Loading...

पांडेको मृत्युले भद्रगोलमा भूत आतंक ! (हेर्नुस भिडियो)

नेपाली सिरियलहरु मध्ये लोकप्रिय सिरियल हो भद्रगोल । तर भद्रगोलको पछिल्लो एपिसोडमा भूत आतंक छाएको छ । भद्रगोलका मुख्य कलाकार पांडेको मृत्युपछि भद्रगोलमा भूत आतंक सिर्जना भएको हो ।

जयन्तेसंगै बाटोमा हिडिरहेका उनलाई गाडीले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु लगतै उनको दाह सस्कार गरिए पनि उनको आत्मा भड्किएको भन्दै सिरियल भद्रगोलमा पाडेको भूत आतंक मच्चिएको छ । पांडेको गाउमा मात्रै होइन बेलासेको मामाघरमा समेत पांडेको भूत पुगेको भन्दै कोकोहोला मच्चिएको छ ।

लामो समयदेखि दर्शकमा मनमुटुमा बस्न सफल भद्रगोलको यो पछिल्लो शृंखला धेरैको रोजाईमा परेको छ । यसमा पांडे र उनको भतिजा जयन्तेले खेलेको भूमिकालाइ दर्शकले निकै मन पराएका छन् । सिरियलमा पांडेलाई जिउदै गाडिएको दृश्यले धेरैको मन छोयो ।

पांडेको मृत्यु रियल नभएर रिल हो । भद्रगोलको यो शृंखलाले भरपुर मनोरञ्जन दिएको छ । भद्रगोलको यो शृंखलामा जिग्री समुहको सहभागीता रहेन । भद्रगोलमा पांडे, जयंते, जिग्री, बले, साङ्लो बोरो, रक्षा, बेलासे लगायतको अभिनय हेर्न पाइन्छ  । सिरियलमा उनीहरुले प्रयोग गर्ने थेगो र हाउभाउका कारण भद्रगोल हिट भएको हो ।

यो शृंखला हेर्न यहाँ क्लिक गर्नुहोस

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ