३.  दरखास्त दर्ता भएपछि भाषा परीक्षाको लागि प्रवेशपत्र दर्तास्थलबाटै उपलब्ध गराइने शाखाले जनाएको छ । प्रवेशपत्र लिएर मात्रै आवेदक घर फर्किनु पर्नेछ ।

१४.  फाराम दर्ताको लागि तोकिएका केन्द्रहरुमा उम्मेदवारले यसपाली एमआरपी (राहदानी)को सक्कल प्रमाणपत्र अनिवार्य गरिएको छ । यस्तै आवेदकले एमआरपीको प्रतिलिपी पनि लिएर जानुपर्नेछ । पासर्पोट बाहेकको अन्य कागजात मान्य हुदैन ।

१५. फारामको नाम थर महलमा अंग्रेजी क्यापिटल लेटरमा पहिले थर त्यसपछि नाम लेख्नुपर्ने छ ।

korea
फोटो: उज्यालो
Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...