Loading...

यस कारण हुन्छ एक्स रे खतरनाक

तपाई हामीले हाडजोर्नीका कुनै समस्या आउँदा वा छाति दुःखेमा एक्स रे गर्ने गरेका छाैं, तर हामीले उपचारका लागि रोग वा समस्या चिन्न गर्ने गरेको एक्स रे हामीले सोचेभन्दा बढी खतरनाक हुनसक्छ ।

एक्स रे  अत्यन्तै बढी विद्युत चुम्बकीय विकिरण भएको ऊर्जा प्रणााली हो, यसलाई कतिपय अवस्थामा एक्स-रेडिएसन पनि भनिन्छ । एक्स रेले हाडजोर्नीमा भएका समस्या, छाति-फोक्सो वा अन्य भित्री अंगमा भएका समस्या पत्ता लगाउन मात्र होइन सुरक्षाका लागि पनि काम गर्ने गर्छ । एयरपोर्टहरूमा यसकै माध्यमले हातहतियार वा अन्य प्रतिबन्धित वस्तुका ओसारपसार पत्ता लगाइन्छ ।

जर्मनीका वैज्ञानिक विलहम रोजटनले सन् १८९५ मा एक्स रे पत्ता लगाएका थिए । उनकै नाममा यसलाई कतै कतै रोजटन विकिरण पनि भनिन्छ । विश्वकै पहिलो एक्स रे विलहम रोजटनकै श्रीमतीको हातको थियो, जसमा उनीहरूको विवाहको औंठी पनि देखिएको थियो ।x-ray-of-the-knee

एक्स रेसँग जोडिएका केही रोचक तथ्यह यस्ता छन् :

१. विलहम रोजटनद्वारा एक्स रेको खोजी संयोगवस भएको थियो । वास्तवमा उनी त्यस दिन भ्याकुम ट्युबहरूमा केही प्रयोग गरिरहेका थिए, त्यही बेला उनले  विचित्र किसिमका विकिरणहरू महसुस गरे । पछि थाह भयो ती साधारण किसिमका तरंगहरू भने थिएनन्।

२. एक्स रेको खोजी गरेबापत विलहम रोजटनलाई सन् १९०१ मा नोबेल पुरस्कार दिइएको थियो ।

३. विलहमकी पत्नी आफ्ना पतिको आविष्कारबाट खुसी थिइनन् । उनले आफ्नो हातको डरलाग्दो चित्र देखेपछि भनेकी थिइन-  “मलाई यस्तो लागेको थियो कि मैले मेरो मृत्यु देखेकी हुँ।”

४. एक्स रेको सहयोगले चिकित्सा क्षेत्रमा निकै लाभ प्राप्त हुने सम्भावना थियो, त्यसैले विलहम रोजटनले यसको पेटेन्ट आफ्नो नाममा दर्ता गराएनन् । उनी यसको लाभ सबैले प्राप्त गरुन् भन्ने चाहन्थे ।

५. एक्स रेलाई अंग्रेजीमा विभिन्न ढंगले लेखिन्छः X-rays, xray, X ray, X-ray,  x-ray

६.एक्स रे खोजी गरेको प्रारम्भका दिनहरूमा रोजटनले एक्स रे गर्नका लागि एउटा जिंक र शिशाका बक्साको प्रयोग गर्थे, ताकि उनको प्रयोगशालामा रहेका फोटोग्राफिक प्लेटहरू नबिग्रिउन । यसरी अन्जानवसै उनले आफूलाई पनि सुरक्षित बनाएका थिए । प्रारम्भिक समयमा उनलाई यी विकिरणहरूका अधिक सम्पर्कमा आउँदा क्यान्सरसम्म हुन सक्ने कुराका ज्ञानै थिएन ।

७. एक्स रेको वेभलेन्थ (Wavelength) पराबैजनी विकिरणहरूभन्दा पनि कम हुन्छ त्यसले यो अति नै शक्तिशाली हुन्छ । एक्स रेको वेभलेन्थ देखिने खाले प्रकाशभन्दा पनि कम हुन्छ ।

८. जो वैज्ञानिकहरूलाई एक्स रेबाट हुने नोक्सानी’bout थाह थिएन, तिनीहरूमा पछि छाला पोल्ने, चिलाउने, कपाल झर्ने र क्यान्सरजस्ता बिमारीहरू देखापरे ।

९. एक्स रेका कारण मृत्यु हुने पहिलो व्यक्ति क्लारेन्स डेली हुन् । उनले थमस एडिसनको एक्स रे लाइट बल्बमा धेरै वर्षसम्म काम गरेका थिए, जसको कारणले उनको शरीरमा क्यान्सर उत्पन्न भइ धेरै घाउहरू देखा परे र केबल ३९ वर्षको उमेरमा उनको मृत्यु पनि भयो ।

१०. जब एक्स किरणहरू हाम्रो शरीर हुँदै प्रवाह हुन्छ, त्यतिखेर केही किरणलाई हाम्रो शरीरका बाहिरी र भित्री भागले रोक्छन भने केहीले पूरै वारपार गर्छन् । सोही कारण हाम्रो शरीरका भित्री भागको तस्बिर एक्स रे ग्राफमा छापिन्छ ।

११. सीटीस्क्यान, फ्लुरोस्कोपी, मोमोग्राम र डेन्टल एक्स रेज पनि एक्स रेकै विभिन्न प्रकार हुन् तर सोनोग्राफी, अल्ट्रासाउन्ड र एमआरआई भने फरक विधि हुन् । त्यसैले यिनीहरू सुरक्षित मानिन्छ ।

१२. एक्स रे मानव भ्रुणका लागि खतरनाक भएका कारणले गर्भावती महिलाहरूका एक्स रे गरिँदैन, यदि एक्स रे गरिएमा शारीरिक विकृति भएका बच्चा जन्मिन सक्छ ।

१३. एक अनुमानअनुसार अमेरिकामा हुने कुल क्यान्सरका बिमारीहरूमध्ये ०.४ प्रतिशत क्यान्सर सिटी स्क्यानका कारणले हुने गरेको छ ।

१४. एक्स रे  किन खतरनाक मानिन्छ? एक्स रे इलेक्ट्रोनहरू उत्सर्जित गर्दछ, जब यो हाम्रो शरीरका टिस्युहरूसँग सम्पर्कमा आउँछ, यसले हाम्रो डीएनएको सिक्री तोड्न सक्छ, जसका कारण क्यान्सर हुनसक्छ ।

त्यसैले ससानो कुरामा पनि एक्स रे गर्नुभन्दा पहिला सोचाैं ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...