Loading...

गाउँको नामै कपाल गाउँ, क्या दामी महिलाहरु कपाल ! (हेर्नुस् फोटोफिचर)

लामो कपाल महिलाहरुको सौन्दर्यको प्रतिक हो । पुरुषहरु पनि लामो र मुलायम कपाल भएको महिलाप्रति आकर्षित हुन्छन । तर एउटा यस्तो गाउँ छ जहाँ सबै महिलाको कपाल २ मिटरसम्म लामो छ । सुन्दा अनौठो र अचम्म लागे पनि यो सत्य हो ।

चीनको दक्षिण पश्चिमस्थित गुइलिन प्रान्तमा पर्ने हुआंग्लुओ गाउँका महिलाहरु अनिवार्य रुपमै कपाल लामो हुने गरि पाल्छन । यो गाउँमा महिलाहरुले लामो कपाल पाल्ने चलन सदियौ देखिको चलन हो । अनौठो त के भने यही कारण यो गाउँको नाम नै गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा दर्ता भएको छ । यो गाउँ संसारकै लामो कपालवाला गाउको रुपमा स्थापित बन्न पुगेको छ ।

यहाका महिलाहरु जीवनमा एक पटक मात्रै कपाल काट्छन जुन बिबाह भन्दा पहिले काटिन्छ । यो समाजका महिलाहरुको कपाल औशत २.३ मिटर लामो हुन्छन । यो समाजमा कपालकै सन्दर्भमा एउटा पर्व पनि मनाईछ । पर्वमा नदिमा गएर कपाल धुने र स्कार्फ बाड्ने गरिन्छ ।

यो समाजमा अनौठो परम्परा पनि रहेको छ । कुनै पनि महिलाको कपाल उनको श्रीमान् वा बालबच्चाले मात्रै देख्न सक्छन । यदी अन्य पुरुषले महिलाको कपाल खुल्ला रुपमा बिनास्कार्फ देख्यो भने उनी ति महिलाको घरमा पतिको रुपमा तीन बर्षसम्म बस्नु पर्नेछ । तर सन् १९८७ देखि भने यो चलन हटिसकेको छ ।

यसरी कपाल लामो राख्नुका पछाडि एउटा मान्यता छ । महिलाको कपाल जति लामो भयो त्यति नै परिवार भाग्यशाली हुने बिश्वास गरिन्छ । लामो कपाल दिर्घायू, सम्पन्नता र सौभाग्यको प्रतिक मान्ने चलन छ ।hair5 hair4 hair1 hair hair2 hair3

फोटो: आइचोक

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...