Loading...

संजीवनी बुटीको हुँदैछ खोज

‘रामायण’ पढे, हेरेकाहरूलाई थाहा नै भएको कुरा हो रावणसँगको भगवान रामको युद्धका क्रममा घाईते भएका लक्ष्मणलाई बचाउन दिव्य बुटी संजिवनीको प्रयोग भएको थियो। रामायणमा उल्लेख भएको जिवनदायिनी बुटी नेपालीहरूको लागी टेलिसिरीयलको कथा र पौराणिक कालको प्रसंगको रुपमा मात्र रह्यो। नेपालको राजनीति विकास र सम्वृद्धि भन्दा पनि कमाउ भएकाले नेपालको ऐतिहासिकता र ऐतिहासिक वैज्ञानिक उपलब्धीहरूलाई अघि बढाउने काम भने हुन सकेको छैन। यस्ता कामहरू अघि बढ्नको लागि राजनीतिमा विवेक र ज्ञान भएका मानिसहरू आउन पर्छ तर परिस्थीति उल्टो छ। हत्या, गुण्डागर्दीवालाहरूको नै राजनीतिमा हैकम छ।

यतिखेर मेडिकल शिक्षामा आयुर्वेदलाई वेवास्ता गरिएको छ र विदेशबाट ऐलोपेथिक औषधी मगाएर खाने क्रम बढिरहेकै छ। अझ त्यसमा पनि राजनीतिमा लागेकाले कमिसन खानुलाई सामान्य मान्न थालिएको छ।

संजीवनी बुटीको हुँदैछ खोज

तर, भारतले भने रामायणमा लक्ष्मणको जिवन बचाएको बुटीको ’boutमा ठूलो अध्ययन गर्ने भएको छ। भारतको उत्तराखण्ड राज्यको आयुष विभागले संजीवनी बुटीको ’boutमा खोज गर्नको लागी आयुर्वेद विशेषज्ञहरूको  एउटा टोली नै गठन गरेको छ। हिमालय क्षेत्रमा संजिवनी बुटीको खोज गर्नको लागी उत्तराखण्ड सरकारले २५ करोड भारतीय रूपैंया लगानी गर्ने भएको छ।

रामायणमा उल्लेख भएको संजीवनी बुटीको खोज गर्नको लागी उत्तराखण्ड सरकारले चार सदस्यीय समिती गठन गरिसकेको छ। उत्तराखण्डको सरकारले भारतको केन्द्रीय सरकारसँग यसका लागी सहयोग मागेको थियो केन्द्रबाट सहयोग आउन आलटाल भएपछी राज्यस्तरबाट नै यसको अध्ययन र खोजी गर्न लागेको उत्तराखण्डका आयुष मन्त्री सुरेन्द्र नेगीले पत्रकारहरूलाई जानकारी दिएको भारतीय मिडियामा खबर छ।संजीवनी बुटीको हुँदैछ खोज

उत्तराखण्डको हिमाली क्षेत्र र उच्च पहाडहरूबाट संजीवनी बुटीको खोजी सुरू हुनेछ। द्रोणाचल हिमाली क्षेत्रबाट संजीवनी बुटीको खोजी कार्य यसै महिनाबाट सुरू हुने  बताइएको छ। त्यसका लागी सबै तयारी पुरा भईसकेको छ। रामायणमा रावणसँगको युद्धमा लक्ष्मण घाइले भएपछी उपचारको लागी हनुमान जिवनदायिनी संजीवनी बुटीको खोज गर्न गएको उल्लेख छ। हनुमानले संजिवनीको पहिचान गर्न नसकेपछी द्रोणाचल पहाड नै उचालेर ल्याएका थिए। संजीवनी बुटी मानवको लागी चमत्कारी औषधी भएपनि यसको पहिचान गर्ने भने सजिलो छैन। रामायणकालमा नै हनुमानले यसको पहिचान गर्न नसकेकै कारण पुरै पहाडै उचालेर ल्याएका थिए।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ